विकासन्युज

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा । वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा शनिवार भएको खेलमा विभागीय टोली पुलिस क्लवकी राजपुरी पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२.४५ सेकेण्डमा पूरा गररेकी थिइन् । सन्तोषी १३ औं दक्षिण एशियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा निर्धारित दूरी पूरा गरी तेस्रो स्थानमा रहिन् । यस्तै एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभूवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् । उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२.२१ सेकेण्डमार अजितले ३ मिनेट ५३.११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेण्डमा पार गरे । महिलातर्फ एपीएफका पूmलमती रानाले स्वर्ण पदक जितेकी छन् । उनले त्रिभूवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । पूmलमतीले ४ मिनेट ३८.१९ सेकेण्डमा, सरस्वतीले ४ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गरिन् । तेस्रो भएकी आर्मीकी रेखा लिम्बूले ५ मिनेट ३ सेकेण्डमा दूरी पार गरिन् । नवांै राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय किर्तिमान बनाइन् । हिट चरणमा उनले किर्तिमान बनाएकी हुन् । यसअघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेण्डको रहेको राष्ट्रिय किर्तिमान चौधरीले १२.१५ सेकेण्डमा पूरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् ।

हक्कीतर्फ आर्मी र सुदूरपश्चिम विजयी

पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीमा त्रिभूवन आर्मी क्लवले लगातार दोस्रो जित निकाल्दा दोस्रो खेलमा सुदूरपश्चिम विजयी भएको छ । गण्डकी बोर्डिङ स्कुल लामौचौर पोखराको मैदानमा शनिवार भएको खेलमा वागमती प्रदेशलाई ८–० गोल अन्तरले हराएर आर्मीले लगातार दोस्रो जित निकालेको हो । शुरुवातबाट नै दबाबमा राखेर खेलेको आर्मीले शुरुवाती मिनेटमा नै गोलको खाता खोलेको थियो । पहिलो क्वार्टरमा आर्मीको तर्फबाट सुनिता नेगीले गोल गर्न सफल भएकी थिइन् । त्यस्तै खेलको १४ औं मिनेटमा आर्मीकै तर्फबाट सीतामाया बलले दोस्रो गोल गरेकी थिइन् । पहिलो क्वार्टरमा २–० को अग्रता लिएको आर्मीले खेलको दोस्रो क्वाटरमा थप तीन गोल गर्न सफल भएको थियो । खेलको २७ औं मिनेटमा सरस्वती तामाङ, २८ औं मिनेटमा सीताकुमारी चौधरी र २९ औं मिनेटमा डम्बरा भट्टले गोल गरेका थिए । त्यस्तै खेलको तेस्रो क्वाटरमा आर्मीकी सुनिताले अन्तिम गोल गर्न सफल भइन् । ४० औं मिनेटमा सुनिताले गोल गर्दै आर्मीलाई को लागि अंक बढाएकी थिइन् । त्यसपछि झनै मनोबल उच्च बनाएर खेलेको आर्मीले अन्तिम क्वार्टरमा दुई गोल गर्दै ८–० को गोल अन्तरले विजय भयो । ४८ औं मिनेटमा सरस्वती तामाङ र ५४ औं मिनेटमा कमला चन्दले एक–एक गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत महिलातर्फको अर्को प्रतिष्पर्धामा सुदूरपश्चिम विजयी भयो । शनिवार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १–० को गोल अन्तरले मधेस प्रदेशलाई हराएको हो । खेलको पहिलो, दोस्रो र तेस्रो क्वार्टर गोलरहित सकिएको थियो । दुवैबीच रोचक प्रतिष्पर्धा रहेको खेलमा सुदूरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णायक बन्न पुग्यो । खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई अंक बटुल्न पर्याप्त भएको हो । ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भएकी थिइन् । सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल भइरहेका छन् । प्रतियोगिताको चौथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ तथा सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीबीच आईतवार प्रतिष्पर्धा हुनेछ ।

केन्यामा खडेरीका कारण नौ लाख भन्दा बढी बालबालिका कुपोषित

एजेन्सी । केन्यामा खडेरीका कारण पाँच वर्ष मुनिका करिब ९४२,००० बालबालिका, गर्भवती र सुत्केरी आमाहरू तीव्र कुपोषणको शिकार भएको राष्ट्रिय सुख्खा व्यवस्थापन प्राधिकरण ९एनडीएमए० ले शुक्रबार जनाएको छ। नडीएमएले आफ्नो मूल्याङ्कनमा २३ प्रभावित सुक्खा र अर्ध(सुक्खा क्षेत्रहरूमा तीव्र रूपमा कुपोषित बालबालिकाकाहरूको सङ्कलन गरेको छ । एक लाख ३४ हजार भन्दा बढी गर्भवती वा सुत्केरी महिलाहरूमा कुपोषण देखिएको छ । संस्थाले केन्यामा मानवीय सहायताको तीव्र खाँचोमा परेका व्यक्तिहरूको संख्या हाल ४३ लाख भन्दा बढी रहेको बताएको छ । सो सङ्ख्या गत जुनको ४१ लाखको आसपासामा रहेको थियो । एनडीएमएले अधिकांश सुक्खा जिल्लामा चरन र जलस्रोत कम भएका कारण उँट, गाईवस्तु, बाख्रा र भेडा जस्ता सबै पशुपक्षी प्रजातिको मृत्युदर बढेको पनि बताएको छ । यसले साम्बुरु, मन्डेरा, इसियोलो, लामु, मार्सबिट र गारिसा काउन्टीहरूमा पशपक्षीको मृत्यु भएको बताएको छ। हर्न अफ अफ्रिकाका लाखौं मानिसहरू खडेरीका कारण भोकमरी र मृत्युको सामना गरिरहेका छन्, केन्या, सोमालिया र इथियोपिया सबैभन्दा बढी प्रभावित छन्।

खानी विस्फोटमा टर्कीमा २८ जनाको मृत्यु, थुप्रै फसे

एजेन्सी । उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन् । खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो। हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ । उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं, आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन् । सोइलुले यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक सो दुर्घटनामा करिब ११० जना कामदारले काम गरिरहेका थिए । ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो। विस्फोटबाट प्रभावित सुरुङहरू जमिनबाट करिब ३०० र ३५० मिटर (गज) तल रहेको अनुमान गरिएको छ। स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्वीट गरेका थिए। केही कामदारहरू विस्फोटपछि आफै बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको थियो । सो घटनापछि टेलिभिजनमा हृदयविदारक तस्बिरहरू देखाइएका थिए जसले घटनालाई नजिकबाट नियाल्न सहयोग पुगेको थियो ।

‘कलिङ साहित्यिक महोत्सव काठमाडौं’ शुरु

काठमाडौं । राजधानीमा शनिबारबाट दुई दिने ‘कलिङ साहित्यिक महोत्सव काठमाडौँ’ शुरु भएको छ । ११औँ संस्करणमा अन्तर्राष्ट्रियरुपमा नेपालमा पहिलो पटक आयोजना भएको महोत्सवमा नेपाल र भारतका प्रसिद्ध साहित्यकारहरूको सहभागिता रहेको छ । महोत्सवको उद्घाटन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कलिङ्गका युद्ध विजेता सम्राट अशोक हुँदै पछिल्ला पुस्ताका श्रष्टाहरुले दुई देशको सभ्यतालाई जोडन गरेको योगदानको विषयमा चर्चा गरे। ‘भारतको सरस्वती नदीले बनाएको सभ्यता लोप भए पनि नेपालमा बागमती सभ्यता अझै कायम छ । बाराको गढीमाईसहित नेपालका विभिन्न स्थानसँग भारतको संस्कृतिको सम्बन्ध छ । दुई देशको साहित्यिक सम्बन्ध अझ बढाउने विश्वास छ’,उपकुलपति गुरुङले बताए। महोत्सवमा सहभागी हुन भारतबाट आएका कवि अशोक वाजपेयीले नयाँ प्रविधिसँगै बजारशक्ति, धर्मशक्ति आदिले साहित्य संस्कृतिमा पु¥याइरहेको क्षतिको चर्चा गरे । ‘ठूलो जमातले बोल्ने भाषाले साना भाषालाई अतिक्रमण गरिरहेको छ । साहित्यले समाजलाई धेरै कुरा सिकाउने भएकाले सृजनामा निरन्तरता दिन श्रष्टालाई अनुरोध छ’, कवि वाजपेयीले भने। महोत्सव निर्देशक रञ्जना निरौलाले नेपाल भारतको साहित्य तथा संस्कृति आदनप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले संस्कृतबाट आएको नेपाली र हिन्दी भाषालाई संरक्षण गर्नको लागि यसपटकबाट नेपालमा साहित्यकाहरुलाई एकै थलोमा ल्याएर दुई देशको संस्कृति, भाषा र साहित्यबारे बहसको थालनी गरेको बताए। समारोहमा यसैवर्षबाट सुरु भएको यशस्वी साहित्य सम्मानबाट नेपालबाट वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी र भारतबाट कवि अशोक वाजपेयीलाई जनही ५० हजार सहित सम्मान गरिएको छ । शताब्दीपुरुष जोशी अस्वस्थताको कारण समारोहमा उपस्थित हुन सकेनन् । यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा महोत्सवमा कथाकार माया ठकुरी, अग्रज पत्रकार कनकमणि दिक्षित र कवि दिनेश अधिकारी सहित दुईसयको सहभागी रहेको आयोजकले जनाएको छ ।

एथ्लेटिक्समा सात स्वर्ण पदकको छिनोपानो

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तत एथ्लेटिक्स बिधातर्फ सात स्वर्णपदकको छिनोफानो भएको छ । गण्डकी प्रदेशको पोखरा रङ्गशालामा आज सम्पन्न खेलअन्र्गत एक हजार पाँच सय मिटर दौडको पुरुषतर्फ मुकेश पाल र महिलामा फुलमती रानाले स्वर्ण पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबका मुकेशले तीन मिनेट ५२ दशमलव २१ सेकेन्ड समय खर्चदै स्वर्ण पदक जितेका हुन । सोही स्पर्धामा सशस्त्र प्रहरी बल ९एपिएफ०का अजित यादव र नागेश्वर अहिर क्रमशः दोस्रो र तेस्रो भए । अजितले तीन मिनेट ५३ दशमलव ११ सेकेन्ड समय लगाउँदै दोस्रो भए भने नागेश्वरले तीन मिनेट ५६ दशमलव पाँच सेकेन्ड समय खर्चदै तेस्रो भए । सोही स्पर्धाको महिलातर्फ सशस्त्र प्रहरी बल (एपिएफ) की फुलमती रानाले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जित्न सफल भइन् । फुलमतीले चार मिनेट ३८ दशमलव १९ सेकेन्ड समय लगाउँदै पहिलो बनेकी हुन । रजत पदक विजेता सरस्वतीले चार मिनेट ४१ दशमलव ८० सेकेन्ड समय लगाइन् । सोही स्पर्धामा त्रिभुन आर्मी क्लबकी रेखा लिम्बूले कास्य पदक हात पारिन । उनले पाँच मिनेट ०३ दशमलव ८० सेकेन्ड समय खर्चदै तेस्रो स्थानमा रहेकी हुन् । त्यसैगरी आजै भएको सटपुटतर्फ तिलक विक र चन्द्रकला लामगादेले स्वर्ण जिते । त्रिभुवन आर्मी क्लबका तिलकले सोही क्लबका चित्रबहादुर वलीलाई पराजित गर्दै स्वर्ण जितेका हुन । सोही स्पर्धामा वलीले रजत पदक जित्दा बागमती प्रदेशका ललित रावतले कास्य पदकमा चित्त बुझाए । यसैगरी एक सय मिटर दौडको पुरुषतर्फ शिवराज पार्की र महिलामा सरस्वती चौधरीले स्वर्ण जिते । सशस्त्र प्रहरी बलका शिवराजले त्रिभुवन आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन् । स्वर्ण विजेता शिवराजले निर्धारित दूरी १० दशमलव ५९ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा आर्मीका युवराजले १० दशमलव ५८ सेकेन्ड समय लगाउँदै रजत पदक जिते भने त्रिभुवन आर्मी क्लबका डिल्ली भण्डारीले कास्य पदक जिते । उनले १० दशमलव ७० सेकेन्ड समय लगाए । सोही स्पर्धाको महिला विधामा स्वर्ण विजेता त्रिभुवन आर्मी क्लबकी सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले निर्धारित दूरी १२ दशमलव १३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले स्वर्ण पदकसहित राष्टिय कीर्तिमानसमेत कायम गरेकी छन् । उनले हिट चरणमा निशा चौधरीको नाममा रहेको रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । निशाले हिट चरणमा १२ दशमलव १५ सेकेन्ड समय लगाएकी थिइन । सोही स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रमिता थारुले कास्य जितिन् । रमिताले निर्धारित दूरी १२ दशमलव ९३ सेकेन्ड समय खर्चेकी थिइन् । त्यस्तै दश हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी थिइन् ।

मुम्बईमा कारको पछाडिको सिटका यात्रुका लागि पनि सिट बेल्ट अनिवार्य

एजेन्सी । भारतको वित्तीय केन्द्र मुम्बईमा नोभेम्बर देखि कारको पछाडिको सिटमा बस्नेहरूका लागि पनि सिट बेल्ट लगाउन अनिवार्य गरिएको मुम्बई ट्राफिक प्रहरीले जनाएको छ। यसअघि अगाडिको सिटका यात्रुले मात्र सिट बेल्ट लगाउनुपर्ने अनिवार्यता थियो तर गत महिना सडक दुर्घटनामा परी व्यापारी साइरस मिस्त्रीको मृत्युले सिट बेल्ट लगाउनुको महत्त्व बढेको भन्दै नयाँ नियम लागू गरिदै छ। मुम्बई ट्राफिक प्रहरीका अनुसार नयाँ नियमको पालना नगरेमा दण्डनीय हुने बताइएको छ । भारतको यातायात मन्त्रालयले सन् २०२० मा भारतमा ३६ लाख ६१ हजार १३८ सडक दुर्घटनाहरू रेकर्ड गरेको थियो जसमा १३ लाख एक हजार ७१४ जनाको मृत्यु भएको थियो भने तीन लाख ४८ हजार २७९ जना घाइते भएका छन्।

बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी आयो

मोरङ । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन । नहरमा पानी नहुदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए । त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पुर्याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालनअवरुद्ध भएको थियो । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो । मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा नहरका जल उपभोक्ता समितिका अध्यक्ष देवानन्द साहले बताए । उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीको पकेट क्षेत्र हो । यहाँका किसान मौसम अनुसारको बाली लगाउँछन् । ‘बाली मात्र लगाएर के गर्नु पहिले त नहर भएर पनि सिँचाइ थिएनन् । अहिले नहरका पानी बगेको देखेर किसानको अनुहारमा उज्यालो आएको छ’, अध्यक्ष साहले भने, ’बाली र मानवको लागि पानी निकै महत्व छ, यो बिना दुबैको जीवन अन्धकार हुन्छ ।’ धान, मकै, गहुँ प्रर्याप्त उत्पादन हुने यो क्षेत्रमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । यो क्षेत्र तरकारीका लागि पकेट मानिन्छ । यो क्षेत्र तरकारी पकेट क्षेत्र भएको र यसमा परियोजनामार्फत कृषि उत्पादन बढाउन लगानी पनि भइरहेको अध्यक्ष साहले बताए । धान, मकै र गहुँ बाली भन्दा पनि तरकारी उत्पादन गरेर यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको स्थानीय किसान हरिनाथप्रसाद सिंहले बताए । उनले पनि एकदेखि दुई बिघा जग्गामा तरकारी लगाएका छन् । ‘तरकारी उत्पादन त गर्छु तर, बजार अभाव छ, ग्रामीण क्षेत्र भएकाले बाटोको असुविधा छ, बाटो राम्रो भएको भए हामीले उत्पादन गरेको तरकारी सजिलै सहरसम्म पु¥याउन सक्थ्यौँ भने’, उनले यहाँका किसानले प्रयोगगर्ने दुई किमी बाटो व्यवस्थित भयो भने निकै सुविधा हुने थियो ।’ अर्का किसान नहरको दुबै तर्फ तरकारी उत्पादक किसान रहेकाले नहर दुबै तर्फ गर्न केही स्थान सुनसरी मोरङ सिँचाइ आयोजनाले कल्भर्ट बनाइदिनुपर्ने माग गरे। आयोजनाका इञ्जिनीयर महेश चौधरीले किसानको माग र आवश्यकता अनुसार नहर सञ्चालनमा ल्याइएको बताए । आयोजनाका प्रमुख भिलानन्द यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले नहर निर्माण गरेको बताए। उनले नहर स्थानमा अहिले पनि पानी चल्ने समस्या देखिएपछि नहरलाई सफाइ गर्ने योजना बनाएर अघि बढिरहेको जानकारी दिए । ‘नहर छ तर पानी छैन भने त्यो नहरको कुनै काम छैन, उनले भने, ‘त्यसैले लामो समयदेखि सिँचाइबाट वञ्चित किसानलाई खेतसम्म पानी पुर्याउने नै आयोजनाको प्रमुख काम हो’, आयोजना प्रमुख यादवले भने।