बजाजको २५ वर्षे लिडरशिप योजना सम्पन्न

काठमाडौं ।  हंसराज हुलासचन्द एण्ड कम्पनीले रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको लिडरशिपको २५ वर्षे क्याम्पेन सम्पन्न भएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त क्याम्पेन संचालन गरेको थियो । अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको पक्का नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । हंसराज हुलासचन्द एण्ड कम्पनीका  निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदानिकै नै खुसी भएको बताए । ‘भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ,’ उनले भने । यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ, जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हो ।

वुलिंगकाे इभी कार किन्दा इलेक्ट्रिक साइकल उपहार

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले वुलिङ ब्राण्डको इलेक्ट्रिक कारमा उपहार याेजना ल्याएकाे छ । कम्पनीले वुलिंगकाे इभी कार खरिद गर्ने ग्राहकलाई ग ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल नि:शुल्क पाउने उपहार याेजना ल्याएकाे हाे । इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजारमा २०० र ३०० किमिको रेन्जमा उपलब्ध छ । जेठ २३ गते मंगलबारबाट सुरु भएकाे याे याेजना वुलिंग इलेक्ट्रिककाे नक्साल, भक्तपुर राधेराधे र भैसेपाटीमा भएकाे शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ । बज्र ग्रुपले नेपालमा ३१ वर्षदेखी विश्वको विभिन्न प्रसिद्ध ब्राण्ड बिक्री तथा वितरण गर्दै आएकाे छ ।

मार्क्यु : नेपालकै पहिलो अन्तराष्ट्रिय बाइक राइड

काठमाडौं ।  एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्‍याउन सफल बनेकाे छ । ‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्री सम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरुको सहभागिता रहेको थियो । राइडमा सहभागी हुने राइडरहरु बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरु थिए भने राइडका लागि टिभिएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो । फागुन ११ गतेबाट सुरु भएको उक्त अपाचे ओनरस् ग्रुप एओजीको माक्र्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरु सहभागीता जनाएका थिए । फागुन ११ गते काठमाडौं बाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए । यस कार्यक्रमका लागि काठमाडौं देखि गोवा सम्म अपाचे राइडरहरूसँग टिभिएस नेपाल जगदम्बा मोटर्स टोली सहभागी भएकामा म उत्साहित छु। यो पहिलो अपाचे ओनर्स ग्रुप अन्तर्राष्ट्रिय राइड हुनेछ, जहाँ राइडर्सले २० दिनमा ७ हजार किलोमिटर भन्दा बढी दुरीको यात्रा तय गर्नेछन् । यसले हाम्रो सबैभन्दा सफल प्रिमियम बाइक टिभिएस अपाचे प्रतिको राइडरहरुको प्रेम र विश्वासलाई साथै उनीहरु भित्र रहेको हिम्मतलाई प्रस्ट पार्दछ ।