निफ्रा बैंकको नाफा र ईपीएस दुबै बढ्यो, कर्जा २६१ प्रतिशत वृद्धि गर्याे

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५६.४६ प्रतिशतले बढेको छ । खुद नाफा ५६.४६ प्रतिशतले बढ्दा बैंकले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५६.४६ प्रतिशतले बढेको छ । खुद नाफा ५६.४६ प्रतिशतले बढ्दा बैंकले ३७ करोड ८६ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ३ महिनामा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेर ६५ करोड ५७ लाख रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी २९६.८८ प्रतिशत बढेर ५५ लाख ९६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत बढेर ६६ करोड १२ लाख ९६ हजार रुपैयाँ र सञ्चालन मुनाफा ५६.४६ प्रतिशत बढेर ५४ करोड ९ लाख ७० हजार रुपैयाँ भएकाे छ । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेर २१ अर्ब ६० करोड रुपैयाँ, जगेडा कोष २०.११ प्रतिशत घटेर २ अर्ब ११ करोड १० लाख रुपैयाँ, निक्षेप ३२.६९ प्रतिशत बढेर ३९ करोड ५६ लाख १८ हजार रुपैयाँ र कर्जा २६१.६३ प्रतिशत बढेर १७ अर्ब ८१ करोड ६ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्मा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ । समिक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २६.६५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९.७८ रुपैयाँ रहेको छ ।

Share News