विकासन्युज

स्याटेलाइटद्वारा पृथ्वीको पानीको मापन गरिँदै, भविष्यमा बाढी र आँधीबाट सतर्क रहन सहयोग पुग्ने

एजेन्सी । पृथ्वीमा रहेका सबै पानीका स्रोतहरूको सर्वेक्षण गर्न शुक्रबार पहिलो पटक उपग्रह प्रक्षेपण गरिएको छ । यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र फ्रान्सेली अन्तरिक्ष एजेन्सी नेशनल सेन्टर फर स्पेशल स्टडीजले संयुक्त रुपमा तयार पारेको हो । यस स्याटेलाइटको नाम इन्टरनेशनल सर्फेस वाटर एन्ड ओशन टोपोग्राफी (स्वाट) रहेको छ । यसलाई स्पेस एक्सको फाल्कन नाइन रकेट मार्फत अन्तरिक्षमा पठाइएको थियो । पानी सम्बन्धी प्रकोपमा मद्दत गर्ने मिसनसँग सम्बन्धित अनुसन्धानकर्ताहरूका अनुसार स्वाटबाट प्राप्त जानकारीको सहयोगले भविश्यमा पानीजन्य विपद्बाट बच्न मद्दत पुग्नेछ । पछिल्लो समयमा बाढी र चक्रवात जस्ता घट्नाहरु बढेका छन्, जसका कारण विश्वभरका मानिसहरु प्रभावित भएका छन् । यो जलवायु परिवर्तन को एक भाग हो। महत्त्वपूर्ण कुरा वायुमण्डल र मौसममा परिवर्तन पानीको कारणले बढी हुने गर्छ । यस्तो अवस्थामा सो विषयमा अनुसन्धान गर्नु निकै जरुरी छ । स्वाट स्याटेलाइटसँग का–ब्यान्ड राडर इन्टरफोरमिटर (कारिन) नामक उपकरण रहेको छ, जुन नासाले वर्षौंदेखि निर्माण गर्दै आएको छ । यसले समुन्द्री भू–उपग्रहहरू भन्दा १० गुणा बढी नजिकबाट पानीका विशेषताहरू खिच्न सक्छ । यसबाट वैज्ञानिकहरूले पोखरी, नदी र समुद्रका गुणहरू विस्तृत रूपमा अध्ययन गर्न सक्नेछन् । उदाहरणका लागि– सामान्य स्याटेलाइटले विश्वका केही हजार पोखरीहरूको मात्रै डाटा संकलन गर्न सक्छ । स्वाटले १० लाखभन्दा बढी पोखरीहरूको जानकारी दिनेछ । रातको अँध्यारोमा पनि स्याटेलाइटले अनुसन्धान गर्नेछ नासाले केआरइनमा जडान गरिएका दुईवटा एन्टेनाले पानीको सतहमा राडार पल्स पठाउने र सिग्नल फिर्ता गर्ने बताएको छ। स्याटेलाइट रातको अँध्यारो र बादल हुँदा पनि डाटा सङ्कलन गर्न सक्षम रहेको छ । वैज्ञानिकहरूका अनुसार पहिलो पटक ३३० फिटभन्दा ठूला नदीहरू थ्रीडीमा देख्न सकिन्छ र समुद्रको १०० किलोमिटरभन्दा कम क्षेत्रफल नाप्न सकिन्छ ।

अदुवाभन्दा पिँडालु महँगो भएपछि किसानको ध्यान मोडियो

दिपायल । दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवालेभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र  कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, वीपीनगर र कैलालीको धनगढी र अत्तरियालगायतका  बजारमा  बिक्री भइरहेको छ । डोटीको बडीकेदार, जोरायल  र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिल्लो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान  व्यवसायको रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दैआएका छन् ।डोटीको बडीकेदार, जोरायल  र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिल्लो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान  व्यवसायको रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दैआएका छन् । पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्ष यता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार –२ का नरबहादुर शाहीले बताए । उनले भने, ‘अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती शुरु गरेको हौं । ‘ पिँडालु बिक्रीबाट वार्षिक रुपमा ३० देखि ४० हजार रुपैयाँँसम्म आम्दानी हुने गरेको उनले बताए । आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका अधिकांश किसानले पिँडालु खेती गरिरहेको उनको भनाइ छ  । कुनै समय प्रतिकेजीको ९० रुपैयाँँमा बेचिने अदुवा  यतिबेला प्रतिकेजी २० रुपैयाँँका दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । पिँडालु खेतीमा सम्लग्न बडीकेदार –५ का तेज कोटकेनीले भने, ‘अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु  ३० रुपैयाँँका दरले बिक्री गरिरहेका छन्  ।  पहिले कसैले पनि खरिद नर्गने  पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैंभरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।’ दुई रोपनीबाट शुरु गरेको पिँडालु खेतीबाट राम्रौ  आम्दानी भएको बडीकेदार –४ का घनबहादुर ताडीले बताए । साठीदेखि ७० रोपनीमा लगाउने गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरेजति मूल्य नपाएको उनको गुनासो छ । भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उनले बताए । यस वर्ष  १५ हजार रुपैयाँँ बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको  किसान ताडीले बताए । किसानको जीविकोपार्जन गर्दैआएको अदुवा खेती पछिल्लो समय बजारमा कम मूल्य भएका कारण अधिकांश  किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए । यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने, बजारीकारण र चिस्यान केन्द्रका लागि पहल गरिने उनले जानकारी दिए । रासस

खर्चको डरले अमेरिकी ज्येष्ठ नागरिकले उपचार गर्दैनन्, आकस्मिक अवस्थामा समेत अस्पताल जाँदैनन्

एजेन्सी । उमेर बढ्दै जाँदा शरीर कमजोर हुँदै जान्छ र रोगले ठाउँ लिन्छ । यस्तो अवस्थामा, धेरै पटक मानिसहरूलाई आकस्मिक उपचार चाहिन्छ। तर, अमेरिकन जर्नल अफ म्यानेज्ड केयरमा प्रकाशित एक अनुसन्धानले २२ प्रतिशत वृद्धहरू खर्च बचाउनको लागि मेडिकल आपतकालीन अवस्थामा समेत अस्पताल जान हिचकिचाउने गरेको देखाएको छ। बिमारीहरु उपचारको सट्टा बरु घरमै बस्न रुचाउँछन्। ५० देखि ६० वर्ष उमेर समूहका व्यक्ति, महिला तथा स्वास्थ्य बीमा नगरेका वा ३० हजार डलर भन्दा कम तलब भएकाले उपचारमा भएको महँगोलाई ध्यानमा राखेर यस्तो गरिरहेका छन् । मेडिकल आकस्मिक अवस्था नभएकाहरू अमेरिकी नागरिकहरु पनि स्वास्थ्य उपचारमा लाग्ने लागतको बारेमा सँधै चिन्तित हुने गर्दछन् । कोरोनाभाइरसको आर्थिक प्रभाव, टेक्सास र फ्लोरिडा लगायत एक दर्जन भन्दा बढी राज्यहरूले इमर्जेन्सी स्वास्थ्य सेवाका विस्तार गरेका छैनन् । जसका कारण कम आय भएका व्यक्तिहरूले पनि आकस्मिक स्वास्थ्य उपचारको लागि आफ्नो आम्दानीबाट खर्च गर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमा गरिसकेपछि पनि कतिपयलाई बीमा आकस्मिक सेवाको बारेमा जानकारी छैन् । ‘नो सरप्राइज एक्ट’ पनि लागु भएको छ । आकस्मिक सेवा प्रदान गर्ने कुनै पनि अस्पतालले बिरामीको अर्को कम्पनीबाट बीमा गराएको खण्डमा सेवा उपलब्ध गराउने गर्दैन । भास्कर दैनिकबाट ।

भैरहवा भन्सारले २१ वटा आईफोन र ५० हजार केजी चिनीसहित १ करोडको सामान बेच्दै

काठमाडौं । भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीले मालसामान लिलाममा बिक्री गर्ने भएको छ । भैरहवा भन्सार कार्यालयको मुद्दा शाखाले चोरी निकासी र पैठारीको अभियोगमा पक्राउ परेका मालसामान लिलाम बिक्री गर्ने भएको हो । कार्यालयले झण्डै १ करोड रुपैयाँ बराबरको मालसामान बिक्री गर्ने भएको हो । जसमा आईफोनदेखि लिएर घरायसी प्रयोजनाका लागि आवश्यक बस्तुहरु रहेका छन् । सबैभन्दा धेरै चिनी ५० हजार केजी बराबरको बिक्री गर्ने भएको हो । यस्तै, आइफोन २१ वटा भन्दा बढी रहेका छन् । यस्तै, तेल, कोटरसाइकलका पार्ट्स, मोबाइलका पार्ट्स, कपडा, मिठाई जन्य बस्तु, सुर्तीजन्य बस्तु, रासायनिक मल, कस्मेटिक सामान लगायत १ करोड बराबरको सामानहरु लिलाम गर्ने भएको हो । चोरी निकासी पैठारीको अभियोगमा पक्राउ परेका मालवस्तुहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा पुस १९ गते मंगलबार ११ बजेदेखि साढे १२ बजेसम्म बिक्री गर्ने भएको हो । भन्सार ऐन, २०६४ तथा भन्सार नियमाबली, २०६४ अनुसार लिलाम बिक्री गर्न भन्सार नियमावली, २०६४ को नियम ३५ (२) बमोजिम उक्त मालसामान बिक्री गर्ने जनाएको छ । लिलाम सकार गर्न बोलकबोल गर्ने व्यक्तिले न्यूनतम मूल्यको दश प्रतिशतले हुने रकम नगद धरौटी राख्नुपर्नेछ । कबोल अंक बढ्दै गएमा सोही अनुपातमा धरौटी रकम थप गर्दै जानुपर्नेछ । साथै डाँक सदर भएको मितिले ७ दिनभित्र कबोल रकम र सोमा नियमानुसार लाग्ने राजस्व रकम दाखिला गरी मालबस्तु उठाई लैजानु पर्ने कार्यालयले बताएको छ । सो अबधिभित्र मालबस्तु उठाई नलगेमा धरौटी जफत गरी क्रमशः दोश्रो, तेश्रो र चौथो घटीवालाको कबोल अंक स्वीकृत गर्न सकिने छ्र । लिलामबाट लगेका मालबस्तु नियमानुसार गुणस्तर परीक्षण गर्नुपर्नेको हकमा लिलाम सकारकर्ताले सम्बन्धित निकायबाट परीक्षण गराई उपभोग योग्य भएमा मात्र उक्त मालबस्तु बिक्री वितरण र उपभोग गर्नुपर्नेछ ।

एक अर्ब ५० करोडको लागतमा मौलाकालिको मन्दिर जान केबलकार निर्माण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले आउँदो फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए । यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालसहित एक हजार ३८ रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आइएमई समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोरोनालगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ । केबलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा पाँच लाख रुपैयाँसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब ४०० व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ । मौलाकाली मन्दिरनजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटेल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए । मन्दिरनजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेसन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेसन हुने उनले जानकारी दिए । ‘हेलिप्याड भएको ठाउँमा टपस्टेसन निर्माण गरे पनि हेलिप्याड समेत निर्माण हुन्छ,’ उनले भने, ‘टपस्टेसनको माथि होटेल र त्योभन्दा माथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।’ केबलकारको एकतर्फी लम्बाइ एक हजार २०० मिटर लामो हुनेछ । यसका लागि ६ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एकपटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेसनबाट अर्को स्टेसन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताए । अहिले मन्दिर पुग्न एक हजार ८८२ खुड्किला उक्लँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ । रासस

सिद्धार्थ बैंकले एसडब्ल्यूएम ब्राण्डका ८ वटा मोटरबाइक सहित घरजग्गा बेच्दै

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकको शाखा कार्यालय हेटौंडाबाट कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता भुक्तान नगरे ऋणी एवम् धितो जमानतकर्ताले बैंकमा राखेको धितो बिक्री गर्ने जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने र बिक्री हुन नसकेमा बैंक आफैले धितोको सम्पत्ति गैर बैंकिङ्ग सम्पत्तिको रूपमा सकार गर्ने वा अन्य व्यवस्था गरी लेना असुल उपर गर्ने जनाएको छ । यदि धितो बिक्रीबाट असुल उपर हुन नसके वा आंशिक रकम मात्र असुल उपर भई कर्जा बाँकी रहन गएमा अन्य जमानतकर्ताको चल अचल सम्पत्ति समेत लिलाम बिक्री गरी रकम असुल गर्ने बैंकले जनाएको छ । संयुक्त ऋणी मुना कुमारी पाठक र रञ्जन कुमार कठायतले धितोमा राखेको हेटौडा मकवानपुर स्थित कित्ता नम्बर १७६६ को क्षेत्रफल ०-१-० (वि.क.धु) बवमोजिमको घरजग्गा एवम् सोमा जडित सम्पूर्ण सम्पत्ति बिक्री गर्नेछ । यस्तै, मकवानपुर शुसेन्टरले धितोमा राखेको हेटौडा स्थित कित्ता नम्बर ४२९१, ८७४४ र ८०४३ को क्षेत्रफल क्रमशः ०-०-८, ०-०-५ र ०-१-० (वि.क.धु.) जग्गा र मकवानपुर शुसेन्टरको स्वामित्वमा रहेका मालसामानहरु बिक्री गर्नेछ । यस्तै, हेटौडामा रहेको ज्ञान अर्थमुभर्स प्रालिले धितोमा राखेको साविक मनहरी गा.वि.स. ५ स्थित कित्ता नम्बर २५७ र २५८ को क्षेत्रफल क्रमशः ०-६-० र ०-२-०, हेटौंडा ६ स्थित कित्ता नम्बर १५६६२, १६४०७, ४२६२ र ८२०४ क्षेत्रफल क्रमशः ०-०-३.७५, ०-०-४.२५, ०-१-१८, र ०-०-११२५ (वि.क.धु) घरजग्गा बिक्री गर्नेछ । यस्तै, ज्ञान अर्थमुभर्सको स्वामित्वमा रहेको मालसामान र सिद्धार्थ बैंक धनी भई ऋणी ज्ञान अर्थमुभर्स कायम भएको बाग्मती यातायात कार्यालयमा दर्ता रहेका बा ९९ प ६२६५, बा ९९ प ६२६४, बा ९९ प ९९६५, बा ९९ प ९९६४, बा ९९ प ९९६३, बा ९९ प ९९६२, बा ९९ प ९९६१ र बा ९९ प ६२६६ नम्बर रहेका मोटरबाइक बिक्री गर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा

काठमाडौं । काठमाडौँको अनामनगर क्षेत्र दिनभर तनावग्रस्त बनेको छ । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारी साधन समेत उठाएको भन्दै सर्वसाधारण विरोधमा उत्रेपछि यो क्षेत्र तनावग्रस्त बनेको हो । यता महानगरीय प्रहरी भने सडक पेटीमा राखिएका सवारी साधनको व्यवस्थापनमा आफूहरू लागेका बताएको छ । महानगरपालिकाको विरुद्धमा सवारीसाधन चालकहरू विरोधमा उत्रिएपछि यो क्षेत्रमा प्रहरीसमेत परिचालित भएका थिए । महानगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको सर्वसाधारणको आरोप छ । ‘यही क्षेत्रमा रहेका ट्राफिक प्रहरीले चासो नदिएको ठाउँमा समेत महानगरीय प्रहरी आएर अचानक मोटरसाइकल उठाए।’ विरोधमा उत्रिएका रवीन्द्र महतले भने, ‘उनीहरूको नियत व्यवस्थापन गर्नेभन्दा पनि दुःख दिने देखियो ।’ महानगरपालिकाले एकलाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको उनको गुनासो छ । विरोधमा उत्रेका सर्वसाधारणले काठमाडौँ महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा समेत लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

एमबाप्पेलाई गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेपनि फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट पाएका छन् । फिफा विश्वकप फुटबल अवधिभर सर्वाधिक गोलकर्ता नेपछि उनले गोल्डेन बुट अवार्ड पाएका हुन् । एमबाप्पेले कतार विश्वकपको ७ खेल खेलेका थिए । उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरे । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । यस्तै, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन मेस्सी नायक बने । मेस्सीले कतार विश्वकपमा ७ खेलमा ७ गोल गरेका थिए । फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराएर अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको हो ।