
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ७ गते बसेको संचालक समितिको बैठकले लघुवित्तको पुस २९ गते ९ बजे, एशियन होटल बुटवलमा वार्षिक साधारण बोलाएको हो ।
लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा प्रवाह विवरण, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने र संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले लघुवित्तको प्रबन्ध पत्र र नियमावलीको नियम संशोधन गर्नेछ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभा र लाभांश प्राप्त गर्नसक्ने छन् ।