स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौं । युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ । चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्‍यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ । ‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने सबैको छनोट बन्नेछ’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरु रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । यो कार टोनार्डो रेड र क्यान्डी ह्वाइट गरी दुई रङमा उपलब्ध छन् । यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ । ‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टिएसआई इन्जिन दिइएको छ जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्ने बताइएको छ । नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को मूल्य ७१ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ७९ लाख ९० हजार राखिएको कम्पनीले बताएको छ । नयाँ कारमा स्कोडा अक्टाभिया आरएस २४५ को जस्तो डिजाइन, १७ इन्चको ‘एलोई ह्विल’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को फिनिस दिइएको छ । स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ । क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ । सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको ‘मिक्स’ गरिएको छ भने ‘हेड रेस्ट’ मा ‘मोन्टे कार्लो’को ‘ब्याज’ दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, ‘रेड थिम’को १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, ‘एलुमुनियम पेडल’, ‘डोर सिल’मा ‘मोन्टे कार्लो स्कफ प्लेट’ जस्ता परिवर्तित फिचर रहेका छन् । ‘मोन्टे कार्लो’ कुशाकको ‘टप ट्रिम’ भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरु उपलब्ध छन् । यसमा ‘रेड थिम’ भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहितको ड्राइभर इन्स्ट्रयुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहितको १० इन्चको ‘इन्फोटेन्मेन्ट सिस्टम’ रहेको छ । स्कोडा कुशाक ‘मोन्टे कार्लो’ काठमाडौं, थापाथली स्थित स्कोडाको मुख्य सोरुम र देशभरका स्कोडा डिलरसिपमा ‘टेस्ट ड्राइभ’ र ‘बुकिङ’का लागि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

इलेक्ट्रिक स्कूटरमा एक्स्पो अफर, कुन ब्राण्डको स्कूटर कतिमा पाइन्छ ?

काठमाडौं । भृकुटीमण्डपमा सुरु भएको इभी प्रदर्शनीमा राखिएको इलेक्ट्रिक स्कूटरमा प्रशस्त छुटको अफर दिइएको छ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेस तथा नेपाल ईभी प्रदर्शनी भृकुटी मण्डपमा चलिरहेको छ । प्रदर्शनीमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कूटर र मोटरसाइकल प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीका अवसर पारेर इलेक्ट्रिक स्कूटरहरुका विभिन्न छुट र अफरहरु राखिएका छन् । एमभी दुगड ग्रुपको ईभीमा २० हजारसम्म छुट एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स कम्पनीले जेस्टिस् ब्राण्डको स्कूटरको खरिदमा २० हजार रुपैयाँ छुट दिइएको विवेक अटोमोबाइल्स कम्पनीका सहायक मार्केटिङ अफिसर सौगत न्यौपानेले बताए । एक्स्पो अवधिभर स्कूटर खरिदमा यस्तो अफर रहने छ । बजारमा जेस्टिस् स्कुटर सिङगल र डबल ब्याट्रीमा उपलब्ध छन् । कम्पनीले सिङगल ब्याट्री जडान भएको ईभी स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेका छ भने डबल ब्याट्री भएको ईभी स्कुटरलाई ४ लाख १० हजार रुपैयाँ पर्ने न्यौपानेले बताए । कम्पनीले केही समय अगाडि मात्रै राय–जी नामक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा ल्याएको छ । यसमा पनि एउटा र दुई वटा ब्याट्री जडान गर्न मिल्ने स्कूटर छन् । एउटा ब्याट्री जडान भएको स्कुटरको मूल्य ३ लाख २० हजार रुपैयाँ र दुई वटा ब्याट्रीको भएको राय–जी स्कूटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको न्यौपानले बताए । पिनाकल स्कुटरमा पनि नगद छुट पिनाकल मोटरराड कम्पनीले पनि इलेक्टिक स्कूटरको खरिदमा नगद छुटको अफर ल्याएको छ । कम्पनीका अनुसार, यो ब्राण्डको स्कूटर नेपाली बजारमा चारवटा मोडलमा उपलब्ध छन् । कम्पनीले ई ३ वान ब्याट्री मोडलको स्कुटरको मूल्य दुई लाख ४९ हजार, ई ३ टू ब्याट्री मोडलको स्कुटरको मूल्य ३ लाख ३४ हजार,  ई ४ वान ब्याट्री भएको मोडललाई ३ लाख १४ हजार र ई ४ ब्रिङ मोडलको मूल्य ३ लाख ९ हजार रुपैयाँ तोकेको छ । यी सबै मोडलको स्कूटर खरिद गर्दा १० देखि २० हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले बताएको छ । कम्पनीले बीमा तथा बैंक फाइनान्सको पनि सुविधा उपलब्ध गराएको बताएको छ । रिसिङको एनिग्मा स्कुटरमा पनि छुट रिसिङ ट्रडिङ कम्पनीले इलेक्ट्रिक स्कूटरमा २० देखि ३० हजार रुपैयाँसम्मको छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले एनिग्मा नामक विभिन्न मोडलका स्कूटर विक्री गरिरहेको छ । यस्तो अफर एक्स्पो अवधिभर मात्रै लागू हुने बताइएको छ । कम्पनीले क्रिन्क–प्रो मोडलको स्कूटर ३ लाख २० हजार रुपैयाँमा नेपालमा बेच्दै आएको छ । यसमा ३० हजार रुपैयाँसम्म छुट दिने कम्पनीले बताएको छ । यस्तै, क्रिन्क भी १ मोडलको ईभी स्कुटरमा खरिदमा पनि ३० हजार छुटको अफर रहेको कम्पनीले बताएको छ । उक्त स्कूटरको मूल्य २ लाख ८५ हजार तोकिएको भए पनि एक्स्पो अफरमा २ लाख ५५ हजार रूपैयाँमै उपलब्ध गराउने कम्पनीले बताएको छ । यसैगरी, एन ८ मोडलको स्कुटर २ लाख ४५ हजारमा दिइने कम्पनीले बताइएको छ । यो मूल्य छुट पछिको हो । एक्स्पो अवधिभरको खरिदमा जीटी ४५० प्रो मोडलको स्कुटर २ लाख २५ हजार रूपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

सुजुकीको चाडपर्व लक्षित अफर : नगद छुट, एक्सचेन्ज बोनस र बीमा निःशुल्क

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्ग अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । कम्पनीले दशैं तथा तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको हो । ग्राहकले सुजुकीको गाडी किन्दा एक लाख बराबरको नगद छुट पाउनुका साथै एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस र एक वर्षको सवारी बीमा निःशुल्क पाउनेछन् । काठमाडौंमा भदौ २६ बाट सुरु हुने नाडा अटो शोको पूर्वसन्ध्यामा कम्पनीले पर्वोत्सव योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत नाडा अटो शोमा थप छुट समेत उपलब्ध गराउने कम्पनीले बताएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका सोरूमहरुमा लागू हुने कम्पनीले बताएको छ । सुजुकीका विभिन्न मोडलका गाडीमा फरक–फरक छुटका शर्तहरु लागू हुने कम्पनीले बताएको छ । यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ ।