जाम नेपालको अध्यक्षमा सागर गजुरेल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल)को अध्यक्षमा सागर गजुरेल चयन भएका छन् । बिहीबार सम्पन्न जाम नेपालको दोश्रो वार्षिक साधारण सभाले पत्रकार गजुरेललाई जामको अध्यक्षमा चयन गरेको हो । उनको नेतृत्वमा १२ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ । त्यस्तै, उपाध्यक्षमा सुरेन्द्र पौडेल, महासचिवमा तोयानाथ पौडेल, सचिवमा प्रयास श्रेष्ठ, कोषाध्यक्षमा वसन्त अर्याल निर्वाचित भएका छन् । यता सदस्यमा ७ जना चयन भएका छन् । जसमा सौरभ नेपाल, युवराज बस्नेत, उज्वल घिमिरे, रोशन श्रेष्ठ, शुक्र गिरी, सुधिर भण्डारी र अरिष्मा लामा रहेका छन् ।

गाडीका शोरूमहरू बन्द हुने अवस्थामा पुगे, हजारौंले रोजगार गुमाउने छन् : महासचिव उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सवारी साधन अर्थात गाडीहरुका शोरुमहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी  (जाम नेपाल) को दोश्रो वार्षिक साधारण सभाको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गाडीको शारूमहरू बन्द हुने अवस्थामा छन्, शोरूम बन्द हुँदा हजारौंले रोजगार गुमाउने छन्,’ उनले भने । यातायात क्षेत्रलाई चलायामान बनाउन कठिन भएको बताउँदै उनले सरकारले ल्याएको जोखिम भारले बैंकहरुले गाडीमा लगानी नगरेको बताए । ‘सरकारको खराब नीतिले व्यवसाय धरापमा हुँदै गएको छ, यातायात क्षेत्र चलायमान भएको छैन, सरकारले व्यवसायीलाई निरूत्साहित गर्ने काम गरेको छ, सरकारले ल्याको विभिन्न नीतिले गाडी व्यापारमा धक्का लागेको छ,’ उनले भने । साथै, उनले अटो व्यवसाय सुधारको निमित्त सबै मिलेर लाग्नु पर्ने समेत बताए ।

देशभरका शोरुममा भदौ १० गतेदेखि रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । आगामी भदौ १० गतेदेखि १५ गते सम्म सो मेला आयोजना हुनेछ । सो कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन तथा स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । सो अवसरमा कुनै पनि पुरानो दुई पांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सकिने छ । हाल रोयल इन्फिल्डका क्लासिक ३५० र स्क्राम ४११ मोडल नेपाली बजारमा उपलब्ध छन् । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट सो कार्यक्रम आयोजना गर्नेछ । ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्यालुएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुनेछन् । यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन् ।