विकासन्युज

एसवाई बजारको जिङ्गलमा टिकटक बनाउँदा ९ लाख रुपैयाँ जित्न सकिने

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म एसवाई बजारले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ९ लाख रुपैयाँ जित्ने मौका ल्याएको छ । ४४ सेकेन्डको एसवाई बजारको जिङ्गलमा टिकटक बनाइ उत्कृष्ट हुने १५ जना टिकटकरहरुले उक्त रकम पाउने छन् । एसवाई बजार कम्पनीका अनुसार टिकटक बनाइ कम्पनीको आधिकारी इमेलमा पुस १५ भित्रमा पढाइ सक्नुपर्ने छ । पढाएको टिकटक कम्पनीले पुषको १७ देखि २१ गतेसम्म एसवाई बजारको अफिसियल पेजमा पाेस्ट गर्ने छ । कम्पनीले प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूको छनोट २० प्रतिशत लाइक, १० प्रतिशत कमेन्ट, २० प्रतिशत भ्युज र ५० प्रतिशत सिर्जनात्मकको आधारमा गरिने बताएको छ । एसवाई बजारले आफ्नो जिङ्गलमा टिकटक बनाउँदा पहिलो एक, दोस्रो दुई, तेस्रो तीन, चौथो चार, र पाचौं पाँच जान गरी जम्मा १५ जनालाइ छनोट गर्नेछ । छनोट भएका प्रतियोगिहरुलाई पुषको २९ गते पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो विजेताले डेढ लाख रुपैयाँ पाउने छन् । यस्तै, कम्पनीले दोस्रो हुने दुई जनालाई प्रतिव्यक्ति १/१ लाख नगद रुपैयाँ, तेस्रो हुने ३ जना छानी प्रतिव्यक्ति ७५/७५ हजार, चौथो हुने ४ जनालाई प्रतिव्यक्ति ४० हजार र पाचौं हुने ५ जनालाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले नगद दिइने जनाएको छ ।

नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आईतवार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने जोड दिए । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए । उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताए । उनले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमीकहरुको नियमन गर्न नसकेको बताए । उनले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताए । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको जानकारी दिए । उनले भने, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएका छन् । श्रम स्वीकृति लिएकोलाई मात्रै बीमाको सुविधा छ, अरु अरु सुविधा छ । ३ वर्षको डेटा लिने हो भने ४६ लाख नेपाली नागरिकहरु विदेशमा गएका छ ।  झन्डै नेपालको आधा जनसंख्या विदेशी श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’ मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गरे । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।

अव्यवस्थित तारहरु तोकिएको समयमा नहटाए आफैँले काटिदिने प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अव्यवस्थित तारहरु हटाउन पुन: निर्देशन जारी गरेको छ । कम्पनीले यस अघि ४५ दिने सूचना निकालेर अव्यवस्थित तारहरु हटाउन कात्तिक १५ गते सूचना जारी गरेको थियो । तर त्यस अनुसार तारहरु व्यवस्थित नभएपछि प्राधिकरणले पुन: सूचना जारी गरेको हो । प्राधिकरणलेले तोकिएको समयमा विद्युतीय पोल प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक तारहरु नहटाए आफैँले हटाउने जनाएको छ । यस्तै, तार हटाउँदा हुने नोक्सानीको जिम्मेवारी सम्बन्धित कम्पनीले नै बेहाेर्नुपर्ने प्राधिकरणलेले बताएको छ ।      

विज्ञापन बजार बिस्तार हुनुपर्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन् । आईतवार नेपाल एफ. एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने जानकारी दिए । उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए । उनले हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए । उनले भने, ‘हामीलाई के लाग्यो भने यो रेडियोको विषयमा आमसञ्चार माध्यमको विषयमा फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । अध्ययनले के देखायो भने रेडियोहरु स्थानगत रुपमा साह्रै विकेन्द्रित पाइए ।  विज्ञापनको दृष्टिकोणबाट हेर्दा त यस्तो भयावह तस्बिर देखियो कि अहिले भइरहेको विज्ञापन जति छ त्यसको २०० प्रतिशत वृद्धि नभएसम्म यि रेडियो र आम सञ्चार माध्यमहरु सस्टेन गर्दैनन् भनेर भन्छ ।  यद्यपि हामीले क्लिनफिड नीतिबाट केही न केही त झन्डै पाँच अर्बको व्यवसाय नेपाल भित्रबाट गर्ने नीति त बनायौँ । तर त्यसले पनि धान्नसक्ने देखिएन ।’ उनले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाई छ । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न सुझावसमेत दिए । उनले भने – ‘हामीले अध्ययन गर्दा तपाईहरु सबैले आम सञ्चार माध्यम विशेष गरेर रेडियोहरु विशेष गरेर तीन वटा शब्दहरु तपाईहरुले प्रयोग गरेको म सम्झन्छु । अभाव, दबाब र प्रभावका कारणले हामी प्रताडित छौँ ।  हाम्रा आम सञ्चार माध्यमहरु रेडियो, पत्रपत्रिकाहरु मारमा परेका छन् देखियो । तीन वटालाई त समाधान गर्ने अर्को बाटो खोजौला ।  हामीले आफूभित्रको समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा गम्भिरतापूर्वक हेर्न जरुरी छ ।’ उनले सञ्चार माध्यमले उत्पादन गर्ने विषयवस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भुमिका रहेको भन्दै प्रशंसा गरे ।

नेशनल लाईफको प्रस्तावित लाभांश पारित, चुक्ता पुँजी साढे ४ अर्ब नाघ्यो

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३४ औं वार्षिक साधारण सभाबाट प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश (करसमेत) पाउने भएका छन् । ४ अर्ब ३ करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बोनसपछि ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम ५ अर्ब रुपैयाँ पुँजी पुर्याउन कम्पनीलाई ३६ करोड रुपैयाँ आवश्यक परेको छ । जुन तोकिएको समय अर्थात २०७९ चैतभित्र सहज रुपमा पुर्याउने कम्पनीको दावी छ ।  

लाभांश घोषणाविनै तेह्रथुम पावर कम्पनीले बाेलायाे साधारणसभा

काठमाडौं । तेह्रथुम पावर कम्पनीले लाभांश घोषणाविनै साधारणसभा बोलाएको छ । कम्पनीले पुस १० गतेको लागि पाँचाैं साधारणसभा बोलाएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन र गत आर्थिक वर्षको वासलात नाफा नोक्सान र नगद प्रवाह लगायत विषयमा छलफल गर्ने बताइएको छ । यसका साथै सभाले विभिन्न प्रस्तावहरु अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने पनि जनाएको छ ।

याडियाको स्कुटर खरिदमा २० हजार रुयैयाँ छुट, ९० हजारको टिभी पनि जित्न सकिने

काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका ई-स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिफा वर्ल्ड कप अफर घोषणा गरेको छ । यो अफर विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया व्राण्डको ई-स्कूटरका मोडेलहरूमा लागुहुने कम्पनीले बताएको छ । यस अफर अुनसरा हरेक याडिया ब्रान्डको ई-स्कुटर को खरिदमा २० हजार रुपैयाँ छुट पाउनेछन् । यसका साथै भाग्यशाली विजेताहरुले ९० हजार, ५५ हजार र ४१ हजारको स्मार्ट एल।ई।डी। टिभी पाउनेछन् । कम्पनीले ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनमा स्थलगत मूल्यकनको एक्सचेन्ज अफर पनि व्यवस्था गरेको जनाएकाे छ ।

अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा अजित शाह पुनः अनुमोदित

काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको सञ्जाल अमेरिकन चेम्बर अफ कमर्स नेपाल एचामको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूलाई अर्को साधारण सभासम्मका लागि पुनः अनुमोदन गरेको छ । समितिमा चेम्बरका अध्यक्ष अजित शाह, उपाध्यक्ष निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द र सदस्यहरु अतुल्य रिसाल, असिममान सिंह बस्न्यात, आकाश गोल्छा, जयदिन श्रेष्ठ र सेमन्त दाहाल रहेका छन् । सभालाई सम्बोधन गर्दै एचाम नेपालका अध्यक्ष शाहले अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको विकास सदस्य कम्पनीको मजबुत सहकार्य, क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट सम्भव भएको बताए । उनले थपे, हामीले आर्थिक समिति, नीति तथा वकालत समिति र सञ्जाल समितिमा वर्षभरि राम्रो प्रगति गरेको हाम्रा सदस्यहरूबीच गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकले देखाएको छ ।