सूर्या लाइफका सीईओको तलब १ करोड
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा करिब एक करोड रुपैषँ तलब भत्ता बुझेका छन् । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई ९८ लाख ७८ हजार ७६५ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको हो । जसमध्ये इन्स्योरेन्सले सीईओ पवन कुमार खड्कालाई ४८ लाख ४५ हजार ९६८ रुपैयाँ र पूर्व सीईओ शिवनाथ पाण्डेलाई ५० लाख ३२ हजार ८०२ रुपैयाँ तलब भत्ता प्रदान गरेको हो । २०७७ कात्तिक मसान्तसम्म कम्पनीको सीईओमा शिवनाथ पाण्डे थिए । कम्पनीले संचालकहरुलाई संचालक समितिको बैठक भत्ता बापत १७ लाख ३५ हजार रुपैयाँ, मासिक भत्ता वापत ६ लाख ६९ हजार ६६६ रुपैयाँ र लेखापरीक्षण तथा अन्य समितिलाई बैठक भत्ता बापत ८ लाख ७२ हजार रुपैयाँ भूक्तानी गरेको छ । यस्तै कम्पनीले प्रवन्धक र सो भन्दा माथीका अन्य पदाधिकारीहरुलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधा वापत २ करोड ९१ लाख ७१ हजार ४५० रुपैयाँ भुक्तानी गरेको छ ।
परमादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेका हौं : एकनाथ ढकाल
धनगढी । नेकपा एमालेसँग चुनाबी सहकार्य गरी निर्बाचन प्रचार प्रचारमा होमिएका एमालेका समानुपातिक उम्मेदबार तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले परामादेशी सरकारलाई हटाउन एमालेसँग तालमेल गरेको बताएका छन् । नेकपा ऐमाले तथा नेपाल परिवार दल सुदूरपश्चिमले धनगढीमा सयुक्त आयोजना गरेको उम्मेदवार सँग भेटघाट तथा अन्तरक्रिया कार्यकममा बोल्दै ढकालले अगामी निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओली फेरी प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । पूर्वमन्त्री समेत रहेका उम्मेदबार ढकालले न्यायप्रेमी नेपाली जनताले ओलीलाई प्रधानमन्त्रीमा निर्वाचित गर्दै परमादेश गलत भएको प्रमाणित गर्ने जिकिर गरे । सुर्यमा मत माग्दै देश ब्यापी अभियानमा हिडेका ढकालले जनतामा ओली प्यांस रहेको आफुले पाएको बताउदै मङ्सिर चार गते जनताको उक्त प्यांस मेटिने जिकिर गरे । ‘देशमा अहिले परमादेशबाट बनेको गठबन्धनको सरकार छ । नेपाली जनताको संमृद्वि, प्रगति नचाहने देशीविदेशी तत्वहरू संगको मिलोमतोमा अपारदर्शी र अलोकतान्त्रिक तरिकाले सरकारलाई बर्खास्त गर्नु आपतिजनक भन्दै नेता ढकालले संसदवाट प्रधानमन्त्रि बन्ने संबैधानिक मान्यताको बिपरित अदालती परमादेश वाट प्रधानमन्त्री नियुक्तिको गलत पद्धती र नजिर सच्याउन मङ्सिर ४ गते जनताले सहि फैसला गर्ने बिश्वाश ब्यक्त गरे । परमादेशी सरकारलाई हटाउन र समृद्ध नेपाल सुखी, नेपालीको नारा साकार पार्न एमाले संग चुनावी तालमेल गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो । सुर्य चिन्ह वाटै प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार समेत रहेका ढकालले परिवार दलले सुदुरपश्चिमको विकासको लागी नेकपा एमाले संग मिलेर कामगर्ने बताए । कार्यक्रम नेपाल परिवार दलका केन्द्रीय सदस्य एवं सुदुरपश्चिम संयोजक खडक सिंह नागरिको सभापतित्वमा र अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा र कञ्चनपुर क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी रानाको बिशेष उपस्थितिमा रहेको थियो । भेलामा बोल्दै नेता रानाले मंसिर–४ पछि नेपाली जनताको आफ्नै सरकार वा ओली सरकार बन्ने र जसले मुलुकलाई संमृद्विको दिशातिर लाने दाबी गर्दै मंसिर ४ पछि जनताको अनुहारमा खुसि ल्याउने प्रतिबद्ता ब्यक्त गरे । कार्यक्रममा कञ्चनपुर ५ ख का उम्मेदवार दुर्गा प्रसाद जोशी, परिवार दलका केन्द्रीय सदस्य अधिवक्ता दयाराम कडेल, केन्द्रीय सदस्य निर्मला श्रेष्ठले आ–आफ्नो मन्तव्य राख्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रमका सभापति खडक नागरिले सुदुरपश्चिम प्रदेशवाट सुर्य चिन्हमा बिस हजार मत खसाल्ने दाबी गर्दै सुदुरपश्चिमका सबै जिल्लामा परिवार दलले एमाले लाइ सघाउने बताए । नेकपा ऐमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार नारदमुनी राना, प्रदेश सभा ५ (क) का उम्मेदवार नेपालु चौधरी र प्रदेश सभा ५ (ख) का उम्मेदवार दुर्गा प्रसाद जोशी , प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार धर्म राज पाठक, नेपाल परिवार दलका केन्द्रीय सदस्यहरू बिष्णु बि.क , निर्मला श्रेष्ठ , जितेन्द्र श्रेष्ठ, धर्म रोकाया,सुशील लामिछाने, पिस फोर्स नेपालका केन्द्रीय अध्यक्ष रविन्द्र चौलागाईं, परिवार दल कञ्चनपुर जिल्ला अध्यक्ष विशाल चौधरी , अनेरास्ववियु सुदुरपश्चिम संयोजक मनोज राई, नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मल र बीउ उपलब्ध गराउनेलाई भोट : मर्चवारवासी
रुपन्देही । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्तछन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दै छन् । बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेका उम्मेदवाले मर्चवारका सामान्य मतदाताको मन आकर्षित गर्न सकिरहेका छैनन् । मर्चवारवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमा मल र बीउको अपेक्षा गरेका छन् । अन्न भण्डारको रुपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरुको भनाइ छ । कोटहीमाई गाउँपालिका–६ बोगडीकी ७५ वर्षीया मोहबती हरिजनले मर्चवारमा बर्षेनी मल र बीउको लागि सास्ती भोग्दै आएको बताए । उनी अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाको भर परेको बताउँछन् । ‘स्थानीय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन् भन्ने अपेक्षा थियो ।’ उनले भने, ‘तर केही भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउँछौँ, मेहनत गरेर रोप्छौँ ।’ उनले सरकारले गरिब र पीडितको लागि पठाएको राहत नपाएको गुनासो गरे । ‘सरकारले गरिब विपन्नको राहतको लागि भनेर केही सामान पठाइदिन्छ ।’ उनले भने, ‘ त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन, हाम्रो लागि कोही छैन ।’ त्यसकारण जसले सहजरुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाइ छ । उनकै भनाइलाई मेल खान्छ मर्चवारी गाउँपालिका–६ बगौलीकी सुनिताकुमारी यादवको पनि । उनले पनि स्थानीय नेताहरु आफ्नो मान्छे छानीछानी बीउ र मल दिएको गुनासो गरे । ‘गहुँ छर्ने बेला भएको छ, वडाले २ बोरा गहुँको बीउ दिने भनेको थियो अहिले चार–पाँच किलो दिन्छु भन्छ, त्यति बीउले हामीले के गर्ने ?’ उनले भने, ‘हामीमाथि चरम भेदभाव भएको छ ।’ उनले उम्मेदवार अहिले घरमै आएर विभिन्न आश्वासन दिने गरे पनि जितेर गए पछि भेदभाव गर्ने गरेको आरोप लगाए । उनले सबैले मत दिएको कारण सबैलाई एकै नजरले हेर्नुपर्ने धारणा राखे । मर्चवारका उम्मेदवारले यहीकै समस्यालाई ध्यानमा राखेर कृषिलाई ग्राहयता दिनुपर्ने मर्चवारका मतदाताको भनाइ छ । कोटहीमाई गाउँपालिका–५ का कृषक रामअवध पासवानले उम्मेदवालाई ठूला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउन सुझाव दिए । ‘चुनाव त एक दिनमै सकिन्छ, कृषि भनेको वर्षभरि खानलाई गरिन्छ ।’ उनले भने, ‘त्यसकारण सरकारले पनि कृषकका समस्या ध्यानमा राखेर नीति नियम बनाउनुपर्छ ।’ उनले उम्मेदवार अहिले विभिन्न ठूला आश्वासन लिएर आउने गरे पनि कृषकको समस्याको दीर्घकालीन रुपमा हल हुने गरी कसैको एजेण्डामा पर्न नसकेको बताए । नेपालकै कम मात्रामा मल आउने गरेको बताउँदै उहाले यसको दीर्घकालीन समाधानको लागि नीतिगतरुपमै निर्णय हुनुपर्ने सुझाव दिए । ‘कृषिको लागि जसले दीर्घकालीन समाधानको उपाय बताउँछ, मेरो भोट उसैलाई हुन्छ ।’ उनले भने । उनले अहिले मध्य खेतीपातीकै समयमा सरकारले निर्वाचन गरेर कृषकलाई झन समस्या थपिदिएको गुनासो गरे । उनी सरकार कहिल्यै पनि कृषकको समस्या बुझ्न नसकेको बताउँछन् । मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी र सियारी गाउँपालिका सहित लुम्बिनी सांस्कृतिक नगरपालिका केही वडा गरी ३१ वडा रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा एक लाख पाँच हजार छ सय ५९ मतदाता रहेका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव, नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादव लगायतका नेता प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । रासस
प्रतिकित्ता १ सय रुपैयाँमा राधी विद्युतको १३ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । राधी विद्युत कम्पनीले अवितरित हकप्रद सेयर मंगलबारदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले कात्तिक २९ गते मंगलबारदेखि लिलामी मार्फत १३ लाख बढी कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि निष्कासन गरी बिक्री नभएको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्री गरेको हो । कम्पनीले सेयरधनीहरुका लागि असोज ६ गतेदेखि असोज २५ गतेसम्म ९५ लाख ३५ हजार ७ सय ६० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना सेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको १३ लाख ५ सय २७ कित्ता सेयर लिलामी मार्फत बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले खुल्ला गर्न लागेको लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आवेदन बोलपत्र पेश गर्दा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको उक्त सेयरमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीको उक्त सेयरमा काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक (पोखरा), बागलुङ, बुटवल, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पेश गर्न सकिनेछ ।
तपाईको खातामा नबिल व्यालेन्स्ड फण्ड २ र इक्वीटी फण्डको लाभांश आयो ?
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले सञ्चालन गरिरहेका दुई वटा म्युचुअल फण्डको लाभांश इकाईधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन रहेका नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल हितग्राही खातामा जम्मा गरिदिएको हो । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन रहेका नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले आर्थिक वर्ष २०७८÷७९ को लागि इकाईधनीहरूलाई कर सहित ७ प्रतिशत र ५ प्रतिशतका दरले प्रतिफल वितरण गरेको थियो । कम्पनीले प्रतिफल वितरण प्रयोजनार्थ गत कात्तिक १८ गते बुक क्लोज गरेको थियो । त्यसैले अघिल्लो दिनसम्म अर्थात मिति कात्तिक १७ गतेसम्म कायम इकाईधनीहरूलाई आफ्नो हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरूको बैंक खातामा उक्त प्रतिफल जम्मा गरिएको जनाएको छ । साथै कम्पनीले इकाईधनीहरूले आफ्नो बैंक खातामा प्रतिफल जम्मा भए नभएको यकिन गर्न आग्रह गरेको छ । साथै हालसम्म इकाई प्रमाणपत्र अभौतिकिकरण नगराएका इकाईधनीहरूले इकाई प्रमाणपत्र अभौतिकिकरण गराई हितग्राही खाता रहेको निक्षेप सदस्यकोमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता र प्यान नं. समेत अद्यावधिक गराउन हुन आग्रह गरेको छ । इकाई धितो राखेका इकाईधनीहरूको हकमा भने प्रतिफल प्राप्त गर्नको लागि सम्बन्धित बैंक र वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।
डिप्रोक्स लघुवित्तको नाफामा ४९ प्रतिशत घट्यो, ईपीएस १५.७५ रुपैयाँ गिरावट
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ४२.८९ प्रतिशत घटेर ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४२।८९ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा ार्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तल १७ करोड ३५ लाख ८७ हजार खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद व्याज आम्दानी ७.४३ प्रतिशत घटेर ३३ करोड २४ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३५ करोड ९१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको सञ्चालन मुनाफा ४३.१३ प्रतिशत घटेर १४ करोड १६ लाख १५ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको सोही अवधिमा सञ्चालन मुनाफा २४ करोड ९० लाख रूपैयाँ रहेको थियो । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ, जगेडा कोष २०.७३ प्रतिशत घटेर ९६ करोड ४ लाख ५७ हजार रुपैयाँ, निक्षेप १८.९० प्रतिशत बढेर ८ अर्ब २० करोड ५६ लाख रुपैयाँ र कर्जा १४ प्रतिशत बढेर १८ अर्ब ७३ करोड १८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.७५ रुपैयाँ घटेर ३४.२९ रुपैयाँमा सिमित भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २७५ रुपैयाँ २८ पैसा रहेको छ । लघुवित्तको कस्ट अफ फण्ड ९.२५ प्रतिशत, बेसरेट १३.७७ प्रतिशत र खराब कर्जा ३.६८ प्रतिशत रहेको छ ।
मेरो माइक्रोफाइनान्सको नाफा २.५५ करोड रुपैयाँ, ईपीएस कति ?
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ८४.३६ प्रतिशत घटेर २ करोड ५५ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ३६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको खुद व्याज आम्दानी ३६ प्रतिशत घटेर २० करोड १६ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । असोज मसान्तसम्मा लघुवित्तको सञ्चालन मुनाफा ८५.२४ प्रतिशत घटेर ३ करोड ४५ लाख ४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सञ्चालन मुनाफा २३ करोड ८७ लाख ८५ हजार रूपैयाँ रहेको थियो । लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ३.४४ प्रतिशत बढेर ४९ करोड ३९ लाख २९ हजार रुपैयाँ, सापटि ६.७० प्रतिशत घटेर ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ, निक्षेप १.१३ प्रतिशत बढेर ३ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ र कर्जा २.७२ प्रतिशत घटेर १५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४६.०२ रुपैयाँ घटेर ८.५३ रुपैयाँमा सिमित भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ४.८९ प्रतिशत र कस्ट अफ फण्ड १०.६४ प्रतिशत रहेको छ ।
सूर्या लाइफले मार्यो नाफामा छलाङ, जीवन बीमा कोष १५ अर्ब पुग्यो, ईपीएस कति ?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८२.५४ प्रतिशत बढेर २० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १२.६९ प्रतिशत बढेर २ अर्ब ५५ करोड २ लाख रुपैयाँ, जगेडा कोष २७.१२ प्रतिशत घटेर ७१ करोड २२ लाख रुपैयाँ, जीवन बीमा कोष २९.६५ प्रतिशत बढेर १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ र महावित्ति कोष ११ प्रतिशत बढेर १८ करोड १४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १३.३० प्रतिशत बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ११ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १६ प्रतिशत बढेर १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ६५ प्रतिशत बढेर ३१ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ३१ लख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीका अनुसार कम्पनीले ३३ करोड ५४ लाख कुल दाबी भुक्तानी गरेको छ । यस्तै, कम्पनीको ५३ लाख ६७ हजार दावी भुक्तानी गर्न बाँकी छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ११.९० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा रहेको छ ।