वैदेशिक रोजगार कार्यालय र विभागका कर्मचारीलाई विचौलियाले प्रलोभन देखाए : मन्त्रालय

<p>काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशि रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयमा विचौलियाहरुले कामको लागि दवाव र प्रलोभन देखाउने गरेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सो कुरा बताएको हो । मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘सेवाग्राहीको नाममा विचौलियाहरु कार्यस्थलमा प्रवेश गरी कर्मचारीहरुलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रकृया नमिलेका [&hellip;]</p>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशि रोजगार विभाग र वैदेशिक रोजगार कार्यालयमा विचौलियाहरुले कामको लागि दवाव र प्रलोभन देखाउने गरेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सो कुरा बताएको हो ।

मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘सेवाग्राहीको नाममा विचौलियाहरु कार्यस्थलमा प्रवेश गरी कर्मचारीहरुलाई कार्यसम्पादनमा असर गर्ने, विधि र प्रकृया नमिलेका कामहरु गर्न अनेकन दवाव दिने, प्रलोभनमा पार्न प्रयत्न गर्ने र आफ्नो निहित स्वार्थ पूरा नहुँदा कार्यालयको काम कारबाहीप्रति नकारात्मक टिप्पणी र मिडियाबाजी गर्ने प्रवृत्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले विभाग र वैदेशिक रोजगार कार्यालयबाट हुने कामहरुको नियमित अनुगमन गरिरहेको बताएको छ । कार्यालयहरुबाट सबै प्रकारका सेवाहरु अनलाइनमार्फत नै हुने गरेको भन्दै मन्त्रालयले सेवाग्राहीलाई अनलाइन मार्फत नै काम गर्न अनुरोध गरेको छ ।

मन्त्रालयको प्रेस विज्ञप्ति

Share News