विकासन्युज

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने, अवलोकनका लागि बोलाइयो विदेशी

काठमाडाैं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उहाँले केही संस्थाहरु पर्यवेक्षकलाई सहरी र सुविधास म्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताए । आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ ।

एक मुर्ति बनाएको ५ लाखसम्म पारिश्रमिक, नेपालमै कारखाना खोलेर रोजगारी दिने योजना

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ का प्रेम टमटाले भगवानको मूर्ति बनाएर परिवारको जीविका चलाएको दुई दशक भन्दा बढी भयो । सानै उमेरमा घरबाट भागेर कामको खोजीमा भारतको राजधानी दिल्ली पुगेका उनले दिल्लीस्थित जैपुरमा भगवानको मूर्ति बनाउने कारखानामा काम गरे। उक्त कारखानामा टमटाले करिब १० वर्ष मजदूरीको काम गरे । उनी १० वर्षको त्यो अवधिमा कारखानामा काम गर्ने मूर्तिकारको सीप सिके र नेपाल फर्किए । ‘दश वर्ष मूर्ति कारखानामा मजदुरीको काम गर्दा मेलै पनि मूर्ति बनाउन सिकिसकेको थिएँ ।’उनले भने ,’काम सुरु गर्दादेखि नै मूर्ति बनाउने रहर थियो विस्तारै सिक्दै गएँ ।’ भारतबाट सीप सिकेर नेपाल फर्किएका उनले हाल घरमै भगवानका मूर्ति बनाउँछन् । तामा, पित्तल, ढुङगा, काठ र सिमेन्टबाट निर्मित विभिन्न भगवानका मूर्ति बनाउने गरेको उनले बताए । ‘करिब २० वर्ष भयो, मूर्ति बनाएर परिवारको जोहो गरेको छु ।’ टमटाले भने–’अहिले मूर्तिको माग धेरै बढेको छ, दार्चुला बैतडीदेखि काठमाडौँसम्मबाट मूर्ति बनाउनका लागि आउँछन् ।’ उनले शिव पार्वती, हनुमान, दुर्गा, हात्ती र बाघ जस्ता विभिन्न भगवान र जीवजन्तुका मूर्ति बनाउने गरेको बताए । आफूले बनाएका मूर्ति नेपालको विभिन्न धार्मिकस्थलमा राखिएको टमटाले बताए । कैलालीको गोदावरीस्थित ६० फिट लामो हुनमानको मूर्ति करिब नौ महिना लागाएर बनाएको उनले बताए । ‘प्रसिद्ध धार्मिकस्थल गोदावरी धाममा राखिएको हनुमानको मूर्ति मैले बनाएको हुँ ।’ उनले भने –’नौ महिना लगाएर बनाएको मूर्तिको चार लाख पारिश्रमिक पाए ।’ गोदावरीधाम बाहेक कञ्चनपुरको पर्यटकीयस्थल शिवलिङगेश्वर धामस्थलमा समेत आफूले बनाएका मूर्ति स्थापित रहेको उनले बताए । विशेष गरी चाडपर्वको बेला मूर्ति बनाउने चाप बढी हुने गरेको बताए । ‘देवीदेवताको मन्दिरमा चढाउन चाडपर्वको बेला बढी माग हुन्छ ।’ टमटालले भने–’मूर्ति बनाएरै अहिलेसम्म परिवार चलेको छ ।’ नेपालमै मूर्ति बनाउने कारखाना खोल्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण त्यो सपना पूरा हुन नसकेको टमटाले बताए । ‘यही कारखाना स्थापना गर्नसके यहाँ अन्य धेरैले रोजगारी पनि पाउँथे सीप पनि हस्तान्तरण हुने थियो ।’ उनले भने–’आर्थिक समस्याका कारण कारखाना स्थापना गर्न सकेको छैन ।’ उनले अहिले पनि मूर्ति बनाउनका लागि भारतबाट मूर्तिकार आउने गरेको बताए ।‘अझै पनि मूर्ति बनाउन भारत जानुपर्ने र त्यहाँको मूर्तिकार ल्याउनुपर्ने बाध्यता छ ।’ टमटाले भने–’मैले सिकेको सीप अरुलाई पनि सिकाउन सक्थे यसले हाम्रो देशमै मूर्तिकार भएपछि यही रोजगारी पनि हुन्थ्यो ।’ उनले अहिले सीप नभएर थुप्रै युवा रोजगारीका लागि भारत जाने गरेको बताए । अहिले मूर्ति बनाएर साइज हेरेर रु २० हजार देखि चार(पाँच लाखसम्म पारिश्रमिक लिने गरेको टमटाले बताए । ‘ग्राहकलाई चाहिए अनुसारको मूर्ति बनाउन सक्छु ।’ उनले भने–’काठ, ढुङ्गा, सिमेन्ट पित्तल तामाका मूर्ति सहजै बनाउन सक्छु ।’ उनले अहिलेसम्म देशका विभिन्न भागमा मूर्ति बनाएर पठाएको बताए । ‘सुरुवातको केही समयमा काम गर्न असजिलो भयो ।’ टमटाले भने–’अहिले त मलाई खोज्दै आउछन्, म सन्तुष्ट छु ।’ रासस

कर्मचारीको दुई महिनाको तलब दशैंमा खर्च, उद्योगी व्यवसायीको छुट अफरले अर्थतन्त्रलाई राहत

धनुषा । हिन्दू धर्माम्बलम्बी नेपालीको महान चाड दशैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरिद बिक्री गर्नेको भिडभाड दोहोरिएको छ । दशैंले छोपिएको यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरधामको बजारसहित देशभरिकै बजारमा हरेक वर्ष झैं चहलपहल बढेको छ । किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन, माछामासु, मदिरा, हल्का पेय पदार्थ, मोवाइल, टेलिभिजन, कपडा धुने मेसिन, फ्रिजलगायत विद्युतीय उपकरणका पसलहरुमा किनमेल गर्नेहरुको भीड अत्याधिक देखिएको छ । वस्तुका अतिरिक्त सेवा क्षेत्रमा सार्वजनिक सवारीसाधन, होटल÷रेस्टुरेन्ट, एयरलाइन्सको व्यापारमा पनि बढोत्तरी देखिएको छ । दशैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रित गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न छुटका कार्यक्रमहरु सार्वजनिक गरिरहेका छन् । उपभोगमा आधारित हाम्रो अर्थतन्त्रमा कुल उपभोगको एक तिहाइ दशैंमा उपभोग हुने अनुमान गरिन्छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, खुसी साटासाट गर्ने र मान्यजनको आशिर्वाद लिने दशैं पर्वमा मानिसले धक फुकाएर खर्च गर्छन् । यसले बजारमा बहार ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने अर्थशास्त्रका विज्ञहरु बताउँछन् । जनकपुरधामका अर्थशास्त्र विषयमा लामो समयदेखि प्राध्यापन गर्दै आएका उज्ज्वल दाहाल वर्षभरि हुने घरयासी खर्चको एकतिहाइ दशैंमा खर्च हुने गरेको बताए । उनले उद्योगी व्यवसायीले दशैं, तिहार र छठ पर्वसँगै वस्तु र सेवाको व्यापारका लागि नयाँनयाँ छुटका कार्यक्रमहरुसहित ग्राहकलाई लोभ्याउने गरेको बताए । ‘दशैंको व्यापारले वर्षभरिको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ’, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ भने । टिकाउ वस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेटलगायतका खरिदकर्तालार्ई दसैँको बेला दिइने छुट नै पर्खेर बस्ने बानी लागिसकेको उनको भनाइ छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल९रेस्टुरेन्टले दसैँ लक्षित प्याकेज बिक्री गर्न थालेका छन् । दशैंले बजारलाई गुलजार बनाउने भएकाले फूलपाती अघिसम्म विक्रेताले छुट र उपहारका विविधि योजना ल्याएर ग्राहकलाई आकर्षित गर्न खोजिरहेको हुँदा हरेक बजार मात्र होइन, सपिङ कम्प्लेक्सदेखि अनलाइन सपिङमा समेत दशैं केन्द्रित किनमेलको चाप बढ्दो छ । दशैं तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको दाहाल बताए । रोजगारी वा अध्ययनका लागि नेपाल बाहिर रहेका व्यक्तिहरु पनि दशैं मनाउन आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । कर्मचारीले दुई महिनाको तलब एकै महिना खर्च गर्छन् । यसले पनि दशैंमा अर्थतन्त्र कति चलायमान हुन्छ भन्ने देखाउँछ । सरकारले दशैंको अवसर पारेर आफ्ना कर्मचारीलाई एक महिनाको तलब दिने गर्दछ भने अन्य सङ्घसंस्था, बैंक तथा वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि कर्मचारी, कामदारलाई केही खर्च दिने गरेका छन् । यतिबेला बजारमा पैसा चलायमान हुने भएकाले दशैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा। सुरेन्द्र लाभको भनाइ छ । दशैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो । “पहिले पनि दसैँं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैँं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ”, अर्थशास्त्री डा। लाभले भने । पछिल्ला वर्षहरुमा बजारमा चहलपहल बढ्ने अर्को कारण दसैँको समयमा विदेशबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) भएको अर्थशास्त्रीहरु बताउँछन् । विदेश बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार औषतमा दशैंताका करिब १०र१५ अर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दसैँमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन । भारतमा हजारौंको सङ्ख्यामा नेपाली कार्यरत रहेकाले पनि यसको हिस्सा नेपालको अर्थतन्त्रमा फराकिलो हुने गर्दछ । अर्थविद्हरुका अनुसार दसैँअघिका दुई–तीन हप्ताको अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने देखिन्छ । दशैं, तिहार र छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत रहेको अर्थशास्त्री डा लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय पनि भएको छ । दशैंअघिको समयमा मात्र अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहको भनाइ छ । उनको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ । यतिखेर मधेस प्रदेशको राजधानी जनकपुरधाममा दशैंको निकै चहलपहल बढेको छ । जनकपुरका मुख्य बजारहरु शिवचोक, रामचोक, मुरलीचोक, जानकीचोकलगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ । जनकपुरधाममा असोज १० गते घटस्थापनादेखि शुरु भएको दशैं बजार असोज १७ गते महाअष्टमीसम्म सञ्चालन हुने गर्दछ । सस्ता बजारको नाममा चिनिने यस बजारको जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वय तथा सहकार्यमा शुरु भएको दशैं बजारले स्थानीय तथा राष्ट्रिय उत्पादनहरू बढी मात्रामा रहेकाले देशकै आर्थिक गतिविधि बढ्ने विश्वास धनुषाका प्रमुख जिल्ला अधिकारी एवं मेला व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलको रहेको छ । मेलामा खाद्यान्न सामाग्रीहरू, साबुन, अगरबत्ती, चाउँचाउँ, बिस्कुट, प्लास्टिकका भाडा वर्तन, कपडा, चप्पल जुत्ता, शृङ्गारका सामाग्रीहरू सहितका अन्य दैनिक उपभोग्य सामाग्रीहरू सहित ९४ वटा बिक्री कक्षमा राखिएको वाणिज्य सङ्घले जनाएको छ । विगतमा कोरोना महामारीका कारणले सुसुप्त बनेको आर्थिक गतिविधि तीव्र बनाएर सहुलियत दरमा सामानको बिक्री वितरण गर्ने काम भइरहेकाले यसले आम तथा निम्न वर्गका उपभोक्तालाई राहत पुग्ने विश्वास गरिएको छ । जनकपुरधामको ऐतिहासिक गोपाल धर्मशालामा शुरु भएको दसैँ बजार विगत वर्षहरुमा कोरोना महामारीका कारणले नलागे पनि यसपटक धेरैले खोप लिइसकेको र कोरोना नियन्त्रणको अवस्थामा रहेकाले दसैँ बजार आयोजना गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सस्तो बजारको रुपमा रहेको दशैं बजारको मूल्यमा नै जनकपुरधामको केही पसलमा मूल्यसूची राखेर उपभोग्यका सामानहरू छठसम्म बिक्री गराउने निर्णय भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । दशैं बजारबाट उपभोक्ताका साथै खुद्रा व्यापारीहरूले पनि खरिद गरेर लाने भएकाले यसमा करोडौंको कारोबार हुने गरेको छ । सोझै कम्पनीबाट नै सामानहरू जनकपुरधामको सस्तो बजारमा आउने गरेकाले सामानहरू सस्तो पर्ने गरेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले जानकारी दिए ।

आइएमई ट्रान्सफरबाट साढे ११ लाख नगद र सुन लुटियो, व्यापक प्रहरी परिचालन

ताप्लेजुङ।  ताप्लेजुङको एक मनिट्रान्सफरबाट साढे ११ लाख रुपैयाँ नगद सहित सुनका गरगहना लुटएको छ । जिल्लाका विरेन्द्रचौकमा रहेको कञ्चन आइएमई मनिट्रान्सफरबाट ११ लाख ५५ हजार ८ सय रुपैयाँ नगद र सुनकाम गरगहना लुटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ । जिल्ला प्रहरी कार्यालयबाट करिब एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठको कञ्चन आइएमईबाट आज बिहान ९ बजेर २० मिनेट सो रकम लुटिएको हो । सुन कति थियो भन्ने विषय अहिलेसम्म खुलेको छैन । आइएमईका स्टाफ आशामाया प्रधानलाई हिजो देखि नै मेरो आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा नम्बरबाट फोन आइरहेको थियो। आज बिहान पनि करिब ९ बजेर १८ मिनेट जाँदा फोन आएको थियो। फोन आएलगत्तै फेसमाक्स लगाएका ४ जना युवाहरु आइएमईमा छिरेका थिए । अहिले लुटेराहरुको खाजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

लहान दुर्गा मन्दिरमा ७५ तोला सुनका गहना

गोलबजार । सिरहाको लहानस्थित दुर्गा माताको मूर्तिलाई ७५ तोला सुनको गरगहना चढाइएको छ । माता दुर्गाको मूर्तिका लागि मात्र त्यत्रो परिमाणको सुनका गरगहना बनाइएको जिल्ला उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष विकास शारदाले बताए । माताको मूर्तिको घाँटीमा लगाइने चोकर मात्र २१६.९६ ग्राम अर्थात् १८.६० तोला सुनको छ । त्यस्तै दुर्गा मातालाई लगाइएको ठूलो रानीहार ३० तोला र नेकलेस १० तोला, बाला १० तोला र अन्य साढे छ तोला बराबरको शिरबन्दी, नथिया, पिँजडा झुम्का रहेका छन् । यी सबै गरगहना दुर्गा पूजा समितिका सदस्यहरूबाट प्राप्त चन्दा, मन्दिरमा आउने भक्तजनबाट प्राप्त भेटी तथा स्थानीय व्यापारीबाट संकलन गरिएको आर्थिक सहयोगबाट निर्माण गरिएको हो । माता दुर्गाको मूर्तिबाहेक अन्य देवीदेवता र असुरहरूको मूर्तिसमेतलाई चाँदीका गरगहनाले सजाइएको हो । देवीदेवता र असुरहरूले प्रयोग गर्ने सबै शृंगार तथा हातहतियार पाँच केजी चाँदी प्रयोग भएको हो । मेला अवधिभर ती मूर्ति तथा गरगहनाको संरक्षण नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीबाट गरिने ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । गरगहनाको निगरानीका लागि मन्दिरभित्र र बाहिर विभिन्न स्थानमा सीसीटीभी क्यामरा जडान गरिएको बताइएको छ ।

बैंकर्सको दशैं : वृद्ध आमाबुबाबाट टिका, नाती–नातिनालाई खेलाउनेदेखि तास खेल्नेसम्म, कसले कसरी मनाउँदैछन् ?

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं हर्षाेल्लासका साथ मनाइन्छ । देशविदेशमा काम तथा अन्य शिलशिलाका लागि विदेशमा रहेका नेपालीहरु दशैंको बेलामा गाउँघरमा आएर रमाइलो गर्छन् । वर्षभरिको कामको थकान मेट्ने र आफन्तहरुसँग भेट जुराउने दशैं पर्वले नै हो । बैंकरहरुलाई वर्षभरि नै कामको चटारो हुन्छ । कार्यालय समयमा भेट्ने फर्सद नहुने बैंकर्सहरु यति बेला भने दशैं मनाउन गाउँ फर्किसकेका छन् । गोविन्द प्रसाद ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)गोविन्द प्रसाद ढकाल दशैं मनाउन आफ्नो जन्म घर आँधीखोला गाउँपालिका स्याङ्जामा जाने बताउँछन् । उनले आफ्नो ८८ वर्षीय आमाको हातबाट टिका लगाउने बताए । ‘म अहिले पोखरामा छु, मेरो घर स्याङ्जा आँधीखोला गाउँपालिका हो, गाउँ जान्छ, मेरो दशैं सामान्य हुन्छ, मेरो ८८ वर्षको आमा हुनुहुन्छ, उहाँको हातको टिका लगाएर आशिर्वाद लिन्छु, अनि अन्य व्यक्तिहरुसँग पनि टिका लगाउँछु, दशैंको बेलामा घरमा नै बसेर रमाइलो गर्छु,’ उनले भने । शम्भु गौतम बैंकर्स तथा सिद्धार्थ बैंकका पूर्व सीईओ शम्भु गौतमको जन्मघर पोखरा हो । उनी अहिले पनि पोखरामा नै बस्छन् । उनले परिवारसँग नै दशैं मनाउने बताए । हिन्दुहरुको पर्व दशैं भएकाले आफन्तहरुसँग आशिर्वाद लिएर टिका लगाउने उनले बताए । ‘घरमा बस्ने हो, रमाइलो गर्ने हो, परिवारसँग दशैं मनाउने हो, परिवार तथा आफन्तहरुसँग भेटघाट र रमाइलो गरिन्छ,’ उनले भने । रविनादेशराज श्रेष्ठ मेगा बैंककी कायमुकायम प्रमुख कार्यकारी अधिकृत रवीनादेशराज श्रेष्ठ आफ्नो मामा–माइजु, फुपु र दाजु–भाउजुको हातबाट दशैंमा टिका लगाउने बताउँछिन् । आफ्नो नातिनीको पहिलो टिका भएकाले धेरै खुसी लागेको उनको भनाइ छ । ‘दशैंमा परिवारसँग बसेर मनाउने हो, छोरा दशैंको लागि घर आउँदै छ, मेरी नातिनीको पहिलो टिका हो, अझै रमाइलो हुने वाला छ, नातिनीलाई पनि टिका लगाउँछु, मेरो मामा माइजु, फुपु र दाइभाउजुको हातबाट टिका लगाउँछु,’ उनले भने । उनले दशैंमा देउताप्रति आस्था राखेको हुँदा त्यो पुरा गर्ने उनले बताइन् । जमरा रोपेकोले जेष्ठ नागरिकसँग गएर टिका लगाउँदै आशिर्वाद लिनले उनको भनाइ छ । साथै, दशैंमा तास खेल्ने, राम्रो लुगा लगाउने, खुसी बाड्ने उनले बताइन् । ‘दशैंमा देउताप्रति आस्था छ, देउताप्रतिको आस्था पुरा गर्छु, दशैंको पुजा गर्छु,जमरा रोपेकी छु, सबैलाई टिका लगाउँछु, आफ्नो जेष्ठ नागरिकसँग गएर मानसम्मान, आशिर्वाद लिन्छु, हाम्रो जीवन धेरै व्यस्त हुन्छ, दशैंमा भेटघाट गर्न पाइन्छ,’ उनले भनिन्, ‘दशैंमा आफन्तरुलाइ भेट्ने, तास खेल्ने, बच्चाबच्चीसँग जमघट गर्ने, मिठोमिठो खाने, राम्रो लुगा लगाउने, खुसी बाड्ने, खुसी हुने साथीहरु, आफन्तहरु छन् है भनेर मख्ख परेर नक्कल पारेर खाँदै घुम्दै हिड्ने हो ।’ नारायणदास मानन्धर प्राइम बैंकका सीईओ नारायणदास मानन्धर दशैंमा साथीभाइसँग रमाइलो गर्नुका साथै घुमघाम पनि गर्ने बताउँछन् । आफ्नो परिवार ठूलो भएकाले माहोल पनि रमाइलो हुने गरेको उनको भनाइ छ । उनले आफ्नो ८५ वर्षको बुबाको हातबाट दशैंको टिका लगाउने बताए ।

बाबुराम भट्टराईले गरे गोरखाबाट चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् यस्ताे भनेका छन् : प्रिय गाेरखा, २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु। आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु। मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु। २०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाएँ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु। चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन, कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु। म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु। आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयॉ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना१

दशैं आहारमा कसरी सन्तुलन मिलाउने ? यस्ता छन् डाक्टरका अतिआवश्यक टिप्स

काठमाडौं । मांसहारीहरूको पर्व समेत भनेर चिनिने दशैंको लागि उपत्यकामा मात्रै हजाराैं पशुपंछी भित्रिएका छन् । दशैंको समयमा मासुका परिकार सबैभन्दा बढी बन्ने भएको कारण पनि यसैलाई लक्षित गर्दै हजारौंको संख्यामा पशुपंछीहरू भित्रिएका छन् । अन्य सामान्य दिन हप्तामा एकदुई पटक बन्ने मासुका परिकार दशैं जस्तो लामो चाडको समयमा दिनदिनै पाक्ने गर्छ । बनाउन सजिलो, मिठो र सबैलाई मनपर्ने भएकोले पनि मांसाहारी मानिसहरूका लागि मासुको परिकार पहिलो रोजाइ हो । मासुलाई सन्तुलन मिलाएर नखाने हो भने यसले हाम्रो स्वास्थ्यलाई नराम्रो असर पार्न सक्छ । मासुमात्र नभएर जुनसुकै पनि खानेकुराहरूको सन्तुलन मिलाएर नखादा त्यसले स्वास्थ्यमा निकै नै नराम्रो असर पार्छ । प्रस्तुत छ दसैंमा के कस्तो कुरामा खान ध्यान दिने भन्ने विषयमा आहर विज्ञ मिरा शाहसँग गरेको कुराकानीको आधारमा तयार पारिएको स्वास्थ्य टिप्सः धेरै मासु खादाका बेफाईदाहरू धेरै छन् । यसले कोलेस्ट्रोल, मधुमेहको विरामी, युरिक एसिड तथा मुटुको विरामीहरूले मासुको परीकार धेरै मात्रामा खाँदा स्वास्थ्यमा अन्य मानिसको दाँजोमा बढी असर गर्दछ । मासुमा पनि खसी, भैंसी, सुगुरको रातो मासु स्वास्थ्यको लागि घातक हुन्छ । खाने कुरा खाँदा उमेरले पनि मानिसलाई असर गर्छ । कति उमेरको व्यक्तिले कति खानु उपयुक्त हुन्छ भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ । हामीले पाहुना आयो भन्दै दिनभरी खाएको खाएकै गर्नुहुँदैन र खाए पनि हरेक पटक खाँदा २र३ पिस खानुपर्दछ । कस्तो मासु खाने ? सकभर मासुलाई जिन्दगीबाट केही टाढा नै राखेको राम्रो । मासु खाए पनि सकेसम्म चिल्लो र बोसो रहित मासु खानुपर्छ । यस्तो मासु खाँदा मानव शरिरलाई त्यति हानी पुर्याउँदैन । मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले मानिसको शरीरमा कार्सिनोजेनिक भन्ने तत्व उत्पादन गरी दीर्घकालीन रुपमा मानिसमा क्यान्सर हुने सम्भावना हुन्छ त्यसैले चाडवाडमा मात्र नभएर अन्य समयमा पनि पोलेका मासुहरु खानु स्वास्थ्यको लागि राम्रो हुँदैन । बरु यस्तो मासुका परिकार भन्दा ग्रेभिवाला मासु खाँदा राम्रो हुन्छ । त्यो बाहेक ‘लिङ मिट’ जुन छाला र बोसो रहित हुनेगर्छ । त्यस्तो मासु सामान्य मासुभन्दा स्वस्थकर मानिन्छ । सकेसम्म खसीको मासु प्रयोग नगर्दा राम्रो । खाएपनि रातोमासुको तुलनामा सेतो मासु खाँदा धेरै स्वस्थकर मानिन्छ । धेरै मासु खानु स्वास्थ्यको लागि राम्रो मानिदैन । स्ट्यान्डर्ड मदिरा मात्र पिउने चाडवाडमा अर्को धेरै प्रयोगमा आउने सामग्री भनेको मदिरा हो । कति मानिसहरू मदिरा सेवन गर्नकै लागि दसैं जस्तो चाडलाई कुर्ने गर्छन् । कामको तनावबाट टाढा र साथीभाइ, परिवार तथा आफन्तजनसँगको भेटघाटलाई खुशीको रुपमा मनाउनलाई चाडवाडमा यसको व्यापक प्रयोग हुने गर्दछ । तर, मदिरा सेवन कहिले पनि स्वास्थ्यको लागि उचित भने होईन । थोरै मदिरा पनि स्वास्थ्यको लागि फाइदाजनक नभएको अवस्थामा चाडवाडमा अत्याधिक मदिरा सेवनले मानिसहरुमा मुटुरोगको समस्या निम्ताउने गर्दछ । अझै मुटुरोगीहरूले त यसको त झन् सेवन गर्नुहुदैन । मुटुरोग भएका बिरामीहरूले मदिरा सेवन गर्दा मुटुको चाल गडबडी हुने, रक्तचाप अनियन्त्रित हुने, मुटुको काम गर्ने क्षमता कमजोर हुने आदि समस्या आउने भएकोले मदिराबाट टाढा रहन पर्छ । सामान्य अवस्था भएका मानिसहरुले नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मले तय गरेको स्ट्यान्डर्ड ड्रिन्क्स सेवन गर्दा राम्रो हुन्छ । नेशनल इन्स्टिच्युट अफ अल्कोहल अब्यूज एण्ड अल्कोहलिज्मको अनुसार १४ ग्राम मदिरा रहेका कुनै पनि पेय पदार्थलाई स्टान्डर्ड ड्रिंक्स भनिन्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन डाइबेटिज एसोसिएसनका अनुसार ह्विस्की, बियर ३४० मिलि, तथा वाइन, साइडर १४० मिलि स्टान्डर्ड ड्रिंक्स हो भन्ने मान्यता रहेको छ । त्यसैगरी मदिरा सेवन गर्नलाई ४५ वर्षमाथिका स्वस्थ शरीर भएका महिलाहरूले दैनिक एक तथा पुरुषहरूले दिनको दुई स्टान्डर्ड ड्रिंक्स पिउन सकिने बताइन्छ । खाली पेटमा रक्सी कहिले पनि नखाने । खाली पेटमा रक्सी खाँदा बेहोस् भइने र अस्पताल नै भर्ना हुने अवस्था आउँछ । धेरै खाएर एकै ठाउँमा लामो समय नबसौं चाडवाडको समयमा जुवातास एकदम खेल्ने चलन पनि रहेको छ जसले गर्दा मानिसमा व्यायमको कमी हुने गर्दछ । जुवातास खेल्ने मानिस लामो समयसम्म एकै ठाउँमा जुवा खेल्दै, मसालेदार खाना खाँदै, आरामका साथ दिनरात नभनी खेल्ने गर्छन् । यसकारण पनि चाडबाडको समयमा बडी हार्टअट्याक, हाई प्रेसर भएर मुटुको नलीहरू पनि फुटिएको देखिन्छ । त्यसैले खानपान र वायमालाई यस समयमा विशेष ध्यान दिन जरुरी छ । खानामा कार्बोहाईड्रेट कम गर्ने हाम्रो दैनिकको खानामा मासु बाहेक सबैभन्दा बढी रुपमा प्रयोग हुने भनेको चामलको भात र आलु हो । तरकारीको राजा भनेर चिनिने आलुको चाडवाडमा धेरै पारिकार बन्ने गर्छन् । आलु र चामलको भातमा सबैभन्दा बढी कार्वोहाईड्रेट हुने गर्छ । जसले सुगरको बिरामीलाई सबैभन्दा बढी असार गर्छ । त्यसैले समग्रमा बोसो कम गर्नको लागि भात, आलु र गुलियो कुराहरु पनि घटाउन जरुरी हुन्छ । यी कुराहरुमा ध्यान दिए चाड पनि मज्जाले मनाउन सकिन्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । खानेकुरा साँचेर नराख्ने खानेकुराहरूलाई राम्रोसँग स्टोर गरेर राख्न नसक्दा पनि मानिसहरू चाडवाडमा बिरामी पर्ने गर्छन् । सबैभन्दा पहिला सकेसम्म खानेकुराहरू जति ताजा खायो त्यति नै राम्रो हुन्छ । तर, धेरै नै भएको अवस्थामा खाना साँचेर राख्दा खानालाई हावा नछिर्ने तरिकाले छोपेर राख्नु पर्छ । राम्ररी नछोपेको अवस्थामा हावा छिरेर खानेकुरामा ब्याक्टेरिया उत्पन्न हुन्छ । पकाएको मासुका परिकार र नपाएको मासुका परिकारलाई छुट्टाछुट्टै राख्नुपर्दछ र २ दिन भन्दा बढी लामो समय खाना स्टोर गर्नु हुँदैन । धेरै स्टोर गरेको खाना खाँदा फुड पोइज हुने सम्भावना हुन्छ । खाने वित्तिकै नसुत्ने कहिले पनि खाएको वित्तिकै सुत्नु हुँदैन । खाना खाएर सुतेको अवस्थामा मुटुका धड्कहरू बन्द हुन गई मानिसको मृत्यु हुने हुन्छ । त्यसैले पनि हामी कतिपय अवस्थामा बेलुका खाना खाएर सुतेको मानिस बिहान मृत अवस्थामा भेटिन्छ । खाना खाएपछि २ घण्टासम्म सुत्न हुँदैन । (अर्काइभबाट)