विकासन्युज

नारायणी डेभलपमेन्ट बैंकका ग्राहकलाई सप्तगण्डकी अस्पतालमा छुट

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक र सप्तगण्डकी अस्पतालबीच व्यवसायीक समझदारी सम्बन्धी सम्झौता सम्पत्र भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र सप्तगण्डकी अस्पतालका तर्फबाट अध्यक्ष डा।अमर श्रेष्ठले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका सबै प्रकारका कार्डवाहक, खातवालाहरु, बैंक कर्मचारीहरु लगायत बैंकका सम्पुर्ण सेयरधनीहरु समेते सप्तगण्डकी अस्पतालले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट ‍पाउनेछन् । बैंकका ग्राहकले प्याथोलोजी, आइसीय बिेड चार्ज, नर्मल बेड चार्ज एण्ड अपरेशन चार्जमामा १० प्रतिशत र फार्मेशी मा ५ प्रतिशत छुट प्राप्त गर्ने छन् ।

हुन्डाई टेस्ट ड्राइभका विजेताहरू विश्वकप हेर्न कतार उडे

काठमाडौं । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ‘रोड टु फिफा वर्ल्ड कप २०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ । नयाँपाल बहादुर पाण्डे अभियानकाे विजेता घाेषित भएका छन् । उनले विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् । यसैगरी, कम्पनीले हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको ‘टेस्ट ड्राइभ एन्ड विन’ शीर्षकको विश्वकप लक्षित अर्को क्याम्पेनका विजेताहरूलाई कतारका लागि बिदाइ गरेको छ । हुन्डाई मोटरको ‘गोल अफ द सेन्चुरी’ अवधिभर नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने अवसर दिइएको थियो । यसरी सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेष्ट ड्राइभ एण्ड विन’ का भाग्यशाली विजेता चुनिएका छन् । दुवै विजेताहरू आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरिसकेकाे कम्पनीले जानकारी दिएकाे छ ।      

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

काठमाडौं । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पुर्याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । यस अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडककाे क्षेत्रबाट प्रभु क्यापिटल आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।उक्त आर्थिक वर्ष २०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो । राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेकाे थियाे । क्यापिटलको तर्फबाट वित्त विभागका ईन्चार्ज रोशन कसीले सो सम्मानपत्र ग्रहण गरेका थिए ।

सानिमा बैंकको ५ लाखसम्मको मुद्दती निक्षेप कर्जा अनलाइनबाटै

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि मुद्दती निक्षेप कर्जाको आवेदन अनलाइन मार्फत् दिन सकिने व्यवस्था गरेको छ । उक्त सेवा प्रयोग गर्न ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा ‘अप्लाई लोन अप टु फाइभ लाख अगेन्सट एफडी’मा क्लिक गरी आवश्यक विवरणहरु भरे पश्चात् मुद्दती निक्षेप कर्जाका लागि आवेदन दिन सक्नेछन् । अनलाइनबाट आवेदन दिएको मुद्दती निक्षेप कर्जा, मुद्दती रकमको बढिमा ९५ प्रतिशत वा अधिकतम ५ लाख मध्ये जुन कम हुन्छ, उक्त रकम तुरुन्तै प्राप्त गर्न सक्नेछन् । हाल बैंकले रेमिट्यान्स मुद्दतीमा १३.५१ प्रतिशत, मुद्दतीमा १२.१३३ प्रतिशत, रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र बचत खाताहरुमा ९.१३३ प्रतिशत सम्मको व्याजदर प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु छन् ।

निर्वाचित सांसदले कस्तो सुविधा पाउँछन् ?

काठमाडौं । निर्वाचित भएर आउने प्रतिनिधि सभा सदस्यले पारिश्रमीकका अलावा एक जना स्वकिय सचिव राख्न पाउने व्यवस्था रहेको छ । स्वकिय सचिवले राजपत्राङ्कित तृतीय श्रेणीको सेवासुविधाका साथै अतिरिक्त मासिक १ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ । निर्वाचित सदस्यले ३ हजार सञ्चारसुविधा, आवास सुविधा १८ हजार यदी काठमाडौं उपत्यकामा नै घर भएको खण्डमा मर्मतसम्भारका लागि मासिक ९ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ । त्यस्तै फर्निचर व्यवस्थापनका लागि निर्वाचित भएको बेलामा १५ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ भने धारा, बिजुली, पानीका नाममा मासिक २ हजार, मासिक १ हजार अतिथि सत्कारका लागि पाउने व्यवस्था रहेको छ । यस्तै, बैठकमा उपस्थित भए बापत यातायात खर्च १ हजार रुपैयाँ र बैठक भत्ता भनेर १ हजार रुपैयाँ पाउने व्यवस्था रहेको छ । एकैदिन समितिको बैठक र सभाको बैठक भएको खण्डमा भने कुनै एकको मात्रै सुविधा पाउने व्यवस्था छ ।

जाडोमा कपाल झर्नबाट कसरी जोगाउने ?

एजेन्सी । जाडोमा छालासँगै कपालको समस्या पनि बढ्छ । जाडोमा कपाल सुख्खा र रुखो भएर भाँचिने गर्छ । यसका साथै डन्डीफोर र स्प्लिट एन्डको समस्या पनि बढ्छ । सौन्दर्य विज्ञ शहनाज हुसेनले जाडोमा कपालको हराएको चमक फर्काउन र कपाल झर्नबाट जोगाउने सजिलो उपाय बताएका छन् । जाडोमा मौसम चिसो र सुख्खा हुँदा कपाल धेरै दुख्छ। जाडोमा बाहिर बस्न र न्यानो घामको आनन्द लिन धेरैले मन पराउँछन् । चिसोका कारण धेरैले नुहाउन र कपाल धुन तातो पानी प्रयोग गर्ने गर्छन्। यसो गर्दा कपाल सुख्खा हुन जान्छ । कपालमा सुख्खापन बढ्दा यसको चिल्लोपना पनि हराउँछ । यस्तो अवस्थामा कपाल सुख्खा हुन्छ र झर्न थाल्छ । यसका साथसाथै टुक्रा टुक्रा हुने चायाँको समस्या पनि बढ्छ । तातो तेलले मसाज गर्नुहोस् जाडोमा टाउकोको छाला सुक्खा हुनाले चायाँको समस्या बढ्छ । जसका कारण पनि कपाल झर्ने गर्छ । तातो तेलले टाउकोमा मसाज गर्दा चायाँ कम हुने र कपाल टुक्रने समस्या पनि कमि हुन्छ । हप्तामा एक वा दुई पटक कपाल र टाउकोमा तातो नरिवलको तेल लगाउनुहोस्। त्यसपछि तौलियालाई तातो पानीमा डुबाउएर निचर्नुहोस्, तातो तौलियालाई पगरी जस्तै टाउकोमा बेर्नुहोस्। यसलाई ६ मिनेट टाउकोमा राख्नुहोस् । तातो तौलिया टाउकोमा राख्ने क्रम ३ देखि ४ मिनेट दोहोर्याउनुहोस् । कागतीको रस लाभदायक नरिवलको तेल तताएर कपालमा लगाउनुहोस् र रातभरी नपखालीकन राख्नुहोस्। कपालमा चायाँ भएमा भोलिपल्ट बिहान एउटा कागतीको रस टाउकोमा लगाउनुहोस् र १५ मिनेटपछि कपाल धुनुहोस् । कपाल धुन धेरै तातो पानी प्रयोग नगर्नुहोस्। स्याम्पु गरेपछि एक गिलास पानीमा दुई चम्चा एप्पल साइडर भिनेगर हालेर कपाललाई पुरै कपाललाई माड्नुहोस् । जाडोमा कपाल हेरचाह गर्ने टिप्स जाडोमा तातो तेलको मसाज कपालका लागि निकै फाइदाजनक हुन्छ । कपालमा तातो तेल लगाउनुहोस् र हल्का हातले मसाज गर्नुहोस्। तेल लगाउन औंलाको फिँजाएर पयोग गर्नुहोस् । यसो गर्दा रक्तसञ्चारमा सुधार हुन्छ र कपाललाई पोषण मिल्छ। कपाललाई यसको अवस्था र मौसम अनुसार धुनुपर्छ। जाडोमा कपाल सुख्खा हुँदा हप्तामा दुई पटक धुनुहोस्। केमिकल युक्त हेयर प्रोडक्टहरुले कपालको सुख्खापन बढाउन सक्छ । त्यसैले यसबाट बच्नपर्छ । जाडोमा कपाललाई जोगाउन र नरम चम्किलो बनाउन हेयर कन्डिसनरले धेरै मद्दत गर्छ। यदि तपाईंको कपाल सुख्खा छ भने स्याम्पू पछि क्रीमयुक्त कन्डिसनर लगाउनुहोस्। थोरै मात्रामा कन्डिसनर लिनुहोस् र कपालमा हल्का मसाज गर्नुहोस्। यसलाई दुई मिनेटसम्म छोडेर सादा पानीले धुनुहोस्। जाडोमा स्याम्पु गरेपछि कपालमा सीरम लगाउन सकिन्छ । स्याम्पु गरेपछि तौलियाले कपाललाई माडेर पुछ्नु हुँदैन् । यसको सट्टा आफ्नो टाउकोमा एउटा तौलिया बेर्नुहोस् र पानी सोस्न दिनुहोस्। यदि कपाल सुख्खा छ भने ड्रायर प्रयोग नगर्नुहोस्। यदि तपाइँ हेयर ड्रायर प्रयोग गर्नुहुन्छ भने यसलाई कम्तिमा कपालबाट १० इन्च टाढा राख्नुहोस्। कपाल पूरै सुख्खा हुनु अघि हेयर ड्रायर प्रयोग गर्न बन्द गर्नुहोस् र कपाललाई प्राकृतिक रूपमा सुक्न दिनुहोस्। कपालमा चायाँ छ भने प्रशस्त पानी पिउनुहोस् । एक गिलास पानीमा एक कागतीको रस मिसाएर बिहान पिउने गर्नुहोस् । यदि कपाल झर्ने समस्या छ भने दैनिक खानामा फलफूल, सलाद, हरियो सागसब्जी र दहीलाई समावेश गर्नुहोस्। तनावबाट बच्न प्रयास गर्नुहोस्। दैनिक योग गर्नुहोस्, गहिरो सास फेर्ने अभ्यास पनि गर्नुहोस्। योग र व्यायामले तनाव कम गर्न र कपाल झर्न पनि रोक्न सहयोग गर्छ ।

मोरङको कटहरी गाउँपालिकाले १ हजारलाई रोजगार दिने

मोरङ । मोरङको कटहरी गाउँपालिकामा सूचीकृत एक हजार ३९ जना बेरोजगारलाई रोजगार उपलब्ध गराइने भएको छ । कटहरी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्तरुपमा कटहरी–१ स्थित फलफूल तथा कृषि थोक बजारमा मङ्सिर १२ गते आयोजना हुने एकदिने ‘रोजगार मेला’मार्फत् रोजगार लगाइने भएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका, स्वदेशमा कामको खाजीमा रहेका तथा प्राविधिक एवं उच्च शिक्षा अध्ययन गरी बसेको युवाहरुलाई रोजगार उपलब्ध गराउन मेलाको आयोजना गरिएको बताए । उद्योगलाई आवश्यक पर्ने जनशक्तिलाई चाहिने सीप एवं तालिमसमेत पालिकाले उपलब्ध गराउने उनले जानकारी दिए । स्वदेशी दक्ष जनशक्तिलाई स्थानीय उद्योगमा व्यवस्थापन गर्नु मेलाको मुख्य उद्देश्य छ । महासङघमा आबद्ध मोरङ, सुनसरी र झापाका १५ उद्योगीहरुले आवश्यक जनशक्तिका सम्बन्धमा १० वटा स्टलमार्फत् जानकारी गराउनेछन् । मेलामा तीन हजार युवाहरुको सहभागिता रहने विश्वास गरिएको छ । पालिकामा हाल ठूला र मध्यमस्तरका ६५ उद्योग दर्ता रहेका छन् । रासस

क्यापिटल मर्चेन्टले कर्जा असुल गर्न नसकेपछि प्रभुले गाभ्न मानेन, संकटग्रस्त फुकुवा लगत्तै हकप्रद निकाल्ने

काठमाडौं । मंसिर ८ गते बिहीबार प्रभु बैंकको सञ्चालक समितिले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नगाभ्ने निर्णय गर्यो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पत्र काट्दै प्रभु बैंकले यसअघि गरिएको मर्जर/प्राप्तिको सम्झौता रद्द गरिएको जानकारी गरायो । सो पत्रमा उल्लेख भए अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको अनुरोध अनुसार नै प्राप्तिको सम्झौता रद्द गर्नु परेको हो । १६ महिना अगाडि भएको मर्जर/प्राप्तिको सम्झौता अहिले आएर किन रद्द गरियो ? भन्ने विषय दुवै संस्थाका सेयरधनी, बैंक तथा वित्त क्षेत्र र समग्र लगानीकर्ताहरुको चासोको रुपमा हेरिएको छ । प्रभु बैंकले नेप्सेलाई पठाएको पत्रमा भनिएको छ,‘क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको मिति २०७९ मंसिर १ गतेको पत्रबाट मर्जर/प्राप्तिको सबै प्रकृया स्थायीरुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाले यस बैंकको मिति २०७८ मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले सो संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउँछौं ।’ यी दुई संस्थाबीच मर्जर/प्राप्तिको सम्झौता गरेको समाचार बाहिरिएपछि पनि धेरैले आश्चर्य नमानेका होइनन् । नेपाल राष्ट्र बैंकले संकटग्रस्त संस्थाको रुपमा घोषणा गरिसकेको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई गाभेर प्रभु बैंकले के गर्न खोजेको ? भन्ने जिज्ञासा चासो र मत त्यतिखेर पनि धेरैको थियो । क्यापिटल मर्चेन्टले अर्बौं रकम ऋणीबाट उठाउन बाँकी छ । त्यसैले पनि यस्तो संस्थालाई किन प्रभु बैंकले गाभ्न लागेको भनेर एक किसिमको बहस नभएको होइन । तर, यी दुवै संस्थाबीच उठ्न बाँकी सबै रकम असुल गरेपछि मात्रै मर्जरको प्रक्रिया टुङ्ग्याउने सहमति भएको थियो । त्यसमा दुवै संस्थाको मर्जर कमिटिका सदस्यहरु सहमत थिए । तर, अहिले एकाएक क्यापिटल मर्चेन्टको अनुरोधमा प्रभुले मर्जर/प्राप्तिको सम्झौता रद्द गर्नु पर्ने कारण किन आइलाग्यो ? यो विषयको जानकारी पाउनु अघि कुरा गरौं क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको र यसले उठाउनु पर्ने भनिएको ऋणको । ऋणको विषय के हो ? नेपाल राष्ट्र बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई संकटग्रस्त वित्तीय कम्पनीको रुपमा राखेको संस्था हो । राष्ट्र बैंकले २०६९ माघ १८ गते यस कम्पनीलाई समस्याग्रस्त घोषणा गर्यो । यो संस्थालाई नेपाल राष्ट्र बैंकले २४ साउन २०६८ मा शीघ्र सुधारात्मक कारबाही गरेको थियो । असार मसान्त २०६८ को वित्तीय विवरणका आधारमा गरेको मूल्यांकन प्रतिवेदनले कम्पनीको निष्कृय कर्जा ७३.३१ प्रतिशत र नेटवर्थ १ अर्ब ५३ करोड रुपैयाँले ऋणात्मक देखाएको थियो । यस्तै, पुँजीकोष अनुपात करिब ४२.२० प्रतिशतले ऋणात्मक तथा कुल सञ्चित नोक्सानी २ अर्ब ४६ करोड रुपैयाँ देखियो । यस्ता वित्तीय परिसूचकहरू क्रमशः कमजोर भएर २०६९ असोज मसान्तमा पुँजीकोष ४३.६२ प्रतिशतले ऋणात्मक, निष्कृय कर्जा ९८.२१ प्रतिशत तथा नेटवर्थ १ अर्ब ४१ करोड ३ लाख रुपैयाँले ऋणात्मक भएको थियो । त्योसँगै यस संस्थाको विगत खासै राम्रो थिएन । ठूलो परिमाणको कर्जा अपचलन भएको र कर्जाको गुणस्तर अत्यन्त कमजोर भएका कारण संस्थामा खासै सुधार हुन सक्ने सम्भावना राष्ट्र बैंकले देखेन । र, पछि समस्याग्रस्त संस्थाको रुपमा घोषणा नै गर्यो । कम्पनीलाई समस्याग्रस्त घोषणा गर्दा ६ महिनाको म्याद दिएर राष्ट्र बैंकको निर्देशन बमोजिम पुँजीकोष कायम गर्न, थप निक्षेप संकलन एवं नवीकरण नगर्न, थप कर्जा तथा जमानत प्रदान नगर्न नयाँ शाखा नखोल्न, राष्ट्र बैंकको स्वीकृति बिना स्थिर सम्पत्ति खरिद वा बिक्री नगर्न, निष्कृय कर्जाको अनुपात ५ प्रतिशतभन्दा तल ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । तर, क्यापिटलको समस्या समाधान भएन । थप जटिल बन्दै गयो । यसरी समस्या सिर्जना हुनुको मुख्य कारण कम्पनीका पूर्वप्रबन्धक सञ्चालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसी थिए । उनीहरुले मनोमानी ढंगले नक्कली कम्पनी र ऋणीहरु खडा गरेर संस्थाबाट ऋण लिएको विषय बाहिरिएको थियो । यो विषयमा ठूलो अनुसन्धान भयो । कति निर्दोष व्यक्ति पनि समातिए । अझै पनि यो विषय सल्टिएको छैन । त्यो ठूलो मात्राको कर्जा यो संस्थाले अझै असुल गर्न बाँकी छ । यही कर्जा असुल गरेर मर्जर/प्राप्तिको प्रक्रिया टुङ्ग्याउने सम्झौता गरेका प्रभु र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले किन एकाएक सम्झौता भंग गर्न पुगे ? अब यो विषयमा प्रवेश गरौं । त्यसपछि भयो मर्जर भंग प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई छिटोभन्दा छिटो कर्जा असुल गर्न आग्रह गरेको थियो । कर्जा असुल भए लगत्तै मर्जर/प्राप्तिको विषय टुङ्ग्याउने दुवै संस्थाबीच भद्र सहमति भएको थियो । तर, त्यस्तो हुन सकेन । सो फाइनान्सले डुबेको कर्जा असुल गर्न सकेन र अर्बौं कर्जा डुबेको संस्थालाई आफुमा समाहत प्रभु बैंकले गर्न चाहेन र अन्तिममा दुवै संस्था आ-आफ्नो बाटो लाग्न विवश बने । प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सम्झौता अनुसार समयमै काम नगरेकोले मर्जर रद्द गर्नु परेको धारणा राखे । उनका अनुसार दुवै संस्थाले केही काम गर्ने भनेर केही निश्चित ‘डेडलाइन’ तोकेका थिए त्यो डेडलाइन अनुसार क्यापिटल मर्चेन्टले काम गर्न नसकेपछि मर्जर सम्झौता रद्द भएको हो । यस्तै, मर्जर कमिटी संयोजक शंकर कालिकोटाले पनि क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको अनुरोधमा आफुहरुले पनि मर्जर रद्द गर्नु परेको धारणा राखे । ‘हामीले गत वर्षको भदौमा मर्जर सम्झौता गरेका थियौं तर अहिले सो संस्थाले गाभिन नसक्ने भन्दै हामीलाई पत्र पठायो, हामीले पनि सोही अनुसार सञ्चालक समितिबाट मर्जर/प्राप्तिको प्रक्रिया रद्द गरेका हौं,’ उनले विकासन्युजसँग भने । उनले मर्जर सम्झौता रद्दको कारण प्रभु बैंक भने नरहेको स्पष्ट पार्न खाजे । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सञ्चालक रञ्जन रायमाझीले भने दुवै संस्थाबीच भद्र सहमतिले मर्जर/प्राप्तिको सम्झौता भएको र दुबैको भद्र सहमतिमै सम्झौता रद्द गरिएको बताए । उनले पनि सम्झौताअनुसार केही काम गर्न नसक्दा अहिले सम्झौता रद्द गर्नु परेको धारणा व्यक्त गरे । ‘सम्झौता हुँदा नै समयमै कर्जा असुल गरिसक्ने भनेका थियौं तर अहिलेको तरलताको संकटले त्यो सम्भव हुन सकेन, ऋणीहरुले पनि अहिले नै कर्जा तिर्न सक्दैनौं भने, हामीलाई ऋण असुल गर्न गाह्रो नै भयो, यो अवस्थामा संस्था र ऋणीको उन्मुक्तिका लागि पनि मर्जर/प्राप्तिको सम्झौता रद्द गर्नु पर्यो, यो प्रभु बैंक र हाम्रो (क्यापिटल मर्चेन्ट) सहमतिमै भएको हो,’ रायमाझीले भने । उनका अनुसार ऋणीले कर्जा तिर्नका लागि समय मागेकोले पनि अहिले मर्जर असम्भव देखिएको हो । हकप्रद जारी गर्न सक्ने राष्ट्र बैंकको सूचीमा क्यापिटल मर्चेन्ट अझै पनि संकटग्रस्त संस्थाको रुपमा छ । ऋणीहरुबाट चाँडै ने कर्जा असुली गर्न सकेमा पुस मसान्तसम्म कारवाही फुकुवा गर्ने गरी तयारी भइरहेको सो फाइनान्स कम्पनीको भनाइ छ । ‘हामीलाई राष्ट्र बैंकले ग्रीन सिंग्नल’ दिएको छ, छिटोभन्दा छिटो कर्जा असुल गर्न सकियो भने कारवाही फुकुवा हुन सक्छ, पुस मसान्तमा कारवाही फुकुवा हुन्छ कि भन्ने हाम्रो अपेक्षा छ,’ सञ्चालक रायमाझीले भने । यस्तै, उनले अब क्यापिटल मर्चेन्टको मर्जर/प्राप्तिको सम्भावना भने न्यून छ । अब आफै सबल संस्थाका रुपमा अगाडि बढ्ने संस्थाको तयारी रहेको उनको भनाइ छ । पुस मसान्तसम्म कारवाही फुकुवा भएमा पछि सञ्चालक समितिको बैठकले हकप्रद सेयर निकाल्ने निर्णय पनि हुन सक्छ, यसमा राष्ट्र बैंक पनि सहमत हुनु पर्यो, राष्ट्र बैंक सकारात्मक भयो भने हकप्रद जारी हुन सक्छ,’ उनले भने ।