राष्ट्र बैंकको नयाँ १० व्यवस्था : स्प्रेडदर घट्नेदेखि सीडी रेसियो खुकुलोसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । राष्ट्र बैंकले पहिलो त्रैमासमार्फत् विभिन्न १० व्यवस्था गरेको छ । मौद्रिक नीतिको समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाको स्प्रेडदर घटेको छ भने सीडी रेसियोमा पनि केही खुकुलो नीति राष्ट्र बैंकले गरेको छ । यस्ता छन् नयाँ १० व्यवस्था १. माथि विश्लेषण गरिएकोआर्थिक स्थिति र परिदृश्यका आधारमा २०७९/८० को मौद्रिक नीतिले अबलम्बन गरेको कार्यदिशालाई निरन्तरता दिइएको छ । २. आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएको लक्ष्य तथा प्रक्षेपणहरुलाई पनि यथावत राखिएको छ । ३. नेपाल राष्ट्र बैंक मौद्रिक नीति २०७९/८० मा व्यवस्था भएका मौद्रिक उपकरणहरुलाई निरन्तरता दिइएको छ । अनिवार्य नगद अनुपात ४ प्रतिशत र बैंक दरलाई ८.५ प्रतिशतमा यथावत राखिएको छ । ४. भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पु¥याउनेर तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिनेछ । ५. नियामकीय उपायहरु छघ। कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई यस बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिनेछ । ६. वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ । ७. लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिनेछ । ८. तोकिएको कर्जा-निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिनेछ । ९. कार्यान्वयनमा रहेको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिनेछ । १०. तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइनेछ ।
यस्तो आयो मौद्रिक नीतिको समीक्षा (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षा गरेको छ । बैंकले आइतबार राती ८ बजे जुम मिटिङ मार्फत उक्त समीक्षा सार्वजनिक गरेको हो । उक्त समीक्षा मार्फत राष्ट्र बैंकले ब्याजदर नबढ्ने नीति अगाडि सारेको छ । राष्ट्र बैंकले बैंकको ब्याजदरअन्तर (स्प्रेड दर) घटाएर ४ प्रतिशत कायम गरेको छ । यसअघि रहेको ४.४ प्रतिशतलाई घटाएर ४ प्रतिशत कायम गरेको हो । विकास बैंक र फाइनान्सको स्प्रेडदर ०.४ प्रतिशत घटाएर अर्थात ५ प्रतिशतबाट ४.६ प्रतिशतमा झारिएको छ । त्यस्तै, अबदेखि लघुवित्त वित्तीय संस्थाहरुले आधार दर लागु गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो । यस्ता छन् मौद्रिक नीतिले गरेका नयाँ १० व्यवस्था १. माथि विश्लेषण गरिएकोआर्थिक स्थिति र परिदृश्यका आधारमा २०७९/८० को मौद्रिक नीतिले अबलम्बन गरेको कार्यदिशालाई निरन्तरता दिइएको छ । २. आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएको लक्ष्य तथा प्रक्षेपणहरुलाई पनि यथावत राखिएको छ । ३. नेपाल राष्ट्र बैंक मौद्रिक नीति २०७९/८० मा व्यवस्था भएका मौद्रिक उपकरणहरुलाई निरन्तरता दिइएको छ । अनिवार्य नगद अनुपात ४ प्रतिशत र बैंक दरलाई ८.५ प्रतिशतमा यथावत राखिएको छ । ४. भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पु¥याउनेर तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिनेछ । ५. नियामकीय उपायहरु छघ। कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरुले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई यस बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरिनेछ । ६. वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ । ७. लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिनेछ । ८. तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिनेछ । ९. कार्यान्वयनमा रहेको चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गरिनेछ । १०. तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइनेछ । यस्तो छ पूर्णपाठ [pdf id=367862]
लघुवित्तले मासिक रुपमा आधार दर सार्वजनिक गर्नुपर्ने
काठमाडौं । अबदेखि लघुवित्त वित्तीय संस्थाहरुले आधार दर लागु गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षा सार्वजनिक गर्दै मासिक रुपमा लागु हुने गरी लघुवित्त वित्तीय संस्थाहरुले आधार दर लागु गर्नु पर्ने बताए । राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो ।
बैंकको स्प्रेडदर घट्यो, नाफामा संकुचन आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै ब्याजदर नबढ्ने नीति अगाडि सारेको छ । राष्ट्र बैंकले बैंकको ब्याजदरअन्तर (स्प्रेड दर) घटाएर ४ प्रतिशत कायम गरेको छ । यसअघि रहेको ४.४ प्रतिशतलाई घटाएर ४ प्रतिशत कायम गरेको हो । विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर पनि घटाइएकाे छ । स्प्रेडदर घट्दा बैंकहरुको नाफामा पनि संकुचन आउन धेरेको अनुमान छ । ‘वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिनेछ, यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ, प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ,’ मौद्रिक नीतिको समीक्षामा उल्लेख छ । यस्तै, तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने व्यवस्था पनि गरिएको छ ।
बिर्तामोडमा एनओजी ‘एन्टर्क ओनर्स ग्रुप’ राइड सम्पन्न
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । तीस जना राइडरहरुको सहभागिता रहेको राइड बिर्तामोडबाट शुरु भएर कन्याममा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीहरुबीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । टीभीएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।
आइएसएमटी कलेजका ३०८ विद्यार्थी दिक्षित
काठमाडौं । बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धनमा काठमाडौं तिनकुनेस्थित आइएसएमटी कलेजमा स्नातक तह अध्ययन गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ । सन्डरल्याण्ड विश्वविद्यालय प्रोफेसर जोन मुरोको प्रमुख आतिथ्यमा सम्पन्न सो दिक्षान्त समारोहमा बिबिए बिएचएम र बिएस्सी आइटीमा उत्तिर्ण ३०८ जना विद्यार्थीहरु दिक्षित भएका छन् । आइएसएमटी कलेजले काठमाडौं चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज संचालन गरिरहेको छ ।
नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई सप्तगण्डकी अस्पतालमा छुट
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच व्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पतालका तर्फबाट अध्यक्ष डा।अमर श्रेष्ठले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका सबै प्रकारका कार्डवाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगायत बैंकका सम्पुर्ण सेयरधनीहरु समेते सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले प्याथोलोजी, आइसीय बिेड चार्ज, नर्मल बेड चार्ज एण्ड अपरेशन चार्जमामा १० प्रतिशत र फार्मेशी मा ५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।
हुन्डाई टेस्ट ड्राइभका विजेताहरू विश्वकप हेर्न कतार उडे
काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ । नयाँपाल बहादुर पाण्डे अभियानकाे विजेता घाेषित भएका छन् । उनले विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् । यसैगरी, कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई कतारका लागि बिदाइ गरेको छ । हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने अवसर दिइएको थियो । यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन् । दुवै विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरिसकेकाे कम्पनीले जानकारी दिएकाे छ ।