३ वटा बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई विभिन्न ३ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको भन्दा केही ढिला लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि हालसम्म ३ वटा बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । यी ३ वटै बैंकले बोनस सेयर वितरण नगर्ने भएका छन् । कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ता गरेको हो । बैंकले बोनस सेयर वितरण नगर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ । यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाल बिहान ११ बजे काठमाडौंमा हुनेछ । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले कर समेत गरी सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यी तीन वटै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
आइतबारदेखि मौसम खुल्ने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ । ‘देशभर पानी परेको छ, मौसममा बदली भएको छ, पश्चिममा भारी वर्षा भइरहेको छ’, उनले भनिन्, ‘पूर्वमा शनिबार बिहानसम्म पानी पर्छ, दिउँसोदेखि विस्तारै आकास खुल्दै जान्छ, पश्चिममा आइतबारदेखि मौसम विस्तारै खुल्दै जानेछ । हाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही तथा गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
दशैंमा ५६ अर्बका नयाँ नोट साटिए
काठमाडौं । यस वर्षको दशैंमा ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको दशैंका लागि ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहि भएका हुन् । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले साना दरका १६ अर्ब रुपैयाँ र ठूला दरका करिब ४० अर्ब रुपैयाँ गरी गत शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भइको बताए । गत वर्षको दसैंमा राष्ट्र बैंकबाट करिब ५० अर्ब रुपैयाँ नयाँ नोट सटही भएको थियो । गत शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबर नयाँ नोट बाहिरिएपछि वित्तीय प्रणालीमा रहेको चलनचल्तीको मुद्रा बढेर ६ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ २६ सम्म चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब १० अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकले गत भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । सर्वसाधारण एक व्यक्तिलाई १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने बताएको छ ।
भारतीय कम्पनी मेडेन फार्मास्युटिकल्सको कफ सिरप प्रयोग नगर्न डब्ल्यूएचओको चेतावनी
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले भारतमा बनेका चारवटा कफ सिरपलाई गाम्बियामा ६६ बालबालिकाको मृत्युसँग जोडेर उत्पादन चेतावनी जारी गरेको छ। यो पश्चिम अफ्रिकी देशमा मृगौलामा चोटपटक लागेका बालबालिकाको मृत्युको अनुसन्धानपछि आएको हो। डब्लुएचओले मेडेन फार्मास्यूटिकल्स र भारतीय अधिकारीहरूसँग थप अनुसन्धान गरिरहेको छ जनाएको छ । साथै डब्लुएचओले नियामक निकायहरुलाई उक्त औषधीको बिक्री वितरणमा रोक लगाउन सुझाव दिएको छ । भारतको औषधि सम्बन्धी नियामक निकायले सेप्टेम्बर २९ मा सो औषधीको विषयमा जानकारी पाएपछि अुनुसन्धान शुरु गरेको जनाइएको छ । बुधवार विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले चार कफ सिरपको नमूना परीक्षण गरेपछि प्राप्त नतिजालाई लिएर मेडेनको उत्पादनको विषयमा जानकारी गराएकाहुन् । प्रोमेथाजिन ओरल सोल्युसन, कोफेक्समालिन बेबी कफ सिरप, मकोफ बेबी कफ सिरप र मग्रिप एन कोल्ड सिरप नामका औषधीहरु माथि डब्लुएचओले अनुसन्धान गरेको थियो । प्रयोगशाला विश्लेषणले सिरपमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको अस्वीकार्य मात्रा रहेको पुष्टि गरेको छ, जुन मानिसका लागि विषाक्त हुन्छ र सेवन गर्दा घातक साबित हुन सक्छ। डब्ल्यूएचओका अनुसार अहिलेसम्म, गाम्बियामा उत्पादनहरू पहिचान गरिएको छ, तर तिनीहरू अनौपचारिक बजारहरू मार्फत अन्य देशहरूमा पनि वितरण गरिएको हुन सक्छ। मेडेन फार्मास्यूटिकल्सले गरेका उत्पादनहरूका सबै ब्याचहरूलाई प्रासंगिक राष्ट्रिय नियामक प्राधिकरणहरूले विश्लेषण नगरेसम्म असुरक्षित मान्नु पर्ने डब्लुएचओले जनाएको छ । यद्यपी सो औषधी अहिलेसम्म गाम्बियामा मात्र निर्यात गरेको पाइएको छ । प्रायः जेनेरिक औषधीको रुपमा भारतले विश्वको एक तिहाइ औषधि उत्पादन गर्दै आएको छ । दर्जनौं बालबालिकामा मृगौलाको गम्भीर समस्या भएको पत्ता लागेपछि गाम्बियाका मेडिकल अफिसरहरूले जुलाईमा पहिलोपटक चेतावनी दिएका थिए। गाम्बियाका स्वास्थ्य सेवाका निर्देशक मुस्ताफा बिट्टेले रोयटर्सलाई हालका हप्ताहरूमा मृत्युको संख्या घटेको र देशले उत्पादनहरूको बिक्रीमा प्रतिबन्ध लगाएको बताएका छन्। यद्यपि, हालसम्म, केहि सिरपहरू निजी क्लिनिक र अस्पतालहरूमा बिक्री भइरहेको थियो ।
बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
काठमाडौं । बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुल नजिक अमलेखगंजमा यात्रुबाहक बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०६००१ ख ०११० नम्बरको रहेको छ । बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा घाइते भएर हेटौँडा अस्पताल ल्याइएको ५ महिला तथा ७ पुरुष गरि १२ जना, चुरेहिल अस्पतालमा १ जना गरि र मकवानपुर सहकारी अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको बताएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई थप उपचारको लागि हेटौँडा लगिएको र घाइतेको उद्धारको कार्य जारी रहेको बताइएको छ ।
आधा दर्जन बढी ठूला बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरिसकेको छ । मर्जर प्रक्रियाका कारण अधिकांश बैंकहरुको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार रोक्का भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिशन सम्बन्धी सेयर कारोबार रोक्का निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरिसकेको छ । तर, कारोबार रोक्का सम्बन्धी निर्देशिकालाई अन्तिम रुप दिएको छैन । लगानीकर्ता तथा सर्वसाधारणको राय सुझाव लिनको लागि बोर्डले मस्यौदा सार्वजनिक गरेको थियो । मस्यौदाका अनुसार अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुनेछ । आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने मस्यौदामा उल्लेख छ । बोर्डले दशैं बिदापछि नै सो निर्देशिका लागू गर्ने गरी अन्तिम रुप दिइरहेको बताएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकको सेयर कारोबार जेष्ठ ३० गतेदेखि नै रोक्का भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने÷गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ । यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंक मर्जर प्रक्रियामा सामिल भएकाले नेप्सेले जेठ २ गतेदेखि दुबैं बैंकको सेयर कारोबार रोक्का गरेको थियो । मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ । यस्तै, गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएपछि दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरेको थियो । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने सीईओमा हिमालयन बैंकको अशोक राणा र बरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । यस्तै, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । मर्जर प्रक्रियामा सहभागी भएसँजै सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार साउन १६ गतेदेखि रोक्का भएको थियो । दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् । यस्तै, एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । मर्जरमा जाने सम्झौता भएसँगै असोज ११ गतेदेखि दुवै बैंंकको सेयर कारोबार रोक्का भएको हो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।
‘क्लिक केमेस्ट्री’ मा योगदान गर्ने दुई अमेरिकी र डेनमार्कका एक वैज्ञानिकलाई नोबेल पुरस्कार
एजेन्सी । संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस बर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् । अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ । यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात वैज्ञानिकमध्ये बर्तोजी एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ । पुरस्कारको इतिहासमा विशेष गरी विज्ञान विषयहरूमा महिलाहरूको प्रतिनिधित्व निकै कम हुने गर्छ । तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् । गत वर्षको पुरस्कार दुईजना रसायनशास्त्रीले संयुक्त रूपमा प्राप्त गरेका थिए । सन् २००१ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका ८१ वर्षीय शार्पलेसका लागि यो दोस्रो नोबेल पुरस्कार हो । सन् १९०३ मा पहिलो पटक भौतिकशास्त्रको पुरस्कार जितेपछि सन् १९११ मा रसायनशास्त्रको पुरस्कार जितेकी पोल्याण्डमा जन्मिएकी फ्रान्सेली महिला मेरी क्युरीसहित अन्य चार जनाले मात्र दुई पटक नोबेल पुरस्कार जितेका छन् । उहाँपछि सन् १९५४ मा रसायनशास्त्र र सन् १९६२ मा शान्तिका लागि अमेरिकी लिनस पाउलिङले अवार्ड जितेका थिए । अमेरिकाका जोन बर्डिनले सन् १९५६ र १९७२ मा भौतिकशास्त्रको पुरस्कार जितेका थिए भने बेलायतका फ्रेडरिक सेङ्गरले सन् १९५८ र १९८० मा रसायनशास्त्रको पुरस्कार जितेका थिए ।
सन्दिप लामिछाने पक्राउ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरेको हो । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।