अनधिकृत बस्ती हटाउन महानगरलाई नेवार समुदायको समर्थन
काठमाडौं । काठमाडौंका नेवार समुदायले अनधिकृत बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासलाई समर्थन गरेको छ । सुकुम्बासी बासिन्दालाई उनीहरुको थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था हुनुपर्ने मागसमेत नेवार समुदायको छ । आज यहाँ नेवार समुदायका विभिन्न १५ सङ्घ, समाज र समिति तथा गुठीले संयुक्तरुपमा पत्रकार सम्मलेन गर्दै बागमती नदी किनारास्थित अनधिकृत बस्तीले काठमाडौंको सांस्कृतिक पहिचानमाथि चुनौती थपेको बताएका हुन् । अनधिकृत बस्ती हटाउन महानगरलाई आफूहरुको समर्थन भए पनि बस्तीका बासिन्दालाई पर्ने असुविधालाई नजर अन्दाज गर्न नहुने उनीहरुको भनाइ छ । ‘काठमाडौं महानगरको अभियानलाई हाम्रो समर्थन छ, तर अनधिकृत बस्तीमाथि पर्न जाने असुविधालाई पनि नजर अन्दाज गर्न सकिँदैन, उहाँहरुलाई राज्यले थातथलो रहेको जिल्लामा बसोबासको व्यवस्था गरिदिनुपर्छ’, नेवाःजातीय महासङ्घका अध्यक्ष मनोज नेवाःखड्गीले भने । उनले कुनै पनि नागरिकप्रति आफूहरुको वैरभाव नभएको बताए । आफूहरुको सरोकार काठमाडौंको मौलिक पहिचानको संरक्षणका लागि मात्र भएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा महासङ्घसँगै नेपाल खड्गी सेवा समिति, स्यस्यःसमाज, केन्द्रीय मानन्धर सङ्घ, नकःमि समाज सेवा पुचः (सङ्घ), राजोपाध्याय समाज, कसाःतध गुथी, नेपाल माली समाज, रजक समुदाय विकास सङ्घ, कपाली समाज, पुतुवार नगरकोटी राजवहाक विकास समाज, श्री नेपाल तण्डुकार समाज, ज्यापु महागुथी नेपाः, दि शाक्य फाउण्डेसन र चित्रकार (पुँ) समाजको सहभागिता थियो ।
काठमाडौंमा अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने
काठमाडौं । काठमाडौंमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो । स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उदेश्यले प्रदर्शनी गर्न लागिएको सङ्घका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए । नेपालमा उत्पादन भएका जुत्ताचप्पललाई विश्व बजारमा पु¥याउन प्रदर्शनीबाट सहयोग पुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताए । स्वदेशमा उत्पादित जुत्ताचप्पललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले मेलाको ९० प्रतिशत काम सम्पन्न भइसकेको बताए। सङ्घका उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बञ्जाडेले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कच्चापदार्थ, मेशीनरी सप्लायर्स र क्रेता मेलामा सहभागी हुने बताए । ‘मेलाबाट जुत्ताचप्पलको व्यापार प्रवद्र्धनमा सहयोग पुग्नेछ’, उनले भने। प्रदर्शनीमा नेपालभरका जुत्ताचप्पल व्यवसायसँग सम्बधित उद्योगीका लागि कक्ष बुकिङ खुला गरिएको छ । तीन दिनसम्म चल्ने उक्त मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । थोक तथा खद्रा व्यवसायीलेसमेत प्रदर्शनीको अवलोकन गर्न सक्नेछन् ।
स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताएका छन् । शनिवार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभुति दिलाउन सरकारले काम गरिरहेको बताए । उनले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको पनि बताए । उनले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गरे । उनले भने, ‘आज किसुनजीको नाममा किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान शुरु भएको कुरा सुन्दा अत्यन्त खुशी लागेको छ । यो अभियानले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभुति दिलाउन मद्दत पुग्नेछ । सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीलाई सुधारको प्रयास गरिरहेको छ । ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा सबैतिर पुगोस् भनेर सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको छ ।’ प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरुसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गरेका थिए ।
भारतको तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु
एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार ४० फिट गहिरोमा खस्दा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन्। अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो। उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो । थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ, थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले बताएका छन् । उनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको पनि बताएका छन् । उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालक समेत रहेका छन् । गम्भीर घाइते भएका उनीहरुलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । दुर्घटनाबारे अनुसन्धान जारी छ ।
सिन्धुपाल्चोकका किसानद्वारा व्यावसायिक रूपमा आलुको बीउ उत्पादन सुरु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ आरुखर्क चापानी लेकमा आलुको बीउको व्यावसायिक उत्पादन थालिएको छ । स्थानीय समुदायले ६० रोपनी निजी जग्गामा व्यावसायिक रुपमा आलुखेती गरी आलुको बीउ उत्पादन गर्न थालेका छन् । नगरपालिका पशु शाखाका पीताम्बर घिमिरेका अनुसार सङ्घीय सरकारको सर्शत अनुदान २६ लाखको बजेटमा आलुको बीउ उत्पादन गरिएको हो । नगरले बीउ उत्पादनका लागि कृषक समूहका लागि सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाअनुसार ‘श्री तपाईं हाम्रो नमूना साना किसान सहकारी संस्था लिमिटेड’ को सेतीदेवी कृषि समूहले आलुको बीउ उत्पादन खेती गर्न जिम्मा पाएको थियो । उनका अनुसार आलु उत्पादन गर्न दुई वटा ट्र्याक्टर, मल, बीउ, कामदार, विषादी, कृषि भवनमा रकम खर्च भएको छ । स्थानीय कृषि सहकारीकै फार्म समूहले जिल्लामै उत्कृष्ट प्रजातिको आलु मानिने शैलुङ र मुडेबाट एक हजार पाँच सय किलो आलु ल्याएर बीउ उत्पादन थालेको घिमिरेले जानकारी दिए ।
च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै गुल्मीका निखिल
गुल्मी । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए । अहिले २० वर्ष पुग्नुभएका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लाग्नुभयो । दुई लाख लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले । उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन् । दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गर्नुभएका उनले च्याउलाई ५० टनेलमा विस्तार गर्दै छन् । आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य छ । वार्षिक एक लाख तिरेर जग्गा लिजमा लिएका निखिलले च्याउ खेतीमा २५ लाख लगानी गरेका छन् । उनले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताए । निखिलले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पढे। त्यतिखेर प्रयोेगात्मक सिकाइको क्रममा उहाँ च्याउ खेती गर्नेमा बढी आकर्षित भए । कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित भए । डेढ वर्षअघिबाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक दुई लाख आम्दानी भएको फार्म सञ्चालक निखिलको भनाइ छ । ‘च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्याउनुपर्छ’, उनी भन्छन् । ‘वर्षभरलाई औसतमा हेर्दा मासिक रु दुई लाख आम्दानी हुन्छ’, उनले भने । आम्दानी भएको रकम च्याउ खेतीमै लगानी भइरहेको छ । फार्मका २० टनेलमा अहिले सिताके र कन्या च्याउ छन् । मौसममा दैनिक आठ क्विन्टल र अघिपछि दैनिक एक क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ । औसतमा तीन क्विन्टल दैनिक बिक्री हुने उहाँले बताउनुभयो । च्याउ प्रतिकिलोग्राम रु एक सय ५० देखि दुई सयसम्म पर्छ । छ जनालाई आवासीय रोजगार प्राविधिक ज्ञानमा आफैँ पोख्त बीस वर्षका निखिलले फार्ममा छ जनालाई आवासीय सेवा सुविधासहित रोजगार दिएका छन् । ं‘आफ्नै ठाउँमा कामदार पाउन गाह्रो रहेछ, टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु’, उनले भने। प्युठानदेखि आएका उनीहरुले सुविधाबाहेक मासिक १५ हजार पाउँछन् । फार्मको हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्नेलगायतका सबै काम गर्नुपर्छ । योबाहेक सिजनमा अन्य कामदार राख्नुपर्छ । सानै उमेरमा व्यवसायतर्फ प्रेरित हुनुको कारण अध्ययन नै भएको निखिलले बताए । अठार वर्ष पुगेपछि च्याउ खेतीमा लागेपछि अहिले व्यावसायिकतातर्फ गइसकेका छन् । आफूले प्राविधिकतर्फ कृषिमा अध्ययन गरेपछि कृषिबाटै व्यवसायमा उन्मुख हुन्छु भन्ने सोच राखेको उनले सुनाए। ‘पढ्ने समयमा प्रयोगात्मक गर्दा च्याउ खेती गर्छु भन्ने अठोट गरेको थिएँ’, उनी भन्छन्, ‘अब च्याउ खेतीलाई व्यापकरुपमा विस्तार गर्दै लैजाने हो’, निखिलले भने । बुबा धनबहादुर, आमा रोशनी र दाजु कमल निखिलको कृषि व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ । कक्षा ९ देखि १२ सम्म प्राविधिकरुपमा कृषि पढाएकाले छिट्टै व्यवसायतर्फ प्रेरित भएकोमा बुबाआमा खुसी छन् । लगानीसँगै निगरानी, व्यवस्थापन, इमानदारिता र सक्रियता भएमा मात्र कृषि र पशुपालनमा सफलता प्राप्त गर्न सकिने उनको भनाइ छ । ‘मलाई सुरुमा आफ्नैले विश्वास गरेनन्, तर म केही गरेर देखाउँछु भनेर अघि बढेँ’, उनी भन्छन्,, ‘विश्वास त कर्मसँग हुनुपर्छ’, उनले भने। आफूजस्ता हजारौँ युवा खाडीमुलुक गएकोप्रति चासो देखाउँदै निखिलले बाध्यताले विदेश जान नपर्ने बताउँछन्। च्याउ खपतको बजारीकरणमा कुनै समस्या नरहेपनि सहजताको हिसाबले चुनौती छ । उत्पादनलाई बुटवलसम्म पु¥याउन आफ्नै सवारीसाधन नहुँदा ढुवानीमा बढी खर्च हुने गरेको उनको अनुभव छ । बजारीकरणलाई सहज बनाउँदै च्याउ खेतीलाई दोब्बरले बढाएर दीर्घकालीन समयसम्मै गरिरहने निखिलको अठोट छ । यसलाई अझै विस्तार गर्ने र बजारीकरणमा पनि सहज बनाउने रहेको भन्दै उहाँले स्थानीय सरकार र अन्य सम्बन्धित निकायसँग पनि सहयोग माग गरे। बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म फार्ममा रहने निखिलले आफू निरन्तर खटिएका कारण व्यवसायले सफलता पाउँदै गएको बताए । च्याउको बीउ उत्पादनको लागि सुरुमा गहुँ पकाउने, शुद्धीकरण गर्ने, मेसिनमा राख्ने, सेटिङ हुन्छ यसलाई १० देखि १५ दिन राखेपछि बीउ तयार हुन्छ । बीउ उत्पादनको लागि छुट्टै ल्याब हुन्छ । च्याउ उत्पादनका लागि सुरुमा पराल काट्ने, सफा गर्ने, ड्रममा पकाउने, २४ घण्टा सेलाउने, त्यसपछि पराल र बीउ मिसाउने, प्लास्टिकमा भर्ने, भरेपछि २० देखि २५ दिन राख्ने र पोका चिरेर पानी दिन थाल्ने त्यसपछि च्याउ उत्पादन सुरु हुन्छ । निखिलले फार्ममा गाउँमै पाइने बाँसको प्रयोग गरेर च्याउ उत्पादन गर्ने टनेल बनाएका छन्। चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि उद्यमीलाई सङ्गठित गरेर लैजाने र कृषि सहकारीमार्फत सजिलो गरिने बताएका छन् । उत्पादन तथा मागमा आधारित अनुदान दिने र कृषिमा ठोस कार्यक्रम ल्याउने उनले बताए। बजारीकरणको लागि ७५ वा ५० प्रतिशत अनुदानमा सवारी साधन उपलब्ध गराउने सम्बन्धमा पनि आफूहरु छलफलमा रहेको अध्यक्ष केसीको भनाइ छ । रासस ।
युएनडीपीसँगको सहकार्यमा नाट्टाद्वारा पर्यटन प्रशिक्षण सम्पन्न
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट(नाट्टा)ले युएनडीपीसँगको सहकार्यमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड(१९ को विश्वव्यापी प्रकोपबाट प्रभावित पर्यटन व्यवसाय पुनः सूचारु हुने तरखर गरिरहेको सन्दर्भमा नेपालको पर्यटन व्यवसाय पुन संचालन गर्न दक्ष जनशक्ति उत्पादन र पुराना जनशक्तिको क्षमता अभिवृद्धि गर्न नेपाल पर्यटन बोर्ड अर्न्तगत युनडीपीको सहयोगमा संचालित जिविकोपार्जन पुर्नरुत्थानका लागि दीगो पर्यटन परियोजना संगको सहकार्यमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशको २७ वटै प्रदेशमा पर्यटन व्यवसायमा आवद्ध जनशक्तिलाई अत्यावश्यक तालिम कार्यक्रमहरु सम्पन्न गरेको हो । उक्त तालिम कार्यक्रमहरुमा ‘एअरलाइन्स टिकेटिङ्ग, टुर प्रडक्ट डेभलपमेन्ट र कस्टोमर सर्भिसलाई समावेश गरिएको थियो । तालिम कार्यक्रम प्रदेश १ को विराटनगर, मधेश प्रदेशको सिमरा, बाग्मती प्रदेशको काठमाण्डौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको भैरहवा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको नेपालगन्जमा सम्पन्न भएको नाट्टाले जनाएको छ । तालिम कार्यक्रमहरुबाट जम्मा ३७७ जना प्रशिक्षार्थीहरु लाभान्वित भएको र पर्यटन क्षेत्रमा भएको दक्ष जनशक्ति अभावलाई पुरा गरी पर्यटन व्यवसाय पुनः सुचारु हुन मद्दत पुग्ने विश्वास लिइएको छ । तालिम कार्यक्रममा सहभागी भई तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी प्रमुख अतिथि, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी र संयुक्त राष्ट्र संघ विकास कार्यक्रमकी आवसीय प्रतिनिधि आएसानी मेदा गगोदा लावे विशिष्ट अतिथि रहेका थिए । नेपाल पर्यटन बोर्डमा भएको समापन समारोहमा प्रमुख अथिति, विशिष्ट अतिथि तथा नाट्टा अध्यक्षबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो सो अवसरमा नाट्टा र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा प्रकाशन गरेको तालिम निर्देशिका समेत विमोचन गरिएको थियो । उक्त तालिम निर्देशिकाबाट आगामी दिनमा आयोजना हुने तालिम कार्यक्रमहरुको गुणस्तर कायम गर्न सहज हुने विश्वास लिइएको छ ।
उमेर बढाउने वैज्ञानिकको अनुसन्धान : अब तपाईं सयौं वर्ष बढी बाँच्न सम्भव हुने भएको छ
एजेन्सी । पछिल्लो समयमा विश्वभर मानिसको औसत आयु लगातार बढिरहेको छ । यसको मुख्य कारण यो हो कि विज्ञानले निरन्तर रोगहरूको उपचार गर्ने नयाँ विधि र प्रविधि पत्ता लगाइरहेको छ । तर, अहिले पनि मानिसको मृत्युको सबैभन्दा ठूलो कारण वृद्धावस्था नै हो । के यो पनि समाधान हुन सक्छ ? संसारभर उमेरको प्रभावलाई कम गर्न धेरै अनुसन्धानहरू भइरहेका छन्। मोहनलाल शर्मा अमेरिकाको टेक्सास बिहानको समय थियो, घाम लागिसकेको थियो । मिङ वाङ आफ्नो काममा गइरहेकी थिइन् । अब उनले के उपलब्धि हासिल गर्नेछिन भन्ने कुराले उनलाई उत्सुक बनाइरहेको थियो । केही समय पछाडि उनले आफ्नो प्रयोगशालाको ढोका खोलिन् । अलग अलग बक्सामा हजारौं जीवहरु उनले देखिन् । उनले ती जीवहरु हेरेर महशुस गर्छिन की सोही अनुसार मानिसको कमजोर अवस्थाको बिमारीको उपचार गर्न सम्भव छ । बुढो मानिसको उपचार सम्भव छ । विश्वमा वृद्धअवस्थाको कारणले दैनिक १ लाख मानिसको ज्यान जाने गरेको छ । वृद्ध अवस्था घटाउन सकिने विषयमा सोच्ने वैज्ञानिकको संख्या पछिल्लो समयमा लगातार बढ्दै गएको छ । यो दिशामा कैयन अनुसन्धान तथा परीक्षण भइरहेको छ । हामी कति उमेरसम्म जिउँदो रहन सक्छौं रु यो हामी सबैको चासोको विषय हो । दाँतले मानिसको स्वास्थ्यको प्रतिबिम्बित गर्छ ‘धेरै समयसम्म जिउनको लागि हामीले निकै मेहनत गरिरहेका छौं । हामी खुसी हुन जरुरी छ की हामी आजको समयमा जन्म लिएका छौं ।’ डा. कार क्रिस्टनसन, डेनिस एजिंग रिसर्च सेन्टर यीनले लामो समयदेखि डाक्टरको रुपमा बिमारीहरुको उपचार गर्दै आएका थिए । त्यसपछि उनले डेनिस रिसर्च सेन्टर सञ्चालनको शुरुवात गरे । उनले मानिसहरु विमारी नहुने विषयमा सोँच्न थाले । अब उनको कोशिष मान्छेहरु कसरी बिमारी हुँदैनन भन्नेमा केन्द्रीत भएको छ । सायद तपाईं पनि जान्न चाहनुहुन्छ की बढ्दै गरेको उमेरको हाम्रो शरिरमा कस्तो प्रभाव परिरहेको हुन्छ ? यसको जवाफ छ उनीसँग । यो एक प्रकारले शरिरमा हुने नोक्सान वा शरिरमा हुने टुटफुट जस्तै हुन्छ । यसको शुरुवात अणुको स्तरमा हुन्छ । अनि कोषिका सम्म पुग्छ, त्यसको पश्चात अंग र अनि पुरै शरिरमा असर देखिन्छ । शरिरलाई जतिपनि असर पुग्दै जान्छ सोही अनुसार मर्मत पनि हुँदै जान्छ । यसले विस्तारै शरिरलाई बुढोतर्फ लैजान्छ । सवाल यो उठ्छ की यसको शुरुवात कहिलेदेखि हुने गर्छ र शरिर कुन उमेरसम्म बाँच्न सक्छ ? उनी भन्छन् की यसको शुरुवात ३५ वर्षदेखि हुने गर्छ । जब शरिर प्रौढ अवस्थामा प्रवेश गर्छ शरिर बुढो हुने प्रकृया तिव्र गतिमा हुन जान्छ । उनका अनुसार तपाईंको मृत्युको जोखिम प्रत्येक वर्ष ११ देखि १२ प्रतिशतले बढ्दै जान्छ । तर, यी सबै विषयहरुलाई एकछिन पर राखेर यदी तपाईं आफ्नो जीवनलाई पुर्खाको जीवनचक्रसँग तुलना गर्नुभयो भने अहिलेको अवस्था निकै राम्रो भएको पाउनुहुनेछ । करिब १ सय ५० वर्ष पहिले विश्वका धेरै देशमा मानिसहरुको औसत उमेर जम्मा ४० वर्षको मात्रै थियो । तर, अहिले युरोपका धेरै देशहरुमा मानिसहरुको औसत आयु ८० वर्ष भएको छ । ‘मेरो बुझाइ अनुसार यसो हुनुमा मानिसहरुले आजकल आफ्नो शरिरलाई राम्रो अवस्थामा राख्न थालेका छन्, तपाईंले मानिसहरुको दाँतको अवस्थालाई हेर्नुस्, मानिसहरुकवो दाँतको अवस्था लगातार राम्रो हुँदै गइरहेको छ । यस्तो देखिन्छ की यदी दाँत राम्रो अवस्थामा छ भने शरिरको अवस्थामा राम्रो स्थितिमा रहन सक्छ’, उनको भनाइ । यो एक हिसाबले तपाईं स्वस्थ हुनुहुन्छ भन्ने प्रमाण पनि हो । फ्रान्सकी एकजना महिला ‘जोन लुइस काल्मा’ १ सय २२ वर्षसम्म बाँचेकी थिइन् । सबैभन्दा धेरै बाँच्नेको रेकर्ड अहिलेसम्म उनको नै रहेको छ । उनको मृत्यु १९९७ मा भएको थियो । त्यसभन्दा यता २० वर्ष भन्दा धेरै समय बितिसकेको छ । अहिलेसम्म सो उमेरभन्दा धेरै बाँच्नेको रेकर्ड जानकारीमा आएको छैन । अहिले मानिसको औसत आयु बढ्नुको कारण भनेको मानिसको मृत्यु हुन सक्ने बिमारको उपचार नै हो । तर अब त्यो अवस्थाको नै अन्त्य गर्ने तयारी बैज्ञानिकहरुले गरेका छन्, जो बिमारीको कारण बन्छ । जसलाई हामीले वृद्ध अवस्था भनेर बुझ्छौं । अंगको थ्रीडी प्रिन्टिङ ‘हाम्रो परिवारका सदस्यहरु रातको समयमा खानको लागि जब एकै ठाउँमा जुट्ने गर्दथे मैले आफ्नो बुवा र हजुरबुवाले यो भनिरहेको सुन्ने गर्दथेँ की उनीहरुले राम्रा मान्छेहरुको जीवन बचाउन सकेनन् ।’ तुहिन भौमिक/वैज्ञानिक तुहिनको परिवारमा थुपै्र डाक्टरहरु छन र उनी स्वयं पनि वैज्ञानिक हुन् । ‘मैले मेरो बुवासँग सोध्ने गर्दथेँ की उहाँ ती महत्वपूर्ण व्यक्तिहरुको जीवन किन बचाउन सक्नुभएन ?’ उनको बुवाको जवाफ हुने गर्दथ्यो की अरु औषधी नै थिएन । त्यसपछि उनले भन्ने गर्दथे, ‘म डाक्टर बन्दिन म औषधी बनाउने मान्छे बन्छु ।’ तुहिनले जीव विज्ञानमा पिएचडी गरेपश्चात एउटा कम्पनीको सञ्चालन गर्ने गर्छन् । उनको यो कम्पनीले भारतमा पहिलोपटक कृत्रिम कलेजोको निर्माण गर्यो । उनको भनाइअनुसार उमेरको कारणले हुने मृत्युमा मान्छेको मुटु अथवा अरु कुनै महत्वपूर्ण शरिरको अंगले काम गर्न छोड्ने गर्छ । त्यस्तो अवस्थामा मानिसले अर्को अंग प्राप्त गर्न सक्यो भने उसले नयाँ जीवन प्राप्त गर्न सक्छ । अंग प्रत्यारोपणको लागि एकआपसमा अंग मिल्न समेत आवश्यक हुन्छ । कहिलेकाहीँ रोगको उपचारमा पर्खदा पर्खदा नै जीवन समाप्त हुन्छ । यही सन्दर्भमा वैज्ञानिक तुहिनले सोचे की अंग दान गर्नुभन्दा उत्तम कतै अंग नै बनाउने काम त हुँदैन ? ‘मानौ की तपाईंलाई कलेजोको आवश्यकता छ, तपाईंसँग सिटीस्क्यान र एमआरआई छ जो कम्प्युटरमा तपाईंको हुवहु आकार देखाएको हुन्छ । अब तपाईंले यसलाई बायो प्रिन्टरमा फिट गर्न सक्नुहुन्छ’, तुहिन भन्छन् । थ्रीडी प्रिन्टरले शरिरको स्क्यान गरेर थ्रीडी प्रिन्ट निकाल्न सक्छ । जो शरिरको सोही आकार र बनावटको हुने गर्छ । यसमा प्राकृतिक अंगको सट्टामा प्रोटिन र कोषिकाबाट बनाइन्छ । यो कोषिका पनि मानिसको नै हुने गर्छ । वैज्ञानिक भौमिक भन्छन्, ‘थ्रीडी अंग निर्माण पश्चात जब तपाईंले शरिरमा प्रत्यारोपण गर्नुहुन्छ, तपाईंको शरिरले थाहा नै पाउँदैन की यो अंग शरिरको बाहिर बनाइएको हो, किनकी यो उस्तै नै हुन्छ, तपाईंको शरिरले यसलाई अस्विकार गर्ने सम्भावना निकै नै कम हुन्छ ।’ वैज्ञानिक भौमिकले पोर्टेवल कलेजो निर्माण गर्न चाहेका छन् । त्यसपछि उनको नजर हुनेछ, पूर्ण रुपले काम गर्ने प्रकारको कलेजो बनाउनमा । जुन कलेजो शरिरमा पूर्ण रुपले काम गर्न सक्ने खालको हुनेछ । उनले यो काम ८/१० सालमा हासिल गर्न चाहन्छन् । सबाल यो छ की यो नयाँ प्रविधिको सहयोगले हामीले कति लामो समयसम्म जिउन सक्छौं ? वैज्ञानिक भौमिकले भनेका छन्, ‘जो सन् १९८१ पछि जन्मिएका छन् उनीहरु १३५ वर्षसम्म बाँच्न सक्छन् । यदी तपाईं त्यो समयसम्म बाँच्न सक्नुभयो भने त्यो भन्दा धेरै अगाडि सम्म जाने उपाय पनि हुन सक्छ ।’ तर, शरिरका केही भाग भने बदल्न सकिँदैन, मांसपेशी र दिमाग । तर यो विषयमा पनि नयाँ अनुसन्धान अगाडि बढेको छ । किरामाथि अनुसन्धानको सफलता मेंग वांग, प्रोफेसर, बेलोर कलेज अफ मेडिसिन, अमेरिका ‘मेरो हजुरआमाको मृत्यु हुँदा उहाँको उमेर १ सय वर्ष भएको थियो । उनको जिन्दगीको आखिरी समयसम्म उनी स्वस्थ र सक्रिय थिइन्’, प्रोफेसर वाङ्गले भनेकी छन् । उनले लामो जीवन जिउन सक्ने कारण पत्ता लगाउन चाहेकी थिइन् । उनी अहिले अमेरिकाको बेलोर कलेज अफ मेडिसिनमा मलिक्युलर तथा ह्युमन जेनेटिक्सको प्रोफेसरको रुपमा काम गरिरहेकी छन् । उनी माइक्रो बायोको प्रयोगको विषयमा जुटेकी छन् । ‘त्यो निकै सानो छ, जो हाम्रो साथमा रहन्छ, यो हाम्रो पाचन नलीको भित्र, शरिरको भित्र र छालाको बाहिरी भागमा रहेको हुन्छ । यो सानो किटाणु हरेक ठाउँमा रहेको हुन्छ ।’ मेग वाङ्गका अनुसार सानो किटाणु एक अतिरिक्त अंगको रुपमा रहेको हुन्छ, जसले हामीलाई स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । के वृद्ध उमेरमा पनि माइक्रो बायोको कुनै असर हुन्छ ? यही विषयको लागि मेग वाङ्ले एउटा अनुसन्धान गरिन् । उनले एक प्रकारको खास किरालाई लिइन् । ‘यो मात्रै २ देखि ३ हप्तासम्म मात्रै जीवित रहन्छ भने सही हुन्छ ।’ उनी जान्न चाहन्थिन की उनी किराको माइक्रोबायोको नै बदल्दा के हुन्छ होला ? के किराको उमेर बढ्न सक्छ ? वाङ्ले किराको पेटमा रहेको एक ब्याक्टेरियालाई छनोट गरिन र उनले यसको जिनलाई परिवर्तन गरेर नयाँ बनाइन् र किराको अलग समुहलाई सो ब्याक्टेरिया दिइन् । केही हप्तापछाडि उनी किरा हेर्न पुगिन् । उनलाई लागेको थियो की ती किराहरु मरिसके होलान्, किनकी ती किराको जीवनचक्र समय पुरा भैसकेको थियो । तर, धेरै किराहरु मरेका थिएनन् बरु ती किराको ५० प्रतिशत अरु उमेर थपिएको थियो । ‘विज्ञानमा अनुसन्धान कहिलेकाहीँ जुवा जस्तै हुन्छ, हामीसँग केही क्रेजी आइडिया थिए, तपाईंलाई थाहा हुँदैन की ती आइडिया सही छन वा छैनन् । जुन संघर्षमा तपाईंलाई नतिजा प्राप्त हुन्छ त्यो निकै महत्वपूर्ण हुन्छ ।’ मेग वाङ्गले अब यो प्रयोग मुसामा गरिरहेकी छन् । महत्वपूर्ण विषय यो छ की एक दिन डाक्टरले हाम्रो लागि समेत यस्तै प्रकारको औषधि लेखेर दिनेछन र त्यसको असर हामीमा पनि यस्तै देखिनेछ । ‘मेरा सहकर्मी भन्छन् की मानिसहरु २ सय वा ३ सय वर्षसम्म जीउन सम्भव छ, तर मेरो कुरा गर्ने हो भने मेरोलागि १ सय वर्ष धेरै हो ।’ हामी कति समयसम्म बाँच्न सक्छौं ? तपाईंले कृत्रिम अंगको बारेमा जानकारी पाउनुभयो । जसको सहायताले १ सय ३५ वर्षसम्म बाँच्न सकिन्छ । अलग तरिकाको माइक्रोबायोले जीवनको ५० प्रतिशत आयु बढाउन सक्छ । यी तरिकाहरुले उमेरसँग जोडिएका समस्याहरुलाई हल गर्छन तर कारणको भने हल गर्दैनन । यदी मानिस बुढो हुने स्रोतलाई नै ठिक गर्न सकियो भने के होला ? कोशिकाले उमेरलाई बढाउन सक्छ लाना हेरिस – मोलिक्युलर जेनेटिक प्रोफेसर, युनिभर्सिटी अफ एक्सिटर, इङ्ल्यान्ड ‘केही विचारहरु यस्ता हुन्छन् जसप्रति तपाईंको विश्वास नहुन सक्छ ।’ तपाईंको शरिरको अंग अलग–अलग प्रकारको तन्तु मिलेर बनेको हुन्छ । तन्तु अलग–अलग कोशिका मिलेर बनेको हुन्छ । जब कोशिका बुढो हुन्छ, त्यसको जीवनचक्र पुरा हुन्छ । कोशिका मरेपछि भने त्यहीँ नै रहन्छ र नोक्सान पुर्याउने काम गर्छ । बुढो कोशिकाले रसायन छोड्ने काम गर्छ । जसको असर आसपासका अन्य कोशिकालाई पर्ने गर्छ । वृद्ध कोशिकाले अन्य कोशिकालाई पनि वृद्ध बनाउनको लागि प्रयत्न गर्छ । प्रोफेसर लाना यो जान्ने प्रयत्न गरिरहेकी छन की के वृद्ध कोशिका वृद्ध हुन नदिएर अन्य कोशिकाजस्तै काम गर्न सम्भव छ ? उनी भन्छिन्, ‘मेरो प्रयोगशालामा नयाँ सोध गर्ने काम भएको थियो, हामीसँग पुरानो कोशिका थियो र मसँग केही केमिकल थियो ।’ उनले आफूसँग रहेको कोशिकामा केमिकल राखेर के हुन्छ भन्ने प्रयोग गरिन् । एक हप्तापछि त्यो कोशिकाहेर्दा बुढो जस्तो नभएर बदलिएको थियो र नयाँ कोशिका जस्तै देखिएको थियो । उनले फेरि सोही अनुसन्धान गरिन, त्यसो गर्दा पनि नतिजा उस्तै आयो । उनले यस्तो प्रयोग ९ पटकसम्म गरिन् । उनले यस्तो गरेर देखाइन जो असम्भव मानिएको थियो । उनले पुरानो कोशिकालाई नयाँमा रुपान्तरण गरिन् । यो प्रयोग पश्चात विश्वभरिका वैज्ञानिक र डाक्टरहरुले प्रोफेसर लानासँग बुझ्ने कोशिष गरिरहेका छन् । फेरि पनि सवाल उही नै उठ्छ की हामी कति उमेरसम्म बाँच्न सक्छौं ? हामीसँग जवाफ पनि थाहा छ, १ सय २२ वर्षसम्म । एक महिला यो उमेरसम्म बाँचिसकेकी छन् । विशेषज्ञहरुको विचारबाट यो मान्न सकिन्छ की मानिसहरुको उमेर यो भन्दा धेरै अगाडिसम्म लैजान सकिन्छ । एकदिन जब हामी आफ्नो टुटेफुटेको अंग बदल्न सक्नेछौं र कोशिकालाई वृद्ध हुनबाट रोक्न सक्नेछौं तब हाम्रो उमेरलाई धेरै वर्षसम्म थप्न सक्नेछौं । यदी वैज्ञानिक भौमिकको भविष्यवाणीलाई मान्ने हो भने १९८१ मा जन्मिएका मानिसले १ सय ३५ वर्षसम्म बाँच्ने उद्देश्य बोक्न सक्छन्, त्यो भनेको सन् २११६ साल हुनेछ, त्यो समयसम्म विज्ञानको दुनियाँमा धेरै परिवर्तन हुनेछ । वीवीसीबाट ।