साना किसान लघुवित्तको नाफा ४१.८३ प्रतिशत बढ्यो, ईपीएस ५९.५२ रुपैयाँ

<p>काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४१.८३ प्रतिशत बढेर २३ करोड २७ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा लघुवित्रको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशत [&hellip;]</p>

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४१.८३ प्रतिशत बढेर २३ करोड २७ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्ममा लघुवित्रको खुद ब्याज आम्दानी ४३.८६ प्रतिशत बढेर ४३ करोड ९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, लघुवित्तको सञ्चालन नाफा ४१.६० प्रतिशत बढेर ३३ करोड १९ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष १७.६८ प्रतिशत बढेर १ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ, सापटि २७ प्रतिशत बढेर १७ अर्ब ७७ करोड ८ लाख रुपैयाँ, निक्षेप १ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ र कर्जा २८.४८ प्रतिशत बढेर ४ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८८ पैसा बढेर ५९ रुपैयाँ ५२ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ भने २८२ रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात १७.१० गुणा रहेको छ । लघुवित्तको खराब कर्जा ०.७५ प्रतिशत छ ।

Share News