निर्वाचनका दिन सार्वजनिक सवारी नचल्ने
फाइल फाेटाे काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मङ्सिर ४ गते काठमाडौँ उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को आज बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए । निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो । बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मङ्सिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।
चुनावमा अपडेटेड रहन यी हुन् एनसेलका उत्कृष्ट डेटा र कल प्याकहरु
काठमाडौं । एनसेलका ग्राहकले यो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका बेलामा आफु अपडेटेड रहन विभिन्न डेटा र भ्वाइस प्याकबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफुले प्रदान गरेको प्याकहरुले ग्राहकहरुलाई सञ्चार सेवामा पहुँच सुनिश्ति गर्ने र यसले सेवा सहज र सुलभ हुने जनाएको छ । आफ्ना सञ्चार सेवाका आवश्यकताहरूका आधारमा, ग्राहकहरूले दैनिक, साप्ताहिक वा मासिक प्याक छनौट गर्न सक्छन् । ग्राहकले कर सहित मात्र ४८ रुपैयाँमा २४ घन्टा अर्थात १ दिनसम्म अनलिमिटेड डेटा र नेपालको सबै नेटवर्क पठाउँन मिल्न ४० अल नेट एसएमएस प्याक लिन सक्नेछन् । ग्राहकले सजिलै *१७११८*२५# डायल गरि यो प्याक लिन सक्नेछन् । डेटा सेवामा, ग्राहकले डबल मजा प्याकमा अन्तर्गत ७ दिनको समयसिमा रहेको ५ जीबी डेटा र १ जीबी नाइट डेटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले *१७११८*२२# डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन् । डबल मजा प्याक खरिद गर्ने ग्राहकले सोही प्याक पुनः खरिद गर्दा दोब्बर डेटा भोल्युम प्राप्त गरी डबल फाइदा लिन सक्नेछन् । यसको अर्थ ग्राहकले ५ जीबीको प्याक फेरी किन्दा १० जीबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै, मात्र २९ रुपैयाँमा ग्राहकले एक दिने १ जीबी अल टाइम डेटा र १०० एमबी (बोनस) डेटा प्याक प्राप्त गर्न सक्छन् । ग्राहकले*१७११८*२६# डायल गरि यो प्याक लिन सक्नेछन् । त्यस्तैगरी, भ्वाइस सेवा अन्तर्गत ग्राहकले अल नेपाल भ्वाइस प्याक प्रयोग गरी कुनै पनि नेटवर्कमा सुलभ दरमा कल गर्न सक्नेछन् । ग्राहकले यो प्याकमा रहेको ५०० मिनेट अल नेट कल मात्र २६५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*३# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् । एनसेल एप र वेभसाइट मार्फत पनि यो प्याक खरिद गर्न सकिनेछ । अन नेट कलका लागि पनि ग्राहकलाई इन्डलेस कुराकानी प्याकको विकल्प रहेको छ । यस प्याकमा रहेको कुल ८७५ मिनेट अन नेट टक टाइम (हरेक दिन १२५ मिनेट अन नेट टक टाइम, सात दिनसम्म) मात्र ९५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । ग्राहकले *१७११८*६# डायल गरी प्याक सुचारु गर्न सक्नेछन् ।
९० म्यादी प्रहरी कारबाहीमा परे, अधिकांश मादक पदार्थ सेवन गर्नेमा
काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । ‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।’ प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौं उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् । काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।
आरएमसी फुड्सले ‘न्यूट्रिप्लसु ब्राण्ड अन्तर्गत बजारमा ल्यायो तीन तेल
काठमाडौं । आरएमसी फुड्सले तीन प्रकारका तेलहरू बजारमा ल्याएकाे छ । कम्पनीले ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत सूर्यमूखी, सोयाबिन र पालमोलिन गरी तीन प्रकारका तेलहरू सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना खाद्यान्न उत्पादनहरूको ब्राण्ड एम्बेसेडरका रूपमा प्रख्यात टेलिभिजन कार्यक्रम बीबीसी मास्टर सेफका फाइनालिस्ट सेफ सन्तोष साहलाई अनुबन्ध गरेको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश कुमार अग्रवालले गुणस्तरीय खाद्यान्न उत्पादनहरू आपूर्ति गरी ग्राहकहरूको मन जित्ने कम्पनीकाे मूल उद्देश्य रहेको बताए । ‘यस कार्यमा यहाँहरूको साथ, सहयोग र सहकार्य यसैगरी मिल्दै गयो भने शीघ्र नै न्यूट्रिप्लस प्रत्येक घरघरमा र सबैको मनमनमा बस्न सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ,’ उनले भने । आगामी दिनहरूमा न्यूट्रिप्लसलाई अझ बृहत्तर आकार दिन र बजारको मागलाई पूरा गर्नका निम्ति थप उत्पादनहरू ल्याउँदै जाने उनले बताएका छने ।
बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने
काठमाडौं । नेपालमा पहिलो पटक बेष्ट एयरलाइन्स अवार्ड आयोजना हुने भएको छ । बेष्ट एयरलाइन्स अवार्ड नेपालले १३ डिसेम्बर २०२२ का दिन उक्त अवार्ड नेपाल २०२२ घोषणा गर्न लागेको हो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बेष्ट एयरलाइन्स अवार्ड नेपालले नेपालको पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै उक्त अवार्ड गर्न लागेको बताएको छ । पत्रकार सम्मेलनमा बेष्ट एयरलाइन्स अवार्ड नेपाल आयोजनाका अध्यक्ष सागरदेव लाखेले हवाई क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने अभिप्रायले डिसेम्बर १३ का दिन विशेष समारोहका बीच बेस्ट एयरलाइन्स अवार्ड नेपाल २०२२ घोषणा गरिने बताए । ‘अन्तर्राष्ट्रियतर्फ १६ विधा बेस्ट एयरलाइन्स आवर्डमा ३ विधामा नेपाली वायुसेवाका लागि मात्र छुट्याइएको छ, ११ विधामा नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेका वायुसेवाले प्रतिष्पर्धा गर्नेछन्,’ उनले भने । विभिन्न डिजिटल तथा अन्य माध्यमबाट प्रक्षेपण गरिने जनमत तथा निर्णायक मण्डलको निर्णयका आधारमा अवार्ड दिने उनले बताएका छन् । ‘अवार्डको निर्णायक मण्डलमा ११ जना प्रतिष्ठित व्यत्तित्वहरु रहेका छन्, जसमा नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छा, होटेल द्वारिकाका अध्यक्ष तथा नेपालका लागि स्पेनका अनररी कन्सुलर अम्बिका श्रेष्ठ, होटेल एशोशिएसन नेपालका अध्यक्ष श्रृजना राणा, स्कुल क्लव अफ काठमाडौंका अध्यक्ष प्रविणबहादुर पाण्डे, नाटाका पूर्व अध्यक्ष सीएन पाण्डे रहेका छन्,’ उनले भने । त्यस्तै, उनले अन्य निर्णायकमा पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर, एभिएशन म्युजियमका प्रमुख कार्यकारी अधिकृत वेद उप्रेती, कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश लिड नेपाल इन्कका अध्यक्ष अनिल केशरी शाह, सिजी होल्डिङ्सका अध्यक्ष अरूण चौधरी तथा नेपाल गैर आवासीय संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको बताए । अवार्डकाे लागि नेपालबाट काठमाडौं भएर विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएका २७ वायुसेवा प्रदायक आन्तरिक तर्फका ९ वायुसेवाले प्रतिष्पर्धा गर्नेछन् ।
निर्वाचन पछि गठबन्धनकै सरकार हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताउनुभएको छ । आज गठबन्धनद्वारा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले मुलुकमा स्थायी शान्ति र दिगो विकासका लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धन बनेको हो भन्नुभयो । उहाँले भन्नुभयो “दिगो विकास, स्थायी शान्ति र समृद्धिसँगै संविधानको रक्षा गर्नु नै गठबन्धनको मूल दायित्व हो । देशभर नै गठबन्धनको पक्षमा चुनावी माहोल देखिएको हुँदा निर्वाचन पछि गठबन्धनकै सरकार बन्ने छ ।” परिवर्तनका लागि राजनीतिक आन्दोलन र घोषणा धेरै भए पनि विभिन्न कारणले समग्र विकासको गति अघि बढ्न नसकेको जनाउँदै उहाँले अब दृढ सङ्कल्पसहित गठबन्धन अघि बढेको छ भन्नुभयो । मङ्सिर ४ को निर्वाचन प्रतिगामी शक्तिलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउने अवसरका रुपमा लिन पनि उहाँले आग्रह गर्नुभयो ।
स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा, ३३ प्रतिशतसम्म क्यासब्याक पाइने
काठमाडाैं । हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ । एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ । स्काइ्वर्थको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता केएल दुगड ग्रुुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो । गुगल टिभिको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभिको पिक्चर क्वालिटी अत्यन्त उत्कृष्ट छ । गुगलले आफ्नो एन्ड्रोइड टिभि एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताहरुले आफ्नो टिभी पनि पर्सनलाइज गर्न सक्नेछन् । यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्ट अनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिन्छ । यसको नयाँँ जेनेरसनको इको क्युएलइडि क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सहि तरिकाले मिलाउने काम गर्छ । यसरी यसले १.०७ बिलियन लेभलको कलरहरु वास्तवमै रिस्टोर गर्ने दाबी गरिएको छ । क्युएलइडि प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सर सहितको एउटा नयाँँ जेनेरसनको क्यु एलइडि टेलिभिजन हो । यसको उच्च गुणस्तरीय पिक्चर इन्ह्यान्सिङ एन्जिनले हरेक सुन्दर पलहरुलाई एउटा अनुभवी र पोख्त मेक–अप आर्टिस्टले जस्तै राम्रोसँग देखाउँछ । एस्युआइ ९५०० बिना फ्लिकर हाइ कलर गेमुट प्रयोग गर्ने पहिलो क्यु एलइडि हो जसले गर्दा तस्बिरको गुणस्तर उच्च हुनुको साथै हेर्ने मानिसको आँखालाई पनि असर गर्दैन । त्यस्तै, फिफा वल्र्ड कप २०२२ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम पनि ल्याएको छ । यस स्किम अन्तर्गत उपभोक्ताहरुले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार यो स्किम मंसिर ३० गतेसम्म लागु हुनेछ । एस्युइ ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ ।
कनेक्ट आइपिएसकाे विन्टर अफर : १५ हजारसम्मको वार्षिक इन्टरनेट सेवा नि:शुल्क पाइने
काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ‘ल्याएको छ । उक्त अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम १५ हजारसम्म) समेत प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस मोबाइल एप डाउनलोड गरी वा वेबसाइटमा गई नयाँ युजर बनाउन सक्नेछन् । यसपछि ग्राहकले एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्नेछ ।