विकासन्युज

आइसिटी अवार्डको उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको घोषणा

काठमाडौं । इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को ३ विधामा उत्कृष्ट पाँचको घोषणा भएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा विभिन्न ३ चरणको छनौट पश्चात उत्कृष्ट पाँचको घोषणा भएको हो । यसअघि कार्तिक २६ गते तिनै विधाका उतकृष्ट १२ प्रतिस्प्रधीले १२ जना जुरी समक्ष प्रिजेन्टेशन र स्पिड डेटिङ सेसनमा प्रस्तुती दिएका थिए । स्र्टाअप आइसिटी अवार्ड विधामा उत्कृष्ट ५ मा पर्न सफल कम्पनीहरु क्युरा हेल्थ, मोनाल टेक, पिक एन्ड ड्रप, रेड टेल फक्स, रिंगेज टेक रहेका छन । यसैगरी, प्रडक्ट आइसिटी अवार्ड मा पर्न सफल उत्कृष्ट ५ प्रडक्टहरुमा बिहे नेपाल, फिनपस, गल्ली म्याप्स, टिग र भैरव ट्रिडेन्ट रहेका छन । यस्तै, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड विधामा पर्न सफल ५ इन्नोभेसनहरुमा आस्क म्याटरब, अटोनोमस इगल आई यूएभी, कारोबार एप, नेप्टु र साराङ्ग रहेको आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ मा पर्न सफल प्रतिस्प्रधीले आइएमइ पे र स्पारो एसएमएस मार्फत पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ । उक्त विधामा जुरीको छनौट, पब्लिक भोटिङ, डेमो र कम्पनीको अवलोकनको आधारमा सर्वोत्कृष्ट छनौट गरिने आयोजक समिति सदस्य शुसिल पोखरेलले जानकारी दिए । उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभसनहरुको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ पनि भोटिङसँगै खुल्ला हुनेछ । पल्लिक भोटिङ मसिंर ९ गते शुक्रवारदेखि मसिंर २९ गतेसम्म सञ्चालन हुने आयोजक लिभिङ विथ आइसिटीले जानकारी दिएको छ । यि पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड विधाहरुमा छनौट प्रकृया जारी रहेको छ । यसैगरी नीजि र सरकारी शैक्षिक सस्थालाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड, सरकारी सस्थालाई डिजिटल गर्भनेन्स आइसिटी अवार्ड र कर्पोरेट क्षेत्रको लागि डिजिटल सर्भिसेस आइसिटी अवार्ड विधाहरुमा पनि समावेश छन । १३ विधामा प्रदा नगरिने आइसिटी अवार्ड २०२२ को लागि ३ महिनादेखि विभिन्न चरणका छनौट प्रकृयाहरु जारी छन । गत कार्तिक १८ र १९ गते सयबढि स्टार्टअपहरुको संलग्नतामा स्टार्टअप फेस्ट पनि आयोजना भएको थियो । यस वर्ष दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को पनि घोषणा गरिएको छ । यस विधामा ७ वटादेशहरुबाट ५० बढिको नोमिनेशन प्राप्त भएको आयोजकले जानकारी दिएको छ । विभिन्न देशका विज्ञहरुको संलग्नतामा यस विधाको विजेताको लागि छनौट प्रकृया सञ्चालन भइरहेको जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । उत्कृष्ट ५ साउथ एसियन स्टार्टअपहरु ग्राण्ड फिनालेको लागि नेपाल आउनेछन । लिभिङ विथ आइसिटीले आयोजना गरेको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ एन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेनस, पावर्ड वाई ह्वावे एण्ड स्मार्ट क्युआरको ग्राण्ड फिनाले पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । यो कार्यक्रम विभिन्न टेलिभिजन, अनलाइन र एपहरु मर्फत प्रत्यक्ष प्रशारण हुने जनाइएको छ । आइसिटी अवार्ड २०२२ को शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स सह–प्रायोजकमा नेपाल टेलिकम र जेनेस, पावर्ड बाई प्रायोजकमा ह्वावे र स्मार्ट क्युआर, क्याटेगोरी स्पोन्समा एनसेल, ई–कमर्स पार्टनर दराज, पेमेन्ट पार्टनर आईएमई पे, इन्टरनेट पार्टनर डिशहोम फाइबरनेट, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेस स्कुल, सपोर्टिङ पार्टनर माइक्रोसफ्ट छन् । कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपाल उद्योग वाणिज्य महासंघको सहयोग तथा सहकार्य रहेको छ । यसका साथै अवार्डको इन्स्योरेन्स पार्टनर आईएमई जनरल इन्स्योरेन्स, डाटा सेन्टर एण्ड क्लाउड पार्टनर सिल्भर लाइनिङ, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, एडटेक पार्टनर वेद, इन्क्युबेसन पार्टनर किंग्स कलेज, गेमिङ पार्टनर यार्सा ल्याब्स, सपोर्टिङ पार्टनर फ्युज मसिन लगायतको सहकार्य रहेको छ । कसरी गर्ने पब्लिक भोटिङ ? स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ विधाका उत्कृष्ट ५ लाई आइएमइ पे र स्प्यारो एसएमएस मार्फत भोटिङ गर्न सकिनेछ । यि ३ विधामा भोट गर्न प्रत्येक दिन एउटा आइडीबाट एक विधामा एउटा प्रतिस्प्रधीलाई मात्र भोट गर्न सकिनेछ । ३ वटै विधाका उत्कृष्ट १२ प्रतिस्प्रधीहरुलाई पल्लिक च्वाइस आइसिटी अवार्ड २०२२ विधामा भोट गर्न सकिनेछ । यस विधामा जतिपनि भोट गर्न पाइने व्यवस्था रहेको छ । यस विधाको लागि गत स्टार्टअप फेस्टमा अवलोकनकर्ताले गरेको भोटलाई पनि आधार मानिनेछ । भोट गर्नको लागि आइएमइ एप डाउनलोड गरेर आइसिटी अवार्ड २०२२ छनौट गरी त्यसमा विधा छनौट गरेपश्चात प्रतिस्प्रधीको नाम देखिनेछ । आफुलाई मन परेको प्रतिस्प्रधीलाई भोट गर्न सकिनेछ । यसैगरी एसएमएसबाट भोट गर्न कम्पनी वा प्रडक्टको भोटिङ कोड अनुसार क्ष्ऋत् टाइप गरी भोटिङ कोड लेखेर ३३००१ मा पठाउनुपर्नेछ । भोटिङ कोड र विस्तृत जानकारीको लागि आधिकारिक वेबसाइट धधध।ष्अतबधबचम।यचन बाट जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

बचतकर्ताको रकममा जोखिम घटाउन सहकारीको अनुगमन आवश्यक : उपप्रमुख डंगोल

काठमाडौं । ‘काठमाडौं महानगर क्षेत्रभित्र भएका सहकारीहरुमा सर्वसाधारणले गरेको रकम वचत जोखिममा पर्ने गरेको उजुरी बढेका छन् । जनसाधारणले जम्मा गर्ने यो बचत रकमको जोखिम घटाउन सहकारीहरुमा नियमित अनुगमन गर्नुपर्छ ।’ काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले, कार्यपालिकाअन्तर्गत सहकारी समिति गठन गरेपछि अनुगमनलाई तीब्र बनाइने बताएकी छिन् । बुृधबार सहकारी विभागका काम र योजनाका विषयमा अधिकारीहरुसँग छलफल गर्दै यस्तो बताएकी हुन् । विभागले अहिले ११८ वटा सहकारीको उजुरी सुनुवाई गरिरहेको छ । जसमध्ये ७१ वटा आफैँ हेरिरहेको छ भने ४७ वटालाई कारवाहीका लागि प्रहरीमा पठाएको छ । आफैँ हेरिरहेको सहकारीका उजुरीहरुमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय छन् । घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या सहकारी क्षेत्रमा देखिएका समस्या हुन् । काठमाडौं महानगरपालिका क्षेत्रमा अहिले १ हजार ९५५ वटा सहकारी छन् । तीमध्ये १ हजार ६२८ वटा बचत तथा ऋण सहकारी हुन् । २६४ वटा बहुउद्देश्यीय, १५ वटा कृषि, १३ वटा उपभोक्ता, ३ वटा सीपमुलक, २ वटा शिक्षामुलक, एउटा सञ्चार, ३ वटा श्रमिक, पर्यटन, साझा र चियाका एक/एक वटा र अन्य ५ वटा सहकारी छन् । मर्जरका लागि २७ वटाको शिफारिस बागमती प्रदेशमा पठाइएको छ । कुल १ हजार ९५५ मध्ये चालु आर्थिक बर्षमा १८५ वटा सहकारी अद्यावधिक भएका छन् । २ वटा सहकारी संकटग्रस्त छन् भने क्षेत्र विस्तार गरेर कार्यस्थल स्थानान्तरण गरिएका २ वटा छन् । ५ बर्षदेखि साधारण सभा नियमित भएका, कोपोमिसमा अद्यावधिक भएका, ५ देखि १० करोड रुपैयाँसम्म प्राथमिक पुँजी भएका र समुदायमा आधारित भएर सञ्चालनमा रहेका सहकारीलाई विभागले उत्तम अर्थात ‘क’ बर्गका सहकारीका वर्गीकरणमा राखेको छ । साधारण सभा नियमित नभएका, जरिवाना तिरेका, वचत फिर्ता गर्न उजुरी परेका सहकारीलाई शंकास्पद अर्थात ‘ख’ वर्गको सहकारीका रुपमा राखिएको छ । प्रहरीमा उजुरी परेका, अदालतमा मुद्दा परेका र पदाधिकारी फरार रहेका सहकारीहरुलाई जोखिमपूर्ण अर्थात ‘ग’ वर्गमा राखिएको छ । पदाधिकारी फरार, विवाद, ऋण प्रवाह, असुली, भुक्तानी, वचत फिर्ता, सम्पत्ति व्यवस्थापनजस्ता कारणले संकटमा परेकालाई संकटग्रस्त अर्थात् ‘घ’ वर्गका सहकारीमा राखिएको छ भने गएको १० बर्षदेखि अद्यावधिक नभइ सम्पर्क विहिन भइ बसेकालाई निष्क्रिय सहकारी अर्थात् ‘ङ’ वर्गमा राखिएको छ ।

आइएलटिएस परीक्षा सञ्चालन गर्न नायर र ब्रिटिश काउन्सिलबीच सम्झौता

काठमाडौं । नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर) र ब्रिटिश काउन्सिलबीच सम्झाैता भएकाे छ । अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीका लागि आइएलटिएस परीक्षा सुरु गर्न नायरले काउन्सिलसँग सम्झौता गरेको हाे । सम्झौता पत्रमा नायरका तर्फबाट अध्यक्ष प्रेम पाण्डे र ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर म्याक्सिम रइमानले हस्ताक्षर गरेका छन् । नायर र काउन्सिलबीच आइएलटिएस परीक्षामा कसरी राम्रो अंक ल्याउने भन्ने बारे विद्यार्थीहरुलाई नियमित तालिम र कार्यशाला गोष्ठीहरु गर्ने पनि सहमति भएको छ । यस्तै, नायरले स्थापना गरेको अष्ट्रेलियन एजुकेसन इन्फरमेसन सेन्टर (एइआइसी) लाई प्रभावकारी बनाउन पनि ब्रिटिश काउन्सिलले सहयोग गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय, काउन्सिल र शैक्षिक परामर्शदाताहरुले काउन्सिलिङका लागि उक्त सेन्टरको हल प्रयोग गर्न पाउनेछन् । विद्यार्थीहरुले सेन्टरमा रहेको पुस्तकालय तथा त्यहाँका ४२ विश्वविद्यालयका सबै पुस्तकालय निशुल्क प्रयोग गर्न पाउनेछन् । विद्यार्थीलाई लक्षित गरी बनाइएका डिजिटल ल्याब, लाइब्रेरीहरुको प्रवद्र्धन गर्न ब्रिटिश काउन्सिलले सहयोग गर्ने छ ।  

कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी

नवलपरासी । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी बर्दघाट सुस्ता पूर्व १ बाट विजयी भएका छन् । निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा एमालेका कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित १५.७८९५ प्रतिशत नगद लाभांश पारित भएको छ । बिहीबार सम्पन्न कम्पनीको २२ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्त्तिक १८ गतेका लागि बुक क्लोज गरेको थियो । यससँगै कार्त्तिक १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै सो मात्राको नगद लाभांश पाउने छन् । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । साथै, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

एनआईसी एशिया बैंकले ७२ ठाउँका करोडौंका घरजग्गा बेच्दै, नाफामा उछाल आउन सक्ने

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुमध्ये बिजनेसमा आक्रामक रुपमा विस्तार भइरहेको बैंक हो एनआईसी एशिया बैंक । यस बैंकले आक्रामक बिजनेससँगै नाफा, कर्जा र निक्षेपको वृद्धि पनि अन्य बैंकको तुलनामा उच्च रुपमा गरिरहेको छ । प्रतिस्पर्धी बैंकहरुलाई पछ्याएर आक्रामक रुपमा बिजेनस गरिरहेको एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा देशभरका विभिन्न ठाउँमा रहेको जग्गा बिक्रीका लागि सूचना जारी गरेको छ । बैंकले बिहीबार विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्दै आफ्नो नाममा रहेको ७२ स्थानको गैर–बैकिङ्ग सम्पत्ति बिक्रीमा गर्न लागेको जनाएको हो । बैंकले विभिन्न ठाउँमा रहेको जग्गा बिक्री गर्नका लागि १५ दिने शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर–बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छन् सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने बैंकले जनाएको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी र संघ संस्थाहरुले विभिन्न शर्तहरुको अधिनमा रहीसूचना प्रकाशित भएको मितिले १५ भित्र आवेदन दिनु पर्ने सूचनामा उल्लेख गरेको छ । यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका ८का विभिन्न स्थानमा रहेको जग्गा, पर्साको धोविनी गाउँपालिका ४ का विभिन्न स्थानमा रहेका घरजग्गा, पोखरिया नगरपालिका ४, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका ४,चितवनको भरतपुर महानगरपालिका १८, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७ र काठमाडौंको काठमाडौं महानगरपालिका ६ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ । पाँचथरको फिदिम नगरपालिका ४, ललितपुर महानगरपालिका १३ मा रहेको जग्गा र सो जग्गामा बनेको घर, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका ९, रौतहटको चन्द्रपुर नगरपालिका १०, बृन्दावन नगरपालिका ६, गरुडा नगरपालिका ६, ५ र फतुवा विजयपुर नगरपालिका १० का विभिन्न स्थानमा रहेको जग्गा र उक्त जग्गामा बनेका घर समेत बिक्रीमा राखेको बैंकले बताएको छ । बैंकले पर्साको वीरगञ्ज महानगरपालिका १२ र १३, मोरङको रतुवामाई नगरपालिका, विराटनगर महानगरपालिका १६, कास्कीको पोखरा महानगरपालिका, काठमाडौंको चन्द्रागिरी ५ र रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा रहेका विभिन्न स्थानमा रहेका घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले आफ्नो नाममा रहेका धनकुटाको धनकुटा नगरपालिका ३ र ५, साविक निगाले गाउँ विकास समिति (गाविस) ८ मा रहको जग्गा, मुगुको साविक श्रीनगर गा.वि.स.४, ५, ६ र ७ ,साविक कार्कीवाडा गा.वि.स.३ र ४ का विभिन्न स्थानमा रहेका घरजग्गा बिक्रीमा राखेको छ । यस्तै, बैंककै नाममा भएका कालिकोटको खाँडाचक्र नगरपालिका ६मा रहेको घरजग्गा, चितवनको साविक पञ्चकन्या गा.वि.स.८ मा रहेको घरजग्गा, बाराको कलैया नगरपालिका ७ र उत्तर झिटकैया गा.वि.स. १ का विभिन्न स्थानमा रहेका जग्गा बिक्री गर्ने भएको हो । यस्तै, मोरङको साविक कटहरी गा.वि.स. ३ मा रहेको जग्गा, विराटनगर उपमहानगरपालिका२१ मा रहेको घरजग्गा र सुनवर्षी नगरपालिका ५ का विभिन्न स्थानमा रहेको घरजग्गा,सुनसरीको इनरुवा नगरपालिका २र दुहवी नगरपालिका ९ मा रहेको घरजग्गा बिक्री गर्ने बैंकले जनाएको छ । यस्तै, दाङको घोराही उपमहानगरपालिका १२, जुम्लाको साविक महतगाऊँ गाविस ३, विरेन्द्रनगर नगरपालिका २, ३, ६ र १० मा रहेका विभिन्न ठाउँका जग्गा जमिन बिक्रीमा राखेको हो । बैंकले यति ठूलो घरजग्गा बिक्री गरेपछि बैंकको नाफा बढ्ने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा नम्बर वान बनेको यस बैंकले यस पटक यी सबै घरजग्गा बिक्री गरेपछि झन नाफा उच्च रुपमा वृद्धि हुने देखिएको छ ।

रौतहट १ बाट अध्यक्ष माधव नेपाल विजयी

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नं १ बाट विजयी भएका छन् । रौतहट जिल्लाका मूख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका जानकारी दिए । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरेका छन् । रौतहट क्षेत्र नं २ को मतगणना भने जारी रहेको मूख्य निर्वाचन अधिकृत मरासिनीले बताए ।

देशभरको यातायात कार्यालयको सेवा ३ दिन बन्द हुने

काठमाडौं । देशभरको यातयात कार्यालयको सेवा तीन दिनको लागि बन्द हुने भएको छ । यातयात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागको अनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीको सर्भरहरुको विद्युत आपुर्ति प्रणाली युपिएस मर्मत गर्नुपर्ने भएकाले तीन दिनको लागि यातयात कार्यलयहरुको सेवा बन्द हुने भएको हो । विभागले मंसिर ९ गतेदेखि ११ गतेसम्म अनलाइन आवेदन तथा यातयात कार्यलयहरुबाट प्रदान गर्ने सेवाहरु बन्द रहने जनाएको छ ।