किन काठमाडौंमा चिसो बढ्यो ?
काठमाडौं । देशको राजधानी काठमाडौँमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ । त्यसो त, नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव प¥र्यो । जसका कारण मनसुन झण्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आखिर किन चाँडै चिसो बढ्यो त महाशाखाका मौसमविद् हिरा भट्टराई भन्छन्, ‘जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महशुस गरिएको छ । घाम खुलेर लागेपछि व्यालेन्समा आउँछ तापक्रम ।’ उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ । पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौँमा केही चिसो महशुस गरिएको मौसमविद् भट्टराईले बताए । उनले भने, ‘बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडो याम सुरु भएको होइन । लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो ।’ मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ । अहिले मनसुन सकिने क्रममा छ । नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडो याम मानिन्छ । “जाडो सुरु भइसकेको अवस्था हैन, दुई तीन दिन ठूलो पानी प¥र्यो पानी परेपछि तापक्रम तल झर्छ । सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ । आजदेखि घाम लाग्न थालेको छ । घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ । काठमाडौँमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो । पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनता तापक्रम घटेकाले चिसो बढेको जनाइन्छ । विगत तीन दिनयता काठमाडौँका न्यूनतम १७ र अधिकतम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ । यद्यपि, आज विहानैदेखि काठमाडौँमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ । केही दिनयतादेखि काठमाडौँमा बिहान र बेलुका बढी चिसो महशुस गरिएको छ । रासस
तनहुँमा डेँङगुको सङ्क्रमण बढ्यो, अस्पतालमा शय्या अभाव
तनहुँ । तनहुँमा डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेँङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । शनिबार मात्रै एघार जनामा डेँङगु पोजेटिभ देखिएको दमौली अस्पतालले जनाएको छ । अन्य दिनको तुलनामा यो बढी हो । हालसम्म एक सयको हाराहारीमा मानिस डेँङ्गु सङ्क्रमणबाट प्रभावित भएका छन् । उन्नाइस बिरामीको रगत प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा डेँङगु पोजेटिभ भेटिएको हो । एक बालकसहित दश जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने एकजना आफ्नै घरमा गएको दमौली अस्पतालका सघन उपचार कक्षका अहेब राजेश क्षेत्रीले जानकारी दिए । डेँङगुका बिरामी भर्ना भएसँगै अस्पतालमा अन्य रोगका बिरामीलाई भर्ना गर्न शय्याको अभाव देखिएको उनले बताए । अस्पतालमा उपचार आएका बिरामीमध्ये केही दिनयता दैनिक पाँच/सात जनामा डेँङ्गु पोजेटिभ देखिन थालेको बताइएको छ । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय ५० जनासम्म ज्वरोका बिरामी हुने गरेका छन् । उच्च ज्वरो आएका, जीउ दुख्ने र बान्ता गर्ने बिरामीको पहिलो चरणको एनएस–१ परीक्षण गर्दा डेँङगु भेटिएको हो । उनले भने, ‘आइडिजी र आइजिएम परीक्षणको लागि पोखरा पठाउनुपर्ने हुन्छ ।’ उक्त आइडिजी र आइजिएम परीक्षण गर्दा डेँङगुका बिरामीको अवस्था र कति दिनको भयो भन्नेबारे जानकारी पाउन सकिने उनले जानकारी दिए । पन्ध्र शय्या क्षमताको अस्पतालमा चालीस शय्यासम्म राखेर सेवा दिँदा पनि शय्याको अभाव हुँदा अन्य प्रकृतिका बिरामीलाई भर्ना गरी राख्न कठिनाइ भएको उनले बताए । डेँङगुबाट बच्नको लागि टोल–टोलमा गएर अझै मानिसमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको सो अस्पतालले जनाएको छ । ज्वरो आएमा जथाभावी एन्टिबायटिक औषधि सेवन नगर्ने, सिटामल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रमा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव सल्लाह दिइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन अभिनन्दन तिवारीले जानकारी दिए । आफ्नो घर वरिपरी सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने लगायतका कुरामा ध्यान दिनुपर्ने उनले बताए । रासस
नेपाली कांग्रेशको तर्फबाट प्रतिनिधिसभाको लागि ८९ जना बने उम्मेद्वार
काठमाडौं । आगामी मंशिरमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सत्तारुढ दलहरु नेपाली कांग्रेश, नेकपा(माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँडमा टुँगो लगाएर उम्मेद्वारी दर्ता गरिरहेका छन् । जसमध्ये नेपाली कांग्रेशले ८९ निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गराएको छ भने माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले ७७ निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता गराएका छन् । यद्यपी पार्टीभित्र असन्तुष्टीका कारण केही निर्वाचन क्षेत्रमा भने बागी उम्मेद्वारी पनि परेको छ । नेपाली कांग्रेशको तर्फबाट बनेका उम्मेद्वारहरु प्रदेश १ १ तेह्रथुम – सीता गुरुङ २ पाँचथर – भीष्मराज आङदेम्बे ३ धनकुटा – सुनिल थापा ४ संखुवासभा – दीपक खड्का ५ ओखलढुंगा – रामहरि खतिवडा ६ सोलुखुम्बुम – बलबहादुर केसी ७ इलाम २ – डम्बर खड्का ८ झापा १ – विश्वप्रकाश शर्मा ९ झापा ३ – कृष्णप्रसाद सिटौला १० झापा ४ – देउकुमार थेबे ११ झापा ५ – खगेन्द्र पाण्डव अधिकारी १२ मोरङ १ – डिगबहादुर लिम्बु १३ मोरङ २ – सुजाता कोइराला १४ मोरङ ३ – सुनिल शर्मा १५ मोरङ ६ – डा. शेखर कोइराला १६ सुनसरी २ – सिताराम मेहता १७ सुनसरी ३ – विजयकुमार गच्छदार १८ सुनसरी ४ – ज्ञानेन्द्रबहादुर कार्की १९ उदयपुर–१ डा. नारायण खड्का मधेस प्रदेश १ सप्तरी १ – रामदेव साह २ सप्तरी ३ – दिनेशकुमार यादव ३ सप्तरी ४ – तेजुलाल चौधरी ४ सिरहा १ – पद्मनाराण चौधरी ५ सिरहा २ – चित्रलेखा यादव ६ धनुषामा २ – रामकृष्ण यादव ७ धनुषा ४ – महेन्द्र यादव ८ महोत्तरी ४ – महेन्द्रकुमार राय यादव ९ सर्लाही – ४ नागेन्द्र कुमार राय १० रौतहट २ – रित्तोद आलम ११ रौतहट ४ – देवप्रसाद तिमिलसिना १२ बारा १ – उमाकान्त चौधरी १३ पर्सा – २ अजयकुमार चौरासिया १४ पर्सा ३ – सुरेन्द्रप्रसाद चौधरी १५ पर्सा ४ – रमेश रिजाल बागमती प्रदेश १ काभ्रे २ – शीवप्रसाद हुमागाईँ २ ललितपुर १ – उदयशमशेर राणा ३ भक्तपुर २ – दुर्लभ थापा ४ काठमाडौं १ – प्रकाशमान सिंह ५ काठमाडौं ३ – सन्तोष चालिसे ६ काठमाडौं ४ – गगन थापा ७ काठमाडौं ५ – प्रदीप पौडेल ८ काठमाडौं ६ – भीमसेनदास प्रभान ९ काठमाडौं १० – राजेन्द्र कुमार केसी १० रसुवा – मोहन आचार्य ११ नुवाकोट २ – अर्जुननरसिंह केसी १२ सिन्धुली १ – श्यामकुमार घिमिरे १३ सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत १४ धादिङ २ – दिलमान पाख्रीन १३ मकवानपुर १ – महालक्ष्मी उपाध्याय ‘डिना’ १६ चितवन १ – विश्वनाथ पौडेल १७ चितवन २ – उमेश श्रेष्ठ १८ रामेछाप – कान्छाराम तामाङ गण्डकी प्रदेश १ तनहुँ १ – रामचन्द्र पौडेल २ तनहुँ २ – शंकर भण्डारी ३ स्याङ्जा–१ राजु थापा ४ स्याङजा २ – धनराज गुरुङ ५ नवलपुर १ – शशांक कोइराला ६ पर्वत – अर्जुन जोशी ७ मनाङ – टेकप्रसाद गुरुङ ८ कास्की १ – किशोरदत्त बराल ९ गोरखा १ – राजेन्द्र बजगाईँ १० म्याग्दी – खमबहादुर गर्जुवा ११ मुस्ताङ – योगेश गौचन थकाली लुम्बिनी प्रदेश १ गुल्मी १ – चन्द्र भण्डारी २ नवलपरासी २ – देवेन्द्र कँडेल ३ नवलपरासी – १ विनोद चौधरी ४ रुपन्देही ३ – बालकृष्ण खाण ५ रुपन्देही ४ – प्रमोद यादव ६ रुपन्देही ५ – भरतकुमार शाह ७ कपिलवस्तु–२ सुरेन्द्र आचार्य ८ कपिलवस्तु ३ – अभिषेकप्रताप साह ९ अर्घाखाँची – पुष्पा भुसाल १० दाङ ३ – दिपक गिरि ११ बाँके ३ – किशोरसिंह राठौर १२ बर्दिया १ – अरुण प्रकाशसिंह राठौर १३ पाल्पा १ – ज्ञानबहादुर गाहा कर्णाली प्रदेश १ मुगु – ऐन बहादुर शाही २ सुर्खेत १ – पूर्णबहादुर खड्का ३ सुर्खेत २ – हृदयराम थानी ४ दैलेख २ – दिक्पाल शाही सुदूरपश्चिम प्रदेश १ डडेल्धुरा – शेरबहादुर देउवा २ बाजुरा – बद्री पाण्डे ३ दार्चुला – दिलेन्द्र बडू ४ अछाम २ – पुष्प शाह ५ कञ्चनपुर २– एनपी साउद ६ कञ्चनपुर ३ – रमेश लेखक ७ कैलाली १ – रामजनम चौधरी ८ कैलाली ४ – वीरबहादुर बलायर ९ कैलाली ५ – डिल्लीराज पन्त
सरकारी कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने
कुश्मा । पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ । गाउँ शिक्षा समितिको बैठकले आगमी शैक्षिक सत्र २०८० देखि सरकारी विद्यालयमै पदाधिकारीका छोराछोरीलाई पढाउन पठाउनुपर्ने निर्णय गरिएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले बताए । उनका अनुसार सरकारी सुविधा लिएर छोराछोरी निजीमा पढाउनेको सुविधा रोक्का गर्नेसम्मको निर्णय भएको छ । ‘सरकारी सुविधा लिएर निजीमा छोराछोरी पढाउँदा सामुदायिकप्रतिको चासो घट्ने र गुणस्तरसमेत खस्किने निष्कर्षसहित यस्तो निर्णय गरिएको हो ।’, शिक्षा अधिकृत लामिछानेले भने,’आउँदो शैक्षिक सत्रदेखि निर्णय लागू गर्ने सहमति भएको छ । सहमति कार्यान्वयनमा अटेरी गर्नेको सरकारी सुविधा रोक्का गर्नसकिने निर्णयमा उल्लेख छ ।’ गाउँ शिक्षा समितिले गरेको निर्णय कार्यपालिकाबाट पारित गराएपछि कार्यान्वयनमा लैजाने गाउँपालिकाको तयारी छ । प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार निर्णय अनुसारको कार्ययोजना बनाएर सामुदायिक विद्यालयको शैक्षिक सुधारमा अहिलेदेखि नै सर्वपक्षीय तयारी थाल्ने शिक्षा समितिको निर्णय छ । निजी विद्यालयले ग्रामीण क्षेत्रका भित्री बस्तीसम्म सवारीसाधन पु¥याएर विद्यार्थी बटुल्न थालेपछि सामुदायिक विद्यालय सङ्कटमा पर्दै गएका छन् । यो अवस्थालाई रोक्न सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राज मल्लले बताए । त्यसबाहेक शैक्षिक र सचेत व्यक्तिले नै निजी विद्यालयमा बालबालिका पढाउँदा सामुदायिकप्रतिको चासो घट्दै गएकोले सचेत नागरिकलाई सामुदायिक विद्यालयको महत्व बुझाउन पनि यो निर्णय गर्नुपरेको उनले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष नै संयोजक रहने समितिमा कार्यपालिका सदस्य, दुई माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षाप्रेमी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत नौजना रहने व्यवस्था छ । गाउँ शिक्षा समितिले गरेको यो निर्णय गर्न पाउने व्यवस्था पैयूँ गाउँ पालिकाको गाउँ शिक्षा ऐनमासमेत व्यवस्था गरिएको छ । ऐनको दफा १६ मा भएको व्यवस्था बमोजिम नै यो निर्णय गरिएको शिक्षा अधिकृत लामिछानेले बताए । रासस
अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट दिए उम्मेदवारी
मुसीकोट । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिएका छ । अन्य राजनीतिक दलहरुले पनि उम्मेवारी दिँदै छन् ।
ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारका लागि आवेदन शून्य
काठमाडौं । नयाँ ब्रोकर लाईसेन्सका लागि ९ दिन बाँकी रहँदा कुनै पनि कम्पनीले आवेदन नदिएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जानकारी दिएको छ । सेबोनले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि असोज २ गते आवेदन खुला गरेको थियो । तर, हालसम्म कुनै पनि कम्पनीले नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारका लागि आवेदन नदिएको सेबोनले बताएको छ । नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन अर्थात् असोज ३१ गतेभित्र बोर्डमा आवेदन दिइसक्नु पर्नेछ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने छ । सेबोनले असोज २ गते ब्रोकर लाइसेन्स, नयाँ स्टक र वस्तु विनिमय बजारका लागि आवेदन खुला गरेको २२ दिनसम्म कुनै पनि कम्पनीले आवेदन नदिएको बोर्डले बताएको हो । आवेदन दिने कम्पनीले तयारी गरिरहेकाले पूर्ण निवदेन बोर्डमा नपरेको बोर्डको भनाइ छ । सेबोनका अधिकारीका अनुसार राय सझावको लागि भने विभिन्न ८ वटा ब्रोकर कम्पनी आएका छन् । कम्पनी रजिष्ट्रारमा दर्ता गर्नुपर्दा बोर्डसँग रायसुझाव माग्ने भएकाले ८ वटा कम्पनी आएको बताइएको छ । राय सुझावको लागि सेबोनमा आएको भएपनि ब्रोकरका लागि भनेर पूर्ण आवेदन आएको छैन । सेबोनले वस्तु विनिमय बजार सञ्चालन गर्नका लागि २ वटा लाइसेन्स वितरण गर्ने बताएको छ । मुलुकको अर्थतन्त्र, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षण समेतलाई दृष्टिगत गरी हाललाई दुईवटा वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति दिने बोर्डले बताएको हो । वस्तु विनिमय बजार सञ्चालन गर्न ४५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ । यस्तै, सेबोनले नयाँ स्टक एक्सचेन्ज स्थापना तथा सञ्चालनका लागि आवेदन खुलाएको छ । सेबोनले नयाँ स्टक सञ्चालन गर्नका लागि ४५ दिन भित्र बोर्ड समक्ष निवेदन पेश गर्नुपर्ने छ । सम्बन्धीत सामाग्री सेबोनले २ वटा वस्तु विनिमय बजार सञ्चालन गर्न दिने, आवेदन माग नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न आवेदन खुल्ला, स्वीकृत गर्ने वा नगर्ने अधिकार बोर्डमा नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन खुलायो धितोपत्र बोर्डले
ओलीले गरे झापा–५ बाट मनोनयन दर्ता
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा ५ बाट मनोनयन दर्ता गरेका छन् । अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा–५ बाट मनोनयन दर्ता गरेका हुन् । उनी मनोनयन दर्ताका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुका साथमा दमक नगरपालिकामा रहेको झापा क्षेत्र नं. ५ को निर्वाचन कार्यालयमा पुगेका थिए । मनोनयन दर्ता गराएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले उम्मेदवारी दर्ता गराएको र साथ सहयोगको अपेक्षा राखेको बताए । निर्वाचन आयोगले आज साँझ ५ बजे सम्मका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न समय दिएको छ । देशभरका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।
वर्षाका कारण सिड्नीका बासिन्दालाई सुरक्षित स्थानमा जान चेतावनी
सिड्नी । केही दिनको भारी वर्षापछि नदीमा पानीको बहाव बढेपछि अस्ट्रेलियाको आपतकालीन सेवाले आइतबार सिड्नी र त्यसभन्दा बाहिरका बस्तीका लागि उद्धार आदेश जारी गरेको छ । अधिकारीहरुले पूर्वी राज्य न्यू साउथ वेल्समा २४ घण्टामा २८ वटा समूहलाई बाढीबाट उद्धार गरिएको जानकारी दिएका छन् । न्यू साउथ वेल्सको आपतकालीन सेवाका आयुक्त कार्लीन योर्कले आइतबार पत्रकार सम्मेलनमा भने, ‘हाम्रा सडकहरूमा बाढीको अत्यधिक खतरा छ । नदीहरु अझै बढिरहेका छन् र यसका कारण धेरै आकस्मिक सेवाको जरूरी देखिएको छ ।’ सिड्नीको उत्तरपश्चिमी किनारा र ‘न्यू साउथ वेल्स’का अन्य भागका तल्लो भेगका लागि एक दर्जन भन्दा बढी बाढी मुक्त गर्ने आदेश जारी गरिएको आपतकालीन सेवाले जनाएको छ । राज्यका अन्य २० वटा जोखिममा रहेका क्षेत्रहरूमा पनि चेतावनी जारी गरिएको छ । उक्त क्षेत्रमा बर्षाका कारण नदीहरू बढेका र डुवानको समस्या पनि देखिएकोले बाढीको जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षितस्थलतर्फ जान भनिएको छ । राज्यको मौसम विज्ञान विभागका अनुसार आइतबार वर्षामा कमी आएको छ तर अझै पनि न्यू साउथ वेल्स तटको भित्री र मध्य भागका नदीहरूमा बाढी कमी आएको छैन । सन् १८५८ मा रेकर्ड राख्न सुरु भएयता सिड्नी शहरमा सबैभन्दा बढी वर्षा भएको अष्ट्रेलियाली मौसमसम्बन्धी निकायहरूले बताएका छन् । गत मार्चमा अस्ट्रेलियाको पूर्वी तट क्विन्सल्याण्ड र न्यू साउथ वेल्समा आएको भीषण आँधीबेहरीपछि आएको बाढीका कारण २० जनाभन्दा बढीको मृत्यु भएको थियो । गत जुलाईमा आएको बाढीका कारण सिड्नीका दशौँ हजार बासिन्दालाई अन्यत्र जान आदेश दिइएको थियो । रासस