नबिल बैंकको ४१.३० प्रतिशत नाफा बढ्यो, जगेडा कोष साढे ३० अर्ब पुग्यो

<p>काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४१.३० प्रतिशतले बढेको छ । खुद नाफा ४१.३० प्रतिशतले बढ्दा बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक [&hellip;]</p>

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४१.३० प्रतिशतले बढेको छ । खुद नाफा ४१.३० प्रतिशतले बढ्दा बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ६४ प्रतिशत बढेर ३ अर्ब ६७ करोड ७१ लाख ७९ हजार रुपैयाँ भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २४ करोड १५ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत बढेर ६२ करोड ९४ लाख ६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत बढेर ४ अर्ब ४९ करोड ७३ लाख ३८ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेर २ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा २ अर्ब ९१ करोड ६१ लख ७४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंककाे चुक्ता पूँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ, जगेडा कोष २.२९ प्रतिशत बढेर ३० अर्ब ४३ करोड ६ लाख ७ हजार रुपैयाँ, निक्षेप २.४१ प्रतिशत बढेर ३ खर्ब ३४ अर्ब ९ करोड ५२ लाख ४० हजार रुपैयाँ र कर्जा १.५४ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब ६९ करोड ६७ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ४.५८ रुपैयाँ घटेर २७.५३ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ ।

Share News