‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड’ मार्फत ८० उत्कृष्ट चालक सम्मानित
काठमाडौं । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको समर्पण, विश्वास र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ । औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममार्फत दीर्घकालीन प्रतिबद्धता देखाउँदै उत्कृष्ट सेवा प्रदान गर्दै आएका ड्राइभर पार्टनरहरूलाई एकै स्थानमा भेला गराई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार नेपालमा इनड्राइभ सेवाको सफलताको मुख्य आधार यही विश्वास र सेवा गुणस्तर हो । अवार्ड वितरण समारोह विशेष अतिथि अभिनेत्री प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा सुनिता जीमी राई, एपीएसीका ड्राइभर्स मार्केटिङ लिड योक्षा द्वी एड्रियान्टो तथा अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विजेताहरूलाई सम्मान प्रदान गरेका थिए । अवार्डअन्तर्गत पाँच वर्ष र तीन वर्षदेखि निरन्तर उत्कृष्ट सेवा प्रदान गर्ने ‘टप परफर्मिङ ड्राइभर पार्टनर’ तथा सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने चालकहरूलाई विभिन्न श्रेणीमा सम्मान गरिएको थियो । क्याब र मोटो दुवै विधामा पुरुष तथा महिला चालकहरूलाई समेट्दै कुल ८० जना ड्राइभर–पार्टनरलाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको समापनमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ लिड एड्रियान्टोले प्लेटफर्मको दीर्घकालीन दिगोपनाका लागि सम्मान–आधारित संलग्नता महत्वपूर्ण हुने उल्लेख गरे । इनड्राइभ नेपालले यस्ता कार्यक्रममार्फत संख्यात्मक प्रदर्शन मात्र होइन, इमान्दारिता, विश्वास र उत्कृष्ट सेवाजस्ता मूल्यलाई पनि प्राथमिकता दिँदै प्लेटफर्मको विकासलाई अघि बढाउँदै आएको जनाएको छ ।
अब बाइक साटेर कार चढ्न सकिने
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । ‘स्विच टु टियागो इभी’ नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन् । कम्पनीकाअनुसार यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन् । योजना अन्तर्गत पुराना दुईपाङ्ग्रे सवारीको उत्कृष्ट मूल्याङ्कन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज, र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन् । त्यसैगरी ग्राहकहरूले टाटा मोटर्सका नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत पाउने कम्पनीले जनाएको छ । सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ । इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुमहरूमा पुगेर मार्च १३, १४ र १५ का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।
नागरिकताकै भरमा स्कुटर किन्न सकिने, लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा
काठमाडौं । अब पेट्रोल स्कुटरझैं इलेक्ट्रिक स्कुटर किन्न पनि नागरिकता कै भरमा फाइनान्स सुविधा पाइने भएको छ । लुयान नेपालले ग्राहकलाई सहज बनाउन यस्तो विशेष फाइनान्स योजना सार्वजनिक गरेको हो । विशेषगरी राजधानी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनाअनुसार अब ग्राहकले आफ्नो र एकजना ग्यारेन्टरको नागरिकताको आधारमा सहज रूपमा फाइनान्स सुविधा लिन सक्नेछन् । सामान्यतया फाइनान्स प्रक्रियामा प्रशस्त आम्दानी खुल्ने कागजात, राजधानीकै स्थानीय ग्यारेन्टर, बिजुली वा खानेपानीको बिल, सरकारी जागिर वा ठूलो कम्पनीमा काम गरेको प्रमाण जस्ता झन्झटिला कागजात आवश्यक पर्ने गरिन्छ । तर लुयान नेपालको यो नयाँ व्यवस्थामा त्यस्ता जटिल प्रक्रियाबाट ग्राहकलाई धेरै हदसम्म सहज बनाइएको छ । नेपालको जुनसुकै जिल्लाको स्थायी बासिन्दा भए पनि हाल राजधानीमा बसेर औपचारिक वा अनौपचारिक पेशा–व्यवसाय गरिरहेका व्यक्ति, साना व्यवसायी तथा राइड सेयरिङ्गमा संलग्न युवाहरूले पनि यो सुविधाबाट लाभ लिन सक्नेछन् । यस योजनाअनुसार स्कुटरको कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध हुनेछ भने बाँकी रकम १८ महिनासम्मको सरल किस्तामा तिर्न मिल्ने व्यवस्था गरिएको कम्पनीका सेल्स हेड शंकर शर्माले जानकारी दिए । यो सुविधाले विशेषगरी राजधानीमा बसेर राइड सेयरिङ्ग व्यवसायमा सक्रिय युवाहरूलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । हाल यो सेवा काठमाडौंमा उपलब्ध भए पनि निकट भविष्यमा पोखरा र इटहरीमा समेत विस्तार गर्ने कम्पनीको योजना रहेको छ । लुयान नेपालले विगत सात वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले यो फाइनान्स सुविधा लुयान, सारथी, इकुटर, जिडाओ तथा काइसाई ब्राण्डका स्कुटरमा उपलब्ध गराउने जनाएको छ । कम्पनीले हाल करिब १ लाख ४० हजारदेखि साढे २ लाख रुपैयाँसम्मका विभिन्न इलेक्ट्रिक स्कुटर बजारमा उपलब्ध गराउँदै आएको छ । साथै, कम्पनीले करिब १ लाख १० हजार रुपैयाँमै लाइसेन्स आवश्यक नपर्ने इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्दै आएको छ ।