विकासन्युज

दस महिनामा भित्रिए चार लाख ७३ हजार ५६३ पर्यटक

काठमाडाैं ।  पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो । यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए । सेप्टेम्बरमा ५८ हजार तीन सय १४, अगष्टमा ४१ हजार तीन सय ४, जुलाईमा ४४ हजार चार सय ६२ र जुनमा ४६ हजार नौ सय ७५ पर्यटक नेपाल आएका थिए । त्यसैगरी, मेमा ५३ हजार छ सय ८, मार्चमा ४२ हजार छ, फेब्रुअरीमा १९ हजार सात सय ६६ र जनवरीमा १६ हजार नौ सय ७५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो । पयर्टन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०१९ मा आएका कूल पर्यटकको सङ्ख्यामा ७० देखि ७५ प्रतिशतसम्म ‘रिकभर’ हुने अपेक्षा गरिएको र सोअनुसार पर्यटक आगमन भइरहेको बताए । उहाँले यही दरमा पर्यटक भित्रिए यो वर्ष छ लाखभन्दा बढी पर्यटक बताए । रासस

महालक्ष्मी विकास बैंकले घर बनाउन र उद्यम गर्न सस्तोमा कर्जा दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण र उद्यम गर्न चाहानेको लागि विशेष कर्जा योजना ल्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै आवास कर्जा र द्यमशील कर्जा अन्तर्गत विशेष योजना ल्याएको जानकारी दिएको हो । बैंकले घर कर्जामा धितो मुल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष तोकेको छ । घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । यस्तै, बैंकले व्यवसायिक कर्जा योजनामा धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने जनाएको छ। महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई दराजमा विशेष छुट

काठमाडाैं । नेपाल एसबिआई बैंक र अनलाइन सपिङ पाेर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र दराजको तर्फबाट विधुतीय भुक्तानी तथा साझेदार विभागका प्रम’ख श्री अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यस सम्झाैता अनुसार नेपाल एसबिआई बैंकका डेबिट कार्ड प्रयोगर्कताहरुले दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंककाे अनुसार यो योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ ।  

कर्णाली राजमार्गमा चल्ने सवारी साधनको भाडा १५ प्रतिशतले बढ्यो

कर्णाली । कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडादरअनुसार जुम्ला, कालीकोट र सुर्खेतसम्मको भाडा दर कायम गरिएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिए । उनका अनुसार उक्त निर्धारित भाडा दरमा १५ प्रतिशत बढाएर नयाँ भाडा दर कायम गरिएको हो । जसमा जुम्ला–सुर्खेतसम्मको एक हजार दुई सय ८३ भाडा दरमा १५ प्रतिशत बढाएर एक हजार चार सय ७५ रुपैयाँ कायम गरिएको छ । त्यस्तै मिनिबस/हाइसको एक हजार ५७० लाई बढाएर एक हजार आठ सय पाँच रुपैयाँ कायम गरिएको छ । त्यस्तै जुम्ला–सुर्खेत जीपका लागि एक हजार आठ सय ४५ रुपै्रयाँ मा १५ प्रतिशत बढाएर दुई हजार एक सय २१ रुपैयाँ भाडा पुगेको उनले बताए । प्रमुख महतका अनुसार जुम्ला काठमाडौँका लागि चार हजार रुपैयाँ भाडा लिने गरेको बसको भाडादर तीन हजार दुई सय २० रुपैयाँ कायम गरिएको छ । नागरिकले अटोरिक्सा, जीप, हाइस/मिनिबस, बसलगायतका सवारीसाधनले महँगो भाडा लिएर नागरिकलाई मर्कामा पारेको जनगुनासो आएपछि कर्णाली राजमार्गमा सञ्चालन हुने सबै प्रकारका सवारी साधनको भाडादरमा हेरफेर गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । कर्णाली प्रदेश सरकारले सवारी यातायातसम्बन्धी भाडादर कायम नगरेको र कानून पनि नबनाएकाले यहाँका पहाडी तथा हिमाली जिल्लाको भाडादर कायम गर्न समस्या भएको केसरीको भनाइ छ । सवारी यातायातसम्बन्धी ऐन नबनेका कारण मनोमानी तरिकाले व्यवसायीले भाडा असुल्ने गरेको नागरिक समाज जुम्लामा संयोजक राजबहादुर महतले बताए । नागरिकलाई केन्द्रमा राखेर व्यवसायीले न्यायोचित भाडा लिनुपर्ने र त्यहीअनुसार सेवा दिनुपर्ने उनको भनाइ छ । स्थानीय दीपक शाहीका अनुसार १५ प्रतिशत भाडा बढाएर दर कायम गरे पनि यातायात व्यवसायीले दुई/चार सय बढी नै असुल्ने गरेको दाबी गरे । नेपाल सरकारको निर्धारित भाडा दरअनुसार पक्की सडकमा ठूलो सवारी साधन प्रति किलोमिटर ५ रुपैयाँ दशमलव ३९, मझौला सवारी साधन प्रतिकिमी ६ दशमलव ६० रुपैयाँ र सानो सवारीसाधन प्रतिकिमी ७ दशमलव ७५ रुपैयाँ छ । जसमा कात्तिक १५ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको बैठकले १५ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । कायम भाडादर कार्यान्वयनमा आएन व्यवस्थापक एवं नियमनकारी निकायले भाडादर कायम गरे पनि यातायात व्यवसायीहरुले त्यसलाई कार्यान्वयनमा ल्याएको छैन । चार दिनअघि जुम्ला प्रशासन बसेर कायम गरिएको भाडा दरभन्दा बढी भाडा असुलेको स्थानीय डिकेश शाहीले बताए । उनका अनुसार जुम्ला–सुर्खेत हाइसको भाडा एक हजार आठ सय रुपैयाँ पाँच हुँदा जुम्ला कुडारीबाट सुर्खेतका लागि थप छ सय रुपैयाँ तिर्नुपरेको बताए । छोटो दूरीमा चल्ने अटो रिक्साले प्रतिकिमी ८ दशमलव ५२ रुपैयाँ र जीप तथा भ्यान ७ दशमलव ५९ रुपैयाँ लिनुपर्नेमा १५ प्रतिशत भाडा बढाउँदा पनि प्रतिकिलोमिटर १२ देखि १४ दशमलव २८ रुपैयाँ असुली रहेको जुम्ला तिला गाउँपालिकाका स्थानीय धीरबहादुर सिंहले गुनासो गरे ।

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

काठमाडौं । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । यतायात व्यवस्था विभागले शक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागले मंसिर ४ गते हुने चुनावमा कर्मचारीहरु खटिनु पर्ने भएको बताउँदै अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने जनाएको छ ।  

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्वाचित

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनःनिर्विरोध निर्वाचित भएका छन् । कार्तिक–१८ गते (नोभेम्बर–४ तारिख) बैंककमा सम्पन्न साधारण सभाले तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । राष्ट्रिय सहकारी बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्वगर्दै आएका छन् । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकजकुमार बंसल निर्वाचित भएका छन् । बंसल सहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विशेष आमत्रितका रुपमा निर्वाचित भएकी छन् । सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । बैंककमा सचिवालय रहेको नेडाक ९ एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले बताए ।

युकेबाट सिटी एक्सप्रेसमा पैसा पठाउँदा नुनाले जितिन् १ तोला सुन

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विधुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस ‘बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो’ अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म चलेको हो । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो । कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत हुने जानकारी गराएको छ ।  

‘पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ प्राधिकरण आफैले गर्छ’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन् । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा भैरहवा–कुवलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम प्राधिकरणले गर्ने बताएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अरु कसैलाई दिन अवस्थामा प्राधिकरण नभएको स्पष्ट पारे । यो विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले सो निर्णय गर्नुपरेको उनले बताए उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताए । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने र देश विदेशमा प्रचार प्रसार गर्नुपर्नेमा उनी बताउँछन् । बिहीबारदेखि हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान शुरु गरेको छ । पहिलो उडानमा १३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन् । हालका लागि भैरहवाबाट नियमित चार्टड उडान गरिने र आगामी दिनमा भने सेड्युल उडान गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।