मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने
काठमाडौं । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । यतायात व्यवस्था विभागले शक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागले मंसिर ४ गते हुने चुनावमा कर्मचारीहरु खटिनु पर्ने भएको बताउँदै अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द हुने जनाएको छ ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्वाचित
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनःनिर्विरोध निर्वाचित भएका छन् । कार्तिक–१८ गते (नोभेम्बर–४ तारिख) बैंककमा सम्पन्न साधारण सभाले तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । राष्ट्रिय सहकारी बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्वगर्दै आएका छन् । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम भारतका प्रबन्ध निर्देशक पंकजकुमार बंसल निर्वाचित भएका छन् । बंसल सहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विशेष आमत्रितका रुपमा निर्वाचित भएकी छन् । सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । बैंककमा सचिवालय रहेको नेडाक ९ एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले बताए ।
युकेबाट सिटी एक्सप्रेसमा पैसा पठाउँदा नुनाले जितिन् १ तोला सुन
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ योजना अन्तर्गत दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विधुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन् । सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०/१० तोला चाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङ साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०/१० तोला चाँदी जित्न सफल भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ‘ उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस ‘बिदेशबाट सिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायो’ अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म चलेको हो । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो । कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत हुने जानकारी गराएको छ ।
‘पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ प्राधिकरण आफैले गर्छ’
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन् । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल भैरहवामा भैरहवा–कुवलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको काम प्राधिकरणले गर्ने बताएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ अरु कसैलाई दिन अवस्थामा प्राधिकरण नभएको स्पष्ट पारे । यो विषयमा धेरै विवाद भएका कारण प्राधिकरणले सो निर्णय गर्नुपरेको उनले बताए उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन गर्नका लागि सबै पक्ष जिम्मेवार भएको बताए । विमानस्थल सञ्चालनका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने र देश विदेशमा प्रचार प्रसार गर्नुपर्नेमा उनी बताउँछन् । बिहीबारदेखि हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडान शुरु गरेको छ । पहिलो उडानमा १३५ जनाले भैरहवाबाट क्वालालम्पुरको उडान भरेका छन् । हालका लागि भैरहवाबाट नियमित चार्टड उडान गरिने र आगामी दिनमा भने सेड्युल उडान गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।
लुम्बिनी विकास बैंकले नुवाकोट बसपार्कको लागि दियो टिभी
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकालाई टिभी र डिशहाेम सहयाेग गरेकाे छ । बैंकले नुवाकोटको बट्टार बसपार्कमा टिभी राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत बिदुर नगरपालिका का नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन एक थान र डिशहोम एक थान प्रदान गरेकाे हाे । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बैंकले छिट्टै काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने जनाएकाे छ ।
अव्यवस्थित फुटपाथ र होर्डिङ बोर्ड हटाउन महानगरले साढे दुई सय जनालाई हायर गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले म्यादी प्रहरी राख्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नको लागि एक वर्षका लागि म्यादी प्रहरी राख्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले म्यादी प्रहरी राख्नका लागि तयारी भइरहेको बताए । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको भन्दै महानगरले जनशक्ति थप गर्ने तयारी गरिरहेको उनको भनाइ छ । प्रहरी प्रमुख पाण्डेका अनुसार महानगरले एक सय ६२ जना म्यादी प्रहरी भर्ना गर्ने योजना बनाएको छ । महानगरसँग अहिले एक सय ७१ जना नगर प्रहरी छन् । उनले अबको एक महिनाभित्र म्यादी प्रहरीको छनोट प्रक्रिया सक्ने बताए । ‘हामीसँग अहिले जनशक्तिको कम छ, जनशक्ती कम भएकै कारण योजना अनुरूपमा काम गर्न सकिरहेका छैनौं, भएको जनशक्ति परिचालन गरी महानगर भित्र सुरक्षा गर्नुको साथै फुटपाथ व्यवसायीलाई व्यवस्थित गर्नको लागि चोक चोकमा नगर प्रहरी परिचालन गरेका छौं,’ उनले भने । नगर प्रहरीहरूले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्दै आएको पनि पाण्डेले जानकारी दिए । म्यादी प्रहरीलाई नियुक्त गरी चोकचोकमा राख्ने योजनामा महानगरको छ । फुटपाथमा भइरहेको व्यवसायलाई र अनधिकृत भौतिक पूर्वाधार हटाउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । काठमाडौंको सडकपेटी तथा फुटपाथमा मानिसहरुले व्यवसाय गर्न लागेको धेरै समय भइसकेको छ । फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भनेर विषय उठ्न थालेको पनि झण्डै ३ दशक भएको छ । काठमाडौंको फुटपाथ व्यवसायलाई दीगो व्यवस्थापन गर्ने विषय चुनौतिका रुपमा रहेको छ । ‘हाम्रो नयाँ उद्देश्य भनेको व्यवस्थित फुटपाथ बनाउने हो, केही समयपछि दैनिक रूपमा हामी माइकिङ गर्छौं, त्यसपछि हटाउँछौं,’ उनले भने । होडिङ बोर्ड हटाउन १०० सय हायर काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको होर्डिङ बोर्ड (परिचय पाटी) हटाउने भएको छ । महानगरपालिकाले ३० वर्ग फुट भन्दा माथिका सबै परिचय पाटी हटाउने भएको हो । सो पाटी हटाउनको लागि काठमाडौं महानगरपालिकाले एक सय जना कर्मचारीहरू केही समयको लागि राख्ने भएको छ । कर्मचारी राखेर परिचय पाटी हटाउने योजनामा महानगर छ । ‘हामीले एक सय जना मान्छे हायर गर्छौं, उनीहरूले १०÷१० जनाको टोली बनाई १० वटा समूह बनाउँछौं, विभिन्न ठाउँमा उनीहरुलाई पठाउँछौं,’ उनले भने ।
एनसीसी र दराजबीच सम्झौता, बैंकको कार्ड प्रयोग गर्दा ३ हजारसम्म छुट पाइने
काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र दराज अनलाइन सपिङ बीच सम्झौता भएको छ । एनसीसी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ । बैंककाे अनुसार यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
तरलताको संकटमा पनि महालक्ष्मी विकास बैंकले सहज रुपमा कर्जा दिँदै
काठमाडौं । हाल बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्या भएपनि महालक्ष्मी विकास बैंकले भने सहज रुपमा कर्जा दिइरहेको छ । बैंकले सेवाग्राहीको समस्यालाई मध्येनजर गर्दै सहज रुपमा ‘होमलोन’ र ‘व्यवसायिक कर्जा’ दिँदै आएको छ । ‘बैंकले सपनाको सानो घर, प्यारो घर, अब पुरा हुनेछ सबैको रहर’को नारा राख्दै होम लोन प्रवाह गरिरहेको छ । बैंकले सहज रुपमा होम लोन स्वीकृत हुन जनाएको छ । यस्तै, बैंकले ‘सरल र सहज व्यवसायिक कर्जा, पौरखी हातहरुलाई थप उर्जा’ नारा दिएर व्यवसायिक कर्जा दिइरहेको छ । बैंकले १५ वर्षको कर्जा अवधि तोकेर बिना झन्झट कर्जा स्वीकृत हुने जनाएको छ । पछिल्लो समय लगानीयोग्य पुँजीको अभाव रहेको समयमा अन्य बैंकहरुले कर्जा नदिइरहेको अवस्थामा महालक्ष्मी विकास बैंकले भने सहज रुपमा कर्जा प्रवाह भइरहेको बताएको छ ।