विकासन्युज

दाङमा माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

दाङ। कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे । अहिले त्यस्तो समय छैन । माटाका भाडालाई प्लास्टिकका आयातित भाँडाले बिस्थापित गरेका छन् । बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समूदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ । बजारमा प्लास्ष्टिकका भाँडा बढ्न थालेपछि रेशम कुमालले तीन महिनाअघि तयार पारेका माटोका भाँडा घरको पिँढीमा थन्किएका छन् । ‘यी अहिले बिक्री हुन नसकेका भाँडा हुन्’, उनले भने, ‘घरभित्र राख्ने ठाउँ पनि छैन पानीले भिजायो भने मेहनत खेर जान्छ ।’ बजारमा प्लास्टिकका आयातित सामान सहजै पाउन थालेपछि आफूहरुले बनाएका माटोका भाँडा बिक्न छाडेको दाङ गढवा–५ का धनराज कुमालले गुनासो गरे । लामो समयदेखि माटोका भाँडा बनाएर जीविका चलाउँदै आएका उनले भाँडा बिक्न छोडेपछि घर खर्च चलाउनै समस्या भएको बताए । यस क्षेत्रमा कुमाल समुदायका करिब दुई सय घरधुरी छन् । जसको मुख्य पेसा नै माटोका भाँडा बनाउनु हो । माटोका भाँडाको तुलनामा प्लास्टिकका भाँडा सस्तो र टिकाउन हुने भएकाले प्रयोग बढ्न थालेको हो । ‘न लेख–पढ गर्न सकियो न अन्य कुनै काम सिक्न सकियो,’ गढवा–६ का चौकु कुमालले भने, ‘समूदायको पुख्र्यौली पेसा अपनाइयो तर अहिले यसबाट सोच जस्तो पैसा कमाउन सकिएको छैन ।’ त्यति मात्रै होइन, माटोका भाँडा बजारसम्म लैजाँदा बिचौलियाको समस्या पनि उत्तिकै छ । कुमालहरुले मट्का दुई सयदेखि दुई सय ५० रुपैयाँ, ठेकी एक सयदेखि डेढ सय रुपैयाँसम्म, गमला एक सय रुपैयाँसम्म, खुत्रुके ५० देखि एक सय रुपैयाँसम्म बिक्री गर्छन् । तर त्यसमा पनि बिचौलियाका कारण कुमालहरुले निकै कम प्रतिफल पाउने गरेको चौकु कुमालले गुनासो गरे । एकातिर माटोको भाँडाले बजार पाएका छैनन् भने अर्कोतिर पुख्र्यौली पेसा ओझेलमा परेकोमा उनीहरुमा चिन्ता छ । ‘युवापुस्ता पनि यो पेसामा मन लगाउँदैनन्, उनीहरु यो काम गर्नुभन्दा जिल्ला बाहिर गएर काम गर्न मन पराउछन्’, स्थानीय अम्मर कुमालले भने । कुमाल समुदायको आर्थिक स्थिति सबल गराउने भन्दै केही समयअघि ‘स्वच्छ व्यवसाय समूह नेपाल’ले तीन महिने माटोको भाँडा बनाउने तालिम दिएको थियो । तालिममा झण्डै तीस जना कुमाल समुदायका व्यक्ति सहभागी थिए । संस्थाले उनीहरुलाई सीप सिकाउनुका साथै भाँडालाई पोल्न आधुनिक भट्टा निर्माणका लागि नौ लाख रुपैयाँ सहयोग गरेको थियो । कुमालहरुको पुख्र्यौली पेसालाई संरक्षण र सम्बर्द्धनका लागि स्थानीय सरकारले चासो दिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले बताए । ‘उनिरुको पेसालाई संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिका योजना बनाएर अघि बढ्छ’, उनले भने, ‘यो पेसालाई जोगाइराख्न माटोको भाँडालाई बजारीकरण गर्ने, माटो र दाउरा सहजरुपमा उपलब्ध गराउन सहयोग गर्नेछौँ ।’ रासस

महुली लघुवित्तमा काम गर्ने अवसर, यी ५ पदका लागि माग्यो कर्मचारी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखमा वित्त व्यवस्थापन विभाग अन्तर्गत प्रवन्धक र सहायक प्रबन्धक पदमा १ जना, विभागिय प्रमुख पदमा असुली तथा जोखि ब्यवस्थापन विभागका लागि १ जना, विभागीय सहायक पदमा आन्तरिक लेखापरीक्षण विभागमा १ जना, विभागीय सहायकमा तालिम तथा सामाजिक विकास विभागका लागि १ जना र अनुगमन अधिकृतमा १ जनाको लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, वार्षिक ६० लाख आम्दानी गर्दै किसान

गुल्मी । गुल्मीमा उत्पादन भएको कफी जापान र फ्रान्समा माग बढ्न थालेपछि यहाँका किसान कफीखेतीमा आकर्षित हुन थालेका छन् । यहाँ उत्पादन भएको कफी जिल्ला सहकारी सङ्घमार्फत् निर्यात हुँदै आएको छ । संघका सचिव युवराज आचार्यका अनुसार जापान र फ्रान्समा मात्रै वार्षिक पाँच मेट्रिक टन कफी निर्यात हुँदै आएको छ । किसान, समूह र सहकारीबाट खरिद गरिएको कफी प्रशोधन गरी संघले निर्यात गर्दै आएको छ । जसबाट संघले वार्षिक ६० लाख आम्दानी गर्दै आएको सचिव आचार्यको भनाइ छ । कफी विकास केन्द्र गुल्मीका प्रमुख जीवन आचार्यले कफीको बिउ स्रोत केन्द्रका रुपमा काम गरिरहेको बताए । कुल ६ हेक्टर क्षेत्रफलमा बिउका लागि कफी खेती गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुन थालेपछि कफीखेतीमा किसानको आकर्षण बढेको छ । बढ्यो आकर्षण गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २५ वर्षीय मनोज पाण्डे र २४ वर्षे सरोज बेलबासे व्यावसायिक कफीखेतीमा छन् । आँपचौरको पिपलारुखमा दुई सय रोपनीमा डेढ वर्षदेखि कफीखेती गरिरहेका उनिहरुले बीस हजार कफीका बिरुवा रोपेका छन् । “विदेशमा पसिना बगाउनुभन्दा स्वेदशमै मिहेनत गरौँ भन्ने सोचले कफीखेती सुरु गरेका हौँ”, बेलबासेले भने । मनोज र सरोजले गरेको कफीखेतीबाट हाल एक हजार बिरुवाले उत्पादन दिइरहेका छन् । मनोजका अनुसार गतवर्ष यसबाट सात लाख आम्दानी भएको थियो । कफीखेतीमा उनिहरुले हालसम्म ५१ लाख लगानी गरिसकेका छन् । कफीखेतीसँगै कफी प्रशोधन, प्याकेजिङ र बजारीकरण समेत आफै गर्दै आएका छन् । सिजनमा ३५ जना र अन्य समयमा दैनिक पाँच जनालाई उनिहरुले रोजगारी समेत दिएका छन् । उनिहरु मात्रै होइन आँपचौरका अधिकांश परिवार कफीखेती होमिएको छ । केहीले व्यावसायिकरुपमा त केहीले घरखर्चका लागि मात्रै पनि कफीखेती गरेका छन् । आँपचौरका किसान कपिला खरेलको कपिला कृषि तथा पशुपंक्षी फर्म छ । व्यवसायीक रुपमा कफी खेतीसँगै केराखेती र कुखुरापालन पनि गर्छन् । उनले रोपेका दुई सय कफीका बोट उत्पादन दिने अवस्थामा छन् । उनले कफीखेती बिस्तारका लागि छहारी निर्माणमा लागेका छन् । आँपचौरकै दुर्गा खरेलले पनि कफीखेतीलाई बगैँचाका रुपमा विस्तार गरेका छन् । उनले प्रत्येक वर्ष ४ क्विन्टलभन्दा बढी कफी बिक्री गर्दै आएको छन् । ‘कफी खेतीमा लगानी नडुब्ने भएकाले पनि युवाहरू आकर्षित भएको हो’, उनले भने । गुल्मीको आँपचौर कफीको उद्गमस्थल हो । मुसिकोट नगरपालिका ५ आँपचौरबाटै नेपालमा कफीको विस्तार भएको मानिन्छ । आँपचौरका स्थानीय हिरा गिरीले १९९५ सालमा कर्मथलो बर्माको सिन्धु प्रान्तबाट फर्किंदा कफीको बीउ लिएर रोपेपछि पहिलो पटक नेपालमा कफी खेतीको सुरुआत भएको हो । कफीको सुरुआत भएको झण्डै तीन दशकसम्म पनि बिरुवा अन्योलमै थियो । त्यसपछि नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याएर वितरण गरेपछि आँपचौरमा कफीको व्यावसायिक खेती सुरु भएको स्थानीय दुर्गा खरेलको भनाइ छ । रासस

नेको इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । नेको इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले पोखरा ब्रान्चको लागि १ जना ब्रान्च म्यानेजर र सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि १० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु पास उत्तिर्ण देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले पुस ५ गतेसम्ममा कम्पनीको इमेल मार्फत आवेदन दिनुपर्नेछ ।

३ वर्षमा सक्नुपर्ने कालोपत्रे ४ वर्ष बित्दा आधा मात्रै

कैलाली। कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । विसं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो । सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए । कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उनले बताए । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले जानकारी दिए । विसं २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक/एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेछ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ । रासस

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ

गुल्मी । शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटको पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए । मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको सङ्ख्या बढेको छ । पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । कोरोना महामारीका कारण केही समय थलिएको यहाँको पर्यटन गतिविधि पछिल्लो समय भने चलायमान हुन थालेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । टिकटकमा देखेको पुल प्रत्यक्ष रुपमा देख्दा खुसी लागेको शैक्षिक भ्रमणमा आएका गुल्मीका अभिषेक शर्माले बताए । ‘सामाजिक सञ्जालमा देखेको नेपालकै लामो पुल कस्तो होला भन्ने थियो, यही पुल हेर्न हामी यहाँसम्म आएका हौँ’, उनले भने, ‘लामो पुलसँगै बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालयको भ्रमण गर्दा निकै खुसी लाग्यो ।’ पछिल्लो पाँच वर्षमा बागलुङ बजार क्षेत्रमा तीन वटा पर्यटकीय गन्तव्य थप भएकाले पर्यटक बढेको कालिका मल्टिप्यालेसका सञ्चालक अर्जुन चोखालको भनाइ छ । ‘पहिले कालिका मन्दिर दर्शनका लागि मात्रै आन्तरिक पर्यटक आउथे भने अहिले गण्डकी गोल्डेन ब्रिज, शालग्राम सङ्ग्रहालय र पञ्चकोट पर्यटकीय गन्तव्यका रुपमा थपिएपछि पर्यटकको चाप बढी भएको हो’, चोखालले भने । पर्यटक बढेपछि यहाँका होटलको व्यवसाय पनि बढेको छ । हाल यहाँ गुल्मी, म्याग्दी, पोखरा, चितवन, बुटवल र काठमाडाैँ लगायतका स्थानबाट शैक्षिक भ्रमणमा आउने गरेका छन् । हाल बागलुङ नगरपालिका–६ पञ्चकोटमा ४० करोड रुपैयाँमा लगानीमा पर्यटकीय पूर्वाधार र मन्दिर निर्माण भइरहेको छ । साथै बागलुङ नगरपालिका ४ कुडुँले फेदीमा श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा सवालाख शालग्राम भूमिगत रुपमा सङ्ग्रहालय बनाइएको छ । रासस  

विदेशमा रहेका नेपालीले भर्ने आईपीओमा जिज्ञासा नै जिज्ञासा, सेबोनले दियो दर्जनौंको जवाफ

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद गर्न कस्तो व्यवस्था गरिएको छ ? नेपाल धितोपत्र बोर्ड द्वारा जारी ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३’ को नियम ९ को उपनियम (६क) अनुसार ‘संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने’ भन्ने व्यवस्था गरिएको छ । यो व्यवस्था कहिलेदेखि लागू भएको हो ? नेपाल धितोपत्र बोर्डद्वारा २०७९ कार्त्तिक १७ गते देखि लागू हुने गरी ‘धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९’ जारी गरेकोले उक्त मिति पश्चात् धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गर्ने सम्पूर्ण संगठित संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशनमा यो व्यवस्था लागू हुन्छ। बैदेशिक रोजगारीमा रहेका नेपालीले यस किसिमको निष्काशनमा खरिद आवेदन दिन के के मापदण्ड पुरा गर्नुपर्छ ? बैदेशिक रोजगारीमा रहेका नेपालीको लागि छुट्याईएको धितोपत्रको शेयर खरिद आवेदन दिनका लागि निम्न बमोजिमको मापदण्ड पुरा गरेको हुनु पर्छः १. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आधा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) वचत खाता खोल्नु पर्छ । २. सिडिएससिवाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही खाता खोल्नु पर्छ । ३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरि विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआरएन (सि आश्वा रजिष्ट्रेशन नम्बर) लिनु पर्छ । ४. आफ्नो विप्रेषण रेमिटयान्स । वचत खातामा पछिल्लो छ महिनामा कम्तीमा पचास हजार रुपैयाँ आफू रोजगार रहेको मुलुक बाट जम्मा गरेको हुनुपर्छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् । के श्रम स्वीकृति नभई बिदेशमा रहेका नेपालीले यो सुविधा प्राप्त गर्न सक्छन् ? सक्दैनन् । श्रम स्वीकृति नभई विदेशमा रहेका नेपालीले यो सुविधा प्राप्त गर्न सक्दैनन् । के यो व्यवस्था लागू हुनु पूर्व सार्वजनिक निष्काशनमा सहभागी भएका बैदेशिक रोजगारीमा रहेका नेपालीका हकमा फेरि नयाँ हितग्राही खाता तथा बैंक खाता खोल्नु पर्छ ? यो व्यवस्था लागू हुनु पूर्व सार्वजनिक निष्काशनमा सहभागी भएका वैदेशिक रोजगारीमा रहेका नेपालीले यो व्यवस्था अनुरूप छुट्याईएको धितोपत्र खरिद आवेदन दिनका लागि फेरि नयाँ हितग्राही खाता खोल्नु पर्दैन । तर बैंक खाता भने विप्रेषण (रेमिटयान्स) वचत खाता नै खोल्नु पर्छ । त्यसैले आफ्नो बैंकमा सम्पर्क गरी आफ्नो नाममा विप्रेषण ९रेमिट्यान्स० बचत खाता खोली उक्त खाताको लागी नयाँ सिआरएन नम्बर लिनु पदर्छ । सीआरएन नम्बर भनेको के हो ? धितोपत्रको सार्वजनिक निष्कासनका क्रममा खरिद आवेदन दिने आवेदकको हितग्राही खाता तथा बैंक खाता रुजु गरी योग्य आवेदकलाई सिडिएससिको सि-आश्वा प्रणालीमा दर्ता गरी प्रदान गरिने दर्ता नम्बर लाई सि आधा रजिष्ट्रेशन नम्बर-सीआरएन नम्बर भनिन्छ । धितोपत्र खरिद आवेदन दिनका लागि प्रत्येक आवेदकका लागि यो नम्बर अनिवार्य गरिएको छ । पहिले देखिनै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा पुनः नयाँ विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्छ ? पर्दैन । पहिले देखिनै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा आफ्नो बैंकमा सम्पर्क गरी श्रम स्वीकृतिको कागजात पेश गरपश्चात वैंकवाट खाताको स्किम परिवर्तन भएको जानकारी प्राप्त गरेपछि सार्वजनिक निष्काशनमा आवेदन दिन सकिन्छ । हालसम्म हितग्राही खाता तथा विप्रेषण (रेमिट्यान्स) बचत खाता नखोलेका र हाल विदेशमा नै बसिरहेका नेपाली नागरिकले यो सुविधा प्राप्त गर्न के गर्नु पर्ला ? हाल विदेशमै रहेका नागरिकले हितग्राही (डिपि) खाता खोल्नका लागि सिडिएससि बाट निक्षेप सदस्यता प्राप्त गरेका संस्था तथा विप्रेषण (रेमिट्यान्स) बचत खाता बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन खाता खोल्न सकिन्छ । यसका लागि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाको वेभ साइटमा उपलब्ध गराइएको विद्वतिय (अनलाईन) माध्यमको प्रयोग गरी खाता खोल्न सकिन्छ । के विप्रेषण (रेमिट्यान्स) बचत खातामा स्वदेशबाट नै रकम जम्मा गरेर खरिद आवेदन दिन पाईन्छ ? पाईदैन । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको धितोपत्र खरिद आवेदन दिनका लागि विदेशवाट आफ्नो विप्रेषण (रेमिट्यान्स) वचत खातामा जम्मा गरेको रकम सिमाभिव रही धितोपत्रको निष्काशनमा खरिद आवेदन दिन पाईन्छ । बैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्र निष्काशनमा खरिद आवेदन दिने तरिका के के हुन् ? आस्बा सदस्या बैंक मार्फत विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि सिआरएन नम्बर प्राप्त गरेका बैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो शेयर मार्फत वा आस्बा सदस्य बैंकको शाखा कार्यालयमा सम्पर्क गरी खरिद आवेदन दिन सक्छन् । के बैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिनेले सर्वसाधारणका लागि छुट्टयाईएको धितोपत्रको निष्काशनमा समेत खरिद आवेदन दिन पाईन्छ ? पाईदैन । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिई शेयर प्राप्त गरेका व्यक्तिले सर्वसाधारणका लागि छुट्टयाईएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिन पाईदैन । बैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिने पक्रियामा समस्या भएमा के गर्ने ? धितोपत्रको निष्काशनमा खरिद आवेदन दिने पक्रियामा समस्या भएमा सि-आस्वा रजिष्ट्रेशन नम्बर (सीआरएन) लिएको आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी समस्याको समाधान गर्न सकिन्छ। आस्बा सदस्य बैंकबाट उक्त समस्या समाधान नभएमा सिडिएससि एण्ड क्लियरिङ्ग लि. मा सम्पर्क गरी सो समस्याको समाधान गर्न सकिन्छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.५१ प्रतिशत लाभांश पारित

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पारित भएको छ । बैंकको आइतबार सम्पन्न भएको ३६ औं वार्षिक साधारणसभाले १६.५१ प्रतिशत नगद लाभांश पारित गरेको हो । बैंकको कात्तिक १४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि कूल १३.०६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्ताे छ बैंककाे लाभांश इतिहास