काठमाडौं । लजिष्टिक कम्पनी उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबीच ६ कराेड लगानीको सम्झौता भएको छ । विगत तीन वर्षदेखि ढुवानीको सेवा दिँदै आएको उपाय र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डबीच मंगलबार ६ करोड लगानी गर्ने सम्झौता भएको हो । सो फण्डले उपायलाई लजिष्टिक सेवा विस्तारका लागि ६ करोड रुपैयाँ लगानी गरेको हो ।
ग्लोबल इक्विटि फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा प्रवर्द्धिधत यो प्राइभेट इक्विटि फण्ड र उपायबीच आज मंगलबार लगानीसम्वन्धी सम्झौता भएको हो ।
ग्लोबल ईक्वीटी फन्ड, प्राईम लाईफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल ईन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राईभेट ईकुईटि फन्ड हो । उपायले २०२१ मा डोल्मा ईम्प्याक्ट फन्डबाट १८ करोडको लगानी प्राप्त गरेको थियो ।
उपायले देश भर बजार एकीकरण, सञ्चालन र भलम–तय–भलम डेलिभरी सञ्चालन गरी लजिस्टिक्सका सबै पक्षहरूलाई एकीकृत गर्दै आएको छ । उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट प्राप्त भएको रकमले ब्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने र यसले कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुने बताए ।
उनका अनुसार उपाय आफ्ना चालक÷सवारी साझेदारहरु, फÞ्रेञ्चाईज साझेदारहरु, व्यापारिक साझेदारहरु र गठबन्धन साझेदारहरुलाई समावेश गरि नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुने उनको भनाइ छ ।
एनआईआईएफका लागि लगानी प्रबन्धक डा. मनिष थापालेयो लगानीले उपायले लजिस्टिक उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न सहयोग पुग्ने बताए ।