विश्वकप फुटबल हेर्न मिडिया हबले शुल्क लिन पाउने
काठमाडौं । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ । यसअघि सर्वोच्चले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले विश्वकप हेर्न प्रति ग्राहक ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अधिवक्ता किशोर पौडेलले मिडिया हबले विश्वकप हेर्न शुल्क लिनेकोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपाल बैंक : असफलताको नमिठो पाठदेखि सफलताको कथासम्म
काठमाडौं । नेपालको पहिलो बैंक कुन होला ? आम मानिसलाई सोध्दा सहजै उत्तर दिन्छन्- नेपाल बैंक । मुलुकको नामबाटै राखिएको यो बैंकको आफ्नै गौरवपूर्ण इतिहास छ । नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकभन्दा पनि जेठो यस बैंकले अनेकन घुम्ती, मोड र सुखदुःख व्यहोरेको छ । बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा भने अन्य निजी क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ । सो बैंकका वित्तीय विवरणले पनि अब सबल संस्थाका रुपमा नेपाल बैंक आफ्नो गन्तव्यमा स्पष्ट छ भन्ने सन्देश दिएको छ । विसं १९९४ देखि २०१३ सम्म देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको गौरवपूर्ण इतिहास समेत बोकेको छ । नेपाली बजारमा भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका इतिहासका पानामा स्वर्णिम अक्षरले लेखिएका छन् । विसं १९९४ कात्तिक ३० गते सोमबार लक्ष्मीपूजाका दिन स्थापना भएको सो बैंक आजदेखि ८६ वर्षमा प्रवेश गरेको छ । नेपालको समग्र आर्थिक एवं वित्तीय क्षेत्रको एउटा ऐनाका रुपमा रहेको बैंकले विगतमा अनेकन आरोह अवरोह भोगेको छ । बैंकको उद्घाटन तत्कालीन राजा त्रिभुवनले गर्नुभएको थियो । विश्वव्यापी रुपमा बैंकिङको अभ्यास धेरै पहिले भए पनि नेपालमा भने २०औँं शताब्दि कुर्नुपरे पनि नेपालको नामसँगै जोडिएको यो बैंक सार्वजनिक निजी साझेदारीमा ढाँचामा सुरु भएको पहिलो वित्तीय संस्था हो । स्थापना गर्दा बैंकमा १० जना लगानीकर्ता थिए । सुरुवाती वर्षमा रु आठ लाख ४२ हजार चुक्तापूँजी र १७ लाख निक्षेपबाट सुरु भएको बैंकले गत असोज मसान्तसम्म रु एक खर्ब ९७ अर्ब बराबर निक्षेप सङ्कलन गरेको छ । त्यस्तै एक खर्ब ७३ अर्ब ५४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए । छयासी वर्ष पहिले सुुरु भएको सो बैंकको चुक्ता पूँजी हाल १४ अर्ब ४० करोड बराबर छ । हरेक वर्ष मुनाफा कमाउँदै आएको सो बैंकको जगेडा कोषमा २१ अर्ब ६८ करोड बराबरको रकम छ । कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमशः त्यसलाई व्यवस्थापन गरेर हाल वित्तीय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ । प्रमुख कार्यकारी अधिकृत अधिकारी भन्छन्, ‘हामी अस्तीभन्दा हिजो उन्नत, हिजोभन्दा आज उन्नत र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील छौँ ।’ बालक, बृद्ध, प्रौढ हुँदै ज्येष्ठ नागरिकको रोजाइमा रहेको भन्ने दाबी गर्ने बैंकमा हाल २३ लाख बढी ग्राहक जोडिएका छन् । एकाध वर्ष पहिलेसम्म पनि निजी क्षेत्रका अन्य बैंकले अत्याधुनिक प्रविधिको सुरु गर्दासमेत सो बैंक परम्परागत रुपमा नै ढ्डामा नै आधारित थियो । समय बदलियो, बैंकको नेतृत्व बदलियो, सोच र योजनामा पनि परिवर्तन आयो । फलस्वरुप नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्बन ग¥यो । बैंकिङ क्षेत्रमा उपलब्ध सबै प्रकारका सेवा उपलब्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ । कूल दुई सय २६ शाखामार्फत् कारोबार गर्दै आएको सो बैंकको एक सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ । आधुनिक प्रविधिसँगै बैंकमा युवा पुस्ताको प्रवेशले बैंकलाई गतिशील व्यवहारिक र प्रविधिमा पनि उत्तिकै निपूर्ण बनाएको बैंकका सञ्चालक समितिका अध्यक्ष गङ्गाप्रसाद ज्ञवालीको भनाइ छ । बैंकमा कार्यरत जनशक्तिको औसत उमेर ३६ वर्ष छ भने राज्य अङ्गालेको समावेशीतालाई पनि उत्तिकै आत्मसात गरेको छ । कृषि, पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा सरकारको नीति अनुसार प्राथकिता प्राप्त क्षेत्रमा बैंकले उल्लेख्य लगानी गरेको छ । युवा स्वरोजगार, विदेशबाट फर्किएका सीपयुक्त जनशक्तिलाई आत्मनिर्भर बनाउनका लागि बैंकले अन्य संस्थाको तुलनामा महत्वपूर्ण योदना दिएको छ । अनौपचारिक क्षेत्रबाट मात्र भइरहेको आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमार्फत् व्यवस्थित गरी नेपालमा बैंकिङ संस्कृतिको सुरुवात गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले दिगो आर्थिक आर्थिक विकास र समृद्धिका लागि सरकारले लिएको लक्ष्य र योजनालाई आत्मसात् गरेर अगाडि बढ्न आग्रह गरेका छन् । रासस
१० वर्षपछि हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन
काठमाडौं । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ । यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने उनको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो । कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो । उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि रु ८० करोडदेखि एक अर्ब र नयाँ प्लान्ट निमार्णका लागि रु पाँच अर्बदेखि रु आठ अर्ब खर्च हुने देखिएको छ । उद्योगमा हाल दुई सय १८ जना कर्मचारी छन् ।
मर्ज भएका बैंकसँग हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो भयो : अनिल उपाध्याय
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले मर्जरमा गएका बैंकहरुसँग सरकारी बैंकलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको बताएका छन् । कृषि बिकास बैंक प्रमुख कार्यकारी अधिकृत समेत रहेका उपाध्यायले बुधबार नेपाल बैंकको ८६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मर्जरमा गएका बैंकहरुसँग जुध्न सरकारी बैंकलाई चुनौती भएको बताएका हुन् । उनले ठूलो बैंक बन्ने भन्दा पनि राम्रो बैंक बन्नेमा जोड दिनु पर्ने बताएका छन् । यस्तै, अध्यक्ष उपाध्यायले नेपालको अर्थतन्त्रमा उधमी र बैंकका बिचमा द्वन्द्वले पनि असर गरेको बताएका छन् । उनले आन्तरिक सपोट नहुदा बाह्य कुराले अर्थतन्त्र धानिएको हुँदा अहिले यस्तो अवस्था आएको बताए । ‘चालू आवको पहिलो त्रैमासमा ६ प्रतिशत मात्रै निक्षेप वृद्धि भएको छ। यो सामान्य बढेको हो, यसबारे सोच्नु पर्ने बेला आएको छ, कस्ट अफ फण्ड र लोनेबल फण्ड पनि बढेको छ,’ उनले भने । उपाध्यायले अहिलेको अवस्थामा बैंकहरु सस्टेन मात्र हुनुपर्ने बताएका छन् । यस्तै, नले सरकारले पुसमा खर्च नगरे स्थिती गाह्रो हुने बताए ।
‘२३ वर्षमा नदिएको लाभांश ३ वर्षमा दियौं, निक्षेपको भन्दा कर्जाको ब्याज सस्तोमा दिन्छौं’
नेपाली बैंक क्षेत्रको सबैभन्दा पुरानो बैंक हो नेपाल बैंक । सोही बैंक आज (बुधबार) ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको छ । बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ । वि।स १९९४ साल कात्तिक ३० गते स्थापना नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अहिले कृष्णबहादुर अधिकारीले नेतृत्व गरिरहेका छन् । उनै सीईओ अधिकारीसँग नेपाल बैंकको वर्तमान बिजनेस, बैंकका आगामी रणनीति र बैंकको वित्तीय सूचक लगायतका विषयमा कुराकानी गरेका छौं । तपाईं नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको तीन वर्ष पुरा भएको छ, यो अवधिमा के कस्ता उपलब्धि हाँसिल भए ? मेरो नेपाल बैक लिमिटेडमा सेवा अवधिका हिसाबले १८ वर्ष पूरा भएको छ । मेरो स्वभाव, आचरण, निष्ठा २०६१ साल कार्तिक १६ मा सेवा प्रवेश गर्दा जस्तो थियो, त्यसमा परिवर्तन भएको छैन । प्रमुख कार्यकारी अधिकृत भएर मात्र मेरो कार्यशैली परिवर्तन भएको हैन । प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपश्चात् जे गरियो त्यो मैले मात्र हैन बैंकमा कार्यरत ३३९६ जना कर्मचारीहरूको समस्त योगदान हो । यी तीन वर्षमा विगत ८२ वर्षमा वासलातको आकार जति तयार भएको थियो, त्यसलाई करिब दुई गुणा बनाउने कार्य भने भएको छ । जसलाई हाम्रो वासलातले पुष्टि गरेको छ । व्यवसायमा स्तरोन्नति, शाखा सञ्जाल विस्तार, खराब कर्जा अनुपात घट्न गई कर्जाको गुणस्तरमा वृद्धि, नयाँ जनशक्तिको भर्ना, २३ वर्षसम्म सेयरधनीले प्राप्त गर्न नसकेको लाभांश विगत तीन वर्षदेखि लगातार वितरण, न्यून वेतनमा भर्ना भएका कर्मचारीको आर्थिक सुविधा वृद्धि भई अन्य सरकारी बैकले समेत बेञ्च मार्किङ गर्ने संस्थाका रूपमा लिनु, संरचनागत सुधार, सन्तुष्ट ग्राहकको समूहमार्फत ग्राहक सिफारिस बढ्नु, ग्राहकको रकम सुरक्षाको शत प्रतिशत प्रत्याभूति हुनु नेपाल बैंक लिमिटेडका मूलभूत उपलब्धि हुन् । थप चुनौती र अवसर केके देख्नु हुन्छ ? हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेशबाट चुनौती सृजना भएको छ । रसिया र युक्रेनका बिचको युद्धका कारण मन्दीतर्फ अग्रसर अन्तर्राष्ट्रिय अर्थतन्त्र र त्यसको प्रभाव, राष्ट्रिय स्तरमा रहेको तरलता तनाव शोधानान्तर घाटा चुनौतीका रूपमा रहेका छन् आन्तरिक रूपमा अपेक्षित कायम गर्ने, डिजिटलाइजेसन गर्ने, साइबर सेक्यूरिटी बढाउने, कोर बैंकिङ सफटवेयर कार्यान्वयन गर्ने काम पनि प्रमुख चुनौती हुन् सन्जालको सदुपयोग मानवपुँजीको उपलब्धता, जनविश्वासलाई नतिजामा परिवर्तन गरी व्यवसाय विस्तार गर्ने अवसर छन् । झण्डै शताब्दीको दशकमा प्रवेश गर्न लागेको नेपालको पहिलो बैंकको वित्तीय अवस्था कस्तो छ ? वित्तीय अवस्थालाई तुलनात्मक रूपमा विश्लेषण गर्दा यसको अवस्था स्पष्ट हुन्छ । सो सन्दर्भमा आव २०७४/२०७५ र २०७८/२०७९ को वित्तीय विवरणलाई तुलना गर्दा निक्षेप ६७ प्रतिशतले वृद्धि भई रु.१९६ अर्व पुगेको छ । कर्जा सापटी ८७ प्रतिशतले वृद्धि भई १७८ अर्ब रुपैयाँ छ । पुँजीकोषको हिसाबले बैंक सबैभन्दा उच्च छ । खुद नाफामा २५ प्रतिशत वृद्धि भएको छ । पुँजीकोष पर्याप्तता अनुपात १५.०४ प्रतिशत छ। कुनै समय अत्यधिक रहेको निष्क्रय कर्जा २०७९ असार मसान्तसम्म १.९० प्रतिशत रहेको तथ्यांकलाई मध्येनजर गर्ने हो भने नेपाल बैंकको वित्तीय अवस्था सवल रहेको पुष्टि हुन्छ । देशको जेठो र पहिलो बैंकका रूपमा आफ्नो साख कसरी हाँसिल गर्दै हुनुहुन्छ ? सूचना प्रविधिमा अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कहिले सम्ममा कार्यान्वयनमा आउँछ ? २०५७ सालदेखि सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकले तत्कालीन समयमा व्यवसाय विस्तार भन्दा पनि सुधारलाई महत्व दिएका कारण बैंकमा व्यवसाय वृद्धिका हिसाबले केही समय सस्तता आएको थियो । बैंकको साखलाई–कायम रान औसतमा २६ वर्षका कर्मचारीले अनवरत कार्य गरिरहेका छन् । मुख्य रूपमा ग्राहकको सन्तुष्टिमार्फत व्यवसाय विस्तार गर्नु नै आजको आवश्यकता हो। तसर्वमानवीय, वित्तीय, भौतिक तथा प्राविधिक परिवर्तनका माध्यमबाट बैंकको साखलाई कायम राले प्रयास गरिएको छ । जहाँसम्म अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कार्यान्वयनको सबाल छ हामीले यसका लागि एक्स्प्रेसन अफ इन्ट्रेस्ट (इओआई माग गरिसकेका छौ । करिब डेढ वर्षमा सफ्टवेयर पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ । बजारमा देखिएको तरलता अभावको कसरी सामना गर्दै हुनुहुन्छ । कहिलेसम्ममा बैंकहरूमा तरलताको पर्याप्तता भई कर्जा सापटी सहज बन्ने आशा गर्न सकिन्छ। बजारमा तरलताको अभाव गत आर्थिक वर्षदेखि निरन्तर छ । कर्जाको माग सम्बोधन गर्न असहज भएको छ । कर्जा निक्षेप अनुपात अहिले करिब ८७.५० प्रतिशत पुगेको छ । बैंकसँग लगानी गर्ने स्पेस करिब २.५० प्रतिशत मात्र छ । त्यो स्पेस पनि बैंकले प्रयोग गर्दैनन् । किनकि निक्षेप फ्लाइटको डर छ । नेपाल बैंकको कर्जा निक्षेप अनुपात हाल सन्तोषजनक रहेको छ । रि–फाइनान्स परिपक्व भएपछि र स्थानीय तहको रकम निक्षेपमा गणना गर्ने पुस मसान्तसम्मको अवधि सकिएपछि तरलतामा थप दबाब सिर्जना हुने नै छ। गैरआवासीय नेपालीलाई सहज रूपमा रकम मुलुकमा ल्याउन पाउने व्यवस्था गर्दै उत्प्रेरित गर्नुपर्दछ । विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन बढाउनपर्दछ । उत्पादनमखी क्षेत्रमा लगानी बढाउँदै भुक्तानी सन्तुलन सकारात्मक बनाउन सकियो भने तरलताको समस्या सहज हुन्छ । अन्य बैंकका तुलनामा नेपाल बैंकको पृथक पहिचान केके हुन् ? नेपाल बैंक मानक संस्थाका रुपमा रहने प्रमुख आधार भनेको सर्वप्रथम स्थापित भई मुलुकलाई बैंकिङ सेवा प्रदान गर्नु हा । यो मानक कहिल्यै परिवर्तन हुने वाला छैन । स्थापनामा अग्रणी भएसँगै यसले तत्कालीन समयमा केन्द्रिय बैंकका स्थापनाका लागि कर्मचारी काजमा पठाएर काम गरेको छ । नेपाल औद्योगिक विकासनिगमदेखि राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको पनि यसमा योगदान छ । बैंकिङ सघनता विस्तारका लागि विदेशी संयुक्त लगानी तथा निजी क्षेत्रको लगानीमा स्थापना बैंकमा संस्थापक सेयरधनी भएको इतिहास पनि छ । निक्षेपमा उच्च व्याज तथा कर्जामा न्यून ब्याज प्रदान गरिरहेको छ । पूर्वमा सिरिजङ्गादेखि पश्चिममा दार्चुलाको गोकुलेश्वरसम्म शाखा स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । लोकसेवा आयोगबाट कठिन परीक्षा प्रकृया पार गरी आएका दक्ष जनशक्तिवाट बैंक परिचालित छ । आधार व्याजदर न्यून छ । यिनै विषय नेपाल बैंक मानक भइरहने आधार हुन् । बैकका ग्राहक, सेयरधनी, कर्मचारी लगायतका सरोकारवालालाई थप के सन्देश दिनुहुन्छ ? बैंक अहिले जुन स्थानमा छ, जसरी लक्ष्य प्राप्ति गरिरहेको छ यसको श्रेय हाम्रा आदरणीय ग्राहक महानुभावहरूलाई जान्छ । ग्राहक हाम्रा सर्वश्रेष्ठ देवगण हुन् । ग्राहकप्रति हार्दिक नमन छ । यो सहयोग र सद्भावको निरन्तर अपेक्षा राख्छी र ग्राहक सेवामा थप स्तरोन्नति गर्दै जाने प्रण गर्दछौ त् सेयरधनी महानुभावहरूलाई निरन्तर प्रतिफल प्रदान गर्ने वाचा गर्छौं। बैंक सञ्चालनमा नीति तर्जुमा गर्दै अभिभावकका रूपमा भूमिका निर्वाह गर्ने सञ्चालक समितिलाई हार्दिक आभार । नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालयलगायत नियामक निकाय र अन्य सहयोगी संस्थालाई पनि धेरै धेरै धन्यवाद । बैंकको योजनालाई मूर्त रूप दिन कार्यक्षेत्रमा खटिने कर्मचारीहरूलाई हार्दिक बधाई ।
नेपाल राष्ट्र बैंकका पहिलाे गभर्नरसहित तीन जना सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयन शमसेर राणासहित तीन जना सम्मानित भएका छन् । नेपाल बैंकको ७६ औं वार्षिकोत्सवको अवसरमा गभर्नर राणासहित किसनलाल दुगड र अम्बिका श्रेष्ठ सम्मानित भएका हुन् । सम्मानित हुने किसनलाल दुगड केएल दुगड समुहका संस्थापक हुन् भने अम्बिका श्रेष्ठ द्वारिका होटलकी अध्यक्ष हुन् ।
कार्बन उत्सर्जन न्यून गर्ने योजना कार्यान्वयन गर्न नेपालको आग्रह
इजिप्ट । नेपालले विकसित र उदयीमान अर्थतन्त्र भएका मुलुकलाई आफ्ना ‘राष्ट्रियरुपमा निर्धारित योगदान’ एनडिसी अद्यावधिक गरी थप महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गर्न आग्रह गरेको छ । इजिप्टको शार्म एल(शेखमा नोभेम्बर ६ देखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन कोप(२७ मा नेपालले सो विषयमा राष्ट्रिय अवधारणा प्रस्तुत गरेको हो । उदयीमान अर्थतन्त्र भएका मुलुक चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, अर्जेन्टिना, इरानलगायतको विश्व कार्बन उत्सर्जनमा झण्डै दुई तिहाइ योगदान छ । सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले नेपाली प्रतिनिधिमण्डलको प्रमुखका रुपमा राष्ट्रिय अवधारणा प्रस्तुत गरेका छन् । सम्मेलनको प्रारम्भ नोभेम्बर ७ र ८ मा भएको ‘उच्चस्तरीय सत्र’मा नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखको सहभागिता नभएकाले नेपालले उक्त सत्रमा राष्ट्रिय सम्बोधन गर्न पाएको थिएन । ‘उच्चस्तरीय सत्र’मा सम्बोधन गर्न नपाएका मुलुकहरुले मङ्गलबार भएको सत्रमा आफ्ना राष्ट्रिय अवधारणा प्रस्तुत गरेका छन् । कार्यक्रममा सचिव कँडेलले जलवायु लक्ष्य र प्रतिबद्धतामा अन्तर नभएको उल्लेख गर्दै कार्यान्वयनको अभाव रहेको बताए । सचिव कँडेलले भने, ‘फलस्वरूप, उत्सर्जन अन्तर बढ्दै गएको छ र तापमान सीमित गर्ने प्रयास ओझेलमा पर्दै गएका छन् ।’ कोप २१ पेरिस सम्मेलनमा राष्ट्र र सरकार प्रमुखहरूले विश्वको औषत तापमान वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित गर्ने र यस शताब्दीमा तापमान वृद्धि दुई डिग्री सेल्सियसभन्दा कम राख्ने लक्ष्य राखेका थिए । यद्यपि हालैको उत्सर्जन अन्तर प्रतिवेदनले तापक्रम स्तर र उत्सर्जन घटाउन अपर्याप्त प्रगति भएको देखाएको छ । ‘यसकारण, हामी आशा गर्छौं कि कोप २७ ले हाम्रा प्रतिबद्धताको समीक्षा गर्न र ऐतिहासिक पेरिस सम्झौतामा डेलिभर गर्न एकता नवीकरण गर्न केन्द्रित हुनेछ’, उनले भने । हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान भए पनि नेपाल, कमजोर भू(परिवेष्ठित पहाडी देश भएकाले जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गरिरहेको छ । पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण योगदान भएका हिमालमा नाजुक पारिस्थितिक प्रणाली भएकाले जलवायु सङ्कटले यसलाई पहिले भन्दा झनै नाजुक बनाउँदै लगेको सचिव कँडेलले बताए । साथै चरम हावापानीका घटनाका कारण, नेपालले विभिन्न रूप र हदसम्म जलवायु–प्रेरित प्रकोपहरूको सामना गरिरहेको बताउँदै उनले यसले अर्थतन्त्र, पारिस्थितिकी प्रणाली र मानवतालाई ठूलो नोक्सान पु¥याइरहेको उल्लेख गरे । हिमालबाट पग्लिने हिउँ र बरफले समुद्री सतह बढ्न योगदान पु¥याउने र यी दुई क्षेत्र आपसमा जोडिएको उल्लेख गर्दै उहाँले हिमालहरूले अझै समानस्तरको ध्यान प्राप्त गर्न नसकेको बताए । नेपालले आफ्नो पछिल्लो ‘एनडिसी’मा सन् २०४५ सम्म शून्य उत्सर्जनमा पुग्न उच्च जलवायु महत्वाकांक्षा उठाएको छ । स्थानीय सरोकारवालाको सहभागितामार्फत् स्थानीय नेतृत्व अनुकुलनको प्रभावकारी कार्यान्वयनका लागि यो विश्व मै अग्रणी हो । नेपालले वन फँडानीलाई नियन्त्रण गरी ४५ प्रतिशत वन ढाँचा कायम गर्ने लक्ष्य हासिल गरेको छ । ‘जलवायु परिवर्तन र दिगो विकाससम्बन्धी सबै नीति लागू छन् । हाम्रो विकास मोडल हरियो, लचिलो र समावेशी छ, प्रचुर मात्रामा जल, वन र जैविक विविधताका स्रोत भएकाले नेपालले यस क्षेत्रमा स्वच्छ, हरियाली र प्रकृतिमा आधारित जलवायु समाधान बाँडफाँट गर्न योगदान दिनसक्छ’;, सचिव कँडेलले भने । तथापि, ती सबै महत्वाकांक्षा र योजनालाई कार्यमा रूपान्तरण गर्न नेपाललाई ठूलो स्रोत, प्रविधि र क्षमता चाहिने उनको भनाइ छ । नेपालजस्ता आर्थिक र वातावरणीय दृष्टिले कमजोर मुलुकलाई पर्याप्त प्राविधिक र आर्थिक सहयोग सुनिश्चित गर्न विकसित देशहरूलाई उनले आग्रह गरे । सचिव कँडेलले सम्मेलनका वार्ता प्रक्रियामा यस ग्रह र मानवताका लागि हिमाल बचाउन पर्वतीय एजेन्डालाई समावेश गर्न विश्व समुदायलाई अनुरोध गरे । जलवायुजन्य हानिनोक्सानीमा वित्तीय सुविधा आफूहरुको न्यूनतम् सीमा रेखा भएको बताउँदै उनले जलवायु सङ्कटको सामना गर्नको लागि तत्काल कार्यको आवश्यकतालाई प्रतिबिम्वित गर्दै, आगामी कोप–२७ सम्मेलनलाई अर्को पुस्ताका लागि दिगो रुपमा यो पृथ्वी हस्तान्तरण गर्ने अर्को कोसेढुङ्गा बनाउने अवसर भएको धारणासमेत व्यक्त गरे । नेपालका एजेण्डामा प्रगति सम्मेलनमा नेपालले प्राथमिकताका साथ उठाउँदै आएको जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको एजेण्डाले औपचारिक रुपमा प्रवेश पाएको छ । वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव डा बुद्धिसागर पौडेलका अनुसार यस विषयमा नेपालले प्राथमिकताका साथ महत्वपूर्ण प्रगति हुनुपर्छ भन्दै आएकोमा सम्मेलनमा यो विषयले औपचारिक प्रवेश पाएको हो । सम्मेलनमा सन् २०२३ र २०२४ मा छलफल गरेर अबको दुई वर्षमा यस विषयमा छिनोफानो गरेर निर्णयमा पुग्ने सहमति भएको छ । हाल नेपालले जिडिपीको करिब दुई प्रतिशत जलवायु जन्य हानिनोक्सानी बेहोरिरहेको अनुमान छ । त्यस्तै स्टकल्यान्डको ग्लास्गोमा गत वर्ष सम्पन्न कोप(२६ मा हानि तथा नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र सेन्टियागो नेटवर्कलाई स्थापना गरेर कार्यान्वयनमा ल्याउनका लागि एक वर्षभित्रमा थप काम गर्दै जाने सहमति भएको थियो । यस सम्मेलनमा अर्को अनुकूलनको क्षेत्रमा पनि उपलब्धि हासिल भएको छ । मन्त्रालयले यस क्षेत्रमा योजना र टार्गेट निर्धारण गरी कार्यान्वयनका लागि वित्तीय सुविधा हुनुपर्छ भन्दै आएको थियो । यस विषयमा उच्चस्तरीय सत्रमा धेरै देशमा राष्ट्र प्रमुख र सरकार प्रमुखले पनि अनुकूलनको क्षेत्रको बजेट यथेष्ट नभएको सम्बन्धमा धारणा व्यक्त गरेका थिए । विश्व नेताहरुले यसमा वित्तीय सुविधा बढाउनुपर्छ भन्नेमा बोल्नुभएकाले यसमा पनि सहमति भएको देखियो । अनुकूलनमा ध्यान दिनुपर्छ र वित्त सुविधा बढाउनुपर्छ भन्ने नेपालको मुद्दामा प्रगति भएको छ । यसका साथै नेपालले आफू जस्तै अति कम विकसित देशहरू र साना टापु विकासशील राज्यहरूले हरित जलवायु कोष र अन्य कोषमा विशेष गरी आवेदन प्रक्रियाहरूको सरलीकरण र क्षमता अवरोध हटाउन, जलवायु कोषमा प्रत्यक्ष पहुँच सुधार गर्न सशक्तरूपमा बहस तथा पैरवी गरिरहेको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा एक सय ९७ पक्ष राष्ट्रका करिब ३० हजार सरकारी अधिकारी, गैरसरकारी संस्था पदाधिकारी, अनुसन्धानकर्ता, वन वातावरण विषयका विज्ञ, नागरिक समाज र सञ्चारकर्मीलगायतको सहभागिता रहनेछ । रासस
राष्ट्र बैंकको ‘अप्रिय’ निर्णयले नै अर्थतन्त्रमा सुधार आयो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । बुधबार नेपाल बैंकको ८६औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले नेपाल राष्ट्र बैंकको निर्णयकै कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् । ‘धेरैले राष्ट्र बैंकको नीतिको विरोध गरे, राष्ट्र बैंकको नीतिलाई अप्रिय नीतिका रुपमा लिए, राष्ट्र बैंकको त्यही अप्रिय निर्णयले नै अहिले अर्थतन्त्रमा सुधार देखिएको छ, चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले सुधार भएको सन्देश दिएको छ,’ उनले कार्यक्रममा भने । उनले नेपाल राष्ट्र बैंकले कडाइ नगरेको भए अर्थतन्त्रमा सुधार नआउने दावी गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याएको नीति अवलम्बन गर्न कतिपय बैंकहरु चुकेको बताउँदै कतिपयले अझै पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) को नीति लागू गरेको भन्दै गाली पनि गरिरहेको धारणा राखे । यस्तै, उनले नेपाल बैंकले नेपाली बैंकिङ इतिहासमा महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल बैंकले एक हजार कर्जा दिएका उद्यमी अर्बपति बनेको उदाहरण दिँदै नेपाल बैंकको इतिहास गर्व गर्न लायक भएको उनले बताए । साथै, उनले नेपाल बैंकले खराब कर्जा असुलीमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । यस्तै, उनले आजको दिनलाई बैंकिङ्ग दिवसका रुपमा मनाउन पनि आग्रह गरे ।