मनकामना केबलकार २५ वर्षमा प्रवेश, एक वर्षमा १० लाखले घुमे
काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार २५ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ । केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको कम्पनीनको भनाइ छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ । कम्पनीका अनुसार विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका कम्पनीको दावी छ । कम्पनीले केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठकाे सम्झनामा लामो समय देखि चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको ११ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्वार लगायत विकास निर्माणका कार्य आदिमा सहयाेग गर्दै आएकाे छ । हाल रहेको एनालग सिस्टमलाई कम्पनीले पहिलाे चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिसकेकाे र २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार हुने जनाएकाे छ ।
कैलाली ३ : प्रतिनिधिसभा र प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी
कैलाली । कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा र दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् । साथै, दुवै प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका हुन् । धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गरे । प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउद ६ हजार छ सय १९ मत प्राप्त गरे ।
ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित
काठमाडौं । ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित भएका छन् । भट्टराई १८ हजार ९१२ मतसहित प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मुगुमा मतगणना सुरु
मुगु । मुगुमा आजदेखि मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको चार दिनपछि यहाँ मतगणना सुरु भएको हो । प्रतिनिधिसभातर्फबाट आज बाट मतगणना सुरु भएको हो । दुई हजार ४६ गणना हुँदा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एनबहादुर शाहीले एक हजार १२ प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजबहादुर कार्कीले नौ सय ३३ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गरेकाे खनालले बताइने् । निर्वाचित खनाल टिच फर नेपालका संस्थापक हुन् । यस्तै, सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री हुन् । काठमाडौं क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । काठमाडौंको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३८ हजार नौ सय १० मत खसेको थियो । यस्तै, एक हजार पाँच सय ३२ मत बदर भएको छ ।
सिन्धुली २ मा माओवादीका लेखनाथ दाहाल विजयी
सिन्धुली । सिन्धुली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार दाहालले नेपाल कम्युनिष्ट पार्टी एमालेका मनोजजङ्ग थापालाई पाँच हजार आठ सय ३० मतान्तारले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । दाहालले २७ हजार पाँच सय १७ र प्रतिस्पर्धी थापाले २१ हजार छ सय ८७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले एक हजार पाँच सय ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले एक हजार तीन सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए । रासस
गोरखा क्षेत्र नं १ (१) मा माओवादीका कृष्ण धिताल विजयी
गोरखा । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् । आज दिउँसो सम्पन्न मतगणनामा धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरी विजयी भएका सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए । धिताल उनी वामलोकतान्त्रिक गठबन्धनतर्फबाट उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा शर्मा र बिजुक्छे नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा नमिता शर्मा र बिबेक बिजुक्छेलाई सञ्चालक पदमा नियुक्त गरेको हो । जसमध्ये शर्मा कम्पनीको सर्वसाधारण समूहबाट सञ्चालक पदमा नियुक्त भएकी हुन् । त्यस्तै, सञ्चालक बिजुक्छे कम्पनीको संस्थापक समूहबाट नियुक्त भएका हुन् ।