टाटा मोटर्सको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ क्याम्प सुरू

काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ क्याम्प सुरू भएको छ । ५ दिनसम्म देशभरका टाटा शोरुमहरूमा संचालन हुने उक्त क्याम्प आजदेखि सुरू भएको हो । नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को माग र प्रयोग बढ्दो छ । जसमा टाटा मोटर्सका नयाँ ईभी ग्राहकले निकै रुचाएका छन् । यसैलाई मध्येनजर गर्दै एक्सचेन्ज मेला आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त एक्सचेन्ज क्याम्पमा ग्राहकले पेट्रोल/डिजेलबाट चल्ने कुनै पनि गाडीसँग टाटाका ईभी साट्न सक्ने छन् । साथै, एकै ठाउँबाट उचित मूल्याङ्कन, ८० प्रतिशतसम्म फाइनान्स सुविधा, बीमा सुविधा पाउने छन् । यस्तै, हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइने छ । उक्त याेगनामा आफ्नो गाडी मूल्यांकन गराउँदा ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरूले स्मार्टवाच जित्न सक्नेछन् । यो कार्यक्रम सीमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरूमा मात्र लागू भएको कम्पनीले जनाएको छ ।

चेम्बर अफ कमर्स जितपुर बाराका अध्यक्षद्वारा टिभिएस शोरुम उद्घाटन

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए । अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै संचालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिएका थिए । करिब २ करोड २५ लाखको लागतमा संचालनमा आएको टिभिएस मोटरसाईकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्न जीतपुरका संचालक किरन पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नँया मोटरसाईल, स्कुट, पार्टस र सर्भिसिङ लगायतका सम्पुर्ण कामहरू हुने छ । स्वास्तिक ट्रेड एण्ड कन्सर्नका संचालक किरन पुरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा प्रमुख अतिथि रहेका थिए ।

महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक थार-ई माेडेल सार्वजनिक, २०२५ सम्म बजारमा आउने

काठमाडौं । सवारी साधन निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ग्लोबल इभेन्ट ‘फ्युचरस्केप’मा इलेक्ट्रिक थारको कन्सेप्ट मोडेल सार्वजनिक गरेको छ । यो ५–डोर इलेक्ट्रिक एसयुभी कम्पनीको बोर्न इलेक्ट्रिक रेन्जको हिस्सा हुने र जसको नाम थार डट इ हुने कम्पनीले जनाएको छ । दक्षिण अफ्रिकाको केपटाउनमा भएको कार्यक्रममा महिन्द्राले स्कार्पियो एन एसयुभीमा आधारित ‘ग्लोबल पिकअप ट्रक’ र ‘ओजेए’ नामको नयाँ प्लेटफर्म प्रस्तुत गरेको थियो । महिन्द्रा राइजले कम्पनीको लाइनअपमा रहेका हल्का तौलका ट्रयाक्टरको लागि यसलाई विकास गरेको जनाएको छ । महिन्द्राले सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक थार अहिलेको आइसिई थारको नयाँ भर्सन नहुने र यो कम्पनीको नयाँ आइएनजिएलओ–पी१ प्लेटफर्ममा आधारित हुनेछ । जसको ग्राउन्ड क्लियरेन्स धेरै हुने र अफरोडको अनुभव गराउने कम्पनीले जनाएको छ । साथै गाडीमा थारको नयाँ लोगो हुनेछ । महिन्द्रा थारले हालको आईसिई मोडेलको तुलनामा फ्युचरिस्टिक डिजाइन तयार गरेको छ । जसमा बाहिरी र भित्री दुवै डिजाइन नयाँ प्रकारको रहेको छ ।