विकासन्युज

कपिलवस्तुको चन्द्रौटामा फष्टायो सिद्राको व्यापार

कपिलवस्तु । जाडोयाम सुरु भएसँगै कपिलवस्तुको चन्द्रौटा बजारमा सिद्राको व्यापार फष्टाएको छ । अहिले यहाँका सिद्रा व्यापारीलाई सिद्रा बेच्ने चटारो छ । दुई दशकदेखि सिद्रा व्यापार गरिरहेका अनिश अन्सारीले दैनिक एकदेखि डेढ क्विन्टल सिद्रा बेचिरहेको बताए। असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म चल्ने अन्सारी बताउँछन् । वर्षभरि ४० देखि ४५ क्विन्टलसम्म सिद्राको व्यापार गर्ने उनले बताए। ‘अरुभन्दा जाडो मौसममा सिद्राको व्यापार फष्टाउँछ’, उनी भन्छन्। चन्द्रौटा बजारभित्र झण्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्छन् । यहाँको सिद्रा किन्न रोल्पा, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पादेखि कोहलपुरसम्मबाट सेवाग्राही आउँछन् । जाडो हटाउन सिद्राको झोल खाने चलनछ । सिद्रा साना साना भुरा माछा मारेर बनाइन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार जाडोमा फष्टाएको हो । रुकुम मुसिकोट नगरपालिका–११ बाट सिद्रा लिन चन्द्रौटा बजार आएकी जमुना बुढाले पहाडमा सिद्राको महत्व बढी भएकाले सिद्रा किन्न आएको बताइन् । जाडोमा तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उनले सुनाइन् । सुत्केरी, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन यसको झोल उत्तम हुने उनको विश्वास छ । दाङ राप्ती गाउँपालिका–९ कि पारु पुनले हरेक वर्ष सिद्रा लिन आउने गरेको सुनाइन्। आफूले किनेको सिद्रा केही घरमा प्रयोग गर्ने अरु पहाडमा दिदीबहिनीलाई पाहुरको रुपमा पठाइदिने बताइन् । अर्घाखाँची जुकेनाकी भगवती बेल्वासे पनि सिद्रा किन्न लागि चन्द्रौटा झरेको बताउँछिन् । आफन्तको घरमा आएको बेला सिद्रा पाहुरको रुपमा घरमा लैजान लागेको उनले बताइन् । चन्द्रौटादेखि २१ किलोमिटर भारतको बढनी बजारबाट लाखौको सिद्रा नेपाल आयात हुन्छ । लखनउ, गोरखपुरबाट सिद्रा ल्याएर बेच्ने गरेको सिद्रा व्यापारी हकिउल्लाह मुसलमानले बताउनुभयो । भारतका कृषकले खोलानाला, खेतका खालबाट भुरा माछा मारी सुकाएर सिद्रा बनाउँछन । माछाका विभिन्न प्रजातिमध्ये जुँगे, झिंगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाको सिद्रा बन्छ । यहाँ सिद्रा किन्नको लागि साना साना व्यापारीदेखि ठूला व्यापारीसम्म आउने गरेको व्यापारी बताउँछन्। सिद्रा फुटकर रुपमा प्रतिकिलो दुई सयदेखि पाँच सयमा बिक्री हुन्छ । भारतबाट भन्सार गरी पशु क्वारेन्टाइनको अनुमति लिई सिद्रा बेच्ने बताइन्छ ।

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले हिउँदे नगरसभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९/८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा ऐन पेश गर्ने बताइएको छ । मङ्गलबार बस्ने १२औँ नगरसभामामा ऐनसहित अर्धवार्षिक समीक्षा र विविध कार्यसूची पेस गर्ने कार्यक्रम तयार भएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । नगरसभामा नगरप्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन २०७९, नगर प्रहरी ऐन २०७९, सहकारी ऐन २०७९, नगर प्रज्ञा प्रतिष्ठान ऐन २०७९ तथा जलस्रोत विकास ऐन २०७९ पेश गर्ने कार्यसूची रहेको रिजालले बताए । सभाको बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूचीसहितको सूचना बैठक बस्ने दिनभन्दा कम्तीमा सात दिनअगावै अध्यक्ष वा प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनुपर्ने प्रावधानअनुरुप सदस्यलाई जानकारी गराइएको रिजालले बताए। माघ ६ गते बसेको नगर कार्यपालिका बैठकले १२औँ नगरसभाको मिति माघ १७ गतेका लागि तय गरेको थियो । नगरसभामा प्रस्तुत गरिएको पाँचवटै ऐन नगरसभाबाट पास हुने नगरप्रमुख मदनभक्त अधिकारीले बताए। ‘हामीले नगरपालिकामा आवश्यक पर्ने ऐन व्यापक छलफलपछि तयार गरेर नगरसभामा ल्याउन लागेका छौँ’, नगरप्रमुख अधिकारीले भने, ‘नगरपालिका सञ्चालनका लागि आवश्यक ऐन भएका कारण नगरसभामा प्रस्तुत हुने ऐन पास हुने हामीलाई विश्वास छ ।

जीवन यत्तिकै सकिँदैन, फरक क्षमता भएकाहरुको प्रेरणादायी जीवन (फोटोफिचर)

जोरपाटीस्थित अपाङता भएकाहरु बस्ने एक सेल्टरमा ह्वील चेयरमा कृष्ण खड्का । उनका हात खुट्टा दुवै चल्दैनन् । उनी चिउडोको सहारामा ह्वील चेयर चलाउछन् । भने हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउछन् । काठमाडौं । खुट्टा नभएको मानिसले पनि सगरमाथाको सफल आरोहण ग¥यो भन्दा अचम्म मान्नुपर्दैन, न त पूरै शरीर नचल्ने व्यक्ति युगमै उत्कृष्ट वैज्ञानिक बने भन्दा अचम्म मान्नुपर्छ । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखे भन्दा अझै पनि हामी कसरी सम्भव भयो भन्ने आश्चर्यलाग्दो प्रश्न गर्छौं । शारीरिक अशक्तता भएका व्यक्ति देख्नासाथ विचारा भन्ने हामी अझै उनीहरुको संवेदनामा नै सिमित छौँ । तर आश्चर्य मान्नुपर्दैन, खुट्टा नहुने मानिसले सगरमाथा चढिसकेका छन् । आँखा नदेख्ने व्यक्तिले पुस्तक लेखिसकेका छन् र पूरा शरीर नचल्ने व्यक्ति युगकै उत्कृष्ट वैज्ञानिक बनेका छन् । कोही जन्मिदै शारीरिक रुपमा अशक्त थिए, कोही दुर्घटनामा परेर अशक्त भए । गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउदै कुष्टरोग पिडित पुरुष । तर, शारीरिक अशक्तताले उनीहरुको सपनामा अङ्कुश लगाउन सकेन । न उनीहरुले आफ्नो कमजोरीलाई जीवनमा हावी हुन दिएर बिलौनामा समय व्यतित गरे । बरु, आफ्नो ‘समस्या’लाई ‘शक्ति’ मा परिणत गरे र, सबैका निमित्त उदाहरण बने । विश्वप्रसिद्ध भौतिकशास्त्री, लेखक, प्रोफेसर स्टिफन हकिङले विशेष गरेर भौतिक शास्त्र र व्रह्माण्ड विज्ञान सम्बन्धि विभिन्न सिद्धान्तहरु प्रतिपादन गरे । त्यस्तै हेलेन केलर डिग्री प्राप्त गर्ने विश्वकै प्रथम देख्न र सुन्न नसक्ने व्यक्ति हुन् भने फ्रान्कलिन अमेरिकी वकिलका साथै ३२ औं अमेरिकी राष्ट्रपति हुन् । उनी शारीरिक अशक्तता भएका व्यक्ति हुन् । जोरपाटीस्थित विआईए इन्टिच्युटमा कपडाको थाङ्का बुन्दै अपाङ्ता भएकी कलाकार । त्यस्तै भारतीय नागरिक अरुणिमा सिन्हा सगरमाथा आरोहण गर्ने पहिलो अशक्त व्यक्ति हुन् भने भारतीय नागरिक सुधा चन्द्रन पनि अशक्त भएर पनि भारत नाट्यम डान्सर बन्न सफल भइन् । त्यसो त नेपलमा भएकै कुरा गर्ने हो भने झमककुमारी घिमिरेको नाम लिए पुग्छ । यस्ता धेरै उदाहरण छन्, जसले अशक्ततालाई अवसरमा परिणत गरेर देश/विदेशमा बलियो रुपमा आफूलाई उभ्याएका छन् । जोरपाटीस्थित विआईए इन्टिच्युटमा गलैचा बुन्दै अपाङ्ता भएकी महिला । नेपालमा अहिले पनि अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिसहरु धेरै छन् । जोरपाटीस्थित बिआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिबिहीन र अपाङ्गता भएका पुरुष । गौशालामा व्यापार गर्दै आउनुभएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ । उनीहरु आफ्नो शारीरिक रुपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् । जोरपाटीस्थित विआईए इन्टिच्युटमा धुप बनाउदै एउटा खुट्टा गुमाएका पुरुष । थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिबिहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जीविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिबिहीन नै छन् । आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरु, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरु, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरु, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरु, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायतका काममा उनीहरु ब्यस्त छन् । फोटो स्रोत : न्युज एजेन्सी नेपाल ।

भारतीय अर्बपति गौतम अडानीको एकैदिनमा घट्यो ३० खर्ब धेरै सम्पत्ति, शेयर बजारमा छायो आतंक

एजेन्सी । भारतका अर्बपति उद्योपति गौतम अडानीका कारण शेयर बजारमा आतङ्क छाएको छ । कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र शेयर बजारमा आएको अचानक गिरावटले आतङ्क छाएको हो । एशियाका सबैभन्दा धनी अडानीले यो साता आफ्नो कुल सम्पत्तिमा २५ अर्ब अमेरिकी डलर गुमाए । फोब्र्सको विश्वव्यापी धनीहरूको तेस्रो सूचीमा रहेका उनी सातौँमा झरेका छन् । यद्यपि व्यापार जगत्मा सफलता पाएका सङ्घर्षशील व्यक्तिका रूपमा उनको नाम अग्रपङ्तिमा छ । सन् १९९८ को पहिलो दिन आफ्ना एक जना सहयोगीसँगै बन्दुकधारीको अपहरणमा परेका थिए । अपहरणकारीले पन्ध्र लाख अमेरिकी डलर फैरौतीको माग गरेको थियो । उनी अज्ञातस्थलमा रिहा भएका थिए । एक दशकपछि यहाँको ताज महल प्यालेस होटलमा उनी खाना खाइरहेका थिए । यो त्यही होटल हो जसलाई आतङ्ककारीले घेरा हालेर एक सय ६० जनाको हत्या गरेका थिए । भारतमा भएको यो भयानक आतङ्वादी आक्रमण थियो । होटलका अन्य सयौँसँगै परिबन्धमा परेका अडानी रातभर होटलको भूँइतलामा बसेर बाँचेका थिए । उनलाई अर्को दिन सुरक्षाकर्मीले उद्धार गरेका थिए । ‘मभन्दा १५ फिट पर मृत्यु मडारिइरहेको थियो’, आफ्नो निजी विमानबाट गृहनगर अहमदावादमा ओर्लदा उनले त्यसदिनको आफ्नो त्रासदीपूर्ण अनुभव सुनाएका थिए । साठी वर्षका अडानी भारतका अर्वपतिभन्दा पृथक छन् । अरुलेजस्तो उनी जन्मदिन वा विवाह भोजमा फजुल खर्च गर्दैनन् । त्यसो नगर्दा उनी पत्रपत्रिकामा भोजभतेरमा अधिक खर्च गर्ने व्यापारिका रूपमा पनि छाउँदैनन् । अन्तर्मुखी उनी सधैँ आकर्षण र तडकभडकभन्दा पर रहन्छन् । सञ्चारमाध्यमसँग बिरलै बोल्छन् । व्यवसायसँग सम्बन्धित भोजभतेरमा पनि आफ्ना सहयोगीलाई पठाउँछन् । ‘म भोजभतेरमा जाने सामाजिक प्राणी होइन’, फिनान्सियल डाइम्जलाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले भनेका थिए । मध्यम वर्गीय परिवारमा जन्मेका अडानी १६ वर्षको उमेरमा विद्यालयबाट बाहिरिएर देशको वित्तीय राजधानी मुम्बईमा रत्नआभूषणको आकर्षक व्यापारमा काम खोज्न आएका थिए । आफ्ना दाजुको प्लाष्टिक व्यापारमा छोटो समय काम गरेका उनले त्यसपछि पारिवारिक व्यापारको साम्राज्य थालेका हुन् । सन् १९८८ मा निर्यात व्यापारबाट उनको व्यापार यात्रा प्रारम्भ भएको हो । सात वर्षपछि अर्थात् सन् १९९५ मा आफ्नो गृहराज्य गुजरातमा व्यापारिक सिपिङ पोर्ट निर्माण एवम् सञ्चालनको ठेक्का पाएपछि उनी व्यापारिक साम्राज्य विस्तार गर्दै सफलताको शिखरतर्फ लम्केका हुन् ।

रास्वपाको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् । रास्वपाको शुक्रबार राति बसेको पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । रास्वपाले पार्टीका संस्थापक सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतबाट शुक्रबार भएको फैसलापछि पार्टीले काम गर्न अर्याललाई सो जिम्मेवारी दिएको प्रवक्ता ढकालले बताए। ‘कानुनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ’, प्रवक्ता डा. ढकालले भने । यस्तै, सो पार्टीको शुक्रबारै बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकोले रिक्त सो पदमा अर्याललाई चयन गर्ने निर्णय गरेको छ । उक्त पार्टीले यस चुनौतीपूर्ण घडीमा पार्टीका सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमित रही विधिको र कानुनको सम्मान गर्न अनुरोध गरेको छ ।

चैत १७ बाट हुने एसईई परीक्षाको तालिका सार्वजनिक (सूचीसहित)

फाइल फाेटाे काठमाडौं । यो वर्षको चैतबाट हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । आज एक सूचना प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले परीक्षा एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अर्थात चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा चैत्रको २९ गते सकिने बोर्डले सूचनामा उल्लेख गरेको छ । परीक्षाको सूचना

मेरियटले सञ्चालन गर्यो जापानी खाना रेसिपीको कुकिंग क्लास (फोटोसहित)

काठमाडौं । मेरियट होटल एण्ड फेयरफिल्ड मेरियट काठमाडौंले जापानी खाना रेसिपीको कुकिंग क्लास सञ्चालन गरेको छ । होटलले माघ १३ गतेदेखि दुईदिने उक्त क्लास सञ्चालन गरिरहेको छ । माघ १४ गतेसम्म हुने उक्त क्लास जापानका सेफ् क्योहेई सानले दिनेछन् । यस्ता क्लासले जापानी खाना प्रेमीहरूको लागि उत्कृष्ट नेटवर्किङ र सिक्ने समय ल्याउने बताइएको छ । विश्व-प्रसिद्ध जापानी व्यञ्जनहरूमा मिसो काकडी, यासई करी, सुशी लगायतका परिकारहरु छन् । जसको स्वाद फरक फरक हुने सेफ् सान बताउँछन् । सेफ् सानका अनुसार मीठो, खट्टा, नुन, तितो, उमामी र कोकुमी जापानी खानामा स्वादका ६ वटा आधारभूत सेन्स हुन् । यीमध्ये उनले उमामीको स्वादको बारेमा विस्तारमा वर्णन गरेका गरे जुन ब्रोथ र पकाएको मासुको विशेषता हो । यो ग्लुटामेटको स्वादसँग मेल खान्छ । विशेष गरी मोनोसोडियम ग्लुटामेट प्रत्येक डिशलाई सही स्वादको सन्तुलनको साथ तयार गर्न आवश्यक रहेको उनी बताउँछन् । माघ १३ गतेको क्लासमा उनले जापानी संस्कृति र घरमा खाना पकाउने आधारभूत विषयको बारेमा सिकाइएको छ । शुक्रबार भएको उक्त क्लासमा ४/५ जनाको विभिन्न ५ वटा समूह थियो । नेपालमा जापानी भान्सामा पकाइने खानाको अनुभव सिर्जना गराउन र सिकाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।

रविको गैरकानुनी कार्य, सर्वोच्चको फैसला र ८ प्रश्न

राजेन्द्र महतो नागरिकताको बारेमा तत्कालिन पत्रकार रवि लामिछानेले समाचार बनाए । गैरनेपालीलाई छलपूर्वक नागरिकता दिएको, सांसद र मन्त्री बनाएको भन्दै उनले आलोचनात्मक रिपोर्टहरु टेलिभिजनबाट बजाए । तर त्यतिबेला नै रवि लामिछाने अमेरिकी नागरिक रहेछन् । गैरकानुनी रुपमा नेपालको टेलिभिजन पर्दामा चिच्याईरहेको रहेछन्, इतिहासले त्यहि पुष्टि गरे, आजको सर्वोच्च अदालतको फैसलाले त्यहि पुष्टि गर्यो । पत्रकार परिचयपत्रविना पत्रकारिता गरेको, नेपालमा श्रम स्वीकृति नलिई अमेरिकी नागरिकले टेलिभिजन कार्यक्रम बनाएको बारेमा ४ वर्षअघि नै विवाद भएको थियो । प्रेस काउन्सिल नेपालका तत्कालिन कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले त्यतिबेला नै रवि लामिछाने नेपाली नागरिकता त्यागेको र अमेरिकी नागरिक बनेको तर नेपालमा नेपाली हुँ भनेर गैरकानुनी तरिकाले गतिविधि चलाईरहेको बारेमा धेरै तथ्यहरु सार्वजनिक गरेका थिए । यसै वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनताका पनि रवि लामिछानेले नेपाली नागरिकता त्यागेको तर पछि पुनः नागरिकता लिने काम नगरेको समाचारहरु धेरै बने । उनले कानुन, विधि र विधान मिचेर चुनावमा भाग लिएको तथ्यसहित समाचारहरु प्रकाशित भए । तर निर्वाचन आयोग कायर बन्यो । उनको बारेमा परेका उजुरीलाई समेत वेवास्था गर्दै रविलाई सांसद घोषणा गर्यो, प्रमाणपत्र दियो, संसदमा छिरायो । आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र उनको समूहको नालायकीपन पनि आजैको फैसलाले पुष्टि गरिसकेको छ । कानुनको परिपालना गर्नु नपर्ने, नैतिकका, मूल्य मान्यता सबैलाई कुल्चँदै अगाडि बढेका रवि लामिछाने निर्वाचित शक्तिको खोल ओडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री भए । शक्तिकै आडका अदालतलाई पनि प्रभावित पार्ने र आफू कानुन भन्दा माथि छु भनेर प्रमाणित गर्ने प्रयासमा उनी लागिरहे । प्रहरी महानिरिक्षकले समेत नपत्याएका र गृहमन्त्रीको आदेश पालना नगरिरहेको अवस्थामा रविले अदालतलाई प्रभाव पार्न सकेन छन् । माघ १३ गते सर्बोच्च अदालतले रवि लामिछानेसँग नेपाली नागरिकता प्रमाणपत्र नभएको ठहर गर्यो । उनलाई सांसद घोषणा गर्ने र प्रमाणपत्र दिने निर्वाचन आयोगको निणर्य पनि बदर गर्यो । रवि लामिछानेलाई नेपाली बन्न इच्छा छ भने जिल्ला प्रशासन कार्यालयमा गएर नेपाली नागरिकताको लागि निवेदन हाल्न पनि अदालतले आदेश दिएको छ । फेरी रविले नेपाली नागरिकता लिन जिल्ला प्रशाशन कार्यालयमा निवेदन दिनुपर्नेछ । उनले अमेरिकी नागरिकता त्यागेको पुष्टि भएको छ । त्यस आधारमा रविले नयाँ नागरिकता पाउनेछन् । पुनः उपनिर्वाचनमा भाग लेलान् । निर्वाचनमा विजयी हासिल पनि गर्लान । फेरी मन्त्री पनि बन्लान् । तर उनीमाथि गम्भीर प्रश्नहरु उब्जेका छन् । जति अवधि उनले दोहोरो नागरिकता र दोहोरो पासपोर्टको प्रयोग गरे, त्यो कानुन अनुसार दण्डनीय काम हो । रविको ठाउँमा सामान्य नागरिक हुन्थ्यो भने ऊ आजै जेलमा जाने थियो । तर रवि राजनीतिक शक्तिको केन्द्रमा छन् । उनको पछाडि १९ जना सांसद छन्, उनको पछाडि अज्ञानीहरुको ठूलो भीड छ । त्यसैको बलमा रविले अदालतको फैसलापछि पनि उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका छैनन् । अदालतप्रति पनि रवि लामिछानेले दोहोरो रवैवा देखाईसकेका छन् । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दागिएका रवि लामिछानेले अदालतबाट सफाई पाएपछि अदालतले न्याय दियो भन्दै चितवनमा दशैं हजार मानिस भेला गराएका थिए, अदालतको भक्ति गान गाउन लगाएका थिए । तर अहिले रवि सर्वोच्च अदालतको फैसला विरुद्ध सडकमा मान्छे उतार्दैछन् । उनको आदेश गृह प्रशासनले नै पालना गर्दैन र मात्र हो । नत्र, आजै प्रहरी बल प्रयोग गरेर रवि-ताण्डव प्रदर्शन गर्ने थिए उनले । उनीमाथि आचरणको प्रश्न पहिलेदेखि नै थियो । स्वास्नी पिट्नेदेखि सहकर्मीमाथि आर्थिक शोषण गर्ने, पत्रकारिताको नाममा बल्याकमेलिङ गर्नेसम्मको आरोप उनीमाथि लाग्दै आएको थियो । अब उनी उनीमाथि नैतिकताको प्रश्न उठेको छ । अब उनीमाथि इमानको प्रश्न छ । अब उनीमाथि राजनैतिक संस्कारको प्रश्न पनि उठ्नेछ । यत्रो विवादका बीच यत्रो गैरकानुनी अभ्यास गरेका रविले उपप्रधान तथा मन्त्रीबाट किन राजीनामा त दिएका छन् । तर किन संसदीय दलको नेताबाट राजीनामा गर्दैनन् ? किन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षबाट राजीनामा गर्दैनन् ? किन उनले मतदातासँग माफी माग्दैनन ? किन चिर्वाचनमा भएको खर्चको क्षतिपूर्ति भर्ने विषयमा बोल्दैनन ? किन संसाद, मन्त्री, उपप्रधानमन्त्रीको हैसियतमा गरेका काम गैरकानुनी भयो, ती सबै बदर गरियोस भनेर बोल्दैनन ? किन अहिलेसम्म सांसद र मन्त्रीको हैसियतमा लिएको सरकारी तलव, भत्ता, अन्य सुविधा फिर्ता गर्ने घोषणा गर्दैनन् ? शालिकराम पूडासैनीको मरण प्रकरणमा छिनछिनमा टेलिभिजन र फेसबुकमा लाइभ गरेर प्रष्टिकरणको नाकट मञ्चन गर्ने रविले सर्बोच्चको फैसलाबारे बोल्न किन लाइभ गर्दैनन् ? राजनीतिको नाममा पत्रकारिताका नाममा गरेका गैरकानुनी अभ्यासबारे उनी किन पश्चाताप व्यक्त गर्दैनन् ?