विकासन्युज

इभी नेपाल एक्स्पोमा दखियो साइकलदेखि टेम्पाेसम्म (फोटोफिचर)

काठमाडाैं । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) शुरु भएको छ । एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि शुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो । प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन् । नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पु¥याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ५०० भन्दा धेरै ब्राण्ड राखिएको छ भने विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन , ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।  

एनआईसी एशियाले विश्वकप खेलको सही विजेता अनुमान गर्नेलाई २ हजार रुपैयाँ दिने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही विजेता अनुमान गर्ने ग्राहक मध्ये प्रत्येक खेलमा ५ देखि १० जनाले ५०० देखि २ हजार रुपैयाँसम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । २० लाख पटक भन्दा बढी डाउनलोड भैसकेका एनआइसी एशिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि विजेता अनुमान गर्न सक्नेछन् । काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

नेता रावलको प्रश्न : मेयर बालेनले अमेरिकी राजदूतलाई भेट्न अनुमति लिएका हुन् ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका लागि अमेरिकाका राजदूत डीन आर.थम्पसनबीच भएको भेटवार्तामा प्रश्न उठाएका छन् । रावलले बालेनले परराष्ट्र मन्त्रालयको अनुमति लिएर अमेरिकाकी राजदूत थम्पसनसँग भेट गरेको हो वा होइन ? भन्दै प्रश्न गरेका हुन् । साथै, शुक्रबार सामाजिक सञ्जालमा लेख्दै रावलले यो विषयमा स्पष्ट पारिनु पर्ने समेत बताएका छन् । ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ । कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस् । संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं । परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसंग भेटवार्ता गर्न मन लाग्यो आाफुखुशी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन संक्रमणकालिन गठबन्धन सरकार ? जनउत्तरदायी हौ भने जवाफ देउ,’ रावलले लेखेका छन् । मेयर बालेन र अमेरिकाकी राजदूतबीच गत बिहीबार साँझ भेट भएको थियो । भेटका क्रममा प्रमुख शाहले काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको बताए । शहरको जिवन्तता संरक्षण र प्रवद्र्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ छ । राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिबद्ध रहेको धारणा राखे । सम्पदा संरक्षण तथा प्रवद्र्र्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो । अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौं महानगरको भगिनी सम्बन्ध छ ।

बजेटको कार्यान्वयन सन्तोषजनक भएन, पूर्व तयारी पुगेन : पूर्व अर्थसचिव मरासिनी

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा पूर्व अर्थसचिव मधुकुमार मरासिनीले बजेट सन्तोषजनक रुपमा कार्यान्वयन नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा परिसंघले आयोजन गरेको कार्यक्रममा उनले बजेट कार्यान्वयनको क्षमता कम भएको बताएका हुन् । उनले पूर्व तयारी नगरेर बजेटमा व्यवस्था गर्दा कार्यान्वयनमा समस्या भएको बताए । उनले बजेट छोटो लेख्नुपर्ने बताए । यस्तै, अर्थसचिव मरासिनीले निजी क्षेत्रले पनि विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए । ‘निजी क्षेत्रले आएको मात्रै भाग खोज्नु हुँदैन, विदेशी लगानी ल्याउनमा प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने । चालू आवकको बजेट सार्वजनिक हुँदा मरासिनी नै अर्थसचिव थिए । अर्थमन्त्री जनार्दन शर्मासँग विवाद भएपछि उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा सरुवा भएका थिए ।

राष्ट्र बैंकले मार्बल टायल आयात खुकुलो गर्याे, नगद मार्जिन राख्नु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्बल र टायल आयात गर्दा मार्जिन राख्नु व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले हार्मेनिक कोड ६८ अन्तर्गतका वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको हो । राष्ट्र बैंकले गत पुष ५ गते हार्माेनिङ कोड ६८ अन्तर्गतका वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले मार्बल टायल लगायतका बस्तु विलाशी भएको भन्दै एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । हार्मेनिक कोड ६८ अन्तर्गत पत्थर (स्टोन), प्लाष्टर, सिमेन्ट, अश्मतन्तु (एस्बेस्टोस) अबरख (माइका), चिनियाँ माटोका (सेरामिक) उत्पादनहरु, कांच (ग्लास) र काँचका लगायतका बस्तुहरु पर्दछन् । अब यस्ता बस्तुहरु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नु पर्दैन । राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिद कानून लागु हुने निकायहरुले सार्वजनिक निकायहरुले सार्वजनिक खरिद कानूनअन्तर्गत बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपुर्ति गर्ने प्रयोजनका लागि आयातको हकमा उक्त व्यवस्था लागू हुने छैन । सोको लागि बोलपत्रको कागजात, करार सम्झौता र आयात हुने वस्तु खुल्ने गरी सार्वजनिक निकायको सिफारिस समेत आवश्यक पर्नेछ । यस्तै, राष्ट्र बैंकले हार्माेनिक कोड ९४०१ र ३९०३ भएका वस्तुहरुमा भने उक्त व्यवस्था लागू नहुने बताएको छ । हार्माेनिक कोड ९४०१ अन्तर्गत हवाइजहाज, मोटरसाइकल, विछ्यौना सिट (आसन) र पार्टपूर्जाहरु र हार्माेनिक कोड ३९०३ मा प्लास्टिकका सामान प्राथमिक रुपका, इथाईलिन पोलिमरहरु (बहुभाग संयोजन), ०.९४ भन्दा कम विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, ०.९४ वा सो भन्दा बढी विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, ०.९४ भन्दा कम विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, विशिष्ट गुरुत्व (स्पेसिफिक ग्राभिटी) ०.९४ भन्दा कम भएको इथाइलिन–अल्फा–ओलेफिन कोपोलिमरहरू लगायतका वस्तु आयातहरु पर्दछन् ।

नेपालमा भिभोको ५ वर्ष पुरा, सुरु गर्यो आकर्षक उपहारसहित सेल्स कार्निभल

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि बजारमा आफ्नो बलियो उपस्थितिको फलस्वरूप, भिभो नेपालको लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । पाचौं वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना उपभोक्ताहरूलाई आकर्षक उपहारहरु र विशेष मूल्य कटौतीसहित आफ्नो वार्षिक सेल्स कार्निभल आजबाट सुरु गरेको छ । भिभो सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र ३० हजारभन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्ने मौका पाउनेछन् । ग्राहकहरुले www.vivodashain.com वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् । पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् जसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा १००० ले घटाइएको छ । त्यस्तै, वाई१५एस र वाई१५सी को मूल्य रु. १५०० ले घटाइएको छ । यससंगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः २१ हजार ९९९ रुपैयाँ, १८ हजार ४९९ रुपैयाँ र १६ हजार ४९९ रुपैयाँ रहेको छ । साथै, भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ सुरु गरेकाे छ जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क पाउनेछन् । कम्पनीकाे अनुसार यो योजना मंसिर १५ गतेदखि पुष १६ गतेसम्म लागू हुनेछ ।

प्रतिनिधिसभा निर्वाचनमा ४० वर्षमुनिका मात्र १० सांसद

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररुपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ । त्यस्तै ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा एक सय ३८ जना निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबारसम्म एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी छन् । यस्तै ४० वर्ष उमेर समूह मुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं–२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल छन् । नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी सो उमेर समूहमा रहेकाे तथ्याङ्मा उल्लेख छ । ७० वर्ष माथिका सांसद यसैगरी ७० वर्ष माथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा शेखर कोइराला छन् । यस उमेर समूहमा एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का सर्लाही–२ बाट महिन्द्र राय यादव छन् । जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका छन् ।

आइपीओ जारी गर्ने पहिलो रेमिट्यान्स कम्पनी बन्दै आइएमई

काठमाडौं । आइपीओमा जारी गर्ने प्रस्ताव पारित गर्दै आइएमईको २२औं साधारण सभा सम्पन्न भएको छ । आइएमईको शुक्रबार सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ । साधारण सभामा आइएमई ग्रुपका अध्यक्ष एवंम् संस्थापक चन्द्रप्रसाद ढकालले आम सेवाग्राहीबीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए । त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए । कम्पनीले छिट्टै आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले जानकारी दिएका छन् ।