
काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेपनि फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल्डेन बुट पाएका छन् । फिफा विश्वकप फुटबल अवधिभर सर्वाधिक गोलकर्ता नेपछि उनले गोल्डेन बुट अवार्ड पाएका हुन् ।
एमबाप्पेले कतार विश्वकपको ७ खेल खेलेका थिए । उनले विश्वकपको फाइनलमा ह्याट्रिकसहित प्रतियोगिताभरि ८ गोल गरे । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।
यस्तै, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन मेस्सी नायक बने । मेस्सीले कतार विश्वकपमा ७ खेलमा ७ गोल गरेका थिए ।
फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराएर अर्जेन्टिनाले तेस्रो पटक उपाधि जितेको हो ।