बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

<p>काठमाडौं । बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुल नजिक अमलेखगंजमा यात्रुबाहक बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश [&hellip;]</p>

काठमाडौं । बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार बिहान बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ तीन नम्बर पुल नजिक अमलेखगंजमा यात्रुबाहक बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बस हेटौंडाबाट बिरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश ०६००१ ख ०११० नम्बरको रहेको छ । बस अनियन्त्रित भएर सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएर हेटौँडा अस्पताल ल्याइएको ५ महिला तथा ७ पुरुष गरि १२ जना, चुरेहिल अस्पतालमा १ जना गरि र मकवानपुर सहकारी अस्पतालमा १ जना गरी १४ जनाको मृत्यु भएको बताएको छ ।

प्रहरीका अनुसार घाइतेहरुलाई थप उपचारको लागि हेटौँडा लगिएको र घाइतेको उद्धारको कार्य जारी रहेको बताइएको छ ।

Share News