कुमारी बैंकको नाफा १ अर्बभन्दा बढी, अधिकांश सूचकमा अब्बल
काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले ३ महिनाको अवधिमा १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत बढेर १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत बढेर २६ करोड ५७ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत बढेर २ अर्ब ३८ करोड २२ लाख ३९ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेर १ अर्ब ४३ करोड १३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । कुमारी बैंकको वितरण योग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ६.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १५.४४ प्रतिशत बढेर ७ अर्ब २६ करोड २१ लख २० हजार रुपैयाँ, कर्जा २.१४ प्रतिशत बढेर १ खर्ब ५५ अर्ब ८२ करोड रुपैयाँ र निक्षेप १.५८ प्रतिशत घटेर १ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
एनआईसी एशिया बैंकको नाफा पौने २ अर्ब, ईपीएस ५९.६२ रुपैयाँ पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, बैंकको कर्जा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ र निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको स्वपूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ रहेको छ । स्वपूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकले पहिलो त्रैमासमा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक पुगेका छन् । बैंकका अनुसार कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
एनसीसी बैंकको नाफा सामान्य अंकले घट्यो, अन्य सूचक कस्ता छन् ?
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ०।२४ प्रतिशतले घटेको छ । खुद नाफा ०.२४ प्रतिशतले घट्दा बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ७० लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेर १ अर्ब ३७ करोड ६१ लख ८१ हजार रुपैयाँ, नेट फि कमिसन आम्दानी ९.९३ प्रतिशत घटेर १७ करोड ६० लाख ३४ हजार रुपैयाँ र सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेर ७१ करोड ८५ लाख ४९ हजार रुपैयाँ भएकाे छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड रुपैयाँ, जगेडा कोष ९.४० प्रतिशत बढेर ५ अबए ४५ करोड रुपैयाँ, निक्षेप ५.६१ प्रतिशत घटेर १ खर्ब २७ अर्ब २ करोड रुपैयाँ र कर्जा ६.१९ प्रतिशत घटेर १ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा एनसीसीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९.९१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४८.९४ रुपैयाँ रहेको छ ।
निफ्रा बैंकको नाफा र ईपीएस दुबै बढ्यो, कर्जा २६१ प्रतिशत वृद्धि गर्याे
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५६.४६ प्रतिशतले बढेको छ । खुद नाफा ५६.४६ प्रतिशतले बढ्दा बैंकले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेर ६५ करोड ५७ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशत बढेर ५५ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत बढेर ६६ करोड १२ लाख ९६ हजार रुपैयाँ र सञ्चालन मुनाफा ५६.४६ प्रतिशत बढेर ५४ करोड ९ लाख ७० हजार रुपैयाँ भएकाे छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष २०.११ प्रतिशत घटेर २ अर्ब ११ करोड १० लाख रुपैयाँ, निक्षेप ३२.६९ प्रतिशत बढेर ३९ करोड ५६ लाख १८ हजार रुपैयाँ र कर्जा २६१.६३ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २६.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९.७८ रुपैयाँ रहेको छ ।
एभरेष्ट बैंकको नाफा र ईपीएस बढ्यो, वितरण योग्य मुनाफा साढे ४ अर्ब बढी
काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४८.९५ प्रतिशत बढेको छ । खुद नाफा ४८.९५ प्रतिशतले बढ्दा बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ७२.६८ प्रतिशत बढेर १ अर्ब ८८ करोड ६४ लाख ५४ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड १९ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २६.५४ प्रतिशत बढेर २६ करोड १८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३२ प्रतिशत बढेर २ अर्ब १९ करोड रुपैयाँ र सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेर १ अर्ब २३ करोड १८ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७१ करोड ६८ लाख ५७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ, जगेडा कोष ५.४५ प्रतिशत बढेर १३ अर्ब ९४ करोड ७३ लाख रुपैयाँ, निक्षेप ०.६४ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ८४ करोड रुपैयाँ र कर्जा १.७२ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३९ पैसा बढेर ३६ रुपैयाँ ४३ पैसा पुगेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १३.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४७.३२ रुपैयाँ रहेको छ ।
नबिल बैंकको ४१.३० प्रतिशत नाफा बढ्यो, जगेडा कोष साढे ३० अर्ब पुग्यो
काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४१.३० प्रतिशतले बढेको छ । खुद नाफा ४१.३० प्रतिशतले बढ्दा बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ६४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत बढेर ६२ करोड ९४ लाख ६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ७३ लाख ३८ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेर २ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ९१ करोड ६१ लख ७४ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंककाे चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, जगेडा कोष २.२९ प्रतिशत बढेर ३० अर्ब ४३ करोड ६ लाख ७ हजार रुपैयाँ, निक्षेप २.४१ प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब ९ करोड ५२ लाख ४० हजार रुपैयाँ र कर्जा १.५४ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब ६९ करोड ६७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ४.५८ रुपैयाँ घटेर २७.५३ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको १३.६ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हाे । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । कूल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब कर्जा लगानी रहेको बैंकको मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा
काठमाडौं । नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जिवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्स्याेरेन्स कम्पनी रहेको छ ।