अव्यवस्थित तारहरु तोकिएको समयमा नहटाए आफैँले काटिदिने प्राधिकरणको चेतावनी

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अव्यवस्थित तारहरु हटाउन पुन: निर्देशन जारी गरेको छ । कम्पनीले यस अघि ४५ दिने सूचना निकालेर अव्यवस्थित तारहरु हटाउन कात्तिक १५ गते सूचना जारी गरेको थियो । तर त्यस अनुसार तारहरु व्यवस्थित नभएपछि प्राधिकरणले पुन: सूचना जारी गरेको हो । प्राधिकरणलेले तोकिएको समयमा विद्युतीय पोल प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक तारहरु नहटाए आफैँले [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अव्यवस्थित तारहरु हटाउन पुन: निर्देशन जारी गरेको छ ।

कम्पनीले यस अघि ४५ दिने सूचना निकालेर अव्यवस्थित तारहरु हटाउन कात्तिक १५ गते सूचना जारी गरेको थियो । तर त्यस अनुसार तारहरु व्यवस्थित नभएपछि प्राधिकरणले पुन: सूचना जारी गरेको हो ।

प्राधिकरणलेले तोकिएको समयमा विद्युतीय पोल प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक तारहरु नहटाए आफैँले हटाउने जनाएको छ । यस्तै, तार हटाउँदा हुने नोक्सानीको जिम्मेवारी सम्बन्धित कम्पनीले नै बेहाेर्नुपर्ने प्राधिकरणलेले बताएको छ ।

 

 

 

Share News