दिपल एस०५ : सेलिब्रिटीदेखि प्रभावशाली व्यापारीसम्मको रोजाइ
काठमाडौं । नेपाली अटोमोबाइल बजारले धेरै गाडीहरुको आगमन देखेको छ तर दिपल एस०५ को जस्तो आगमन विरलै हुन्छ । दिपल एस०५ ले गएको अगस्टमा नाडा अटो सोभन्दा केही दिनअघि नेपालमा धमाकेदार इन्ट्री गरेको थियो । त्यो एउटा कार लन्च मात्र थिएन, एउटा त्यस्तो पल थियो जुन नेपाली अटोमोबाइल क्षेत्रले कहिल्यै बिर्सन सक्दैन । नेपाली अटोबजारले लामो समयदेखि लक्जरी, स्टाइल र टेक्नोलोजीको सही सम्मिश्रण भएको कारण खोजिरहेको थियो र एस०५ ले यी सबै पक्षमा आफूलाई सर्वोत्कृष्ट प्रमाणित गरेको छ । र यो छोटो समयमै नेपाली बजारको प्रतिक्रियाले उद्योगलाई नै चकित पारेको छ । सार्वजनिक भएको दिनदेखि आजका दिनसम्म नेपाल भित्रिएको एस०५ का हरेक युनिटले गर्वित घर पाइसकेको छ र यसको माग कम दिने कुनै संकेत देखिएको छैन । एस०७ को सफलतापछि दिपल एस०५ ले नेपालका विवेकशिल ग्राहकलाई लक्जरी, स्टाइल र टेक्नोलोजीको सही मिश्रण प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिइरहेको छ । दिपल एस०५ नेपालका चर्चित सेलिब्रिटीदेखि प्रभावशाली व्यक्तिहरुको रोजाइमा परेको छ जसले यो इभीलाई सम्झौता गर्न तयार नभएकाहरुको लागि बनेको हो भन्ने प्रमाणित गरेको छ । सौन्दर्य विधामा संसारकै ठूलो अटोमोटिभ अवार्ड आईएफ इन्टरनेशनल डिजाइन अवार्ड २०२५ विजेता एस०५ मा शार्क नोज फ्रन्टसहितको बोल्ड इन्टरस्टेलर डिजाइन, विमानबाट प्रभावित हेडल्याम्प र सेग्मेन्ट फस्ट फ्रमेलेस डोर तथा फ्लस ह्यान्डल रहेको छ । साथै यसमा नेपालमा उपलब्ध एसयुभी सेग्मेन्टमै सबैभन्दा कम ०.२५८ सिडी ड्रयाग कोफिसेन्ट रहेको छ जसले सुन्दरता मात्र होइन प्रदर्शनलाई पनि बेजोड बनाएको छ । साथै, यसमा इन्डस्ट्रिी फस्ट क्विन कोपाइलट सिट, एम्बायन्ट सराउन्ड लाइटिंग र १२६० वाटको १४ स्पिकर स्काइ सराउन्ड साउन्ड सिस्टमले हरेक यात्रामा लक्जरीको अनुभव गराउँछ । ग्राहकहरु यसमा प्रयोग भएको प्रविधिबाट पनि खुशी छन् । यसमा सेग्मेन्टमै पहिलो पटक अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, रिमोट इन एन्ड आउट पार्किंग फिचर, १९ सेफ्टी फिचरसहित एडास २.० र इन्डस्ट्रिमै सबैभन्दा ठूलो १६० लिटरको फ्रंक प्रयोग भएको छ । साथै, नेपालकै सबैभन्दा एड्भान्स्ड् सिएटिएलको गोल्डेनशिल्ड ब्याट्री २.० प्रयोग भएको छ जसको चर्जिंग साइकल ५००० रहेको छ । यो ब्याट्री मात्र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुन्छ । दिपल एस०५ को लोभलाग्दो सफलता र लामो वेटिंग लिस्टले यसलाई नेपाली अटोमोटिभ जगतको ‘नयाँ सनसनी’ बनाएको छ ।
एमजीले ल्याउँदै ‘सेमी–सोलिड स्टेट’ ब्याट्री, विद्युतीय सवारीमा ठूलो सुधार
काठमाडौं । एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड तथा विद्युतीय कार विकास गरिरहेको जनाएको छ । कम्पनीले सोलिडकोर ब्याट्री र ‘हाइब्रिड प्लस’ प्रणालीमार्फत आफ्ना सवारीसाधनलाई अझ छिटो, शान्त र स्मार्ट बनाउने लक्ष्य लिएको छ । नयाँ हाइब्रिड प्लस प्रणाली जर्मनीको फ्रान्कफर्टस्थित एमजीको इन्जिनियरिङ केन्द्रमा विकास भइरहेको छ । यो प्रविधि आगामी एमजी एस९ प्लग–इन हाइब्रिड मोडेलमा पहिलोपटक प्रयोग हुन सक्ने अनुमान गरिएको छ । सवारीमा इलेक्ट्रिक टर्बो र विशेष मोटर प्रयोग गरिनेछ, जसले आवाज कम गर्नुका साथै गाडीको क्षमता र दक्षता दुवै सुधार गर्ने कम्पनीको दाबी छ । कम्पनीका वरिष्ठ इन्जिनियरका अनुसार इलेक्ट्रिक टर्बो प्रति मिनेट ७० हजार घुम्न सक्ने क्षमता राख्छ, जसले विद्युतीय र पेट्रोल इन्जिनबीच शक्ति वितरणलाई सहज बनाउँछ । साथै डिजिटल ड्याम्पिङ प्रविधिले सवारीको आराम बढाउनेछ भने सेन्सरमार्फत कम्पन नियन्त्रण गरी यात्रा अझ शान्त र सहज बनाइने बताइएको छ । एमजीले ‘सेमी–सोलिड स्टेट’ प्रविधिमा आधारित सोलिडकोर ब्याट्री पनि विकास गरिरहेको छ, जसमा करिब ९५ प्रतिशत ठोस र ५ प्रतिशत तरल पदार्थ प्रयोग गरिएको हुन्छ । यसले ऊर्जा सञ्चय क्षमता बढाउने, छिटो चार्ज हुने र विभिन्न तापक्रममा स्थिर प्रदर्शन दिने अपेक्षा गरिएको छ । कम्पनीका अनुसार नयाँ ब्याट्री परम्परागत लिथियम–आयन ब्याट्रीभन्दा सुरक्षित हुनेछ । परीक्षणका क्रममा दबाब वा क्षति पुगे पनि आगलागी वा स्पार्क नदेखिएको दाबी गरिएको छ । यी नयाँ प्रविधिमार्फत भविष्यका एमजी सवारीलाई अझ शक्तिशाली, सुरक्षित, ऊर्जा–दक्ष र आरामदायी बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
प्रधानमन्त्री कप २०२६ को 'पावर्ड बाई' प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
काठमाडौं । नेपालमा क्रिकेट केवल खेल मात्र होइन, यो भावनासँग जोडिएको विषय हो । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु हुँदै गर्दा यामाहाले यस प्रतियोगिताको आधिकारिक 'पावर्ड बाई' प्रायोजकको रूपमा आफ्नो सहभागिता सगर्व घोषणा गरेको छ । युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने उद्देश्यले यो सहकार्य गरिएको हो । एक महिनासम्म चल्ने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघद्वारा हरेक वर्ष आयोजना गरिने देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो । यस प्रतिष्ठित प्रतियोगिताले प्रत्यक्ष प्रसारण, मोटरसाइकल एवम् नगद पुरस्कारसहितका विभिन्न प्रमुख अवार्डहरू वितरण गरिने पोस्ट(म्याच कार्यक्रम मार्फत उच्चस्तरीय ब्राण्ड भिजिबिलिटी प्रदान गर्दछ । नेपालमा यामाहाको यात्रा सदैव उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण सफल रहँदै आएको छ । काठमाडौं रेजर्ससँग फुटबल मैदानमा देखिएको जोश होस् वा विभिन्न युवामैत्री पहलहरू, यामाहाले सधैं देशलाई अघि बढाउने प्रतिभालाई साथ दिँदै आएको छ । पीएम कपसँग सहकार्य गर्दै, यामाहाले नयाँ पुस्ताका क्रिकेट खेलाडीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ गरेको छ, जसले यस ब्रान्डको 'कान्दो' फिलोसोफीलाई क्रिकेटजस्तो अनुशासित र टिमवर्कमा आधारित खेलसँग जोड्दछ । मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गर्न यामाहाले यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ, जसले उनीहरूको खेल कौशल, मेहनत र उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्नेछ। साँच्चै नै जनताको खेलको रूपमा रहने यो प्रतियोगिता पुरै एक महिनासम्म वीरगञ्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानी जस्ता देशका प्रमुख खेल मैदानहरूमा सञ्चालन हुनेछ । यसमा सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने टोलीहरूसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ जस्ता विभागीय टोलीहरू समेत कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भने, 'पीएम कप २०२६ मा यामाहाको सहभागिताले हामीलाई खुसी लागेको छ । यस्ता सहकार्यले घरेलु क्रिकेटलाई थप मजबुत बनाउनुका साथै खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित पनि गर्नेछ।' एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, 'पीएम कप जस्तो नेपाली युवाको उत्साह झल्काउने प्रतियोगितालाई समर्थन गर्न पाउँदा हामी गर्व गर्दछौं । यो प्रतियोगिता खेल मार्फत विकास र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्ने सहि प्लेटफर्म हो ।' त्यसैगरी, कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, 'यामाहा सधैं सपनाको शक्तीमा विश्वास गर्दछ । पीएम कप पनि एक यस्तो मञ्च हो जहाँ भविष्यका स्टारहरू जन्मिन्छन् । त्यसैले नेपाली जनतामा खुशी र गौरव जगाउने यस्तो प्रतियोगिताको हिस्सा बन्न पाउँदा हामी उत्साहित छौं ।' यामाहा देशभरका सबै क्रिकेटप्रेमीहरूलाई यस रोमान्चक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दछ, जुन यस अघिका संस्करणहरू भन्दा अझ भव्य, प्रतिष्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।