नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट र उपायबीच ६ कराेड लगानीको सम्झौता
काठमाडौं । लजिष्टिक कम्पनी उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबीच ६ कराेड लगानीको सम्झौता भएको छ । विगत तीन वर्षदेखि ढुवानीको सेवा दिँदै आएको उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डबीच मंगलबार ६ करोड लगानी गर्ने सम्झौता भएको हो । सो फण्डले उपायलाई लजिष्टिक सेवा विस्तारका लागि ६ करोड रुपैयाँ लगानी गरेको हो । ग्लोबल इक्विटि फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा प्रवर्द्धिधत यो प्राइभेट इक्विटि फण्ड र उपायबीच आज मंगलबार लगानीसम्वन्धी सम्झौता भएको हो । ग्लोबल ईक्वीटी फन्ड, प्राईम लाईफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल ईन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राईभेट ईकुईटि फन्ड हो । उपायले २०२१ मा डोल्मा ईम्प्याक्ट फन्डबाट १८ करोडको लगानी प्राप्त गरेको थियो । उपायले देश भर बजार एकीकरण, सञ्चालन र भलम–तय–भलम डेलिभरी सञ्चालन गरी लजिस्टिक्सका सबै पक्षहरूलाई एकीकृत गर्दै आएको छ । उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट प्राप्त भएको रकमले ब्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने र यसले कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुने बताए । उनका अनुसार उपाय आफ्ना चालक÷सवारी साझेदारहरु, फÞ्रेञ्चाईज साझेदारहरु, व्यापारिक साझेदारहरु र गठबन्धन साझेदारहरुलाई समावेश गरि नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुने उनको भनाइ छ । एनआईआईएफका लागि लगानी प्रबन्धक डा. मनिष थापालेयो लगानीले उपायले लजिस्टिक उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न सहयोग पुग्ने बताए ।
बाख्रापालनबाट मनग्ग आम्दानी
बझाङ । ‘राम्रै छ बजार, दुईटा बोका बेच्यो कि तीस हजार, चिन्ता छैन क्यै । मलाई अमेरिका यै, मलाई जापान पनि यै, मलाई अष्टे्लिया यै’ लोकगायक पशुपति शर्माको लय, शब्द तथा स्वरमा रहेको गीत केही कर्मशील व्यक्तिको जीवनसँग ठ्याक्कै मिल्छ । यस गीतका शब्दजस्तै परिश्रमले तिखारिएका किसान हुन् जयपृथ्वी नगरपालिका पडेसका भरतबहादुर विष्ट । उनले अहिलेसम्म कसैको सहयोगबिनै बाख्रापालनबाट लाखौँको कारोबार गरिरहेका छन् । पुँगर लेकमा बस्ने विष्टले दुईवटा बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोरमा कम्तीमा साना ठूला गरी पाँच दर्जन खसी, बोका र बाख्री छन् । चार पुस्तादेखि पुँगरमा रमाएका विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेको थियो । जिल्ला सदरमुकामबाट डेढ घण्टाको दूरीमा रहेको पुँगरमा विष्टले हरेक महिना चार/पाँचवटा खसी बाख्राको बिक्री गरी राम्रो आम्दानी गरिसकेका छन् । उनले विभिन्न व्यवसाय सुरु गरे पनि कतैबाट सोचेजस्तो लाभ भएन । उनी भन्छन्, ‘मैले जिन्दगीमा धेरै व्यवसायमा हात हालेँ तर सफलता भने कतैबाट हात लागेन । बाख्रापालन व्यवसायले भने राम्रै आदानी दिएको छ । अहिले पनि महिनामै चार/पाँच वटा बाख्रा बेचिन्छ ।’ निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनको भनाइ छ । बाख्रापालनबाट राम्रो फाइदा देखेका भरतबहादुर जङ्गली जनावरबाट भने आजित छन् । उनको गोठ रहेको पुँगरमा चितुवा, स्यालजस्ता जनावरले समयसमयमा बाख्रा खाइदिँदा नोक्सानी हुने गरेको छ । बाख्रालाई खोरमा र चरनमा लैजाँदा जनावरबाट जोगाउन हम्मेहम्मे पर्ने गरेको उनी बताउँछन् । ‘बाख्रापालनबाट केही घाटा छैन,’ उनले भने, ‘दिनभर चराउँदा पनि पुग्छ, बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो (चरिचराउन गर्ने व्यक्ति) भए पुग्छ ।’ उनले बाख्रापालनसँगै भैँसी, गाई, गोरू पनि पालेका छन् । उनी भन्छन्, ‘मेरा सम्पति भनेकै यिनै चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइदैन ।’ भरतबहादुरले अहिलेसम्म राज्यबाट कुनै अनुदान, पशु औषधिजस्ता कुरा केही नपाएको गुनासो गरे । ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपर्थ्यो,’ उनी भन्छन्, ‘कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ । तर, हामीजस्ता किसानलाई सामान्य औषधि पनि दिँदैन ।’ पुँगरमा वनभोजका लागि मानिस आउने गर्दछन् । वनभोजमा आउनेहरुले पनि उनीसँग खसी बोका किनेर लैजाने गरेको उनी बताउँछन् । ‘यसै वर्षको मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई बिक्री गरेँ,’ उनले भने । अहिले विष्ट बाख्राबाटै वार्षिक सात लाख रूपैयाँभन्दा बढी कमाउँदै आएका छन् । ‘मैले बाख्रा पालेको लामो समय भइसक्यो,’ उनले भने, ‘पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुई/चार वर्षयता भने बचत पनि भइरहेको छ ।’ त्यसै आम्दानीबाट तीन छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए । भरत मात्रै होइन, उनका अन्य थुप्रै छिमेकी पडेसभन्दा बढी पुँगरमै बस्छन् । पुँगरमा बस्दै आएका बलराम विष्ट भन्छन्, ‘पुँगरमा खुला ठाउँ भएकाले वस्तुभाउ पाल्नदेखि फलफूल तरकारी खेती गर्न सजिलो छ ।’ उनले पनि पुँगरमा फलफूल र तरकारीको साथै बाख्रा र भैँसी पाल्दै आएका छन् । अहिले पुँगर लेकमा सडक पुगेपछि नियमित रूपमा गाडी सञ्चालन भइरहेकाले उत्पादित वस्तु बजार लैजान पनि सहज भएको छ ।
‘भारतबाट ग्यासमा पानी मिसिएर आउन थाल्यो, मूल्यमा राजनीति भयो’
काठमाडौं । पेट्रोलियम पदार्थकोे मूल्यलाई राजनीतिक विषय बनाइएको व्यवसायीले आरोप लगाएका छन् । मंगलबार नेपाल आयल निगमको ५३ औं वाषिर्कोत्सव अवसरको आयोजित कार्यक्रममा बोल्दै पेट्रोलियम व्यवसायीहरुले सरकारले राजनीतिककरण गरेको आरोप लगाएका हुन् । नेपाल आयल निगमले राजनीतिक पावर र निर्देशनका आधारमा नेपाल आयल निगमले नेपालमा मूल्य समायोजन गर्ने गरेको भन्दै व्यवसायीले पेट्रोलियम पदार्थको मूल्य स्वचालित मूल्य प्रणालीमा आधारित भएर समायोजन हुनुपर्नेमा जोड दिएका हुन् । पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्याल राजनीतिक निर्देशनको भरमा पेट्रोलियम पदार्थको मूल्य घटाउँदा व्यवसायी नेपाल आयल निगमको स्थीरताका निम्ती दुरगामी असर पर्ने बताउँछन् । उनले पावरका आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाउँदा उपभोक्ता र राजनीतिमा राम्रो म्यासेज गएतापनि व्यवसायीमा पर्ने असरको मूल्यांकन नभएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा निगम नाफामा जाने, मूल्य बढ्दा नोक्सानमा जाने लामो परिपाटी कायम नै छ, पेट्रोलियम पदार्थको मूल्यलाई जहिलै राजनीतिक लाभहानीको हिसावमा मूल्य कायम राख्दा सही मूल्य कति हुनु पर्ने हो, करका स्थीतिहरु कति हुनुपर्ने हो, राजनीतिक मूल्य हुनु पर्नेकी, रणनीतिक मूल्य हुनुपर्ने हो कि उपभोक्ता केन्द्रीत मूल्य हुनुपर्ने हो यो विषय सधै विवादको विषय रह्यो’, उनले भने, स्वचालित मूल्य प्रणाली अनुसार १ र १६ तारिखमा अटो सिष्टमबाट मूल्य समायोजन हुनुपर्ने भनिएको छ, १ तारिखमा व्यवस्थापनले मूल्य समायोजन हुँदैन भनेर जानकारी गराएको छ, त्यसको दुई दिन नहुँदै पुनः मूल्य घटाइयो, घट्ने बढ्ने एउटा दिन होला, दिनभर व्यवसायीले तेल खरिद गर्ने साँझ मूल्य घटाउँदा व्यवसायीलाई पर्ने असरको मूल्यांकलन भएन ।’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशकुमार मल्लीले सरकारकौ कारण व्यवसायी पटकरपटक मर्कामा परेको बताए । विषम परिस्थितिमा समेत व्यवसायीले ग्यासको आयात र ढुवानीलाई निरन्तरता दिएको भन्दै वार्ताबाट भएको सहमति समेत निगमले कार्यान्वयन नगर्दा समस्यामा पर्ने गरिएको बताए । ‘निगमले स्वचालित मूल्य प्रणाली लागू नै गर्दैन, पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा स्थीर राख्ने बढेर आउँदा नेपालमा तत्काल मूल्य समायोजन गर्ने परिपाटीको अन्त्य हुनुपर्छ’, उनले भने, ‘नीति अनुसार स्वचालित मूल्य प्रणाली कायम गर्दै व्यवसायीलाई दिईने कमिशन पाउनुपर्छ ।’ भारतबाट आउँदा ग्यासमा पानी आउने भन्दै उनले गुणस्तरका लागि निगमले काम गर्नुपर्ने माग गरे । पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले निगम नीतिले भन्दा पनि आदेशले चलेको भन्दै आपत्ति व्यक्त गरे । उनले उपभोक्तालाई अति आवश्यक पर्दा व्यवसायीले दिन रात नभनि सेवा दिएता पनि व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए । ‘पेट्रोलियम पदार्थ राजनीतिक वस्तु हो कि आर्थिक वस्तु, सरकारले यसलाई प्रष्ट धारण दिनुपर्यो’, उनले भने, ‘आर्थिक वस्तु हो भने स्वयक्त रुपमा सञ्चालन गर्नुपर्यो, राजनीतिक वस्तु हो भने सोही अनुसार सञ्चालन गर्नुपर्यो ।’ डिजेलकै कारण विकास खर्चमा कमी पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले डिजेलको मूल्यका कारण विकास खर्चमा कमी आउने गरेको बताए । ‘योजनाविदहरुको बीचमा, विकाश निर्माणको काम र राजनीतिक रुपमा छलफल हुँदा विकास बजेट खर्च हुन सकेन भन्ने गरिएको हुन्छ, यसको मुख्य कारण नै डिजेलको मूल्य हो’, उनले भने, ‘सरकारले टेन्डर गर्दा डिजेलको मूल्य एउटाँ हुन्छ, काम सुरु हुँदा दोब्बर बढीसकेको हुन्छ, वार्षिक रुपमा डिजेलको मूल्यमा मात्रै ७५ प्रतिशतभन्दा बढी मूल्य बढ्दा कसरी ठेकेदारले काम सम्पन्न गर्ने ।’ उनले डिजेलको मूल्यलाई कर उठाउने माध्यम बनाउन नहुने भन्दै यसलाई रणनीतिको लेबल र देशको इन्डेक्स उठाउने लेबलमा राख्नुपर्नेमा जोड दिए ।
मंगलबार २१ अंकले घट्याे सेयर बजार, साढे ७ अर्बकाे काराेबार
काठमाडौं । मंगलबारको सेयर बजार २१.३५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार घटेर २१९०.४२ विन्दुमा पुगेको छ । बजार घटे पनि कारोबार रकम भने निकै बढेको छ । आज २० करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ कराेड रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा बढी न्याग्दी ग्रुप पावरको सबैभन्दा बढी २१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, आज बाराही हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर २८।४० रुपैयाँले बढेर सर्किट लागेको हो ।
देशभर पुग्यो उच्च गतिको इन्टरनेट
काठमाडौं । देशैभर रहेका माध्यमिक विद्यालय, स्थानीय तह, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै देशका सबै माध्यमिक विद्यालय, वडा कार्यालय, स्थानीय तह र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ठ इन्टरनेट सेवा पुगेको जनाएको हो । प्राधिकरणले उक्त स्थानमा २ वर्षका लागि निशुल्क रुपमा प्रयोग गर्ने गरी उच्च गतिको ब्रोडब्याण्ड इनटरनेट सेवा वडान कार्य सकिएको भन्दै २ वर्ष सकिएपछि प्राधिकरणको स्वीकृत दररेटमा ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रयोग गर्न सकिने जनाईएको छ । ‘यस परियोजना अन्तर्गतको ब्रोडब्यान्ड सेवा सम्बन्धमा कुनै राय/प्रतिक्रिया भए यस प्राधिकरणमा जानकारी गराउनका लागि अनुरोध छ’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । प्राधिकरणले ग्रामिण दुरसञ्चार कोष अन्तरत ब्रोडव्याण्ड इन्टरनेट विस्तार परियोजनामा काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई भने समेटेको छैन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते हुने
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
अन्तर्राष्ट्रिय स्तरका होर्डिङ बोर्डहरु हटाए डिलरसिप नै खोसिन सक्छ : नाडा
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरका होर्डिङ बोर्डहरु हटाएमा सोरुम नै खोसिन सक्ने चुनौति रहेको बताएको छ । सोमबार नाडाले पत्रकारहरुसँग धारणा राख्दै पछिल्लो समय काठमाडौं महानगरले धमाधम होर्डिङ्ग बोर्डहरु हटाउने गरेकोले सोरुममा राखिएका बोर्ड हटाए ती सोरम नै नेपालबाट खोसिन सक्ने चुनौति रहेको बताएको हो । नाडाका अध्यक्ष धु्र्ब थापाले काठमाडौं महानगरले गाडी शोरुममा राखिएका होर्डिङ बोर्डहरु ३ दिनभित्र हटाउन निर्देशन दिएकोले शोरुममा राखिएका बोर्ड नहटाउन आग्रह गरेका छन् । ‘महानगरपालिकाले गरेका काम राम्रो छ। शहरलाई राम्रो बनाउनको लागि बोर्ड हटाउनु राम्रो हो, त्यसमा हाम्रो सहमत छ,अटो मोबाइलमा राखिने बोर्डहरु अन्तर्राष्ट्रिय स्तरका हुन्छन्, विश्वभर त्यही बोर्ड हुन्छ, हामीले त्यो बोर्ड राखेनौं भने नेपालबाटै डिलर खोसिने सम्भावना हुन्छ,’ अध्यक्ष थापाले भने । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसायगर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको होर्डिङ बोर्ड (परिचय पाटी) हटाउँदै आएको छ । महानगरपालिकाले ३० वर्गफुट भन्दामाथिका सबै परिचयपाटी हटाउँदै आएको छ । महानगरपालिकाले परिचयपाटी राखे बापतको शुल्क ३० दिनभित्रबुझाउन गत असोज ७ गते सूचनाजारी गरेको थियो ।
निर्माण सुरु भएको ६ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक
काठमाडौं । निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन । लामो समयसम्म सडक निर्माणस्थल साइटका कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो पटक चैतसम्मका लागि अवधि थप भएकाले त्यो अवधिमा सकाउनुपर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । लामो समय सडक विस्तारका कारण अघि बढ्न नसकेको र पछिल्लो समयमा विभिन्न समस्या एकपछि अर्को आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । उनका अनुसार सो सडकमा बिजुलीका खम्बा अझै हटाउन सकिएको छैन भने खानेपानीका पाइप पनि फुटेर पटक पटक समस्या आइरहेको छ । उनले भने, ‘कालोपत्र गर्न ग्रेड मिलाउन लाग्दा खानेपानीको पाइप फुटिरहेको छ ।’ पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्विकृतिका लागि पठाइएको प्रवक्ता जोशीले बताए । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरू कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने उनले बताए । उनले भने, ‘विभागबाट स्वीकृति दिएपछि मात्रै आयोजनाले भुक्तानी गर्न सक्नेछ ।’ बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गा उपलब्ध नहुँदा बनाउन नसकिएको उनले बताए । नख्खु खोलाबाट अघि बढ्दा उकालोमा झन्डै आठ सय मिटरमा बढी समस्या रहेको छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमी र भैँसेपाटी–बुङमती एक दशमलव ५५ किमी रहेको छ । उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये बढी चौडाइ कायम भएको सडकमा नख्खु–बुङमती सडक रहेको छ । अधिकांश स्थानमा चौडाइ २० मिटर कायम गर्न सकिएको र थोरै ठाउँमा मात्रै नसकिएको सूचना अधिकारी जोशीले बताए । बीस मिटर चौडा गर्ने गरी सडक निर्माणको ठेक्का भएको थियो । सोअनुसार नै भएका ठाउँमा पैदलयात्रु मार्ग, पानी जाने ड्रेन बनाइएको र कम चौडाइ भएका ठाउँमा बनाउन नसकिएको उनले बताए । उनले भने, ‘खासगरी भित्री बस्ती रहेका ठाउँमा चाहेर पनि चौडाइ बढाउन सकिएको थिएन ।’ सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड निर्माण गर्ने गरी सम्झौता भएको थियो ।