विकासन्युज

तीन महिनामा मेगा बैंकको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४४.३३ प्रतिशत घटेको छ । बैंकले तीन महिनामा ५० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.६० प्रतिशत बढेर १ अर्ब ७९ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशत बढेर २ अर्ब ३ करोड रुपैयाँ, सञ्चालन मुनाफा ४५.९९ प्रतिशत घटेर ७० करोड ५९ लाख रुपैयाँ र खुद फि कमिसन आम्दानी ३६.५६ प्रतिशत घटेर ११ करोड ५६ लाख रुपैयाँ रहेको छ । बैंकको असोज मसान्तसम्ममा मेगाको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा घटेर ११ रुपैयाँ ६३ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.२३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१.८८ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष ६.७९ प्रतिशत बढेर ६ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप १.१० प्रतिशत बढेर १ खर्ब ५५ अर्ब १६ करोड रुपैयाँ र कर्जा २.९९ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

२ हप्तापछि विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

काठमाडौं । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । उक्त विमानस्थलबाट अबदेखि दुईवटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो । विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको छलाङ, सबै सूचक बढायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३.४७ प्रतिशत बढेको छ । बैंकले तीन महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत बढेर २ अर्ब २१ करोड रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर ३३ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत बढेर १ अर्ब ७० करोड रुपैयाँ र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेर १ अर्ब ६२ करोड रुपैयाँ छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.६३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९२.३२ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ५.८६ प्रतिशत बढेर १६ अर्ब ९० करोड रुपैयाँ, निक्षेप ४.०६ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ३० करोड रुपैयाँ र कर्जा ७.०७ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

नक्कली नोटसहित गोकर्णेश्वरबाट ५ जना पक्राउ 

काठमाडौं ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो । साथै उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी ८४ हजार पाँच सयसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । रासस

नुवाकोटमा आगलागीबाट दुई करोडको क्षति

त्रिशूली । नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोडभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट तीन वटाघर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिए । उनको अनुसार सत्तरीको डिल भन्ने स्थानमा विजय थापाको फ्रेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलसमेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् । ‘थापा दाजुभाइको तीनवटा घरसहित ती घरमा सञ्चालित पसलका सामग्री, घरमा रहेको नगद, सुनचाँदी, लत्ताकपडा, भाडावर्तन अधिकांश जलेर नष्ट भएकाले प्रारम्भिक अनुमानमा दुई करोड २० लाख बरारबको क्षति देखिन्छ,’ प्रनाउ खड्काले भने, ‘पीडित परिवार र प्रहरी–प्रशासन घटना ९आगलागी० नियन्त्रणतर्फ केन्द्रित भएकाले सम्पत्ति क्षतिको यकिन तथ्याङ्कमा त्योभन्दा बढीसमेत हुनसक्छ ।’ रातको करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी, सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो । आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ । आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबढी भएको हुनसक्ने पीडित विजय थापाले बताए । रासस

कुमारी बैंकको नाफा १ अर्बभन्दा बढी, अधिकांश सूचकमा अब्बल

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले ३ महिनाको अवधिमा १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत बढेर १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत बढेर २६ करोड ५७ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत बढेर २ अर्ब ३८ करोड २२ लाख ३९ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेर १ अर्ब ४३ करोड १३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । कुमारी बैंकको वितरण योग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ६.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १५.४४ प्रतिशत बढेर ७ अर्ब २६ करोड २१ लख २० हजार रुपैयाँ, कर्जा २.१४ प्रतिशत बढेर १ खर्ब ५५ अर्ब ८२ करोड रुपैयाँ र निक्षेप १.५८ प्रतिशत घटेर १ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको नाफा पौने २ अर्ब, ईपीएस ५९.६२ रुपैयाँ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, बैंकको कर्जा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ र निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको स्वपूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ रहेको छ । स्वपूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकले पहिलो त्रैमासमा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक पुगेका छन् । बैंकका अनुसार कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

एनसीसी बैंकको नाफा सामान्य अंकले घट्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ०।२४ प्रतिशतले घटेको छ । खुद नाफा ०.२४ प्रतिशतले घट्दा बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८० लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.३१ प्रतिशत बढेर १ अर्ब १२ करोड ७० लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३.७१ प्रतिशत बढेर १ अर्ब ३७ करोड ६१ लख ८१ हजार रुपैयाँ, नेट फि कमिसन आम्दानी ९.९३ प्रतिशत घटेर १७ करोड ६० लाख ३४ हजार रुपैयाँ र सञ्चालन मुनाफा ०.२६ प्रतिशत घटेर ७१ करोड ८५ लाख ४९ हजार रुपैयाँ भएकाे छ । यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७८ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड रुपैयाँ, जगेडा कोष ९.४० प्रतिशत बढेर ५ अबए ४५ करोड रुपैयाँ, निक्षेप ५.६१ प्रतिशत घटेर १ खर्ब २७ अर्ब २ करोड रुपैयाँ र कर्जा ६.१९ प्रतिशत घटेर १ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा एनसीसीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ५३ पैसा घटेर १८ रुपैयाँ ५६ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९.९१ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४८.९४ रुपैयाँ रहेको छ ।