विकासन्युज

स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा, ३३ प्रतिशतसम्म क्यासब्याक पाइने

काठमाडाैं । हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ । एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ । स्काइ्वर्थको लागि नेपालको एक मात्र आधिकारिक विक्रेता केएल दुगड ग्रुुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले उक्त जानकारी दिएको हो । गुगल टिभिको लेटेस्ट अपरेटिङ सिस्टमद्वारा पावर्ड भएको यो टिभिको पिक्चर क्वालिटी अत्यन्त उत्कृष्ट छ । गुगलले आफ्नो एन्ड्रोइड टिभि एक्सपिरियन्स रिफाइन गरेको हुँदा अब उपभोक्ताहरुले आफ्नो टिभी पनि पर्सनलाइज गर्न सक्नेछन् । यसमा आफ्नो भ्युइङ ह्याबिट र इन्टेरेस्ट अनुसार पर्सनलाइज्ड कन्टेन्ट र टेलर्ड रेकमेन्डेसन पाउन सकिन्छ । यसको नयाँँ जेनेरसनको इको क्युएलइडि क्वान्टम डट टेक्नोलोजीले कलर प्युरिफाइ गर्ने, कलर गेमुट सुधार्ने र डिस्प्ले कलर सहि तरिकाले मिलाउने काम गर्छ । यसरी यसले १.०७ बिलियन लेभलको कलरहरु वास्तवमै रिस्टोर गर्ने दाबी गरिएको छ । क्युएलइडि प्रो डुअल पिक्चर क्वालिटी इन्ह्यान्सर सहितको एउटा नयाँँ जेनेरसनको क्यु एलइडि टेलिभिजन हो । यसको उच्च गुणस्तरीय पिक्चर इन्ह्यान्सिङ एन्जिनले हरेक सुन्दर पलहरुलाई एउटा अनुभवी र पोख्त मेक–अप आर्टिस्टले जस्तै राम्रोसँग देखाउँछ । एस्युआइ ९५०० बिना फ्लिकर हाइ कलर गेमुट प्रयोग गर्ने पहिलो क्यु एलइडि हो जसले गर्दा तस्बिरको गुणस्तर उच्च हुनुको साथै हेर्ने मानिसको आँखालाई पनि असर गर्दैन । त्यस्तै, फिफा वल्र्ड कप २०२२ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम स्किम पनि ल्याएको छ । यस स्किम अन्तर्गत उपभोक्ताहरुले स्काइवर्थ ब्रान्डको टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे अनुसार यो स्किम मंसिर ३० गतेसम्म लागु हुनेछ । एस्युइ ९५०० सिरिज ५५, ६५ र ७५ इन्चमा उपलब्ध छ ।

कनेक्ट आइपिएसकाे विन्टर अफर : १५ हजारसम्मको वार्षिक इन्टरनेट सेवा नि:शुल्क पाइने

काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ‘ल्याएको छ । उक्त अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम १५ हजारसम्म) समेत प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस मोबाइल एप डाउनलोड गरी वा वेबसाइटमा गई नयाँ युजर बनाउन सक्नेछन् । यसपछि ग्राहकले एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्नेछ ।

नाफामा १७ इन्स्योरेन्स : ‘नम्बर वान’ बनेको ज्योतिलाई पछ्याउँदै सूर्या, नेपाल लाइफले मार्यो छलाङ

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका १७ कम्पनीले कूल १ करोड ६४ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । राष्ट्रिय बीमा संस्थान र सानिमा लाइफ इन्स्योरेन्स बाहेक १७ कम्पनीले तीन महिनामै सो मात्राको नाफा कमाएका हुन् । उक्त नाफा गत वर्षको तुलनामा ६०.८७ प्रतिशतले बढी हो । यी १७ कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ करोड २ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका थिए । १७ कम्पनीमध्ये अधिकांश कम्पनीको नाफा बढेको छ । समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, प्राइम लाइफ र युनियन लाइफबाहेक अन्य कम्पनीको नाफा गत आवको तुलनामा बढेको हो । नाफा बढाउनेमध्ये ज्योति लाइफ इन्स्योरेन्सले सर्वाधिक नाफा कमाएको छ । कम्पनीले गत साउनदेखि असोजसम्ममा २१ करोड ५२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा १३३.४१ प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आवको सोही अवधिको तुलनामा ९ करोड २२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । त्यस्तै, नाफामा ज्योति लाइफलाई टक्कर दिँदै सूर्या लाइफ इन्स्योरेन्स अगाडि बढेको छ । समीक्षा अवधिमा कम्पनीले २० करोड ७३ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८२.६४ प्रतिशतले बढी हो । यता प्रतिशतको आधारमा नेपाल लाइफले नाफामा छलाङ मारेको छ । कम्पनीले एक वर्षको अवधिमा २४१० प्रतिशतले नाफा वृद्धि गरी १७ करोड ५७ लाख पुर्याएको छ । जुन गत आवमा ७० लाख रुपैयाँ थियो । त्यस्तै, १० करोडभन्दा बढी नाफा कमाउनेको सूचीमा यी तीन कम्पनीसहित अन्य ५ कम्पनी रहेका छन् । जसमा सन नेपाल लाइफ, रिलायन्स लाइफ, नेशनल लाइफ, एशियन लाइफ र रिलायबल नेपाल लाइफ रहेका छन् । यी सबैले गत आवको तुलनामा यो वर्ष दोहोरो डिजिटमा नाफा कमाएका छन् । यता अन्य ८ कम्पनी जसले १० करोड रुपैयाँभन्दा कम नाफा आर्जन गरेका छन् । जसमा मेट लाइफ, सिटिजन, आईएमई, गुराँस, प्रभु, महालक्ष्मी र युनियन लाइफ रहेका छन् । यीमध्ये प्राइम लाइफको नाफा ५७.१४ प्रतिशतले र युनियन लाइफको नाफा १९.१९ प्रतिशतले घटेको छ । १७ कम्पनीमध्ये एक कम्पनी अर्थात लाइफ इन्स्योरेन्स कर्पोरेसन भने नोक्सानमा रहेको छ । गत वर्ष असोजसम्ममा ३ करोड १९ लाख रुपैयाँ नाफामा रहेको कम्पनीले चालु आवमा ५९ लाख रुपैयाँ नोक्सानमा छ । जुन गत आवको तुलनामा ११८.५० प्रतिशतले घटी हो । कुनले कति कमाए ?

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको छ । आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो । मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरीे प्रदेश सभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको हो । मेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाई भई सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा पुर्‍याउने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्काे मतपत्र डिजाइन तथा छपाइ गरी मतदान अगावै सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउन समयाभावको कारणले असम्भव भएको हुँदा निज मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।

अर्थतन्त्रमा सुधार देखिएको राष्ट्र बैंकको सन्देश, अधिकांश सूचक सकारात्मक

काठमाडौं । अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा अर्थतन्त्रका केही महत्वपूर्ण सूचकहरु सकारात्मक देखिँदा अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको हो । अघिल्लो आर्थिक वर्षमा अर्थतन्त्र ऋणात्मक अवस्था थियो । तर, पछिल्ला केही महिनामा भने त्यो अवस्था संकुचित हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजिक गरेको तथ्यांकका अनुसार अर्थतन्त्र सुधारको गतिमा देखिएको हो । गत वर्षको सुरुवातीमा बाह्य क्षेत्रमा ठूलो दबाब देखिएको थियो । विदेशी मुद्राको सञ्चितिमा ठूलो संकुचन थियो भने रेमिट्यान्समा पनि कमि आएको थियो । शोधान्तर स्थिति पनि ठूलो घाटामा थियो । तर, त्यो अवस्था अहिले कम हुँदै गएको छ । तर, मूल्यवृद्धिमा भने निकै वृद्धि भएको छ । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असोज मसान्तमा ४.२४ प्रतिशत रहेको मुद्रास्फीति २०७९ असोजसम्म ८.५० प्रतिशत पुगेको हो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ । २०७९ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३.७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो । सोधान्तर स्थिति बचतमा समीक्षा अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ । आयातमा केही कमि र रेमिट्यान्स बढ्दा शोधान्तर स्थिति बचतमा देखिएको हो । व्यापार घाटामा पनि संकुचन आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु व्यापार घाटा १३.१ प्रतिशतले कमी आई ३५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.६ प्रतिशत रहेको थियो । ज्ञघ। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.३४ अर्ब ५९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.५४ अर्ब १७ करोड बराबरको भएको थियो । विदेशी मुद्राको सञ्चिती बढ्यो चालु आर्थिक वर्षको तीन महिनामा विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशी मुद्राको सञ्चिती २.५ प्रतिशतले वृद्धि भई २०७९ असोज मसान्तमा १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई १ खर्ब ४४ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको छ । रेमिट्यान्समा सुधार समीक्षा अवधिमा रेमिट्यान्समा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १ लाख ४७ हजार ९३२ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७ हजार ८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई ३ खर्ब १० अर्ब ४३ करोड रुपैयाँ प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो । निर्यात घट्यो अन्य सूचकहरुमा सुधार भएको भएपनि निर्यात भने घटेको छ । आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु निर्यात ३५.७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांक अनुसार निर्यात ३५.७ प्रतिशतले घटेर ४१ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०९.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.० प्रतिशत र ३५.० प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले कमी आई ४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १६.७ प्रतिशत र १९.२ प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकको कारणले सुधार आयो : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् । उनले नेपाल राष्ट्र बैंकको निर्णयकै कारण अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका हुन् । ‘धेरैले राष्ट्र बैंकको नीतिको विरोध गरे, राष्ट्र बैंकको नीतिलाई अप्रिय नीतिका रुपमा लिए, राष्ट्र बैंकको त्यही अप्रिय निर्णयले नै अहिले अर्थतन्त्रमा सुधार देखिएको छ, चालू आर्थिक वर्षको तीन महिनाको तथ्यांकले सुधार भएको सन्देश दिएको छ,’ उनले भने । उनले नेपाल राष्ट्र बैंकले कडाइ नगरेको भए अर्थतन्त्रमा सुधार नआउने दावी गरे । उनले नेपाल राष्ट्र बैंकले ल्याएको नीति अवलम्बन गर्न कतिपय बैंकहरु चुकेको बताउँदै कतिपयले अझै पनि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को नीति लागू गरेको भन्दै गाली पनि गरिरहेको धारणा राखे ।

प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गर्यो १५ प्रतिशत लाभांश

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत वर्षको लाभांश घोषणा गरेको छ । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो । जुन नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड रुपैयाँ छ । प्रस्तावित ५ प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट पनि सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीले सेयरधनीले १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । तर उक्त आवमा बोनसमा जोड दिएको कम्पनीले यो वर्षभने नगद लाभांश बढी जोड दिएको छ ।

वैदेशिक रोजगार कार्यालय र विभागका कर्मचारीलाई विचौलियाले प्रलोभन देखाए : मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशि रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयमा विचौलियाहरुले कामको लागि दवाव र प्रलोभन देखाउने गरेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सो कुरा बताएको हो । मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘सेवाग्राहीको नाममा विचौलियाहरु कार्यस्थलमा प्रवेश गरी कर्मचारीहरुलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रकृया नमिलेका कामहरु गर्न अनेकन दवाव दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी र मिडियाबाजी गर्ने प्रवृत्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ मन्त्रालयले विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने कामहरुको नियमित अनुगमन गरिरहेको बताएको छ । कार्यालयहरुबाट सबै प्रकारका सेवाहरु अनलाइनमार्फत नै हुने गरेको भन्दै मन्त्रालयले सेवाग्राहीलाई अनलाइन मार्फत नै काम गर्न अनुरोध गरेको छ । मन्त्रालयको प्रेस विज्ञप्ति

म जनताको आँखामा टेस्टेड छु, मेरो दुई कार्यकाल हेरेर भोट दिन्छन् : मन्त्री भुसाल

यतिबेला निर्वाचनको अन्तिम तयारीमा सरकार उम्मेदवार, मतदाता, निर्वाचन आयोग सबै जुटिरहेका छन् । राजनैतिक दलहरु मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । राजनैतिक दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिरहेका छन् । निर्वाचनको दिन नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरु मतदाताको घरदैलोमा भोट माग्न ब्यस्त छन् । यसैबीच उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालसँग गरेको कुराकानी । चुनाव आउनै लागेको यो अन्तिम घडीमा पार्टीले प्रचारप्रसारको काम कसरी गरिरहेको छ ? तपाई आफुले कसरी प्रचारप्रसारको काम गरिरहनु भएको छ ? निर्वाचन अलि बढी उम्मेदवार केन्द्रित भएर हुन्छ । मैले बुझ्न त अन्त पनि बुझेको छु । साथीहरु सबैतिर प्रचारप्रसारको अन्तिम चरणमा पुग्नुभएको छ जनताको घरदैलो । आफ्नो एजेण्डाहरु जनतालाई स्पष्ट पार्ने । आफ्नो ठाउँका विकास निर्माणका प्रश्तावहरु राख्ने र जनताको अभिमत लिने कुरामा देशभर लाग्नुभएको छ । म यतिबेला म आफूचाहीँ आफ्नै क्षेत्रमा केन्द्रित छु । धेरैतिर मैले ध्यान दिन सकिन । १५ दिनको प्रचारप्रसारको समय छ निर्वाचन आयोगले दिएको । १४ दिन सकियो । त्यसैले म आफ्नोमा बढी केन्द्रित छु । ठूलो क्षेत्र समय कम हुँदो रहेछ । अहिले निर्वाचन आयोगले सिमित गराइदिएको छ आचारसंहीता लागू गरेर । अधिकांश जनताको घरदैलो पुगेका छौँ । भेला, बैठकहरु, टोल सुधारका महिला समूहका, युवा क्लवहरुका छलफल, बैठक, अन्तरक्रिया उहाँहरुको आवश्यकता, समस्या सुन्ने कुरा पनि गरेका छौँ । मुल प्रचारको पाटो भनेको घरदैलो हो । मैले २० वटा वडा सकँे । भोलि निर्वाचन प्रचारप्रसारको अन्तिम दिन दुईवटा वडा सकिन्छ । अर्को हामीले घोषणापत्र बनाएको छ । जनतालाई त्यो पनि दिन्छौँ । त्यसपछि सामान्य आफ्नो सामाजिक नेटवर्क चलाउने । यत्ति हो प्रचारको । गठबन्धन बनाएर निर्वाचनमा जानुभएको छ, माओवादीले खासगरी काँग्रेसलाई लगाउने गरेको आरोप छ की, आफूले माओवादीको भोट लिएर माओवादीलाई चाहीँ भोट हालेन, के यसपटक नेपाली काँग्रेसको सबै मत माओवादीलाई आउने अवस्था छ ? हाम्रो आउने अपेक्षा छ । किनकी यो समयको आवश्यकताले, देशको आवश्यकताले, जनताको आवश्यकताले बनेको गठबन्धन हो । प्रतिगमन र प्रतिक्रान्तिकारी प्रवृत्तिलाई पराजित गर्नका निम्ति बनेको यो गठबन्धन हो । त्यसैले गठबन्धनको औचित्यता, आवश्यकता, त्यसको मर्मलाई सबै पार्टीले बुझ्नुभएको छ । नेपाली काँग्रेसका साथीहरुले पनि बुझ्नुभएको छ । त्यसैले सक्रिय ढंगले लाग्नुभएको छ । मेरो क्षेत्रको अनुभव गर्दाखेरी सबै गठबन्धनको पक्षमा कुनै न कुनै ढंगले खडा हुनुभएको छ । गठबन्धनका कारण मत हाल्न अपm्ठ्यारो हुने हो कि भन्ने अवस्था छ, प्रत्यक्षमा तपाईहरुको उम्मेदवार नभएको ठाउँमा समानुपातिकमा पनि तपाईहरुलाई मत आउनसक्छ त ? मतदाता शिक्षा के–कसरी अगाडी बढाइरहनुभएको छ ? हाम्रो समानुपातिकबाट उठेका उम्मेदवारहरु पनि घरदैलोमा जानुभएको छ । उम्मेदवार अथवा टिम नै बनाएर खटाउने भन्ने पार्टीको नीति हो । मेरो क्षेत्रमा चाहीँ उम्मेदवार नै हुनुहुन्छ । प्रदेश र संघकै लागि पनि । त्यसकारणले उहाँहरु पनि कहिले हामीसँग सँगै र कहिले छुट्टै प्रकारले घरदैलोमा पनि हुनुहुन्छ । पार्टीले बुझाउन सक्नुप¥यो प्रत्यक्ष गठबन्धनलाई, समानुपातिक चाहीँ आफ्नो पार्टीलाई भनेर माग्ने कार्यकर्ताको, समानुपातिकका उम्मेदवारहरुको हातमा बढी भर पर्ने कुरा हो । शहरी इलाकामा समग्र पार्टीहरुप्रति वितृष्णा बढेको गत स्थानीय तह निर्वाचनले पनि स्पष्ट देखायो, अहिलेको निर्वाचनमा पनि साना पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरुको धेरै उम्मेदवारी परेको छ, यसलाई कसरी लिनुभएको छ ? उठ्न पाइयो । हामीले र हाम्रा अग्रजहरुले थालेको, हाम्रो जीवनकालमा हामीले सम्पन्न गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा जसले पनि मैदानमा हिँड्न, डुल्न, खेल्न पाउने कुरा भयो । त्यही अन्तर्गत संविधानले दिएको छ । कानूनले दिएको छ । कोही पनि उठ्न सक्नुहुन्छ । तर हाम्रो देशको राजनीति चाहीँ दलीय प्रणाली हो । राजनीतिक दलका प्रतिनिधि जनतामा जाने र अनुमोदित भएर आउने । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष । १३८ सिट ल्याउनेले मात्रै सरकार बनाउन सक्छ । १३८ भन्दा बढी ल्याएकाले पनि मन्त्री बनाउने २५ जना हो । त्यसैले रहर गरेर जो पनि उठ्नसक्छ । निर्णायक चाहीँ कहिल्यै पनि हुन्न स्वतन्त्र । त्यसोभए दलहरुका लागि स्वतन्त्र उम्मेदवार चुनौती होइनन् ? कोही उम्मेदवारका हकमा कोही काहीँ हुनसक्छ । भोट एकातिरको काटेर सन्तुलनमा अलि तलमाथि गर्न त सक्ने हुन्छ । तर आफैँ १३८ सिट ल्याउने अनि सरकार बनाउने स्थितिमा नेपालमा चाहीँ अहिलेको अवस्थामा कोही स्वतन्त्र पुग्ने हाम्रो धरातल बनेको छैन । दलीय राजनीति हाम्रो यति बलियो छ । जनताको घरदैलोसम्म हाम्रो संरचना छ । सबै राजनीतिक दलका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, इकाइसम्म पनि तल संरचना भएको देशमा र पार्टी प्रणाली भएका कारणले जनताले पनि पार्टी हेरेर दिन्छन् । कुन पार्टीले जित्छ अनि कसले सरकार बनाउँछ भन्ने सम्भावना हेरेर जनताले भोट दिन्छन् । तपाईको निर्वाचन क्षेत्रको कुरा गर्ने हो भनेपनि तपाईसहित १३ जना विभिन्न पार्टीका उम्मेदवार हुनुहुन्छ, ७ जना त स्वतन्त्र उम्मेदवार छन्, युवाहरु धेरै छन्, तपाईलाई नै मत किन दिने ? उत्तरः मेरो दुई कार्यकाल हेरेर उहाँहरुले दिन सक्नुहुन्छ । म त काम गरेर जनताका आँखामा टेस्टेड छु । गर्नसक्ने मान्छे भनेर । गर्दै नगरेका मान्छेलाई के हेरेर दिने ? न हिजो राजनीतिक परिवर्तनको आन्दोलनमा उहाँहरुको कुनै सकारात्मक भुमिका छ । कुनै एक दिन खर्च गरेको सायद इतिहास छैन । अलिकति परिवर्तनका लागि पसिना खर्च गरेको पनि इतिहास थाहा छैन । अहिले मैले गर्छु, म उठेको छु मैले भोट पाएँ भने म मन्त्री हुन्छु भन्दै हिँड्ने राजनीतिक खेलाडीलाई जनताले चिन्दैनन् भन्ने कुरै छैन । मेरो क्षेत्र त असाध्यै सचेत मान्छेहरुको क्षेत्र हो । कति सचेत हो भने ०४५÷०४६ को आन्दोलन हुँदै हुँदा पाटनबासि तिनै जनता हुन् जसले पाटनलाई पञ्चायतमुक्त जिल्ला घोषणा गरिसकेका थिए । ०६२÷०६३ को आन्दोलन थियो । राजनीतिक दलहरुले गणतन्त्रको निर्णय नगर्दै ललितपुरका जनताले हाम्रो जिल्ला अब राजतन्त्रमुक्त गणतन्त्रको जिल्ला भनेर घोषणा गर्ने जिल्ला हो । उहाँहरुले राजनीतिक परिवर्तनमा खेलेको व्यक्तिको भुमिका पनि हेर्नुहुन्छ । अनि उहाँहरुको मतले सरकार बन्ने र सरकार बन्दाखेरी मात्रै बल्ल आफ्ना एजेण्डाहरु त्यो सरकारको कार्ययोजनामा पर्छन् भन्ने कुरा बडो राम्रोसँग बुझ्नुभएको छ । त्यसैले एउटा व्यक्ति असाध्यै राम्रो पनि हुनसक्छ । तर एउटा व्यक्तिले केही पनि गर्न सक्दैन । तपाईलाई साना दल वा स्वतन्त्र कसैको पनि चुनौती छैन ? उत्तरः छैन । मेरो प्रतिष्पर्धा दलसित नै हो फेरि । नयाँ पुस्ताहरु आक्रामक रुपमा राजनीतिमा आइरहेको बेलामा तपाईको पार्टीमा पुस्तान्तरण हुन नसकेको हो ? पम्फा भुसालः होइन । हाम्रोमा युवा पनि हुनुहुन्छ । मध्यम खालका नेताहरु पनि हुनुहुन्छ । पहिलो तहका नेताहरु पनि हुनुहुन्छ । त्यो त कस्तो हो भने राजनीतिमा आउने भनेको उमेर पनि हो, एकदम युवाहरु आउनुपर्छ । तर एउटा भिजन, एउटा विचार, एउटा चिन्तनसहित आउनुपर्छ । समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुप¥यो । हाम्रो पार्टीमा कोही वडा सदस्य, वडा अध्यक्ष, पालिका प्रमुख, प्रदेश र संघ हुँदै अनुभव हाँसिल गरेर परिपक्व भएका साथीहरु हुनुहुन्छ । युवाहरु पनि हुनुहुन्छ । मध्यमखालको पनि हुनुहुन्छ । अलि बुढापाका मान्छेहरु पनि हुनुहुन्छ । मलाई लाग्छ, कुनै समाज, दल, राज्य भनेको यो तिनै पुस्ताहरुको समन्वय र सहकार्यबाट अगाडी बढ्छ । युवाहरुको जोश हुन्छ । अलि पुरानाहरुको चाहीँ अनुभव हुन्छ । अनुभव र जोशको सही समायोजन गर्दा कुनैपनि चिजले चाहे राजनीति होस्, चाहे अर्थनीति होस्, सबै कुराले गति लिन्छ ।