विकासन्युज

अत्यधिक चिसो बढेपछि महोत्तरीको विद्यालयमा बिदा

महोत्तरी । सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् । त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा  सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् । यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए । जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन् । स्याँठ चल्न थालेपछि विद्यालय केही दिनका लागि बिदा दिन परेको ती स्थानीय तहका कार्यालयले जारी गरेका सूचनामा उल्लेख छ । जिल्लाका बर्दिबास र गौशाला नगरपालिका तथा महोत्तरी र एकडारा गाउँपालिकामात्र यस्तो सूचना निकाल्न बाँकी छन् । चार स्थानीय तहले बिदा सूचना जारी नगरी सके पनि त्यहाँका विद्यालयमा पनि जाडोले गर्दा विद्यार्थी उपस्थिति स्वात्तै घटेको छ । यीमध्ये महोत्तरी र एकडाराले आजै बिदा दिने सूचना जारी गर्ने तयारी गरेका बुझिएको छ । जिल्लामा उत्तरी क्षेत्रका बर्दिबास र गौशालाभन्दा मध्य र दक्षिणी क्षेत्रका अन्य ठाउँमा हुस्सु र स्याँठ चल्नेक्रम बढ्ता रहेको सर्वसाधारणको बुझाइ छ । रासस

बाराही हाइड्रोको आईपीओ सूचीकृत, आजदेखि कतिमा कारोबार होला ?

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुलाई बिक्री गरेको १ लाख ४६ हजार, सर्वसाधरण लगानीकर्ताका लाथि बिक्री गरेको ५ लाख ५४ हजार कित्ता सेयर र संस्थापक सेयरधनीहरुको १८ लाख कित्ता गरी कूल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई न्यूनतम ६४ रुपैयाँ ९७ पैसा देखि १९४ रुपैयाँ ९१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा आज मंगलबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले कम्पनीको सेयरलाई बिएचपीएल कारोबार संकेत प्रदान गरेको छ ।

नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ७ लाख ७२ हजार ६६६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत फागुन ८ गतेदेखि २९ गतेसम्म निष्काशन तथा बिक्री गरिएको २ः१ कित्ता अनुपातमा हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त सेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

एशियन हाइड्रोपावरको आईपीओमा आज आवेदन दिने अन्तिम दिन

काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २७ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आज (पुस १९) गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ४० लाख रुपैयाँको सेयर निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकिम मूल्य दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना अति प्रभावित क्षेत्र ईलाम जिल्लाको इलाम नगरपालिका वडा नं. १० (साविकको गोदाक गा.वि.स. को १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स.का १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गा.वि.स.का वडा नं. ५० तथा सूर्योदय नगरपालिका वडा नं. ११ (साविकको माघेसुन्तले र तिनघरे गा.वि.स.का सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गा.वि.स.का वडा नं. ३, ४ र ५) का स्थानीय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बासोबास गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर निष्काशन गरिएको हो । यस्तै, सर्वसाधारणलाई निष्काशन गरिने २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ ८ लाख ४० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरी रहेका नेपालीहरुको लागि निष्काशन गरेको हो । उक्त सेयरमा आवेदन दिने समय पुस १२ गते नै सकिएको हो । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनएमबि बैंकको इलाम शाखा, सिभिल बैंकको जोगमाइ शाखा, प्राइम बैंक, ग्लोबल आइएमई बैंकको सूर्योदय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर माइनस एनपी बीबी एस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

नेप्सेमा ५ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सिभिल बैंक, सिवाईसी लघुवित्त, आइसिएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र पोखरा फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २३८.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता २५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३२९.१० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ३३७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । पोखरा फाइनान्सको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ३७३.०८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ३८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आईसीएफसी फाइनान्सको ५ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ४४५.७१ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार फाइनान्सको सेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सीवाइसी लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता १९२९.२३ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता २५०८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैद फैसला

काठमाडौं । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार ३ वर्ष ६ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा.दिवाकर भट्टको इजलासले ३ वर्ष ६ महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । निसीखोला –६ को वडाध्यक्ष हुँदा वि.सं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा.भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

last day sign flat concept काठमाडौं । विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । मिर्मिरे लघुवित्त, साधना लुघवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट्स, मुक्तिनाथ विकास बैंक, बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी ८ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् । मिर्मिरे लुघवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले १२ औं वार्षिक साधारण सभा पुस ३० गते योयो बैंक्वेट, सूर्याविनायक, भक्तपुरमा बिहान ११ बजे बोलाएको छ । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले छैटौं वार्षिक साधारण सभा पुस ३० गते होटल गोरखा बिसौनीमा साढे ११ बजे बोलाएको छ । गुँरास लुघवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१०५२६ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले पुस ३० गते भेडेटार भिलेस रिर्सोट, धनकुटामा बिहान ११ बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१०५ प्रतिशत नगद गरी कूल १४.२१०५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले पुस ३० गते होटल पोखरा ग्राण्डी बिरौटा पोखरामा बिहान १० बजे १६ औं साधारण सभा बोलाएको छ । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न पुस २७ गते कम्पनीको रजिष्टार्ड कार्यालय बिरगंजमा बिहान १० बजे २२ औं वार्षिक साधारण सभा बोलाएको छ । शिवम् सिमेन्ट्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले सातौं वार्षिक साधारण सभा २९ गते होटल सामना, हेटौंडामा बिहान १० बजे बोलाएको छ । बोटलर्स नेपाल (तराई)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३६औं वार्षिक साधारण सभा पुस २७ गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा बिहान १० बजे आह्वान गरेको छ । बोटलर्स नेपाल (बालाजु)ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४४औं वार्षिक साधारण सभा पुस २७ गते गते होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा दिउँसो ३ बजे आह्वान गरेको छ ।

एकीकृत कारोबार २७ गते, मर्जरपछि को-को बन्दैछन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक ?

काठमाडौं । मर्जरपश्चात् बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समीतिको टुंगो लागेको छ । मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकीकृत कारोबार पश्चात् बन्ने सञ्चालक समितिको टुंगो लागेको एक मर्जर कमिटि सदस्यले बताए । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालकमा इन्भेष्टमेन्ट बैंकबाट ४ जना र मेगा बैंकबाट ३ जना सञ्चालक बन्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडेलाई बनाउने सहमति भएको छ । उनी हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष समेत हुन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकबाट प्रजन्यराज भण्डारी र कवि टिव्रेवाला मर्जरपश्चात् सञ्चालक बन्नेछन् । त्यस्तै मेगा बैंकबाट गोपाल खनाल, मुक्तिराम पाण्डेय र मदन कुमार आचार्य मर्जरपश्चात् सञ्चालक बन्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंकले एक जना सञ्चालक भने टुंगो लगाउन बाँकी रहेको छ । मर्जरपश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योतिप्रकाश पाण्डेय बन्नेछन् । साथै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत भने मेगा बैंकले पाउने सहमति भएको छ । साथै एकीकृत कारोबारको मिति पनि तय भइसकेको छ । पुस २७ गते दुवै बैंकबीच एकीकृत कारोबार हुने मेगा बैंकका सञ्चालक गोपाल खनालले जानकारी दिए । ‘नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार पुस २७ गतेका दिन हुन्छ, सञ्चालक समितिको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा लगायतका सबै व्यवस्थापन भइसकेको छ, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ, अब एकीकृत कारोबारको तयारीमा जुटेका छौं,’ उनले भने । राष्ट्र बैंकको गत बिहीबार बसेको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । स्वाप रेसियो तलमाथि भएपनि दुवै बैंकका कर्मचारीको सेवा सुविधा र पदीय हैसियत भने समान हुने खनालले बताए । दुई बैंकबीच कर्मचारीको समायोजनको विषय खासै समस्या नरहेको उनको भनाइ छ । ‘अहिले कर्मचारीको जुन सेवा सुविधा र पद छ, कायमै रहन्छ, हामीले स्ववेच्छिक अवकास प्याकेज (भिआरएस) ल्याउनु पर्ने आवश्यकता छैन, अन्य बैंकहरुमा देखिएको जस्तो विवाद हाम्रोमा छैन,’ खनालले विकासन्युजसँग भने, ‘कर्मचारीको सेवा सुविधा र खाइपाई आएको सुविधा घटाउन पाइएन, हाल कार्यरत पद पनि घटाउन मिल्दैन, अन्य सबै व्यवस्थापन गर्न सहज भएको छ, हामीले कुनै भिआरएस लागू गरेको छैन । कर्मचारीलाई मिलाएर लैजान्छौं ।’ हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८.३१ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६.१२ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् उपत्यका भित्र मात्रै ८८ वटा शाखा हुनेछ । उपत्यका बाहिर पनि बलियो उपस्थिति हुने गरी शाखा कार्यालय २०२ र एटीएम संख्या २७९ वटा पुग्नेछन् । जुन सबैभन्दा बढी शाखा हुने बैंकको सूचीमा तेश्रो हो । त्यस्तै, कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या झण्डै ३० लाख पुग्नेछन् । मर्जरपश्चात् जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ४६ अर्ब ८५ करोड रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब १९ अर्ब ४४ करोड रुपैयाँ पुग्नेछ र