विकासन्युज

मर्जर र लाभांश प्रस्ताव पारित गर्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको साधारण सभा आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै बैंकले मर्जर प्रस्ताव र लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका हुन् । दुबै बैंकको साधारण सभा मंसिर २३ गते शुक्रबार हुने भएको छ । ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद गरी कूल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंक अफ काठमाण्डूको २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे बोलाएको छ । बैंकको सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । दुबैं बैंकको सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिने सम्बन्धी अन्तिम सम्झौता पत्र स्वीकृत गर्ने, मर्जर सम्बन्धी अन्य आवश्यक कार्य पुरा गरी अन्तिम स्वीकृती प्रदान गर्ने, १ बराबर १ को सेयर स्वाप रेसियो स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ । दुबै बैंकहरुको सेयर कारोबार गत असार २ गतेदेखि बन्द रहेको छ ।

रिलायबल लाइफको नाफा ३४.७० प्रतिशत बढ्यो, जीवन बीमा कोष ५.१५ अर्ब माथि

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ३४.७० प्रतिशत बढेर १० करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ८.१७ प्रतिशत घटेर ८५ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तीन महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क ८ प्रतिशत घटेर ८९ करोड ३१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९७ करोड १० लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तीन महिनामा २३ करोड ४१ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको कम्पनीले चालु आवको तीन महिनामा १५ करोड २ लाख ६४ हजार रुपैयाँ मात्रै दावी भुक्तानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष २९.७२ प्रतिशत बढेर १ अर्ब १८ करोड रुपैयाँ, जीवन बीमा कोष ७० प्रतिशत बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४६ रुपैयाँ ३८ पैसा रहेको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ५.३८ करोड, खुद बीमा शुल्क ११५ प्रतिशत बढ्यो

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको चालु आवको पहिलो त्रैमासमा खुद नाफा १३ प्रतिशत घटेर ५ करोड ३८ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ११५ प्रतिशत बढेर १५ करोड ८२ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको साही अवधिमा कम्पनीले ७ करोड ३६ लाख ४२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चालु आर्थिक वर्षको ३ महिनामा १ अर्ब १३ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४४ करोड ६७ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ४१ करोड २१ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २०.२० रुपैयाँ रहेको छ ।

एलआइसी नेपालको नाफासँगै ईपीएस पनि ऋणात्मक, जीवन बीमा कोष साढे ९७ अर्ब

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (एलआइसी) नेपालको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ लाख २९ हजार रुपैयाँ नोक्सानीमा छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा ५ करोड ५७ लाख रुपैयाँ प्रोभिजन गरेका कारण कम्पनीको नोक्सानीमा गएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १४.०३ प्रतिशत घटेर ४ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क १३.९८ प्रतिशत घटेर ४ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २५ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको समिक्षा अवधिमा खुद दाबी भुक्तानी ४७.४३ प्रतिशत घटेर १ अर्ब ९५ करोड ८२ लाख रुपैयाँ मात्रै गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्ष अभिकर्ताले ५० करोड १४ लाख रुपैयाँ कमिसन पाएका थिए भने यस वर्ष भने ३५ करोड रुपैयाँ मात्रै कमिसन पाएका छन् । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ, जगेडा कोष ८.८५ प्रतिशत घटेर ६० करोड ९७ लाख रुपैयाँ, जीवन बीमा कोष १६.९० प्रतिशत बढेर ९७ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ति कोष ३५ प्रतिशत बढेर ३६ करोड रुपैयाँ पुगेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.९८ प्रतिशत ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ छ ।

साना किसान लघुवित्तको नाफा ४१.८३ प्रतिशत बढ्यो, ईपीएस ५९.५२ रुपैयाँ

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४१.८३ प्रतिशत बढेर २३ करोड २७ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्रको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशत बढेर ४३ करोड ९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, लघुवित्तको सञ्चालन नाफा ४१.६० प्रतिशत बढेर ३३ करोड १९ लाख ९४ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष १७.६८ प्रतिशत बढेर १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ, सापटि २७ प्रतिशत बढेर १७ अर्ब ७७ करोड ८ लाख रुपैयाँ, निक्षेप १ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ र कर्जा २८.४८ प्रतिशत बढेर ४ करोड ८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८८ पैसा बढेर ५९ रुपैयाँ ५२ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ भने २८२ रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात १७.१० गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ०.७५ प्रतिशत छ ।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरु सँगसम्झौता गरेको छ । सम्झौता पश्चात् महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले दी हिमालयन ग्रील बाइ बाजेकोका सम्पूर्ण सेवामा १५ प्रतिशत, कुन्दलिनि आयुर्वेदका सेवाहरुमा अधिकतम २०प्रतिशत, सुबाकी ब्यूटी सलुन एण्ड इन्टरप्राइजेजका सेवाहरुमा १० प्रतिशत, अपुलेन्स एस्थटिक्सक सेवाहरुमा १० प्रतिशत र क्रिस्टल डाइग्नोस्टिकका सेवाहरुमा अधिकतम २५प्रपतशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षतकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

कर्मचारी निर्वाचनमा केन्द्रित भएपछि महँगियो बजार

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ आकाशिएको छ। सरकारका नियमनकारी निकायका कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेपछि सबै उपभोग्य वस्तुका भाउ महँगिएको हो। नेपाल खुदा व्यापार सयको तथ्याङ्कअनुसार पछिल्लो समय अधिकांश वस्तुको मूल्य बढेको छ। सङ्घका अध्यक्ष पवित्र बज्राचार्यले पछिल्लो समयमा दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य बढेर आएको बताए । उनले भने, ‘पछिल्लो पटक खाने तेल, दाल, चामल मात्रै होइन, हरेक वस्तुको मूल्य बढेर आएको छ, कारण खोज्दा खासै भेटिँदैन, पछिल्लो महँगी निर्वाचनकै असर हो।’ उनका अनुसार भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५/२० दिन पहिले नै हटाइसकेको छ तर नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगो गरेर बिक्री गरिरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कार्यकाल सकियो मुद्दा सकिएन

काठमाडौं । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित कसुर र विवादका मुद्दाहरू भने अझै पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छन् । उम्मेदवारका अयोग्यता, पुनः मतगणना माग तथा अन्य विवादका मुद्दाहरू टुङ्गो नलागेका हुन् । सर्वोच्चमा प्रदेश सभा, प्रतिनिधि सभातर्फका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको विवाद र राष्ट्रिय सभासमेतका गरी दर्जनभन्दा बढी मुद्दा विचाराधीन छन् । नगन्य मात्र विवादमा फैसला भएका छन् । नेपाली कांग्रेस सङ्खुवासभाका उम्मेदवार दीपक खड्काले एमालेका निर्वाचित उम्मेदवार राजेन्द्र गौतमविरुद्ध दायर मुद्दा विचाराधीन नै छ । यस्तै एमालेका भगवती चौधरीले कांग्रेसका विजयकुमार गच्छदारविरुद्ध दिएको मुद्दा पनि छिनोफानो भएन । पुनः मतगणनाको माग गरेर २०७४ पुस ११ मा दर्ता भएको थियो । अन्तरिम छलफलमा बोलाएपछि एक पटक अन्य आदेशबाहेक मुद्दा हेर्न नभ्याइने सूचीमा छ । प्रदेश सभा सदस्य निर्वाचनमा तनहुँ २ (क) बाट भाग लिनुभएका कांग्रेस नेता प्रदीप पौडेलको मुद्दा पनि विचाराधीन छ । वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग पाँच मतको अन्तरले पराजित भएपछि पौडेलले पुनः मतगणनाको माग गरेर दायर मुद्दा छिनोफानो हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।