काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा ८४.३६ प्रतिशत घटेर २ करोड ५५ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ३६ लाख ६३ हजार खुद नाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्ममा लघुवित्तको खुद व्याज आम्दानी ३६ प्रतिशत घटेर २० करोड १६ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ । असोज मसान्तसम्मा लघुवित्तको सञ्चालन मुनाफा ८५.२४ प्रतिशत घटेर ३ करोड ४५ लाख ४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सञ्चालन मुनाफा २३ करोड ८७ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।
लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ३.४४ प्रतिशत बढेर ४९ करोड ३९ लाख २९ हजार रुपैयाँ, सापटि ६.७० प्रतिशत घटेर ९ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ, निक्षेप १.१३ प्रतिशत बढेर ३ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ र कर्जा २.७२ प्रतिशत घटेर १५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४६.०२ रुपैयाँ घटेर ८.५३ रुपैयाँमा सिमित भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ४.८९ प्रतिशत र कस्ट अफ फण्ड १०.६४ प्रतिशत रहेको छ ।