रविको गैरकानुनी कार्य, सर्वोच्चको फैसला र ८ प्रश्न

<p>राजेन्द्र महतो नागरिकताको बारेमा तत्कालिन पत्रकार रवि लामिछानेले समाचार बनाए । गैरनेपालीलाई छलपूर्वक नागरिकता दिएको, सांसद र मन्त्री बनाएको भन्दै उनले आलोचनात्मक रिपोर्टहरु टेलिभिजनबाट बजाए । तर त्यतिबेला नै रवि लामिछाने अमेरिकी नागरिक रहेछन् । गैरकानुनी रुपमा नेपालको टेलिभिजन पर्दामा चिच्याईरहेको रहेछन्, इतिहासले त्यहि पुष्टि गरे, आजको सर्वोच्च अदालतको फैसलाले त्यहि पुष्टि गर्यो । पत्रकार [&hellip;]</p>

राजेन्द्र महतो नागरिकताको बारेमा तत्कालिन पत्रकार रवि लामिछानेले समाचार बनाए । गैरनेपालीलाई छलपूर्वक नागरिकता दिएको, सांसद र मन्त्री बनाएको भन्दै उनले आलोचनात्मक रिपोर्टहरु टेलिभिजनबाट बजाए । तर त्यतिबेला नै रवि लामिछाने अमेरिकी नागरिक रहेछन् । गैरकानुनी रुपमा नेपालको टेलिभिजन पर्दामा चिच्याईरहेको रहेछन्, इतिहासले त्यहि पुष्टि गरे, आजको सर्वोच्च अदालतको फैसलाले त्यहि पुष्टि गर्यो ।

पत्रकार परिचयपत्रविना पत्रकारिता गरेको, नेपालमा श्रम स्वीकृति नलिई अमेरिकी नागरिकले टेलिभिजन कार्यक्रम बनाएको बारेमा ४ वर्षअघि नै विवाद भएको थियो । प्रेस काउन्सिल नेपालका तत्कालिन कार्यवहाक अध्यक्ष किशोर श्रेष्ठले त्यतिबेला नै रवि लामिछाने नेपाली नागरिकता त्यागेको र अमेरिकी नागरिक बनेको तर नेपालमा नेपाली हुँ भनेर गैरकानुनी तरिकाले गतिविधि चलाईरहेको बारेमा धेरै तथ्यहरु सार्वजनिक गरेका थिए ।

यसै वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनताका पनि रवि लामिछानेले नेपाली नागरिकता त्यागेको तर पछि पुनः नागरिकता लिने काम नगरेको समाचारहरु धेरै बने । उनले कानुन, विधि र विधान मिचेर चुनावमा भाग लिएको तथ्यसहित समाचारहरु प्रकाशित भए । तर निर्वाचन आयोग कायर बन्यो । उनको बारेमा परेका उजुरीलाई समेत वेवास्था गर्दै रविलाई सांसद घोषणा गर्यो, प्रमाणपत्र दियो, संसदमा छिरायो । आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र उनको समूहको नालायकीपन पनि आजैको फैसलाले पुष्टि गरिसकेको छ ।

कानुनको परिपालना गर्नु नपर्ने, नैतिकका, मूल्य मान्यता सबैलाई कुल्चँदै अगाडि बढेका रवि लामिछाने निर्वाचित शक्तिको खोल ओडेर उपप्रधानमन्त्री तथा गृहमन्त्री भए । शक्तिकै आडका अदालतलाई पनि प्रभावित पार्ने र आफू कानुन भन्दा माथि छु भनेर प्रमाणित गर्ने प्रयासमा उनी लागिरहे । प्रहरी महानिरिक्षकले समेत नपत्याएका र गृहमन्त्रीको आदेश पालना नगरिरहेको अवस्थामा रविले अदालतलाई प्रभाव पार्न सकेन छन् । माघ १३ गते सर्बोच्च अदालतले रवि लामिछानेसँग नेपाली नागरिकता प्रमाणपत्र नभएको ठहर गर्यो । उनलाई सांसद घोषणा गर्ने र प्रमाणपत्र दिने निर्वाचन आयोगको निणर्य पनि बदर गर्यो । रवि लामिछानेलाई नेपाली बन्न इच्छा छ भने जिल्ला प्रशासन कार्यालयमा गएर नेपाली नागरिकताको लागि निवेदन हाल्न पनि अदालतले आदेश दिएको छ ।

फेरी रविले नेपाली नागरिकता लिन जिल्ला प्रशाशन कार्यालयमा निवेदन दिनुपर्नेछ । उनले अमेरिकी नागरिकता त्यागेको पुष्टि भएको छ । त्यस आधारमा रविले नयाँ नागरिकता पाउनेछन् । पुनः उपनिर्वाचनमा भाग लेलान् । निर्वाचनमा विजयी हासिल पनि गर्लान । फेरी मन्त्री पनि बन्लान् ।

तर उनीमाथि गम्भीर प्रश्नहरु उब्जेका छन् । जति अवधि उनले दोहोरो नागरिकता र दोहोरो पासपोर्टको प्रयोग गरे, त्यो कानुन अनुसार दण्डनीय काम हो । रविको ठाउँमा सामान्य नागरिक हुन्थ्यो भने ऊ आजै जेलमा जाने थियो । तर रवि राजनीतिक शक्तिको केन्द्रमा छन् । उनको पछाडि १९ जना सांसद छन्, उनको पछाडि अज्ञानीहरुको ठूलो भीड छ । त्यसैको बलमा रविले अदालतको फैसलापछि पनि उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका छैनन् ।

अदालतप्रति पनि रवि लामिछानेले दोहोरो रवैवा देखाईसकेका छन् । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दागिएका रवि लामिछानेले अदालतबाट सफाई पाएपछि अदालतले न्याय दियो भन्दै चितवनमा दशैं हजार मानिस भेला गराएका थिए, अदालतको भक्ति गान गाउन लगाएका थिए । तर अहिले रवि सर्वोच्च अदालतको फैसला विरुद्ध सडकमा मान्छे उतार्दैछन् । उनको आदेश गृह प्रशासनले नै पालना गर्दैन र मात्र हो । नत्र, आजै प्रहरी बल प्रयोग गरेर रवि-ताण्डव प्रदर्शन गर्ने थिए उनले ।

उनीमाथि आचरणको प्रश्न पहिलेदेखि नै थियो । स्वास्नी पिट्नेदेखि सहकर्मीमाथि आर्थिक शोषण गर्ने, पत्रकारिताको नाममा बल्याकमेलिङ गर्नेसम्मको आरोप उनीमाथि लाग्दै आएको थियो । अब उनी उनीमाथि नैतिकताको प्रश्न उठेको छ । अब उनीमाथि इमानको प्रश्न छ । अब उनीमाथि राजनैतिक संस्कारको प्रश्न पनि उठ्नेछ । यत्रो विवादका बीच यत्रो गैरकानुनी अभ्यास गरेका रविले उपप्रधान तथा मन्त्रीबाट किन राजीनामा त दिएका छन् । तर किन संसदीय दलको नेताबाट राजीनामा गर्दैनन् ? किन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षबाट राजीनामा गर्दैनन् ? किन उनले मतदातासँग माफी माग्दैनन ? किन चिर्वाचनमा भएको खर्चको क्षतिपूर्ति भर्ने विषयमा बोल्दैनन ? किन संसाद, मन्त्री, उपप्रधानमन्त्रीको हैसियतमा गरेका काम गैरकानुनी भयो, ती सबै बदर गरियोस भनेर बोल्दैनन ? किन अहिलेसम्म सांसद र मन्त्रीको हैसियतमा लिएको सरकारी तलव, भत्ता, अन्य सुविधा फिर्ता गर्ने घोषणा गर्दैनन् ? शालिकराम पूडासैनीको मरण प्रकरणमा छिनछिनमा टेलिभिजन र फेसबुकमा लाइभ गरेर प्रष्टिकरणको नाकट मञ्चन गर्ने रविले सर्बोच्चको फैसलाबारे बोल्न किन लाइभ गर्दैनन् ? राजनीतिको नाममा पत्रकारिताका नाममा गरेका गैरकानुनी अभ्यासबारे उनी किन पश्चाताप व्यक्त गर्दैनन् ?

Share News