दशैंमा ५६ अर्बका नयाँ नोट साटिए

<p>काठमाडौं । यस वर्षको दशैंमा ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको दशैंका लागि ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहि भएका हुन् । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले साना दरका १६ अर्ब रुपैयाँ र ठूला दरका करिब ४० अर्ब रुपैयाँ गरी गत शुक्रबारसम्म [&hellip;]</p>

काठमाडौं । यस वर्षको दशैंमा ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यस वर्षको दशैंका लागि ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटहि भएका हुन् ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले साना दरका १६ अर्ब रुपैयाँ र ठूला दरका करिब ४० अर्ब रुपैयाँ गरी गत शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भइको बताए । गत वर्षको दसैंमा राष्ट्र बैंकबाट करिब ५० अर्ब रुपैयाँ नयाँ नोट सटही भएको थियो ।

गत शुक्रबारसम्म करिब ५६ अर्ब रुपैयाँ बराबर नयाँ नोट बाहिरिएपछि वित्तीय प्रणालीमा रहेको चलनचल्तीको मुद्रा बढेर ६ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । गत भदौ २६ सम्म चलनचल्तीमा रहेको मुद्रा ६ खर्ब १० अर्ब रुपैयाँ थियो ।

राष्ट्र बैंकले गत भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो । सर्वसाधारण एक व्यक्तिलाई १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको थियो ।

राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने बताएको छ ।

Share News