बीवाईडीले ५० लाख गाडी सार्वजनिक गर्यो

काठमाडौं । बीवाईडीले ५० लाखौं गाडी सार्वजनिक गरेको छ । गत अगस्ट ९ तारिखका दिन बीवाईडीको डेन्जा एन७ गाडीले सो माइलस्टोन हासिल गरेको हो । यति धेरै न्यु इनर्जी भेइकल उत्पादनको लक्ष्य हासिल गर्ने बीवाईडी विश्वकै पहिलो कम्पनी समेत बनेको छ । बीवाईडीको ग्लोबल हेडक्वार्टरमा आयोजित एक कार्यक्रममा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चान्फुले ५० लाखौ सवारी साधन सार्वजनिक गर्न पाउनु कम्पनीका लागि ऐतिहासिक क्षण भएको बताए । सो अवसरमा उनले कम्पनीलाई विश्वास गरी सो लक्ष्य हासिल गर्न सफल बनाउने सम्पूर्ण ग्राहक तथा अटोमोबाइल उद्योगका सहकर्मी एवं कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट गरे । बीवाईडीले १० लाखौ न्यु इनर्जी भेइकल उत्पादनका लागि १३ वर्ष कुर्नुपरेको थियो । अर्को १८ महिनामा त्यस्ता ३० लाख र त्यसपछिको ९ महिनामै ५० लाख सवारी साधन उत्पादन गर्न सफल भएको छ । कम्पनीका लागि सन् २०२२ निकै नै उल्लेख्य रह्यो । यो वर्ष १८ लाख ६० हजार न्यु इनर्जी भेइकल बिक्री गर्न सफल भयो । सो कार्यले सन् २०२३ मा पनि निरन्तरता पाएको छ । जनवरी देखि जुलाई सम्मको अवधिमा १५ लाख सवारी साधन बिक्री गर्न कम्पनी सफल भएको छ । ती मध्ये ९२ हजार ४६९ सवारी साधन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न कम्पनी सफल भएको छ, जुन सन् २०२२ को पुरै वर्षमा बिक्री गरिएको भन्दा बढी संख्या हो । जुलाई महिना सम्ममा बीवाईडीले विश्वभर ४८ लाख भन्दा बढी न्यु इनर्जी भेइकल बिक्री गरिसकेको छ । सन् २०१० देखि बीवाईडीले विश्वभर आफ्नो उपस्थिति बढाउदै गएको छ र सार्वजनिक यातायातका लागि न्यु इनर्जी बस र ट्याक्सी समेत उपलब्ध गराइरहेको छ । विश्वका ७० भन्दा बढी देशका ४०० भन्दा बढी सहरमा बीवाईडीले सार्वजनिक यातायातका इलेक्ट्रिक सवारी साधन उपलब्ध गराइरहेको छ । हाल विश्वका ५४ भन्दा बढी देशमा बीवाईडीका एट्टो ३ लगायतका न्यु इनर्जी भेइकल उपलब्ध छन् ।

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ सुरु हुँदै, ४ जना ग्राहकलाई होलिडे प्याकेज

काठमाडौं । सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ हुने भएको छ । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले श्रावण २४ देखि २६ गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको हो । मनसुन मौसममा हुँने लगातार वर्षाले कुनै पनि सवारी साधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुराउन अत्यन्त जरुरी छ भनि कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ४ जना भाग्यमानी ग्राहकले चितवनस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा होलिडे प्याकेज पनि जीत्न सक्नेछन् । सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत छुट पाउनेछन् भने लेवर चार्जमा २० प्रतिशत छुट र एसोसरिजमा, स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत छुट पाउनेछन् । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ

काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ गरेको छ । सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाइ गरेको हो । सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकले १४०० केजीको भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ। एसी, टच स्क्रिन, पावरविन्डो जस्ता प्रिमियम फिचरका कारण यस इलेक्ट्रिक पिकअप ट्रक एकदमनै लक्जरी रहेको छ जसका कारण धेरै ग्राहकहरुको रोजाई रहेको कम्पनिले जनाएको छ । कम्पनीका सेल्स हेड नविन आचार्यका अनुसार यी इलेक्ट्रिक पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामामा कम लगानीमा बढी भन्दा बढी आम्दानी गर्न सक्ने छन् । यसअघि कम्पनीले २३५ किलोमिटर रेन्जको बिभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउदै आएको छ। पर्यावरण र ग्राहकको हितका लागि सधैव सक्रिय रहने कम्पनिको दावी छ ।