काठमाडौं । अबदेखि लघुवित्त वित्तीय संस्थाहरुले आधार दर लागु गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षा सार्वजनिक गर्दै मासिक रुपमा लागु हुने गरी लघुवित्त वित्तीय संस्थाहरुले आधार दर लागु गर्नु पर्ने बताए ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई २०७९ माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको हो ।