एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता
काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउन यस सम्झौतामा हस्ताक्षर गरिएको कम्पनिले जनाएको छ । यस सम्झौतामा एड्भान्स्ड अटोमोबाइल्सका जेनेरल म्यानेजर अधीर कुमार श्रेष्ठ र सानिमा बैंकको रिटेल लेन्डिंग डिपार्टमेन्ट हेड विशाल दाहालद्वारा हस्ताक्षर गरिएको छ । यस सम्झौता अनुसार रेनोको क्विड, ट्राइबर र किगर मोडेल खरिद गर्न चाहने ग्राहकले सानिमा बैंक मार्फत सहुलियत दरमा फाईनान्सको सुविधा पाउन सक्नेछन् । यो सुविधा रेनोका देशभरका आधिकारिक डिलरहरु र नजिकको सानिमा बैंकको शाखामा पनि उपलब्ध हुनेछ । यसको साथसाथै, रेनोले नजिकिँदै गरेको चाड्पर्वलाई लक्षित गरेर ‘रेनो शुभ कार रम्भ’ योजना पनि ल्याएको छ । यो योजना अन्तर्गत रेनोका ग्राहकहरुले ७ लाखसम्मको छुटको साथै इजि फाईनान्स, एक वर्षसम्म निःशुल्क सडक कर, दुइ वर्षसम्म निःशुल्क सर्भिसिङ र बेस्ट भ्यालु एक्स्चेन्ज अफरल गायतका लाभ पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
इलेक्ट्रिक कार ‘डल्फिन’ को भिडियो बनाएर पोस्ट गर्दा १ लाख जित्ने अवसर
काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी नाडा अटो शोको अवसर पारेर नयाँ इलेक्ट्रिक कार ‘डल्फिन’ सार्वजनिक गर्दैछ । हाल कम्पनीले सो इलेक्ट्रिक कारलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौंको सडकमा कुदाइरहेको छ । कतै गुडिरहेको सो कारको भिडियो खिचेर फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सार्वजनिक रुपमा पोस्ट गरेमा १ लाख रुपैयाँ जित्न सकिने छ । साइमेक्स इंकले यसका लागि ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको छ । सो क्याम्प सेप्टेम्बर ६ अर्थात बुधबार देखि प्रारम्भ भएको छ र आगामी सेप्टेम्बर ११ अर्थात सोमबार सम्म चल्ने छ । सेप्टेम्बर १२ अर्थात मंगलबार सो कार नाडा अटो शो २०२३ को अवसरमा लन्च गर्ने कार्यक्रम भएको बताइएको छ । डल्फिन कहाँ र कसरी भेट्ने भन्ने वारेमा जानकारी लिन बीवाईडीको आधिकारिक पेज हेर्न सकिने छ । दिइएको नियम अनुसार भिडियो खिचेर पोस्ट गर्ने सहभागी मध्ये ३ जनालाई १ लाख रुपैयाँको आकर्षक पुरस्कार प्रदान गरिने छ । त्यसैगरी सहभागी सबैलाई नाडा अटो शो २०२३ को टिकट निःशुल्क प्रदान गरिने छ । यो वाहेक बीवाईडीको तर्फबाट विशेष उपहार समेत प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।
नाडा अटो–शोमा अत्याधुनिक फोर्स अरबानीया लञ्च हुँदै
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो–शोमा अरबानीया माइक्रो बस लञ्च गर्ने भएको छ । अरबानीय माइक्रो बस भारतमा अत्याधिक रुचाइएको गाडी मध्येमा पर्छ । नेपालमा आयातीत माइक्रोबसहरु मध्ये सबैभन्दा उत्कृष्ट सुविधा आरबानीयामा रहेको आयाम इन्टरकन्टिनेटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो माइक्रो बस कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको बताइएको छ । पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु, कुटनीतिक निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागी यो माइक्रो बस उपयुक्त हुने कम्पनीले बताएको छ । यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको बताइएको छ । सुरक्षाका दृष्ट्रिकोणले सम्पूर्ण रेटिङ्गहरुमा यो गाडी अब्बल मानियको छ । ड्युल एअर ब्याग यूक्त यस गाडीमा एरोडाइनामीक क्रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डिआरएल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल एसी सिस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागी चार्जीङ्ग पोर्टको ब्यबस्था जस्ता सुविधा रहेको कम्पनीले बताएको छ । स्लाइडिङ्ग डोर सहितको तीन ढोका युक्त यो गाडीमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् ।