विकासन्युज

पाँचथरमा घरमा आगलागी हुँदा जलेर २ जनाको मृत्यु

काठमाडौं । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ घुमाउनेटारमा गए राति १ व्यक्तिको घरमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको र अन्य २ जना घाइते भएका छन् । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे अचानक आगलागी हुँदा उनकी बुहारी २३ वर्षीया आसाङसिं थेवे र २२ वर्षीया छोरी ममता गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । आगलागीमा परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते भएका र अन्य तीनजना भने भाग्न सफल भएका थिए । आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित ५० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको हुनसक्ने उनले बताए । अन्य कारण नदेखिएको हुँदा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । आगलागी नियन्त्रणका लागि रानीटारस्थित अस्थायी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हरि खतिवडाको कमाण्डमा थप २५ प्रहरी परिचालन गरिएको थियो । स्थानीयवासी, दुईवटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अग्निपीडितलाई छिमेकीको घरमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगरप्रमुख मित्रप्रसाद काफ्ले, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेलगायतको टोली घटनास्थल पुगी पीडितलाई जिल्ला दैविक विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।

४ कम्पनीलाई आईपीओ निष्काशन गर्न सेबोनको अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वभिन्न ४ कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको छ । सेबोन बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति प्राप्त गरेको हो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । कम्पनीले पुस ४ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो । मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले उक्त सेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । कम्पनीले पुस ७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो । सानिमा मिडल तमोर हाइड्रोपावरले ८३ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ८३ लाख ३१ हजार २५० कित्ता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले पुस ७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो । सगरमाथा हाइड्रोपावरले पनि ५४ करोड ८८ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ । कम्पनीले पुस १७ गते आइपीओ निष्काशनको बोर्डबाट अनुमति पाएको हो ।

५ कम्पनीको सेयरमूल्य समायोजन, हिमालयन डिष्टीलरीको प्रतिकित्ता १५११ रुपैयाँ घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले साधना लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त, हिमालयन डिष्टिलरी र मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरेको हो । यी ५ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा कारोबार हुनेछ । साधना लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ९०४.२० रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता १०७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । मुक्तिनाथ विकास बैंकको १३.५० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ४१९.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार बैंकको सेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २३ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८२१.३८ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता १०१०.३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । गुराँस लघुवित्त वित्तीय संस्थाको ४ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८००.१९ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार लघुवित्तको सेयर प्रतिकित्ता ८३२.२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । हिमालयन डिष्टीलरीको ६० प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता २५०१८.७५ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । मंगलबार कम्पनीको सेयर प्रतिकित्ता ४०३० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीको बोनस सेयर सेयर मूल्यमा समायोजन हुँदा प्रतिकित्ता १ हजार ५११.२५ रुपैयाा घटेको छ ।

नेपाल वायुसेवा निगमले २ वर्षका लागि घरभाडामा दिने

काठमाडौं । नेपाल वायुसेवा निगमले सटर भाडामा दिने भएको छ । निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनमा रहेका पसलहरु २ वर्षका लागि भाडामा दिने भएको हो । प्रधान कार्यालय भवनको पश्चिमतर्फ टेवहाल सडक साइडमा अवस्थित भवनको भुई तल्लामा रहेका पसल कवलहरूको कुल क्षेत्रफल १५८५.५० वर्ग फिट, सोही स्थानको १३३०.४४ वर्ग फिट र उत्तर÷पश्चिमतर्फ रहेको पसल कवलहरूको कुल क्षेत्रफल ३३४४.०० वर्गफिट रहेको स्थानमा भाडामा दिने भएको हो । इच्छुक व्यक्ति, फर्म वा सङ्घ संस्थाहरूले निगमले तोकेको ढाँचामा सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । सूचना प्रकाशन भएको १५ दिनभित्र निगमको केन्द्रीय कार्यालयबाट ३ हजार रुपैयाँ तिरेर बोलपत्र फाराम खरिद गर्न सकिनेछ । उक्त बोलपत्र १६ औं दिनमा बोलपत्र खोलिनेछ । बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट कार्यालय खुला रहने दिनलाई मानिनेछ । निगमको सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखाबाट विस्तृत जानकारी लिन सकिने जनाएको छ ।

शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्मित दिन

काठमाडौं । शुभम पावरलेवैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आज पुस ६ देखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य दरमा ५८ हजार ५८ कित्ता बराबरको आईपीओ बिक्री खुला गरेको हो । उक्त सेयरमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयलाई निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशत हुने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । निष्कासन गरिने सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज पुस २० सम्म आवेदन दिने सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपी बिबी प्लस आइएस’ प्रमाणपत्र प्रदान गरेको छ ।

विष्णु पौडेल अर्थमन्त्री बनेपछि गभर्नरको ‘ग्रिन सिग्नल’, व्यवसायी र बैंकर्ससँग बढाउन थाले छलफल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेपछि उद्योगी व्यवसायी र बैंकरहरुप्रति गभर्नर महाप्रसाद अधिकारीले लचकता अपनाएका छन् । अर्थतन्त्र सकस अवस्थामा रहेको बेला पनि विभिन्न नीति नियमहरु ल्याएर कडाइ गरिरहेका गभर्नर अधिकारी यस बेला भने उद्योगी व्यवसायीहरुलाई राष्ट्र बैंकमै बोलाएर समस्या पहिचान गर्ने र त्यसलाई समाधान गर्नतर्फ लागेका हुन् । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग विवादकै कारण पनि उनीहरुबीच ट्युनिङ मिलिरहेको थिएन । त्यसको परिणाम स्वरुप अर्थमन्त्री शर्माले उनलाई बर्खास्त गर्नसम्मको प्रयास गरे । गभर्नर अधिकारीलाई निलम्बन समेत गरियो । पछि सर्वोच्च अदालतले उनको पुनरवहाली गरायो । त्यसको रिस साँध्न अधिकारीले कुनै विषयको वास्ता नगरी काम गरिरहेको र नीति नियम पनि कडाइका साथ कार्यान्वयन गर्नतर्फ अग्रसर भएको आरोप उनीमाथि थियो । लामो समयसम्म शर्मा र अधिकारीबिच विवाद कायमै रह्यो । तर, अहिले नयाँ सरकार बनेसँगै पौडेल अर्थमन्त्री बनेका छन् । जसलाई धेरैले पौडेल र अधिकारीको ट्युनिङ मिल्ने अपेक्षा गरेका छन् । पौडेल अर्थमन्त्री बनेकै दिनदेखि सेयर बजार पनि बढिरहेको छ भने कारोबारमा पनि उल्लेख्य सुधार आएको छ । अर्थमन्त्री पौडेलले समेत एक महिनाभित्र उद्योगी व्यवसायीका माग पूरा गर्ने प्रतिवद्धता गरिसकेका छन् । निजी क्षेत्रका विभिन्न संघ संस्थाहरुसँग छलफल गर्दै उनले निजी क्षेत्रका माग पुरा गर्ने प्रतिबद्धता गरेका हुन् । उनको प्रतिवद्धतापछि गभर्नर अधिकारी पनि उद्योगी व्यवसायी र बैंकर्सहरुसँग नियमित छलफल गरिरहेका छन् । सोमबार मात्रै निजी क्षेत्रसँग छलफल गरेका गभर्नर अधिकारीले मंगलबार बैंकर्ससँग पनि छलफल गरेका छन् । अधिकारीले सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग छलफल गरेका थिए । गभर्नर अधिकारीले मंगलबार पनि चालू पुँजी कर्जा मार्गनिर्देशनका विषयमा बैंकरसँग छलफल गरेको बुझिएको छ । बैंकर्स संघका कार्यवाहक अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, संघका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणा लगायतसँग गभर्नर अधिकारीले छलफल गरेका हुन् । एक बैंकका सीईओले चालू पुँजी कर्जा मार्गदर्शनको विषयमा गभर्नर अधिकारीसँग छलफल भएको जानकारी दिए । उनका अनुसार मार्गदर्शनमा कार्यन्वयनका चुनौति र शंसोधन गर्नु पर्ने विषयमा छलफल भएको धारणा राखे । बैंकर्स संघको तर्फबाट पहिलो नै लिखित सुझाव पठाइसकेको र सोही विषयमा केन्द्रित भएर छलफल भएको ती बैंकरले बताए । ती बैंकरका अनुसार अहिले नै लागू गर्दा समस्या हुने र संशोधन गरेर लागू गर्नेमा सबै सकारात्मक भएको धारणा राखेको बताए । ‘सैद्धान्तिक रुपमा मार्गदर्शन सही भएपनि तत्कालको लागि सही होइन, यसमा केही विषयहरु संशोधन गर्नु पर्ने हाम्रो धारणा थियो, यसमा गभर्नरज्यू सकारात्मक हुनुहुन्थ्यो,’ ती बैंकरले भने । निजी क्षेत्रले सोमबारको छलफलमा पुराना ऋणीको हकमा चालुपूँजी कर्जा मार्गदर्शमा भएको व्यवस्था अनुसार समायोजन गर्न ३ वर्षसम्मको वर्षको समय दिनुपर्ने माग गरेका थिए । मार्गदर्शन संशोधनबारे छलफल समेत गर्न नचाहने गभर्नर अधिकारी पौडेल अर्थमन्त्री बनेपछि भने नियमित छलफलमा व्यस्त हुन थालेका छन् ।

भक्तपुरको यातायात कार्यालयमा बारम्बार सर्भर डाउन हुँदा सेवाग्राहीलाई मार

भक्तपुर । बिहानको ६ बजेको चिसो तुसारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ । त्यही सडकमा सेवाग्राहीको अर्को । मध्यपुरथिमि नगरपालिका–७ राधेराधेस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) भक्तपुरमा सेवा लिन आज बिहान ६ बजेदेखि लामबद्ध सेवाग्राहीको अवस्थाको दृश्य हो, यो । यस्तो दृश्य आज बिहानको मात्रै होइन, यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रका विभिन्न सेवा लिन आउने सेवाग्राहीको दैनिक देखिने दृश्य हो । पुसको कठाग्रिदो जाडोको पर्वाह नगरी काठमाडौं उपत्यकादेखि सिन्धुपाल्चोकसम्मका सेवाग्राही दिनरात नै माया मारेर नयाँ सवारी चालक अनुमति पत्र, नवीकरण, लिखित परीक्षा, प्रतिलिपी, स्वास्थ्य परीक्षणलगायत सेवा दिने यस कार्यालयमा सधैँ हुने सेवाग्राहीको भीड कोलाहालले यहाँका स्थानीयवासीसमेत दिक्क भएका छन् । बागमती प्रदेशका १३ जिल्लाका सेवाग्राहीले सेवा लिने यस कार्यालयमा लिखित परीक्षाका दिन जाडोको पर्वाह नगरी बिहान ५ बजेदेखि नै सेवाग्राही लाइनमा बस्ने गरेका छन् । बिहान ६ बजे सेवा लिन लाइनमा बसेकी सिन्धुलीकी रुपा खड्काले दुई दिनदेखि लाइन बसेर पनि सेवा नपाएको गुनासो गरे । उनले हिजो पनि १२ बजे सर्भर डाउन भएको सूचना निकालेर सेवाग्राहीलाई फर्काएको र आज पनि बिहानैदेखि लाइन बसे पनि फेरि सर्भरमा समस्या आयो भनेर सेवा प्रवाह नै रोकेको बताए । उनले भने, ‘यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन । एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नुपर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले दिन्छ सहज सेवा ?’ खड्काको यो प्रतिनिधि प्रश्न मात्रै हो । यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका सकस यहाँ भोग्नेलाई मात्रै थाहा हुन्छ । स्थानीय व्यापारी सनोजकुमार श्रेष्ठले बिहान ५ बजेदेखि सेवाग्राही लाइनमा बसेर सेवा नपाएको देख्दा अचम्म लाग्ने गरेको बताए । ‘बिहान कार्यालय खुलेपछि हुने भीडभाड, बिचौलियाको चलखेल, लाइनमा बस्नेको पीडा, एउटै व्यक्ति कोठा कोठा धाएको हामी दैनिक देख्नेलाई त दिक्क लाग्न भने भोग्ने सेवाग्राहीलाई कस्तो हुँदो हो ।’, उनले भने, ‘हामी कस्तो राज्यका नागरिक हौँ, पैसा तिरेर सेवा लिन पनि सधैँ सकस ।’ कार्यालय अगाडि दैनिक हुने होहल्लाले स्थानीयवासी पनि आजित भएको बताउँछन्, उनी । बिहानैदेखि लामो लाइनमा बसेका सयौँ सेवाग्राहीले सेवा नपाएर बिचल्लीमा परेपछि सेवाग्राहीले कार्यालय अगाडि नै नाराबाजी गरेका छन् । अनलाइन फाराम भरेर आजका लागि बोलाइएका सेवाग्राही बिहानैदेखि लाइन बसेर फर्किन बाध्य भएपछि बिरोध गर्दै नाराबाजी गरेका हुन् । सेवा लिन काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ देखि बिहान ७ बजे लाइनमा बस्नुभएकी कविता केसीले यातायात कार्यालयले दिने सास्तीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्तो चिसोमा बिहान सात बजेदेखि नै लाइनमा बसियो, म भन्दा अगाडि ६ बजेदेखि नै लाइनमा बस्ने ५० जना जति थिए, १० बजेदेखि सेवा प्रवाह गर्नुपर्ने हुन्छ, तर सेवा अवरुद्ध हुँदा पनि एकछिनमा हुन्छ भनेर पर्खाइयो, दिन सकिए पछि सर्भर डाउन भो भनेर सूचना पो टाँस्छ, अनि कति पीडा हुन्छ हामीलाई, हाम्रो दिन यत्तिकै खेर गएन ?’ सेवा लिन काभ्रेका बनेपादेखि आउनुभएका राजेश श्रेष्ठले उस्तै गुनासो गर्नुभयो । बिहान ६ः३० बजेदेखि लाइनमा बसे पनि कार्यालयले सेवा नदिएको भन्दै सेवाग्राहीले नाराबाजी गर्नुपरेको बताउनुभयो । कार्यालयले हिजो सोमबार पनि बिहानैदेखि लामबद्ध सेवाग्राहीलाई सर्भर चलेन भन्दै फर्काएको थियो भने आज पनि सर्भर डाउन भो भनेपछि सेवालिन आएका सेवाग्राही निकै मर्कामा परेका हुन् । कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘प्रविधिमा आएको खराबीका कारण कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा आजका लागि सञ्चालन नहुने भएकाले आज दिएको सेवा लिन आउँदो २१ गते बिहीबारका लागि सारिएको जानकारी गराउँछौँ ।’ कार्यालयका प्रमुख शिवकुमार निरौलाले सर्भरमा समस्या आएर सेवा प्रभावित भएपछि सेवाग्राहीले हुलदङ्गा गरेको बताए । उनले सेवाग्राहीले नाराबाजी गर्दै हुलदङ्गा गर्न थालेपछि बिहीबारका लागि आउन सूचना जारी गरेको बताए । उनले यो समस्या भक्तपुरमा मात्र नभई सबैतिर भएको बताए । कार्यालयले नयाँ सवारी चालक अनुमति पत्र, परीक्षा, नविकरणलगायतका विभिन्न सेवाका लागि दैनिक एक हजार पाँच सय जनालाई सेवा दिँदै आएको प्रमुख निरौलाले बताए । सर्भर डाउन हुँदा हिजो र आज यातायात व्यवस्था कार्यालय भक्तपुर, सानोभ¥याङ, सुकेधारा, गुर्जुधारालगायत देशभरका विभिन्न कार्यालयमा सेवा प्रभावित भएको छ । यातायात व्यवस्था कार्यालयमा हरेक दिन बिहानै ६ बजेदेखि नै सेवाग्राहीहरु लाइनमा बस्ने गरेका छन् भने कार्यालय समयसम्म नै सेवाग्राहीको भीड लाग्ने गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी लाइसेन्सलगायत सेवामा लाइन बस्न नपर्ने गरी व्यवस्था गर्ने निर्णय गरेको भएपछि समस्या जस्ताको तस्तै छ । राहदानीको समस्या समाधान गर्न समिति गठन भए पनि लाइसेन्सका लागि अहिलेसम्म कुनै पहल भएको छैन । देशभरको यातायात व्यवस्था कार्यालयका सर्भर सङ्घीय सरकारअन्तर्गत यातायात व्यवस्था विभागको नियन्त्रण छ भने प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयले यो सर्भरको प्रयोग गर्दै आएका छन् । यातायात व्यवस्था विभागकै कमजोरीका कारण आफूहरूले बारम्बार सेवाग्राहीको अपजस भोग्नुपरेको गुनासो कार्यालय प्रमुखहरूले गर्दै आएका छन् । रासस

श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

कोलम्बो । आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आमोदप्रमोदका निम्ति आएका थिए । कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रा्उने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ । ।