आइपीओ जारी गर्ने पहिलो रेमिट्यान्स कम्पनी बन्दै आइएमई

<p>काठमाडौं । आइपीओमा जारी गर्ने प्रस्ताव पारित गर्दै आइएमईको २२औं साधारण सभा सम्पन्न भएको छ । आइएमईको शुक्रबार सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ । साधारण सभामा आइएमई ग्रुपका अध्यक्ष एवंम् संस्थापक चन्द्रप्रसाद ढकालले आम सेवाग्राहीबीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स [&hellip;]</p>

काठमाडौं । आइपीओमा जारी गर्ने प्रस्ताव पारित गर्दै आइएमईको २२औं साधारण सभा सम्पन्न भएको छ । आइएमईको शुक्रबार सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।

साधारण सभामा आइएमई ग्रुपका अध्यक्ष एवंम् संस्थापक चन्द्रप्रसाद ढकालले आम सेवाग्राहीबीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।

कम्पनीले छिट्टै आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले जानकारी दिएका छन् ।

Share News