निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैद फैसला

<p>काठमाडौं । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार ३ वर्ष ६ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा.दिवाकर भट्टको इजलासले ३ वर्ष ६ महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी [&hellip;]</p>

काठमाडौं । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार ३ वर्ष ६ महिना कैद फैसाला भएको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा.दिवाकर भट्टको इजलासले ३ वर्ष ६ महिना कैद सहित ५० हजार रुपैयाँ जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

निसीखोला –६ को वडाध्यक्ष हुँदा वि.सं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा.भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणको गरेको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।

तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजा/चरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।

फैसलाको पूर्णपाठ आउन बाँकी रहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

Share News