महालक्ष्मी विकास बैंकले घर बनाउन र उद्यम गर्न सस्तोमा कर्जा दिने

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण र उद्यम गर्न चाहानेको लागि विशेष कर्जा योजना ल्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै आवास कर्जा र द्यमशील कर्जा अन्तर्गत विशेष योजना ल्याएको जानकारी दिएको हो । बैंकले घर कर्जामा धितो मुल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष तोकेको छ । घर निर्माणमा अग्रिम कर्जा प्रवाह, [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण र उद्यम गर्न चाहानेको लागि विशेष कर्जा योजना ल्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै आवास कर्जा र द्यमशील कर्जा अन्तर्गत विशेष योजना ल्याएको जानकारी दिएको हो ।

बैंकले घर कर्जामा धितो मुल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष तोकेको छ । घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

यस्तै, बैंकले व्यवसायिक कर्जा योजनामा धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने जनाएको छ।

महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

Share News